नवलपरासीमा ज्येष्ठ नागरिकको घर–घरमा स्वास्थ्य सेवा
नवलपरासी । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका– ९ की पुतली कुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्किँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित छिन् । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि पुतली कुमाल खुसी भएकी छिन् । स्वास्थ्यकर्मीले घरमै आएर रक्तचाप, मधुमेह, दमलगायतका रोगको जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् । मध्यविन्दु नगरपालिका–९ कै ७८ वर्षीय रोशन सिंहलाई पनि रक्तचाप र दमको समस्या छ । आफैँ अस्पताल पुगेर औषधि लिन उनलाई समस्या थियो । गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उनी पनि खुसी भएका छन् । मध्यविन्दु नगरपालिकाले चालू आर्थिक वर्षको नीतिकार्यक्रममा समावेश गरेको को ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत नगरभित्रका १५ वटै वडामा गत साउनदेखि सञ्चालन गरेको छ । मध्यविन्दु नगरपालिकामा चालू आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनाको २० गतेदेखि २४ गते सम्म स्वास्थ्यकर्मी घर घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । स्वास्थ्य परीक्षणका क्रममा ज्येष्ठ नागरिकको मासिक स्वास्थ्यअवस्थाको अभिलेख राखिने गरिएको छ भने आवश्यक परामर्श प्रदान गर्ने गरिएको मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले बताए । ‘घर–घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीनसय ज्येष्ठ नागरिकले लाभ लिएका छन्’, स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले भने, ‘अशक्त, अपाङ्गता, दीर्घ रोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरीकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ ।’ भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए । जनताकाबीचमा गरिएको प्रतिबद्धता अनुसार ज्येष्ठ नागरिकलाई घर आँगनमै स्वास्थ्यपरीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताए् । उनले भने,’हामीले पहिलो चरणमा उनीहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्यचौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँं ।’ पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्यअवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायतका आधारभूत तथ्याङ्क टिपोट गरी लगत सङ्कलन गरिएको थियो । सबै लाभग्राहीको छुट्टछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ । प्रत्यैक ६/६ महिनामा विशेषज्ञ चिकित्सकसहित घर–घरमा स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । घर घरमा ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षणमा खटिने स्वास्थ्यकर्मिलाई विशेष प्रोत्साहान भत्तासमेत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताए । रासस
ग्राउण्ड ह्यान्डलिङ खोसिने कुराले निगमलाई चिन्ता, कार्यकारी अध्यक्ष भन्छन् : ‘हामीले नै पाउनुपर्छ’
