पहिरोले लमही–घोराही प्रसारण लाइनको टावर ढाल्यो
दाङ । अविरल वर्षासँगै गएको पहिरोबाट दाङकोलमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमहीनगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो । प्रसारण लाइनमा ढलेपछि त्यस क्षेत्रको विद्युतआपूर्ति अवरोध भएकोथियो । प्राधिकरणले अहिले वैकल्पिकव्यवस्था गरी घरायसीग्राहकलाई विद्युत् दिइएको छ । प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसीग्राहकलाई विद्युतआपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत् खपतगर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् । प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत् आपूर्ति दिने छ । इआरएस टावर जडानका लागि सर्भेक्षण गर्न टोली खटाइएको छ । टावर जडान गर्न केहीदिन लाग्ने बताइएको छ ।
दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु
दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए। मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकोे बताइएको छ ।
राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध
खजुरा । तीन दिनको झरीसँगै आज बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेपछि तटीय क्षेत्रका नागरिक त्रसित भएका छन् । वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ । स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान आग्रह गरेको छ । वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह आठ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज शुक्रबार बिहान विस्तारै घटे पनि भारी वर्षा भएपछि दिउँसोदखि कुसुममा नदीको सतह अहिले आठ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ । नदीको बहाव उच्चरूपमा बढेपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शुक्रबार एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरे । प्रजिअ खत्रीले नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न सबैमा आग्रह गरे । साथै होचो तथा डुबान हुने, बाढीको उच्च जोखिम पहिचान भएका समुदाय सुरक्षित स्थान पहिचान भएको आश्रयस्थलमा जानसमेत उनले आग्रह गरे । राप्ती नदीको माथिल्लो तटीय तथा तल्लो तटीय क्षेत्रसमेतमा भारी वर्षा भइरहेकाले पश्चिम राप्तीमा पानीको सतह थप बढ्ने पूर्वानमान रहेकाले आसपासका नागरिकलाई उच्च सतर्कताका लागि सूचना प्रवाह गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । राप्ती नदीको बाढीले नदी आसपासको क्षेत्र डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा पर्ने गर्दछन् । बाढी र डुबान शुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन् । भारी वर्षाले नेपालगञ्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन् । नेपालगञ्जको न्युरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउलगायतका स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ । वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट बचाउन तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको उद्धार टोली खटाई उच्च सतर्कता अवस्थामा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । रासस
अबिरल वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँ ठाउँको विद्युत आपूर्ति अवरुद्ध
काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ । मुख्य रुपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ । दाङको लमही-घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत बेलडाँगी भन्ने स्थानमा पहिरोले टावर ढालेको आशंका गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको तर पहिरोका कारण उक्त स्थानमा पुग्न नसकिएकोले यकिन हुन नसकिरहेको बताए । प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अवरोध भएको र अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिइएको कार्यकारी निर्देशक घिसिङले बताए । प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् । प्राधिकरणले लमही-घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्तिको योजना बनाएको घिसिङले उल्लेख गरे । ‘वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्याएको छ, चाडपर्वको वेला पनि हाम्रा कर्मचारीहरुलाई काममा खटाएर तत्काल मर्मतसम्भार तथा वैकल्पिक व्यवस्था गरी ग्राहकलाई विद्युत आपूर्ति दिइरहेका छौं,’ घिसिङले भने ।
अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न माग
चितवन । यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर अस्पताल तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घ चितवनले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ । सङ्घले चितवन मेडिकल कलेजको सघन उपचार कक्ष (आइसियु) तोडफोडमा उत्रिएका दोसीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाएको हो । सङ्घका सचिव डा सूर्यप्रकाश सापकोटाले प्रमुख जिल्ला अधिकारी तामाङलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउँदै सापकोटाले कलेजको सघन उपचार कक्षमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीलाई समेत त्रसित बनाउने गरी गरिएको कार्य कानुनी राज्यको उपहास भएको बताए । तोडफोडको घटनामा संलग्नमाथि तत्काल स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन २०६६ को संशोधन २०७९ अनुसार कारबाही अघि बढाउन प्रहरी प्रशासनसमक्ष सङ्घले माग गरेको छ । सङ्घको ज्ञापनपत्र बुझ्दै तामाङले अस्पतालको सघन उपचार कक्षमा तोडफोड भएको विषय गम्भीर रहेको बताए । दोषीलाई कारबाहीका लागि अस्पतालले जाहेरी दिएर सहज गरिदिनसमेत अग्रह गरे । दोषी जो कोही भए पनि कारबाही गरिने उनको भनाइ थियो । रासस
कर्णालीमा वर्षा : तल्लो सुर्खेत डुबानमा, अधिकांश सडक अवरुद्ध
कर्णाली । भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो । डुबानले केही घर जलमग्न हुनुका साथै पाक्न लागेको धानबाली नष्ट गरेको छ । डुबान क्षेत्रमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख उद्धार टोलीसँगै खटिएका थिए । प्रमुख जिल्ला अधिकारी रिजालले बाढी र डुबानको पूर्वसूचनाका कारण मानवीय क्षति हुन नपाएको बताए । जल तथा मौसम विज्ञान विभागले सर्तकता अपनाउन चेतावनी दिएसँगै स्थानीय प्रशासन र जनप्रतिनिधि बिहानैदेखि बाढी र डुबानबाट क्षति हुने नदिन उद्धार सामग्रीसहित उक्त क्षेत्रमा खटिएका थिए । वीरेन्द्रनगरको डुबान क्षेत्रमा नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनालसहित वडाध्यक्षले उद्धारको संयोजन गरेका थिए । वीरेन्द्रनगर–९ का वडाध्यक्ष ऋषि गिरीले डुबानले तल्लो सुर्खेतका पर्सेनी, लौवस्ता, तिलपुर, इटौरा, घोगे्रनीलगायत बस्तीका केही घर जलमग्न हुनुका साथै धानबालीमा क्षति पु¥याएको जानकारी दिए । उनका अनुसार पर्सेनीमा दुई वटा घर डुबानमा परेपछि सुरक्षाकर्मीको सहायतामा उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । भारी वर्षाले रत्न राजमार्ग, छिञ्चु-जाजरकोट सडक खण्ड, दैलेख-सुर्खेत सडक खण्ड र कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले लगातारको वर्षाले अधिकांश सडक खण्ड अवरुद्ध हुन पुगेको बताए । सडक अवरुद्ध हुँदा बिहानैदेखि यात्रुबीच बाटोमा रोकिएका छन् । सडक डिभिजन कार्यालयले कतिपय सडक खण्डमा खसेको पहिरो हटाउने क्रम जारी रहेको प्रहरीको भनाइ छ । यसैबीच, रत्न राजमार्गअन्तर्गत सुर्खेतको ब्युरेनीमा सडक माथिबाट पहिरो खस्दा गुडिरहेको एक स्कुटी पुरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट भेरीपुलतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटी पहिरोले पुरिएको र स्कुटीमा सवार दुई जना घाइते भएको जनाएको छ । स्कुटी चालक वीरेन्द्रनगर-४ का २९ वर्षीय कमल पन्त र उनीसँगै सवार सुरेश नेपाली घाइते हुनुभएको छ । घाइतेको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा पुरिएको स्कुटीलाई डोजर प्रयोग गरी निकालिएको छ । रासस
७ वटा लाइसेन्स बिक्रीमा, यस्तो हुनेछ प्रक्रिया
सरकारले ७ वटा लघु बीमा कम्पनीको लाइसेन्स बिक्रीमा राखेको छ । खरिदको लागि ३१ वटा टेण्डर परेको छ । तर, टेण्डर खुला बोलकबोल विधिबाट छैन, बन्द कोटाभित्र गोप्य विधिबाट हुनेछ । जसरी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा हिमालयन जनरल इन्स्योरेन्सको लाइसेन्स सरकारले बिक्री गरेको थियो । टेण्डरमा भाग लिनेहरुको दरखास्त बीमा समितिले संकलन गरेको छ । संकलित निवेदनहरुको फाइल समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अर्थमन्त्री जनार्दन शर्मा समक्ष पेश गर्ने छन् । शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवासमक्ष पेश गर्नेछन् । त्यससँगै आवेदक कम्पनीका कानुनी प्रतिनिधिले बीमा समितिको समक्ष व्यवसायिक योजना प्रस्तुत गर्ने छन् । जहाँ प्रक्रियागत नाटक मञ्चन हुनेछ । लामो डकुमेन्टहरु देखाइने छ, प्रश्नोत्तर चल्नेछ । व्यवसायिक योजना सिर्जनात्मक भएको, राम्रो/नराम्रो भएको वा कपिपेष्ट भएको जस्ता टिकाटिप्पणी पनि हुनेछन् । बीमा समितिले जारी गरेको १३ बुँदे मापदण्डमा ११ नम्बरको बुँदा यहाँ लागू हुनेछ । जहाँ लेखिएको छ– ‘प्रस्तावकले पेश गरेका प्रस्तावहरुमध्ये यस समितिबाट तयार हुने मूल्याङ्कनका आधारहरुमा उच्चतम अंक प्राप्त गर्ने जम्मा ७ वटा (३ जीवन बीमा र ४ निर्जीवन बीमा) बीमाका प्रस्तावहरुलाई मात्र छनौट गरिनेछ ।’ अर्कोतिर बीमा समितिले जारी गरेको सूचनाको १३ औं नम्बरको मापदण्डमा लेखिए अनुसारको प्रक्रिया शुरु हुनेछ । १३ औं नम्बरमा लेखिएको छ कि ‘यस सूचना बमोजिम पेश हुन आएका कुनै वा सबै प्रस्तावहरु कुनै कारण खुलाई वा नखुलाई स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार समितिमा सुरक्षित रहनेछ ।’ याद गर्नु होला । १३ नम्बरमा उल्लेखित समिति भनेको बीमा समिति होइन, लाइसेन्स बिक्री गर्ने अधिकार प्राप्त उच्चस्तरीय टेण्डर समिति हो । यस समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाको प्रतिनिधि, अर्थमन्त्री जनार्दन शर्माका प्रतिनिधि र लगानीकर्तामैत्री प्रतिनिधि हुनेछन् । सम्भवतः त्यहाँ भूषण राणा, अनिल शर्मा, दीपक भट्ट लगायतले निर्णयक वार्ता गर्नेछन् । यो समितिले विशेष विधि अपनाएर प्रस्तावकको प्रस्ताव स्वीकृत वा अस्वीकृतको निर्णय लिनेछ । सिसिटिभि क्यामेरा नराखिएको, मोवाइल, क्यामेरा, टेप रेकर्डर निषेध गरिएको कोठाभित्र ढोका लगाएर, झ्यालमा पर्दा झारेर उक्त समितिले आवेदक कम्पनीका मालिकसँग अन्तर्वार्ता लिनेछ । यहाँ नाटक मञ्चन हुने छैन, निर्णयक डिल नै हुनेछ । लेनदेन टुङ्गिने छ । समितिले सोही अनुसार देउवा, राणा र शर्मा समक्ष रिपोर्टिङ गर्नेछ । अन्तिममा अर्थमन्त्री शर्माको प्रतिनिधिले बीमा समितिमा लाइसेन्स दिन योग्य ७ कम्पनीको सूची अलिखित रुपमा बीमा समितिलाई दिनेछ । बीमा समितिले भाती पुर्याएर ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिनेछ । साख गुमाउँदै बीमा समिति बीमकलाई लाइसेन्स दिने वा नदिने मामिलामा बीमा समिति विगत दुई दशकदेखि चुक्दै आएको छ । अध्यक्ष