पठाओमा फुड डेलिभरी गर्ने साइकल चालकले महिनाको ५०/६० हजार कमाउँछन् : सुरक्षा हमाल
२५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले हालै चौथौं वार्षिकोत्सव मनायो । प्रविधिको विकासले दैनिक हजारौंलाई प्रत्यक्ष सेवा दिईरहेको पठाओले छोटो समयमा नै ब्राण्ड नै बन्न सफल भएको छ । उपत्यकामा लोकप्रिय बनेको पठाओले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । नेपाल प्रवेशदेखि लिएर कम्पनीको आगामी योजनाका विषयमा पठाओकी सिनियर मार्केटिङ म्यानेजर सुरक्षा हमालसँग विकासन्युजका लागि सन्तोष रोकाया र सीआर भण्डारीले कुराकानी गरेका छन् । पठाओले कसरी काम गरिरहेको छ ? हामीले पठाओ एप्स सञ्चालन गरेको छौं । त्यो एपबाट कुनै पनि मान्छेले बुक गरेर एक ठाउँबाट अर्को ठाउँ जान सक्छन् । हामीले मोटरबाइक राइड सेयरिङबाट सेवा सुरु गरेका हौं । त्यसपछि हामीले ट्याक्सीमा पनि यो सुरु गर्यौ । त्यसपछि फुड डेलिभरी सेवा थालेका छौं । राइड सेयरिङमा कुनै पनि सेवाग्राहीले आफूलाई जानुपर्ने ठाउँमा बुक गर्नुपर्छ । त्यो रिक्वेस्ट राइडरलाई जान्छ । राइडरले एसेप्ट गरेर पिकअप गर्छ । सेवाग्राहीलाई कहाँ जानुपर्ने हो त्यहि ठाउँमा पुर्याइदिनुहुन्छ । त्यो बापत सेवाग्राहीले एपमा देखाए वापतको फिक्स्ड रकम राइडरलाई पे गर्नुहुन्छ । राइडरले हामीलाई कमिसन पे गर्नु हुन्छ । बाइकमा २० प्रतिशत र ट्याक्सीमा ५० प्रतिशत कमिसन लाग्छ । छोटो समयमा नै पठाओ सेवा चर्चित भयो, कसरी ? यो अमेरिकन कम्पनी हो । विदेशबाट फण्डेड कम्पनी हो । यो एफडीआइ नै हो । नेपालमा यसको इतिहास छोटो भए पनि विदेशमा यो सेवा सञ्चालनमा आएको धेरै वर्ष भयो । पठाओको सेवा उत्कृष्ट छ । चौथौ वार्षिकोत्सवको अवसरमा पठाओ सेवा चितवनमा पनि विस्तार गरेका छौं । काठमाडौंमा हामीले बाइक, ट्याक्सी, फुड र बजार सुरु गरिसकेका छौं । चितवनमा बाइक र टुकटुकबाट पठाओ सेवा सुरु गरिएको छ । चितवनमा पनि राम्रो भइरहेको छ । सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । चितवनमा टुकटुक ९तीन पांग्रे अटो० पहिलादेखि नै चल्दै आएको थियो ।सेवाग्राहीहरुले टुकटुकलाई एपबाट बोलाउन सक्नुहुन्छ । चालकले पनि एपबाट नै रिक्वेस्ट एसेप्ट गरेर एक ठाउँबाट अर्को ठाउँ पुर्याउनुहुन्छ । सुरु–सुरुमा राइड सेयरिङमा अपरिचित मान्छेको गाडीमा बस्न अफ्ठ्यारो लाग्छ । तर हामीले कुनै अफ्ठ्यारो नमानिकन सुरक्षित हुन्छ भनेर प्रमोट गरिरहेका छौं । सबै राइडरको पुरा विवरण हामीले सिस्टममा राखेको हुन्छौं । सबै राइडरलाई ट्रयाक गरिरहेका हुन्छौं । सबै जना राइडरले ट्रेनिङ लिएका हुन्छन् । उनीहरुलाई सबै कुराहरुको जाँच गरेर नै हामीले भेरिफाइड गरेका हुन्छौं । राइडको दौरानमा आफ्नो साथीभाईलाई आफू कहाँ छौ भने लाइभ गर्न पनि सकिन्छ । केही भएको खण्डमा सपोर्टका लागि २४ सै घण्टा कल सेन्टरको पनि व्यवस्था मिलाइएको छ । हामीले इन्स्योरेन्स पनि गरिदिएका छौं । राइड सेयरिङको लागि उच्च रकमको इन्स्योरेन्स कभर दिएका छौं । जसमा मेडिकल इन्स्योरेन्स १ लाख रुपैयाँको छ । मृत्यु भएको केसमा १० लाख रुपैयाँसम्मको छ । राइडरले १० लाख र सेवाग्राहीले १० लाख रुपैयाँ पाउँछन् । यी कुराहरुलाई हामी प्रचार पसार गर्नुपर्नेछ । अपरिचित ब्यक्तिसँग बाइकमा सवार गर्नु नेपाली समाजको लागि गाह्रो कुरा हो, यो किसिमको सचेतना कसरी गरिरहनु भएको छ ? पठाओ आउनु भन्दा अघि एक दुइटा राइड सेयरिङ सञ्चालनमा थिए । ४ वर्षअघि सुरु गर्दा लोकल एपहरु मात्रै थिए । सुरुमा अपरिचित व्यक्तिसँग बाइकमा बस्न गाह्रो नै हुन्छ । कुनै परिचित मान्छेको पछाडी बसेर आफ्नो गन्तव्य पुग्न सकिन्छ भन्ने अवस्था थिएन । तर, हामीले ग्राहकलाई त्यो किसिमको अनुभव दिएर कन्फिडेन्स लेभल बढायौं । उहाँहरुलाई एक किसिमको सहजता दियौं । अपरिचित व्यक्तिको पछाडी बस्दा कति सुरक्षित छ भनेर शिक्षा दियौं । अहिले राइड सेयर भनेपछि लाइफस्टाइल नै भएको छ । लाखौं ग्राहकले हाम्रो सेवालाई सहज र सुरक्षित मान्नु भएको छ । कतिपय मान्छेलाई गन्तव्यमा छिटो पुग्ने, एप थ्रु बुक गरेर एउटा ठाउँबाट अर्को ठाउँ जाँदा दिइने सुरक्षाका कारण अहिले सबैको मन मस्तिस्कमा पठाओ बसिसकेको छ । पठाओको राइडर र सेवाग्राही कति छन् ? पठाओ एप ३५ लाखभन्दा बढीले डाउनलोड गर्नु भएको छ । अहिले काठमाडौंमा मात्रै संचालन भएको हुनाले यो तथ्याङ्क काठमाडौंको मात्रै हो । राइडहरु मात्रै डेढ लाख बढी छन् । जसमा बाइक राइडर १ लाख ३० हजार हुनुहुन्छ । काठमाडौंमा भएका ५० प्रतिशत ट्याक्सी हामीसँग आवद्ध हुनु भएको छ । पठाओ आउनुभन्दा अघि टुटल आएको थियो तर टुटुलको भन्दा मार्केट बढी पठाओको छ, यो कसरी सम्भव भयो ? टुटल लोकल कम्पनी हो भने पठाओ अन्तर्राष्ट्रिय कम्पनी हो । तर लोकल कम्पनी र अन्तर्राष्ट्रिय कम्पनीले ग्राहकलाई खासै फरक पार्दैन । किनभने उहाँहरु चढ्ने बाइक र राइडर उही हो । जाने गन्तव्य पनि त्यहि नै हो । केही फरक छैन । उहाँको एक्सपेरियन्स फरक छ । हामीले एपको इन्टरन फेजदेखि लिएर राइडरलाई ट्रेन गरेका छौं । राइडरले यत्तिकै राइड गर्न पाउनु हुन्न । हामीले राइडरलाई एक घण्टाको ट्रेनिङ दिएका छौं । उहाँहरुलाई सपोर्टका लागि इन्स्योरेन्स लगायत अन्य सुविधाले ग्राहकको मन जित्न सफल भयौं । ग्राहकका लागि अन्य क्षेत्रमा लोकल कम्पनीसँग ठूलो प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यी सबै कुराले गर्दा हामीले मार्केट सेयर क्याप्चर गर्न सफल भएका हौं । यो फ्रेसर इण्डष्ट्रि पनि भयो । हाम्रो त कुनै गुड्स छैन । यहि सर्भिसलाई कसरी राम्रो बनाउन भन्ने मात्रै हो । सेवाग्राहीलाई एप चलाउन सजिलो बनाउने, टेक गर्न सजिलो बनाउने लगायतका काम गर्यौ । एपलाई जुनसुकै वर्गको मान्छेले पनि चलाउन सक्ने बनाएका छौं । एक्सपेरियन्स इन्टायर हुनुपर्यो । राइडरलाई सुरक्षाको कुराहरु पनि हुनुपर्छ । राइडरलाई ट्रेन गर्नेदेखि लिएर इन्स्योरेन्स सपोर्ट सबै कुराहरु भएकाले पनि हामी अगाडी आउन सफल भयौं । राइडरहरुलाई कस्तो खालको तालिम दिनुहुन्छ ? एप कसरी चलाउने, रोड सेफ्टिदेखि लिएर सेवाग्राहीसँग कस्तो व्यवहार गर्ने, उहाँमा भएका ह्यारेसमेन्टका कुराहरु सस्पेन्ड गरिन्छ । के कुरा गर्न हुन्छ के कुरा गर्न हुन्न रु भन्ने सबै सिकाउँछौं । पहिलामा फिजिकल कक्षा दिने गरेका थियौं । अफिसमा बोलाएर दिनमा ४ वटा सेसनमा कक्षा हुन्थ्यो । कोरोनापछि भने अनलाइन कक्षा दिइरहेका छौं । कुनै एउटा व्यक्ति पठाओको राइडर बन्न के गर्नु पर्छ ? राइडर बन्न धेरै असहज छैन । आफ्नो ब्लुबुक र लाइसेन्स लिएर आउने हो । ट्रेनिङ लिनुपर्छ । अहिले दुई हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । त्यसमा उहाँहरुले जति अमाउन्ट शुल्क दिनुहुन्छ त्यति रकमको रिक्वेस्ट दिइरहेका छौं । त्यो रिक्वेस्टबाट उहाँहरुले त्यो रकम फिर्ता लिनुहुन्छ । अहिले बजारमा इनड्राइभर कडा प्रतिस्पर्धीको रुपमा आएको छ, यसलाई तपाईंले कसरी लिनु भएको छ ? कुनै पनि इण्डष्ट्रिमा प्रतिस्पर्धी आउनु राम्रो हो । प्रतिस्पर्धी आयो भने इण्डष्ट्रि नै ग्रोथ हुन्छ । हामीलाई पनि कोही प्रतिस्पर्धी आयो भने अझै नयाँ नयाँ कुराहरु सोच्ने अवसर मिल्छ । केही नयाँ काम गर्ने सोच हुन्छ । एउटा कम्पनी भयो भने बजारमा मोनोपोली हुन्छ । आफ्नो मोनोपोली भयो भने मजा पनि आउँदैन । कुनै पनि इण्डष्ट्रिमा मुख्य २र३ वटा प्रतिस्पर्धी हुन्छन् । सबैको आआफ्नो मुख्य युनिक प्वाइन्ट हुन्छ । प्रतिस्पर्धी आउँदैमा खासै फरक पर्दैन । इण्डष्ट्रि अझै ग्रोथ हुन्छ । उहाँहरुले पनि आफ्नो मार्केटिङ गर्नुहुन्छ । राइड सेयरिङको बारेमा थाहा नभएको