काठमाडौं । ग्राउण्ड ह्यान्डलिङको एकाधिकार खोसिने विषयले नेपाल वायुसेवा निगममा चिन्ता छाएको छ । बायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ आफ्नै नियन्त्रणमा कसरी राखिरहने भन्ने विषयमा छलफललाई अगाडि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना कार्तिक ३ गते ना आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले कानून अनुसार हप्तामा ३५ वटा फ्लाइट गर्ने एयरलाइन्सले आँफै ग्राउण्ड ह्यान्डलिङ गर्न पाउने भएकाले कानूनको कार्यान्वयनतर्फ प्राधिकरण लाग्ने बताएका थिए । नेपाल एयरलाइन्सको कर्मचारीले कुनै दिनमा हड्ताल गरेमा पुरै एयरलाइन्स क्षेत्रमा ग्राउण्ड ह्यान्डलिङमा समस्या आउने भन्दै अधिकारीले त्यसको विकल्प तयार गर्नुपर्ने बताएका थिए । ‘कानूनले समान व्यवहार गर्नुपर्छ भन्ने हामीलाई थाहा छ, ग्राउण्ड ह्यान्डलिङमा वैकल्पिक व्यवस्था गर्ने विषयमा क्यान सचेत छ’, महानिर्देशक अधिकारीले पत्रकारहरुलाई बताएका थिए । विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङ उडान भर्ने अन्य कम्पनीहरुलाई पनि अनुमति दिने र फिर्ता लिने विषय लामो समयदेखि छलफल हुँदै आएको विषय हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि ग्राउण्ड ह्यान्डलिङको सेवा प्रदान गर्दै आएको नेपाल बायुसेवा निगमले सन् २०१६ देखि आफ्नो सेवालाई अन्तर्राष्ट्रियस्तरको सेवामा मापन गर्दै आएको छ । वायुसेवा निगमले विगतमा ग्राउण्ड ह्यान्डलिङ सेवाको लोड कन्ट्रोल (एलओडी) प्यासेन्जर ब्यागेज ह्याण्डलिङ (पीएबी), एयरक्राफ्ट ह्यान्डलिङ एन्ड लोडिङ (एचडीएल), अर्गनाइजेसन एन्ड म्यानेजमेट (ओआरएम), एयरक्राफ्ट ग्राउन्ड मुभमेन्ट (एजीएम)मा आइएसएजीओ सर्टिफइड (आएएटीए सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन) प्राप्त गरेको थियो । तर पछिल्लो समयमा सन् २०२४ सम्मलाई निगमले आइएटीएबाट आइएसएजीओ सर्टिफिकेट प्राप्त गरेको छ । लामो समयदेखि सुख, दुःख सबै समयमा ग्राउण्ड ह्यान्डलिङ गर्दै आएको, कमीकमजोरी छन भने त्यसलाई सच्याउँदै जाने, आफूहरुसँग प्रविधि र क्षमतावान कर्मचारी पनि भएकाले निगमले नै ग्राउण्ड ह्यान्डलिङको काम पाउनुपर्ने कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन् । ‘हामीले शुरुदेखि गरिरहेका छौं, दुःखमा पनि सुखमा पनि, राष्ट्रिय ध्वजाबाहक भनेको सरकारकै अंग हो, यसका कमीकमजोरी छन् भने सुधार गर्ने हो’, उनले भने, ‘आएटीए’ ‘आइएसएजीओ’ सर्टिफाइड ग्राउन्ड हेन्डल हो, हाम्रो प्रविधि पनि छ र योग्य जनशक्ति पनि भएकाले हामीले नै गर्न पाउनुपर्छ भन्ने हाम्रो आग्रह रहन्छ ।’ निगमका अध्यक्ष अधिकारीले आफ्नो अनुरोधलाई सुनुवाई हुने आशा राखेका छन् । ग्राउण्ड ह्यान्डलिङको बिजनेस पनि एयरलाइन्सको बिजनेसको अंश भएको र सो अरु एयरलाइन्सले पनि गर्दै आएको उदाहरण बताउँदै निगमका अध्यक्ष अधिकारीले अन्य एयरलाइन्सलाई पनि सो बिजनेस दिँदा निगमलाई असर पर्ने बताए । आँफूहरुले अहिले ग्राउन्ड ह्यान्डलिङको विषयमा छलफल गरिरहेको उनको भनाई छ । निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार निगमले वार्षिक रुपमा ग्राउन्ड ह्यान्डलिङको क्षेत्रमा झण्डै ३ अर्ब बराबरको व्यवसाय गर्दै आएको छ । सो व्यसाय भनेको निगमको मुख्य व्यवसाय अन्तर्गत पर्ने उनको भनाइ छ । अन्य कम्पनीलाई पनि ग्राउन्ड ह्यान्डलिङको व्यवसाय दिँदा निगमको भविष्यमाथि नै प्रश्न उठ्ने जानकारहरुकाे भनाइ छ । पछिल्लो समयमा विशेषगरी हिमालय एयरलाइन्सले ग्राउण्ड ह्यान्डलिङको लागि पहल गरिरहेको छ । सो एयरलाइन्सलाई दुई वर्ष अगाडि पनि ग्राउन्ड ह्यान्डलिङ दिने विषय अगाडि बढेको थियो । तर, चौतर्फी विरोध भएपछि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।