देवेन्द्र प्रताप शाहको पालामा १६ वटा बीमा कम्पनीले लाइसेन्स माग गरेको थिए । त्यही समयमा सरकार परिवर्तन भयो । तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले शाहलाई हटाएर फत्तबहादुर केसीलाई बीमा समितिको अध्यक्ष बनाए । केसी बीमा समितिमा ८ वर्ष अध्यक्ष भए । उनले एउटा कम्पनीलाई पनि लाइसेन्स दिएनन् । पुराना कम्पनीहरुले केसीको कदमको तारिफ गरे । नयाँ कम्पनी खोल्न चाहेका तर लाइसेन्स नपाएकाहरुले केसीमाथि गम्भीर आरोप लगाए । अध्यक्ष केसीले पुराना २६ वटा कम्पनीबाट १/१ करोडका दरले २६ करोड पैसा उठाएर खाएको र नयाँ कम्पनीलाई लाइसेन्स नदिएको आरोप लगाए । केसीको ८ वर्षे कार्यकालपछि बीमा समितिको अध्यक्ष चिरञ्जिवी चापागाईं भए । उनी अध्यक्ष भएकै वर्ष १० वटा जीवन र १३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिइयो । उनले निश्चित अवधि तोकेर आवदेन मागेका थिए । आवेदन गर्ने सबैले लाइसेन्स पाए । त्यसपछि चापागाईंमाथि पनि १३ वटा कम्पनीबाट २/२ करोडको दरले २६ करोड रुपैयाँ उठाएको आरोप लाग्यो । चापागाईंमाथि बीमकलाई लाइसेन्स बिक्री गरेको आरोप लागे पनि उनको ४ वर्ष कार्यकालमा बीमाको पहुँच ७ प्रतिशतबाट २७ प्रतिशत पुग्यो । जबकी फत्तबहादुर केसीको ८ वर्षे कार्यकालमा बीमाको पहुँच ५ प्रतिशतबाट ७ प्रतिशत मात्र विस्तार भएको थियो । नयाँ लाईसेन्स वितरण गरेकैले बीमाको पहुँच वृद्धि गर्न सफल भएको चापागाईंले तर्क गरेका थिए । ३१ वटै कम्पनीलाई लाइसेन्स अहिले लघु बीमाको लागि ३१ वटा कम्पनीले प्रस्ताव गरेका छन् । बीमा समितिले किन सबैलाई लाइसेन्स नदिने भन्ने प्रश्न स्वभाविक रुपमा उठ्दै आएको छ । बीमा समितिले पुँजीको सीमा तोकेकै छ । कार्य प्रकृति उल्लेख गरेकै छ । स्वार्थ बाझिने गरी क्रस होल्डिङ हुनुहुन्न भनेकै छ । कर तिरेको र स्रोत खुलेको पुँजी मात्र योग्य हुन्छ भनिएकै छ । सञ्चालक, उच्च व्यवस्थापकको योग्यता, क्षमताको मापदण्ड बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिकामा तोकिएकै छ । त्यसको पूर्ण पालना गर्दै योग्य सबैलाई लाइसेन्स दिँदा के बिग्रन्छ ? किन ७ वटालाई मात्र लाइसेन्स ? अहिले अर्थतन्त्रमा मन्दी छ । नयाँ लगानी आउन सकिरहेको छैन । लघु बीमा सेवा दिन्छु भनेर ३१ वटा कम्पनी तयार छन् । कम्तिमा २३ अर्ब ७५ करोड लगानी हुन्छ । त्यसबाट कम्तिमा २ हजार मानिसले रोजगारी पाँउछन् । सरकारको राजश्व वृद्धि हुन्छ । बीमाको पहुँच वृद्धि हुन्छ । पुँजी विदेश जाला भन्ने पनि चिन्ता हुँदैन । पढे लेखेका कम्तिमा २/३ हजारले नेपालमा रोजगारी पाउँछन् । उनीहरु विदेशिनबाट रोकिन्छन् । लगानीकर्ता, बेरोजगार, सरकार, समाज लगायत सबैलाई हित हुन्छ भने ३१ वटै कम्पनीलाई लाइसेन्स किन नदिने ? किन ७ वटा मात्र बिक्रीमा राखियो ?
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, निर्वाचन क्षेत्रको बाँडफाँट टुङ्गयाउने
फाइल फोटो काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ । आज बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिए । बिहीबारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ । लोसपाका नेता अनिल झा सत्तारुढ गठबन्धनको वार्ताका आधारमा तालमेल हुने वा नहुने निश्चित हुने जानकारी दिए । कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट गरिसक्ने उनले बताए । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रुपमा दिन निर्णायक वार्ता भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्नेछ । यसका लागि अब भोलिसम्म समय बाँकी रहेकाले पनि आजै बाँडफाँट सक्न चार दल लागेका हुन् । सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको बताइएको छ । रासस