मान्छेले थाहा पाउनुहुन्छ । सबै जनासँगै मिलेर इण्डष्ट्रि ग्रोथ गर्ने हो । राइड सेयरिङदेखि लिएर फुड डेलिभरिमा अहिले पनि ३र४ वटा संचालनमा छन् । सबैको आआफ्नो मार्केट सेयर छ । सबैको आफ्नै युनिक प्वाइन्ट छ । सबै जना मिलेर एउटा फुड डेलिभरि इण्डष्ट्रिलाई ग्रोथ भएको छ । हामी प्रतिस्पर्धीलाई स्वागत नै गर्छौ । प्रतिस्पर्धी नै भन्ने हो भने पनि इनड्राइभरले इन्स्योरेन्स दिँदैन । उसको सपोट नै छैन । इनड्राइभरले राइडरलाई ट्रेनिङ नै दिँदैन । इनड्राइभरको अफिस पनि छैन । सडकमा हुने व्यापार हो । कुन बेला के हुन्छ भन्न सकिँदैन । मूल्य मात्रै सबै कुरा होइन । इनड्राइभरको हकमा धेरै एक्सिडेन्ट भएर रिप्लाइ नआएको, राइडर भागेको सूचनाहरु आएका छन् । पठाओ पनि त दुर्घटनामा परेका घट्ना होलान नि ? यस्ता केसहरु धेरै छन् । ३र४ वटा मात्रै मृत्यु भएका घटना छन् । उहाँहरुले फुल क्लेम पाउनु भएको छ । ६ महिनाअघि ५ लाखको मात्रै बीमा थियो । अहिले १० लाखको बीमा बनाएको छ । डेथ भएकाहरुले पुरा क्लेम पाउनु भएको छ । सानोतिना घटना घटेर क्लेम तिरेको धेरै छन् । अहिलेसम्म ५ सय जनाले फूल बीमा दावी पाइसक्नु भएको छ । चितवनपछि अन्य सहरहरुमा सञ्जाल विस्तार गर्ने कुनै योजना छ ? पक्कै पनि देशभरि नै विस्तार गर्ने योजना छ । अहिलेलाई चितवनमा विस्तार गरिएको छ । चितवनमा संचालनमा आएको एक महिना मात्रै भयो । हामी सुरुवाती चरणमा नै सन्तुष्ट छौं । ब्राण्डमा कुनै कमी छैन । सबैलाई पठाओ भन्ने कुरा के हो भनेर थाहा छ । अब एक्सपेरियन्स र सुरक्षालाई बढाउँदै लैजाने हो । चितवनमा पहिला टुकटुकलाई मान्छेहरुले बोलाएर आफ्नो गन्तव्यमा जाने गरेका थिए । त्यसलाई हामीले हाम्रो टेकमा लिएको मात्रै हो । टुकटुक चालकहरु टेक फ्रेन्ड्ली हुनुपर्ने छ । उहाँहरु टेक फ्रेन्ड्ली हुनुहुन्न । उहाँहरु कोसिस गरेर एप चलाउन सिकिरहनु भएको छ । उपत्यका पछि चितवनमा छौं । विस्तारै यसलाई अन्य सहरहरुमा लैजान्छौं । कतिपय राइडरको शुल्क बढी भयो भन्ने गुनासो छ नि ? हामीसँग प्राइस बढी भयो भनेर गुनासो आएको छैन । २० प्रतिशत मात्रै कमिसन हो । त्यो कमिसनबाट नै हामीले कम्पनी संचालन गर्नुपर्ने हुन्छ । कतिपय राइडरलाई त्यो २० प्रतिशत कमिसन फिर्ता पनि दिने गरको छौ । २० प्रतिशत कमसिनबाट कम्पनीलाई सस्टेन गर्नुपर्ने, मार्केटिङ गर्नुपर्ने, टेकमा खर्च गर्नुपर्ने हुन्छ । हामी टिक्ने भनेको नै त्यहि २० प्रतिशत कमिसनबाट नै हो । हाम्रो अन्य आम्दानी केही पनि छैन । फेरि कस्टमरलाई पनि डिस्काउण्ट दिनु पर्ने हुन्छ । यी सबै २० प्रतिशतमा नै जोडिन्छ । शुल्क बढी भएका कारण कतिपय राइडरले अफलाइन चलाएको भन्ने छ नि ? अफलाइनमा राइड नगर्नु भनेर पटकपटक भनिरहेका हुन्छौं । एकछिनको लागि अफलाइन टेक गर्दा राइडर आफै लुटिएको, बाइक लुटेको, राइडरलाई कुटेको केसहरु छन् । केही दिनअघि पनि यस्तै एउटा मृत्यु भएको केस आएको थियो । उहाँले अफलाइन राइड गर्नुभएको थियो । अचानक उहाँको एक्सिडेन्टमा मृत्यु भयो । परिवारले क्लेमको लागि भन्नुभएको थियो । तर सिस्टममा उहाँ हुनुहुन्थेन । यो एकदमै गर्दै नहुने चिज हो । २० प्रतिशतको प्रलोभनमा परेर अफलाइन लिँदा ठूलो घाटा हुन्छ । यसमा राइडर पनि घाटामा हुन्छ अनि कस्टमर पनि घाटामा हुनुहुन्छ । सडकको ब्यापार हो भोलिका दिनमा जे पनि हुन सक्छ । पठाओले सहरी यातायातमा कस्तो परिवर्तन ल्याएको छ ? एउटा टेक्नोलोजी ९एप० बाट बुक गरेर एउटा ठाउँबाट अर्को ठाउँ जाने गर्नु भएको छ । ट्याक्सीमा आउनुभन्दा अघि फिक्स्ड मिटरमा नचलाउने, आफू खुसी रेट तोक्ने गरेका थिए । ट्याक्सी ढोकामा आउँदैन थिए । ट्याक्सी चाहियो भने रोडमा जानुपथ्र्यो वा हिडेको बेलामा पायो भने मात्रै चड्ने अवस्था थियो । हामीले ट्याक्सीमा हाउ मच भन्ने कुरालाई मिनिमाइज