प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक प्रणालीको मतपत्र धमाधम ढुवानी भइरहेको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आजसम्म एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । सोमध्ये प्रतिनिधिसभाका लागि ८७ लाख एक हजार र प्रदेशसभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएकामध्ये प्रदेशसभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधिसभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेशसभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधिसभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ । निर्वाचनमा कूल एक करोड ७९ लाख ८५ हजार ७० मतदाता रहेका छन् । यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । निर्वाचनका लागि कूल करिब आठ करोड मतपत्र आवश्यक पर्छ ।
नेप्सेले भन्यो : कात्तिक २५ गतेभित्र एनओटिएसको लगइन आइडी लिनु
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सबै सुचीकृत कम्पनीलाई कात्तिक २५ गतेभित्र एनओटिएसको लगइन आइडी लिन आग्रह गरेका छन् । नेप्सेले आइतबार सूचना जारी गर्दै सबै कम्पनीलाई यस्तो आग्रह गरेको हो । कात्तिक २७ गतेदेखि नेप्सेको नयाँ वेबसाइट पुर्ण रुपमा संचालन हुने भएकाले सबैले कात्तिक २५ गतेभित्र नै लगइन आइडी लिनुपर्ने बताएको छ । नेप्सेको अनुसार नयाँ वेबसाइट पुर्ण रुपमा संचालन आएपछि सबै सुचीकृत कम्पनीहरुको सृचना तथा विवरणहरु नयाँ वेबसाइटमा मात्र सार्वजनिक हुने र पुरानो वेबसाइटको लगइन आइडी खारेज हुनेछ ।
१५ दिनपछि खुल्यो कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत नाग्म–गमगढी राजमार्ग पुनः सञ्चालनमा आएको छ । उक्त सडक पहिराका कारण गत असोज तेस्रो सातादेखि अवरुद्ध थियो । सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटर लामो उक्त राजमार्ग १५ दिनको प्रयासपछि सञ्चालनमा आएको हो । नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिकामा पहिरोले सबैभन्दा बढी क्षति पूर्याएको थियो । सो गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म करिब आठ किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा पहिराले क्षति गरेको थियो । सो पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो । नाग्म–गमगढी राजमार्गको ९३ किलोमिटर क्षेत्रमा पहिरो पन्छाएको कार्यालयका इन्जिनियर गणेश भक्रीले बताए । हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा पहिरो हटाइएको छ । थप मर्मतको काम जारी छ । सडक सञ्चालनमा आएपछि बाह्य तथा आन्तरिक पर्यटकलाई रारा ताल पुग्न सहज भएको बताइएको छ । रासस
झिनियाँबाट वार्षिक १० लाख आम्दानी गर्छन् गुल्मीका महिला
