
दाङ । अविरल वर्षासँगै गएको पहिरोबाट दाङकोलमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमहीनगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो ।
प्रसारण लाइनमा ढलेपछि त्यस क्षेत्रको विद्युतआपूर्ति अवरोध भएकोथियो । प्राधिकरणले अहिले वैकल्पिकव्यवस्था गरी घरायसीग्राहकलाई विद्युत् दिइएको छ । प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसीग्राहकलाई विद्युतआपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत् खपतगर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् ।
प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत् आपूर्ति दिने छ । इआरएस टावर जडानका लागि सर्भेक्षण गर्न टोली खटाइएको छ । टावर जडान गर्न केहीदिन लाग्ने बताइएको छ ।