गरेर फिक्स्ड गरेर फेयर गरेका छौं । अहिले ढोकामा नै ट्याक्सी आउने गरेका छन् । त्यस्तै, एउटा अफिसियल कर्मचारीलाई पार्किङको ठूलो समस्या छ । कहिलेकाँही पार्किङको कार्ड बिर्सिनु हुन्छ । उहाँलाई पार्किङ गर्न असहज हुन्छ । त्यो बेलामा उहाँहरुले राइड लिन सक्नु हुन्छ । त्यसपछि उहाँलाई पाकिङको चिन्ता हुँदैन । कतै जानु पर्यो भने पनि बाइकमा छिटो हुन्छ । जस्तै, दशैंको बेलामा एकदमै भिड हुन्छ । सपिङ जानुपर्ने हुन्छ पार्किङ गर्ने ठाउँ नै हुँदैन । राइड लिएर गयो आफ्नो सपिङ गर्यो राइड लिएर फर्कियो । पार्किङको समस्या भएन । ट्राफिक व्यवस्थापनमा सहज भएको छ । बोलाएको ठाउँमा जाने अलि पार्किङ नगरेर सिधैं बोकेर हिड्ने हो । ट्याक्सीमा आउनुभन्दा अघि फिक्स्ड मिटरमा नचलाउने, आफू खुसी रेट तोक्ने गरेका थिए । ट्याक्सी ढोकामा आउँदैन थिए । ट्याक्सी चाहियो भने रोडमा जानुपथ्र्याे वा हिडेको बेलामा पायो भने मात्रै चड्ने अवस्था थियो । हामीले ट्याक्सीमा हाउ मच भन्ने कुरालाई मिनिमाइज गरेर फिक्स्ड गरेर फेयर गरेका छौं । अहिले ढोकामा नै ट्याक्सी आउने गरेका छन् । हामीले अर्थतन्त्रलाई पनि चलायमान बनाएका छौं । प्रत्यक्ष रुपमा नदेखिएपनि अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छौं । जस्तो चितवनमा बेलुका भएपछि यातायात पाउँदैन । कुनै पसल नचाहेर पनि छिटो बन्दु गर्नपर्ने बाध्यता छ । यातायात नहुँदा स्टाफलाई छिटो घर जानु पर्थ्याे । जब हामी चितवनमा २४ घण्टा सर्भिस सुरु गर्यौ । उसले अर्काे २ घण्टा आफ्नो पसल चलाउन पाएको छ । त्यसबाट इकोनोमिकलाई पनि बुस्ट गर्न अप्रत्यक्ष सहयोग हो । हामीसँग विभिन्न किसिमका राइडरहरु पनि छन् । चार पाँग्रे, दुई पाँग्रे लगायत गाडीहरु चलाइ रहनु भएको छ । कोरोना महामारीको बेलामा जागिर गुमाउनु परेको साथीहरुले पनि यसबाट आम्दानी गरिरहेका छन् । कोरोनाको बेलामा यहिबाट नै सस्टेन हुनु भयो । कतिपय विदेशबाट फर्केर पठाओ चलाइरहनु भएको छ । धेरै जनाले यहिबाट कमाएर आफ्नो विजनेश सुरु गर्नु भएको छ । एउटा राइडरलाई सधैं यसमा घोटेर काम नगर्नुहोस् भन्छौं । यसलाई एउटा ट्रान्जेक्सन जबको रुपमा लिनुपर्छ भनिरहेका छौं । यसलाई एउटा सर्टेन टाइमको लागि मात्रै लिनुस् त्यसपछि आफ्नो काम गर्नुहोस । यसलाई पार्ट टाइम जबका रुपमा लिनुहोस भनिरहेका छौं । पैसा आम्दानी गरेपछि आफ्नो विजनेश सुरु गर्नुहोस भनेर राइडरलाई इनकरेज गरिरहेका हुन्छौं । फुड डेलिभरि गर्न साइकल चालकहरुलाई पनि अवसर दिएका छौं । जोसँग बाइक छैन उहाँहरुले महिनाको ५०/६० हजार कमाउनुुहुन्छ । कोही साइकल चलाएर नै बाइक किनेर बाइक सेयरिङ गरिहरनु भएको छ । पठाओ चलाएर कोही आत्मनिर्भर वा स्वरोजगार बन्नु भएको छ ? धेरै जना हुनुहुन्छ । एकजनाले पठाओ चलाएर पैसा कमाउनु भयो । पछि उहाँले साइकल पसल खोल्नु भएको थियो । उहाँले पहिला फुल टाइम गर्नुहुन्थ्यो । धेरै जना स्वरोजगार बन्नु भएको छ । कहिलेकाँही ट्याक्सी र पठाओबीच विवाद हुन्छ नि ? अहिले त केही समस्या छैन । उहाँहरुलाई पनि हाम्रो प्ल्याटफर्ममा स्वागत गरेका छौं । ६ हजार भन्दा बढी ट्याक्सी आवद्ध हुनु भएको छ । हामीसँग आवद्ध हुनु भएका ट्याक्सीले राम्रो कमाउनु भएको छ । उहाँहरुले महिनाको १ लाख माथि नै आम्दानी गरिरहनु भएको छ । उहाँहरुले अरु बेला जे गर्नुहुन्छ त्यो पनि गर्न सक्नुहुन्छ । बाटोमा पाउने ग्राहकलाई पनि उहाँले बोक्नुहुन्छ । त्यो बाहेक पठाओको मात्रै टेक हेर्ने हो भने महिनाको १ लाख माथि नै कमाउनु भएको छ । बाइकले महिनामा ४०/५० हजार कमाइरहनु भएको छ । त्यसैले पठाओ र ट्याक्सी चालकबीच कुनै समस्या छैन । फुड डेलिभरि गर्न साइकल चालकहरुलाई पनि अवसर दिएका छौं । जोसँग बाइक छैन उहाँहरुले महिनाको ५०/६० हजार कमाउनुुहुन्छ । कोही साइकल चलाएर नै