रेसुङ्गा । उनी बिहान ३ बजे नै उठ्छिन् । त्यसपछि चामलको पिठो पकाउन सुरू गर्छिन् । पटकपटक गरेर पकाएको चामलको पिठो झिनियाँ रोटी बनाउनको लागि मेसिनमा राख्न तयार हुन्छ । त्यसपछि दिउँसो ३ बजेसम्म मेसिन हातले चलाएरै झिनियाँ रोटी तयार गर्छिन् । गुल्मीको मुसीकोट नगरपालिका–७ वामीटक्सारकी बिष्णुमती श्रेष्ठको पछिल्लो दैनिकी हो यो ।क विशेष गरेर दसैँ र तिहारमा अत्यधिक बिक्री हुने झिनियाँ रोटी आफूहरूले वर्षभरि नै बनाउने गरेको ४३ वर्षीय श्रेष्ठले बताइन् । आफूहरूको मुख्य पेशा नै झिनियाँ रोटी बनाउने रहेको उनको भनाइ छ । ‘हामीले वर्षभर झिनियाँ रोटी बनाएर चाडपर्वहरूमा बिक्री गर्दछौँ’, उनले भनिन् ‘दैनिक दुई सय दर्जन झिनियाँ बनाउँदा पनि बजारको माग धान्न सकेका छैनौँ ।’ झिनियाँ रोटीबाट आफ्नै घरमा बसेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण विष्णुमतीले प्रस्तुत गरेकी छिन् । आफूले यस वर्ष मात्र झण्डै १० लाख रुपैयाँको झिनियाँ रोटी बिक्री गरेको विष्णुमतीले बताइन् । ‘दसैँ र तिहारको समयमा यस वर्ष आठ लाख रुपैयाँको झिनियाँ बिक्री भयो, अघिपछिका मेलापर्वमा दुई लाख बराबरको हुने गर्दछ’ उनले भनिन्, ‘वर्षभरको मेहनत र परिश्रमसहित नौ लाख रुपैयाँ बचत हुन्छ ।’ सामान्य लगानीसहित अत्यधिक मेहनत र परिश्रमले धेरै आम्दानी हुने बिष्णुमतीको भनाइ छ । उनले झिनियाँ रोटी घरबाटै फुटकर एक सय रुपैयाँ दर्जन र होलसेल ९० रुपैयाँ दर्जनमा बिक्री गर्छिन् । झिनियाँ रोटी विष्णुमतीले बनाए मात्र पुग्छ । उनलाई बजार र बजारीकरणको कुनै समस्या छैन । जति उत्पादन गरे पनि बजारको लागि पुगेको छैन । चाडपर्वको बेला विष्णुमतीलाई फोन उठाउन भ्याइनभ्याइ हुने गर्दछ । ‘झिनियाँ रोटीको लागि टाढाटाढाबाट फोनहरू आइरहेका हुन्छन्’’ बिष्णुमतीले भनिन्, ‘सकेसम्म मागअनुसार झिनियाँ रोटी पठाउँछु, उनीहरुले मेरो खातामा पैसा पठाउँछन् ।’ उनले अहिलेसम्म गुल्मी, बाग्लुङ्ग, रूपन्देही, अर्घाखाँची, कास्की र मुस्ताङसम्म झिनियाँ रोटी पठाएकी छिन् । अन्य जिल्लाबाट पनि फोन आइरहने गरे पनि झिनियाँ रोटी पु¥याउन नसकेको उनको भनाइ छ । झिनियाँ रोटी बनाउने काममा विष्णुमतीलाई सङ्गीता रानाले पनि सघाइरहेकी छिन् । फोनबाटै सहजरूपका व्यापार भएपछि झिनियाँ रोटी बनाउन प्रोत्साहित भएको विष्णुमतीको भनाइ छ । झिनियाँ रोटी बनाउने आफूहरूको पुख्र्यौंली पेशा भएको विष्णुमतीकी ८८ वर्षीया आमा चम्पाकुमारी श्रेष्ठले बताइन् । आफूहरूले पनि सामान्य झिनियाँ रोटीको व्यापारबाट जीविकोपार्जन गरेको चम्पाकुमारीले सम्झिन । आमाको देखासिकीबाट छोरी विष्णुमतीले १२ वर्षयता झिनियाँ रोटीलाई व्यावसायिकरूपमा अगाडि बढाएकी छिन् । यसको आम्दानीले घरखर्च गर्न सहज भएको उनी बताउँछिन् । झिनियाँ व्यवसायी विष्णुमतीलाई धेरै ठाउँबाट तालिमको प्रशिक्षकका रुपमा आइदिन अनुरोध हुने गर्दछ । गुल्मीसहित अन्य जिल्लाका उद्योग कार्यालय र स्थानीय तहले तालिमको लागि बोलाउने गरेको उनले बताइन् । ‘तालिममा प्रशिक्षकका लागि माग आइरहेकै हुन्छ’, विष्णुमतीले भनिन्, ‘घरमा झिनियाँ बनाउन व्यस्त भएका कारण धेरै ठाउँमा त जान भ्याएकी छैन ।’ अबका दिन झिनियाँ रोटी बनाउने तालिमको लागि आफू जानेसमेत उनले बताएकी छिन् । झिनियाँ रोटी बनाउन मिहेनत र परिश्रम बढी लाग्ने गरे पनि थोरै आर्थिक लगानीबाट पनि गर्न सकिने उनले बताइन् । ‘झिनियाँको व्यवसाय गर्नका लागि केही गर्नु पर्दैन, मिहेनत र परिश्रम भए पुग्छ’, उनले भनिन्, ‘एउटा हाते मेसिन किनेपछि सुरू गरिहाल्न सकिन्छ ।’ मेसिन पनि मात्रै १२ देखि १५ हजार रूपैयाँमा खरिद गर्न सकिने उनले जानकारी दिइन् । आफूले १२ हजार रूपैयाँमा खरिद गरेको मेसिन १२ वर्षसम्म निरन्तर चलिरहेको विष्णुमतीले सुनाइन् । विष्णुमती मात्र होइन, वामिटक्सारका केही स्थानीयहरू पछिल्लो समय झिनियाँ व्यवसायमा आकर्षित भएका छन् । स्थानीयवासी अमृतलाल प्रधानले यही झिनियाँ व्यवसायबाटै वार्षिक तीन लाख रुपैयाँ सम्म कमाउँछन् । उनले तिहारको लागि मात्र झिनियाँ बनाउने गर्छन् । श्रीमती ज्ञानु प्रधानसँगै अमृतलालले यो समयमा बिहादेखि साँझसम्म झिनियाँ तयार गर्छन् । उनको बजारीकरण बाग्लुङ्गको गलकोटमा हुने गर्दछ । त्यस्तै अर्का स्थानीयवासी स्थानीवासी पार्वती श्रेष्ठले पनि १० वर्षदेखि तिहार लक्षित झिनियाँ व्यवसाय गरिरहेकी छिन् । उनले वार्षिक ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी गछिन्। आफ्नो जीविकोवार्जनका लागि पुग्ने गरेर झिनियाँको व्यवसाय गरेको पार्वतीले बताइन् । नेवारी भाषामा झिनियाँ रोटीलाई कसिनकमारी पनि भनिन्छ । झिनियाँ रोटी विशेषगरी दसैँ र तिहारमा धेरै बिक्री हुने गर्दछ । झिनियाँ रोटीको व्यवसायमा धेरै जना आकर्षित भएमात्र बजारको माग पु¥याउन सकिने बिष्णुमतीले बताइन् । थोरै लगानी, बढी मिहेनत र परिश्रम, कुनै सरकारी निकायको भर नपर्नुपर्ने, बजारीकरणको कुनै समस्या नभएको, घरमै बसेर गर्न सकिने र मनग्ये आम्दानी हुने भएकाले धेरैले व्यावसायिकरुपमा गर्न सक्ने अवसर रहेको उनको भनाइ छ । झिनियाँ रोटी बनाउन चामललाई पिसेर बनाएको पिठोलाई पानीमा पकाउँनुपर्छ । । पिठो पकाउने समयमा कुन रङको बनाउने हो, त्यही रङ प्रयोग गर्न सकिन्छ । पिठो पाकेर ठोसको रूपको तयार भएपछि त्यसलाई सानो सानो दानाको रूपमा तयार गरी हाते मेसिनमा राख्ने र त्यसपछि मेसिनलाई एउटा हातले चलाउने अर्को हातले मेसिन तल एकपटकमा ३० वटासम्म झिनियाँ बन्छ । झिनियाँलाई कम्तीमा तीन घण्टा घाममा सुकाएपछि झिनियाँ तयार हुन्छ । झिनियाँलाई तेलमा फुराएर मात्र प्रयोग गरिन्छ । रासस
सफ्टवेरिका कलेजले दियाे २८ लाखकाे छात्रवृत्ति
काठमाडौं । आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई २८ लाख रकम बराबरको छात्रवृत्ति प्रदान गरेको छ । कलेजले स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी तर्फका विद्यार्थीहरूलाई सो रकम बराबरको छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाउनेमा कलेजका ३०, ३१ र ३२ औं ब्याचका विद्यार्थीहरू रहेको कलेजका प्रमुख प्रमोद पौडेलले बताए । उनको अनुसार छात्रवृत्ति पाउने विद्यार्थीमध्ये ६ जनाले सतप्रतिशत, १२ जनाले ५० प्रतिशत र ७४ जनाले २५ प्रतिशत छात्रवृत्ति पाएका छन्। विद्यार्थीको शैक्षिक स्तर र उपस्थितीको आधारमा उक्त छात्रवृत्ति प्रदान गरिएको पौडेलले बताएका छन् ।
घोराही सिमेन्ट किन्दा इ-स्कुटरदेखि मोबाइलसम्म पाइने
काठमाडौं । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ । यस योजनामा सगरमाथा सिमेन्टको बोराहरु भित्र रहेको कुपनको क्युआर कोडलाई स्क्यान गरिसकेपछि आउने फारम भरी विभिन्न उपहार जित्न सकिनेछ । । कम्पनीको अुनसार पुस मसान्तसम्म संचालन हुने यस योजनामा इ–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामान लगाएतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्कि ड्र मार्फत जित्न सकिने छ । लक्कि ड्रको नतिजा कम्पनीको सामाजिक संजाल र विभिन्न माध्यमबाट प्रशारण गरिने कम्पनीले जनाएको छ ।