बाइक किनेर बाइक सेयरिङ गरिहरनु भएको छ । हामीलाई करको दायरामा ल्याउनुहोस भनिरहेका छौ । हामीले कति ट्याक्स तिर्नुपर्छ तिर्न तयार छौं । केही सुविधा थप्ने योजनामा हुनुहुन्छ ? फिचरमा नयाँ भर्टिकलहरु आउन सक्छ । अहिलेलाई राइड, ट्याक्सी र फुड मात्रै हो । आगामी योजनामा के आउन सक्छ भनेर फिक्स भएको छैन । जे पनि आउन सक्छ । भविष्यामा कुरियर, पार्टसल आउन सक्छ । अहिले चितवनमा पुगेका छौं । अन्य ठाउँमा पनि जान सक्छौ । राइड सेयरलाई व्यवस्थित गर्न सरकारी निकायले के गर्नुपर्छ ? बाग्मती प्रदेशमा संचालन गर्न केही कठिनाइ छैन । सहज रुपमा संचालन गर्न दिनु भएको छ । अरु प्रदेशमा पनि हामीले कुरा गरिरहेका छौं । मुख्य कुरा राइड सेयरिङ भनेर नियम आएको छैन । छिट्टै नियम आउने अपेक्षा गरेका छौं । अहिलेसम्म कुनै पनि चुनौती छैन । संसारमा चलिरहेको कुरालाई हामीले पनि एसेप्ट त गर्नु पर्याे नि । हामीलाई करको दायरामा ल्याउनुहोस भनिरहेका छौं । हामीले कति ट्याक्स तिर्नुपर्छ तिर्न तयार छौं ।
जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको शोरुम काठमाडौंमा
काठमाडौं । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको शोरुम काठमाडौंमा संचालनमा आएको छ । कम्पनीले आज एक कार्यक्रमबीच नक्साल नागपोखरीमा सोरुम उद्धघाटन गरेको हो । कम्पनीले क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत नेपाली बजारमा सार्वजनिक गरेको छ । जम्बो ब्राभो इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ तोकेर क्यापाचिनो एसको विक्री सुरु गरेको हो । उक्त कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष विनोद न्यौपानेले भने, ‘हामि पहिलादेखि नै हेटौडामा इलेक्ट्रीक दुई पाग्रे तथा तीन पाग्रे सवारी साधन विक्री गर्दै आएका छौं, काठमाडौंमा समेत हाम्रो स्कुटरको माग बढ्दै गएका कारण आज हामीले यहाँ नक्सालमा सोरुम संचलनामा ल्याएका छौ र गुणस्तरीय इलेक्ट्रीक स्कुटर ग्राहकलाई उपलब्ध गराउने छौं ।’ हामिले एक पटकको फुल चार्जमा १४० किलोमिटर सम्म गुडाउन सकिने स्कुटर नेपाली बजारमा भित्र्याएका छौं । कम्पनीले सार्वजनिक गरेको क्यापाचिनो इलेक्ट्रीक स्कुटरमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री रहेको छ । यसमा ६ किलोवाट पिक क्षमताको मोटर प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघन्टा रहेको छ । क्यापाचिनोमा २८ लिटर क्षमताको ठुलो बु्ट स्पेश रहेको छ । त्यस्तै, यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको फुल डिजिल डिस्प्ले रहेको छ भने, कि लेस स्टार्ट, एलइडी लाइट्स, डबल डिस्क ब्रेक, सिबिसी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ । जम्बो मोटर्सले विगत १० वर्षदेखि विद्युतिय सवारी साधनको विक्री वितरण गर्दै आएको छ । कम्पनीले जम्बो तथा ओपाइ ब्रान्डका इलेक्ट्रीक स्कुटरहरू बिक्री गर्दै आएको छ ।
आइतबार १४.३५ अंकले बढ्यो नेप्से, दुई हाइड्रोपावर कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार १४.३५ अंकले नेप्से उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार १४.३५ अंकले बढेर १८५९.४९ अंकमा बन्द भएको छ । आइतबार दिनभरिमा २११ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर १३ हजार ८१ पटक खरिदबिक्री हुँदा ५१ करोड ६८ लाख ६७ लाख ३ हजार ४८४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज होटल तथा टुरिजम र म्युचअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । नेप्सेको अनुसार दुई हाइड्रो कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रु रु जल्यविद्युत र सयपत्री हाइड्रोपावर कम्पनी रहेको छ ।
नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको किन बढ्यो चासो ?
काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ । आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको थियो । नेपालले प्राप्त गरेको यो स्कोर ग्लोबल एभरेजभन्दा माथि हो । एशिया प्रशान्त क्षेत्रको भन्दा अगाडि छ । प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ । मुलुकको हवाई क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र सद्भाव बढेको छ । पछिल्ला दिनमा बहुर्राष्ट्रिय निकायले हवाई सुरक्षाबारे अध्ययन तथा अडिट गरेका छन् । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षा राम्रो रहेको सन्देश दिएको प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताए । ‘आइकाओको अडिट प्रतिवेदनपछि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढेको छ’, उनले भने, ‘यसले असाध्यै राम्रो सन्देश दिएको छ, नेपालको हवाई सुरक्षा प्रणाली राम्रो रहेको छ, नेपालले हासिल गरेको विश्वव्यापी हवाई परिपालनादरबाट नेपाल सबल देशभित्र परेको छ जुन देशको लागि गौरबको विषय पनि हो ।’ हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । नेपालमा सबै प्रकारका गरी एक सय हाराहारी वायुयान छन् । त्यसमा करिब ८० जहाज र हेलिकोप्टर ४० छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएको प्राधिकरणले जनाएको छ । नेपालको हवाई क्षेत्रमाथि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढ्नु सकारात्मक रहेको र यसले नेपालको नागरिक उड्डयन क्षेत्र विश्वव्यापी मापदण्डको छ भन्ने सन्देश गएको उनले उल्लेख गरेका छन् । नेपालको हवाई क्षेत्रप्रति प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशत कायम गर्ने लक्ष्यसहित मुलुकको हवाई क्षेत्रको सुधारात्मक कामलाई प्राथमिकता दिएको छ । आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औँल्याएका कमीकमजोरी निर्मूल गर्न गृहकार्य सुरु गरिसकेको उपमहानिर्देशक श्रेष्ठले बताए । उनका अनुसार अडिटपछि प्राधिकरणले प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलग्गै बजेट र जनशक्तिको व्यवस्था गरेको छ । उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ । त्यसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरुवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ । पछिल्ला दिनमा बहुर्राष्ट्रिय निकायबाट हवाई सुरक्षाबारे धमाधम अध्ययन तथा अडिट भइरहेको छ । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षाप्रति अन्तर्राष्ट्रिय सरोकारवालाको विश्वास अभिवृद्धि भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने, ‘मुलुकको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव रहनु नेपालको हवाई सुरक्षा प्रणाली राम्रो छ, भन्ने सन्देश गएको छ ।’ बहुर्राष्ट्रिय निकायबाट अध्ययन आइकाओको अडिट रिपोर्टपछि एकपछि अर्को अन्तर्राष्ट्रिय निकायले नेपालको हवाई क्षेत्रबारे अध्ययन र छलफल गरेका छन् । आइकाओको अडिट लगत्तै यरोपेली सङ्घ इयूको प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे अडिट गरेको थियो । गत अप्रिल १२ देखि २५ तारिखसम्म इयूको टोलीले नेपालको हवाई सुरक्षा परिपालनाका विषयमा अध्ययन गरेको हो । इयूको टोलीले अक्टोबर ६ देखि ८ तारिखसम्म अध्ययन गरेको थियो । नेपालले गरेको प्रगतिप्रति इयूको टोली उत्साहित बनेको थियो । त्यस लगत्तै विश्व बैंकको विज्ञ टोलीले अक्टोबर ११ देखि १९ सम्म प्राधिकारका उच्च अधिकारी र हवाई उद्योगसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो । उक्त टोलीले समेत नेपालमा सुरक्षा अभिवृद्धिमा दक्षजनशक्ति रहेको भन्दै सन्तुष्टि व्यक्त गरेको प्राधिकरणले जनाएको छ । पछिल्लो पटक अक्टोबर २० देखि २२ सम्म संयुक्त राज्य अमेरिकाको नागरिक उड्डयनको नियामक निकाय ‘फेडेरल एभिएसन एड्मिनिष्ट्रेसन’ को एक मिसनले नेपालको हवाई क्षेत्रका सरोकारवालासँग छलफल गरेको थियो । अमेरिकी नियामक निकायको अध्ययन अमेरिकी नियामक निकायको टोलीले नेपालको हवाई सुरक्षाको अवस्थाबारे हालै सरोकारवालासँग छलफल गरेको छ । एफएएका दक्षिण एशिया हेर्ने प्रमुख प्रतिनिधि डेनियल जकोबले नेपालको हवाई सुरक्षा प्रणालीबारे विज्ञ सरोकारवालासँग छलफल गर्नुभएको प्राधिकरणका प्रवक्ता निरौलाले बताए । नेपाल र अमेरिकाबीच हवाई सेवा सम्झौताको तयारी अगाडि बढिरहेको सन्दर्भमा अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्नु सकारात्मक विषय भएको उनले उल्लेख गरे । कहिले हुदैँछ अमेरिकासँग हवाई सम्झौता अमेरिकासँग सिधा हवाई उडानका लागि द्विपक्षीय हवाई सम्झौता गर्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणले सरोकारवालासँग छलफल गरिरहेको छ । ‘एकीन मिति तय भएको छैन, आगामी नोभेम्बर या डिसेम्भरमा हवाई सम्झौता हुन्छ अमेरिकाले पठाएको हवाई सम्झौताको मस्यौदामाथि अहिले छलफल भइरहेको छ’, प्राधिकरणका प्रवक्ता निरौलाले भने । नेपालसँग हवाई सम्झौता गर्न अमेरिका आफैले चासो देखाएर सम्झौताको मस्यौदा पठाएको प्राधिकरणले जनाएको छ । नेपालले हाल ४० देश र युरोपेलीय सङ्घ इयू गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । इयू सकारात्मक नेपालको हवाई उड्डयन इयूको प्राविधिक टोली सकारात्मक देखिएको छ । इयू अन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सीको अडिट टोलिले नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको प्राधिकरणले जनाएको छ । यद्यपि अक्टोबर २८ मा नेपाललाई प्रतिवेदन दिने प्रारम्भिक कार्यक्रम छ । इयूले विगत १० वर्षदेखि नेपाललाई ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले उक्त सुरक्षा सूचीबाट हटाएको थियो । रासस
नवलपरासीमा ज्येष्ठ नागरिकको घर–घरमा स्वास्थ्य सेवा
नवलपरासी । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका– ९ की पुतली कुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्किँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित छिन् । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि पुतली कुमाल खुसी भएकी छिन् । स्वास्थ्यकर्मीले घरमै आएर रक्तचाप, मधुमेह, दमलगायतका रोगको जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् । मध्यविन्दु नगरपालिका–९ कै ७८ वर्षीय रोशन सिंहलाई पनि रक्तचाप र दमको समस्या छ । आफैँ अस्पताल पुगेर औषधि लिन उनलाई समस्या थियो । गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उनी पनि खुसी भएका छन् । मध्यविन्दु नगरपालिकाले चालू आर्थिक वर्षको नीतिकार्यक्रममा समावेश गरेको को ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत नगरभित्रका १५ वटै वडामा गत साउनदेखि सञ्चालन गरेको छ । मध्यविन्दु नगरपालिकामा चालू आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनाको २० गतेदेखि २४ गते सम्म स्वास्थ्यकर्मी घर घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । स्वास्थ्य परीक्षणका क्रममा ज्येष्ठ नागरिकको मासिक स्वास्थ्यअवस्थाको अभिलेख राखिने गरिएको छ भने आवश्यक परामर्श प्रदान गर्ने गरिएको मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले बताए । ‘घर–घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीनसय ज्येष्ठ नागरिकले लाभ लिएका छन्’, स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले भने, ‘अशक्त, अपाङ्गता, दीर्घ रोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरीकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ ।’ भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए । जनताकाबीचमा गरिएको प्रतिबद्धता अनुसार ज्येष्ठ नागरिकलाई घर आँगनमै स्वास्थ्यपरीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताए् । उनले भने,’हामीले पहिलो चरणमा उनीहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्यचौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँं ।’ पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्यअवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायतका आधारभूत तथ्याङ्क टिपोट गरी लगत सङ्कलन गरिएको थियो । सबै लाभग्राहीको छुट्टछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ । प्रत्यैक ६/६ महिनामा विशेषज्ञ चिकित्सकसहित घर–घरमा स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । घर घरमा ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षणमा खटिने स्वास्थ्यकर्मिलाई विशेष प्रोत्साहान भत्तासमेत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताए । रासस
ग्राउण्ड ह्यान्डलिङ खोसिने कुराले निगमलाई चिन्ता, कार्यकारी अध्यक्ष भन्छन् : ‘हामीले नै पाउनुपर्छ’
काठमाडौं । ग्राउण्ड ह्यान्डलिङको एकाधिकार खोसिने विषयले नेपाल वायुसेवा निगममा चिन्ता छाएको छ । बायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ आफ्नै नियन्त्रणमा कसरी राखिरहने भन्ने विषयमा छलफललाई अगाडि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना कार्तिक ३ गते ना आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले कानून अनुसार हप्तामा ३५ वटा फ्लाइट गर्ने एयरलाइन्सले आँफै ग्राउण्ड ह्यान्डलिङ गर्न पाउने भएकाले कानूनको कार्यान्वयनतर्फ प्राधिकरण लाग्ने बताएका थिए । नेपाल एयरलाइन्सको कर्मचारीले कुनै दिनमा हड्ताल गरेमा पुरै एयरलाइन्स क्षेत्रमा ग्राउण्ड ह्यान्डलिङमा समस्या आउने भन्दै अधिकारीले त्यसको विकल्प तयार गर्नुपर्ने बताएका थिए । ‘कानूनले समान व्यवहार गर्नुपर्छ भन्ने हामीलाई थाहा छ, ग्राउण्ड ह्यान्डलिङमा वैकल्पिक व्यवस्था गर्ने विषयमा क्यान सचेत छ’, महानिर्देशक अधिकारीले पत्रकारहरुलाई बताएका थिए । विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङ उडान भर्ने अन्य कम्पनीहरुलाई पनि अनुमति दिने र फिर्ता लिने विषय लामो समयदेखि छलफल हुँदै आएको विषय हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि ग्राउण्ड ह्यान्डलिङको सेवा प्रदान गर्दै आएको नेपाल बायुसेवा निगमले सन् २०१६ देखि आफ्नो सेवालाई अन्तर्राष्ट्रियस्तरको सेवामा मापन गर्दै आएको छ । वायुसेवा निगमले विगतमा ग्राउण्ड ह्यान्डलिङ सेवाको लोड कन्ट्रोल (एलओडी) प्यासेन्जर ब्यागेज ह्याण्डलिङ (पीएबी), एयरक्राफ्ट ह्यान्डलिङ एन्ड लोडिङ (एचडीएल), अर्गनाइजेसन एन्ड म्यानेजमेट (ओआरएम), एयरक्राफ्ट ग्राउन्ड मुभमेन्ट (एजीएम)मा आइएसएजीओ सर्टिफइड (आएएटीए सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन) प्राप्त गरेको थियो । तर पछिल्लो समयमा सन् २०२४ सम्मलाई निगमले आइएटीएबाट आइएसएजीओ सर्टिफिकेट प्राप्त गरेको छ । लामो समयदेखि सुख, दुःख सबै समयमा ग्राउण्ड ह्यान्डलिङ गर्दै आएको, कमीकमजोरी छन भने त्यसलाई सच्याउँदै जाने, आफूहरुसँग प्रविधि र क्षमतावान कर्मचारी पनि भएकाले निगमले नै ग्राउण्ड ह्यान्डलिङको काम पाउनुपर्ने कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन् । ‘हामीले शुरुदेखि गरिरहेका छौं, दुःखमा पनि सुखमा पनि, राष्ट्रिय ध्वजाबाहक भनेको सरकारकै अंग हो, यसका कमीकमजोरी छन् भने सुधार गर्ने हो’, उनले भने, ‘आएटीए’ ‘आइएसएजीओ’ सर्टिफाइड ग्राउन्ड हेन्डल हो, हाम्रो प्रविधि पनि छ र योग्य जनशक्ति पनि भएकाले हामीले नै गर्न पाउनुपर्छ भन्ने हाम्रो आग्रह रहन्छ ।’ निगमका अध्यक्ष अधिकारीले आफ्नो अनुरोधलाई सुनुवाई हुने आशा राखेका छन् । ग्राउण्ड ह्यान्डलिङको बिजनेस पनि एयरलाइन्सको बिजनेसको अंश भएको र सो अरु एयरलाइन्सले पनि गर्दै आएको उदाहरण बताउँदै निगमका अध्यक्ष अधिकारीले अन्य एयरलाइन्सलाई पनि सो बिजनेस दिँदा निगमलाई असर पर्ने बताए । आँफूहरुले अहिले ग्राउन्ड ह्यान्डलिङको विषयमा छलफल गरिरहेको उनको भनाई छ । निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार निगमले वार्षिक रुपमा ग्राउन्ड ह्यान्डलिङको क्षेत्रमा झण्डै ३ अर्ब बराबरको व्यवसाय गर्दै आएको छ । सो व्यसाय भनेको निगमको मुख्य व्यवसाय अन्तर्गत पर्ने उनको भनाइ छ । अन्य कम्पनीलाई पनि ग्राउन्ड ह्यान्डलिङको व्यवसाय दिँदा निगमको भविष्यमाथि नै प्रश्न उठ्ने जानकारहरुकाे भनाइ छ । पछिल्लो समयमा विशेषगरी हिमालय एयरलाइन्सले ग्राउण्ड ह्यान्डलिङको लागि पहल गरिरहेको छ । सो एयरलाइन्सलाई दुई वर्ष अगाडि पनि ग्राउन्ड ह्यान्डलिङ दिने विषय अगाडि बढेको थियो । तर, चौतर्फी विरोध भएपछि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।
प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक प्रणालीको मतपत्र धमाधम ढुवानी भइरहेको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आजसम्म एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । सोमध्ये प्रतिनिधिसभाका लागि ८७ लाख एक हजार र प्रदेशसभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएकामध्ये प्रदेशसभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधिसभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेशसभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधिसभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ । निर्वाचनमा कूल एक करोड ७९ लाख ८५ हजार ७० मतदाता रहेका छन् । यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । निर्वाचनका लागि कूल करिब आठ करोड मतपत्र आवश्यक पर्छ ।
नेप्सेले भन्यो : कात्तिक २५ गतेभित्र एनओटिएसको लगइन आइडी लिनु
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सबै सुचीकृत कम्पनीलाई कात्तिक २५ गतेभित्र एनओटिएसको लगइन आइडी लिन आग्रह गरेका छन् । नेप्सेले आइतबार सूचना जारी गर्दै सबै कम्पनीलाई यस्तो आग्रह गरेको हो । कात्तिक २७ गतेदेखि नेप्सेको नयाँ वेबसाइट पुर्ण रुपमा संचालन हुने भएकाले सबैले कात्तिक २५ गतेभित्र नै लगइन आइडी लिनुपर्ने बताएको छ । नेप्सेको अनुसार नयाँ वेबसाइट पुर्ण रुपमा संचालन आएपछि सबै सुचीकृत कम्पनीहरुको सृचना तथा विवरणहरु नयाँ वेबसाइटमा मात्र सार्वजनिक हुने र पुरानो वेबसाइटको लगइन आइडी खारेज हुनेछ ।