विकासन्युज

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

काठमाडौं । नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन पहिलो संशोधन आचारसंहिता, २०७९ ले रोक लगाएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्डकले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । संशोधित आचारसंहिता बमोजिम निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । ती व्यवस्थाकोे पालना गर्न तथा गर्न लगाउन निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारका मन्त्रीहरुलाई तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मन्त्रीलाई निर्देशन दिइसकेको छ । आचारसंहितामा नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन र प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत वा सोझै आयोगको सहमति लिई त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुनसक्ने व्यवस्था रहेको छ । स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् । रासस

टिभिएसको बाइक र स्कुटर किन्दा ५० लाख जित्ने मौका ३ दिन मात्र बाँकी

काठमाडौं । जगदम्बा मोटर्सले चाइपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब ३ दिन मात्र बाँकी रहेको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनामा कुनै पनि टिभिएसको दूई पांग्रे सवारी साधन किन्दा ५० लाखको नगद उपहार प्राप्त गर्न सकिनेछ । यस योजनामा सवारीसाधन नकिन्दै एक लाख, किन्दा दश लाख र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन सक्नेछन् । यसका साथै हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी सि ३० स्मार्टफोन र २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआइमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन् । जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरु रहेको छ ।

काँग्रेस र एमालेका आर्थिक एजेण्डामा फरक के ?

सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल नेपाली काँग्रेसले गत शनिवार र नेकपा एमालले मंगलवार आगामी निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलका घोषणापत्रमा मुख्यगरी निर्वाचनपछि बन्ने सरकारले मुलुकको अर्थ व्यवस्था कस्तो बनाउने भन्ने विषयका आर्थिक एजेण्डालाई प्राथमिकता दिइएको छ । विशेष गरेर लामो समय मुलुकको नेतृत्व गरेको नेपाली काँग्रेस र नेकपा एमालले चुनावी घोषणापत्रमार्फत कस्ता आर्थिक एजेण्डालाई अगाडि सा¥यो भन्ने सबैको चासोको विषय बनेको छ । | ठूला दुई राजनीतिक पार्टी एमाले र काँग्रेसले चुनावी घोषणापत्रमा मुलुकको अर्थतन्त्र सुधारका लागि कस्ता आर्थिक एजेण्डा सार्वजनिक गरेका छन् र दुई पार्टीका आर्थिक एजेण्डामा के फरक छ भन्ने विषयलाई यहाँ तुलना गरिएको छ । चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त ? यस्ता छन् फरक घोषणा मुलुकको अर्थतन्त्रको आकार काँग्रेसले पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनलाई बढाउँदै न्युनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको र ‘ओम्निवस’ आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गर्ने योजना सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्रलाई सबल बनाउने विषयमा नेकपा एमालेले विश्वको उदयमान अर्थतन्त्र बनाउँदै शुरुवातमा ७ प्रतिशतको आर्थिक वृद्धि गरी पाँच वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै दुई अंकमा पु¥याउने घोषणा गरेको छ । यस्तै, नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पु¥याउने घोषणा गरेको छ । घोषणापत्रमार्फत एमालेले आगामी ५ वर्षमा मुलकको ४८ खर्ब रहेको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पु¥याउने घोषणा गरेको हो । एमालले अर्थतन्त्रको आकार काँग्रेसको भन्दा ५० खर्ब बढी पु¥याउने घोषणा गर्दा नेपाली काँग्रेसले भने आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार ५० खर्ब पु¥याउने लक्ष्य समेटेको छ । त्यस्तै नेकपा एमालले नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात् ३ लाख रुपैयाँ पु¥याउने घोषणा गरेको छ । घोषणा पत्रमा एमाले पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । यता नेपाली काँग्रेसले पाँच वर्षको अवधिमा नेपालीहरुको प्रतिव्यक्ति आय १ लाख ५० हजार पु¥याउने घोषणा गरेको छ । काँग्रेसले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको गतिशील राष्ट्र बनाउने प्रतिवद्धता घोषणापत्रमार्फत गरेको छ । कृषि नेकपा एमालले खेतबारीमा पानी दोब्बर घोषणा गरेको छ । आगामी तीन वर्षमा सतह तथा भूमिगत गत सिंचाईबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने बताएको छ । यस्तै एमालले सिंचाईलाई वर्षायामको बिजुली महसुलमा ५० प्रतिशत र हिउँदयाममा २५ प्रतिशत छुटको व्यवस्था गर्ने समेत उल्लेख छ । कृषिमा आधारित उद्योगमा संलग्न हुने युवा तथा वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूलाई ऋण तथा सहुलियतका स्किमहरू ल्याइने घोषणा गरेको छ । कृषि उपजको समर्थन मूल्य तोक्ने र कृषि उपजको व्यवसायिक उत्पादन कर्तासँग अग्रिम कृषि उपज खरिद सम्झौता गरिने उल्लेख छ । कृषि उपजको बीमाको व्यवस्था दिगो आर्थिक विकास, उच्च आर्थिक वृद्धिदर हासिल गरी आर्थिक स्थायित्व कायम गर्ने घोषणा गरेको छ । कृषि तथा वन, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र भौतिक पूर्वाधारलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा विकास गरिने बताएको छ । सार्वजनिक, सहकारी, निजी लगायतका सबै माध्यमबाट आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन वृद्धि गरिने घोषणा गरेको छ । निजी क्षेत्रलाई उत्पादन, उद्योग र सेवा क्षेत्रमा व्यापक लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने भुमिकामा प्रोत्साहित गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र उद्यमशीलता विकासमा सहकारी क्षेत्रलाई परिचालन गर्ने बताएको छ । एमालेले स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन र स्वदेशी उद्योगहरुलाई संरक्षणको नीति लिने घोषणा गरेको छ । एमालेले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभावकारी कार्यान्वयन गरिने छ । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरणको अभियान देशव्यापीरूपमा सञ्चालन गरी कृषिक्षेत्रको रूपान्तरण गरिने छ । पाँच वर्षको अवधिमा कृषिको व्यवसायीकरण गर्ने, साना, मझौला तथा ठूला उद्योगको बिस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने जनाएको छ । यता,नेपाली काँग्रेसले आगामी पाँच वर्षमा कृषि क्षेत्रको विकास गरी खाद्यान्न उत्पादकत्वमा वृद्धि गर्ने घोषणा गरेको छ । त्यस्तै, कृषि क्षेत्र अन्तर्गत खाद्यान्न उत्पादकत्वमा वृद्धि, तरकारी, फलफूल, माछा, मासु, दुध, मसला तथा औद्योगिक बालीमा आत्मनिर्भर, नगदेबाली र जडिबुटीको निर्यात दोब्बर, खाद्य असुरक्षा सूचकांकमा प्रगति, कृषि मल कारखानाको स्थापनाजस्ता विषयहरु समेटिएका छन् । खेती योग्य जमिनलाई बाँझो राख्ने वा गैरकृषि प्रयोग गर्न निरुत्साहित गर्ने बताएको छ । नेपाली काँग्रेसले बढ्दो व्यापार घाटा न्युनीकरण गर्न नेपाली उत्पादन बढाउने र त्यसलाई स्वदेशमै उपभोगको व्यवस्था मिलाउने चुनावी प्रतिवद्धता जनाएको छ । रोजगारीको क्षेत्रमा नेपाली काँग्रेसले स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सृजना गर्ने उद्योगमैत्री वातावरण बनाउने घोषणा गरेको छ । नेपालमा नै रोजगारीको सिर्जना गरी अबको दश वर्षमा विप्रेषणको आकारलाई १०–१२ प्रतिशत बिन्दुले घटाउने लक्ष्य काँग्रेसले लिएको छ । काँग्रेसले वार्षिक २ लाख ५० हजारका दरले आगामी ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । काँग्रेसले स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सृजना गर्ने उद्योगमैत्री वातावरण बनाउने उद्देश्य लिएको छ । काँग्रेसले कनेक्टिभिटीसँग सम्बन्धित पूर्वाधारहरुमा बहुपक्षीय लगानी जुटाइ झन्झटिला ऐन, नियम, नियम, प्रक्रियाहरुमा समय तोकेरै श्रृंखलावद्ध सुधार गरेर समग्र उत्पादनको लागत घटाउने, तुलनात्मक लाभका क्षेत्रहरुलाई प्रतिष्पर्धी बनाउँदै वर्षेनी लाखौंको संख्या सम्मानजनक रोजगारी श्रृजना गर्ने आफूहरुको प्राथमिकता रहने जनाएको छ । यता नेकपा एमालले मर्यादित श्रम सुरक्षित रोजगारी नारा घोषणा गरेको छ । एमालले श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला, सामाजिक सुरक्षा एवम असल औद्योगिक श्रम नीति बनाउने संकल्प गरेको छ । त्यस्तै, तिब्र गतिको विकाससँगै उत्पादन, उद्योग र सेवा क्षेत्रमा अधिकाधिक रोजगारीका अवसरहरू सिर्जना गरिने छ । श्रमिकहरूको क्षमता विकासका लागि सीपमुलक तालिम र प्रशिक्षणहरू सञ्चालन गरिनेछ । कृषि तथा वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि र भौतिक पूर्वाधारलाई रोजगारीको प्रमुख क्षेत्रका रूपमा विकास गरिने उल्लेख गरेको छ । त्यस्तै,एमालेले श्रमिकहरूको घोषणापत्रमा न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने प्रतिवद्धता जनाएको छ । औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेटिने पनि घोषणापत्रमा भनिएको छ । औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने र श्रमिकहरूको न्युनतम ज्याला मासिक २५ हजार पु¥याउने घोषणापत्रमा लेखिएको छ । श्रम गर्न सक्नेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गरी न्युनतम ६ महिनाको रोजगारी उपलब्ध गराउने घोषणा गरेको छ । वैदेशिक रोजगारीमा गएकाहरूको व्यवस्थित अभिलेख राखि वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्ने घोषणा पनि एमालले गरेको छ । उद्योग क्षेत्र नेकपा एमालले स्वदेशी कच्चापदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादन उद्यागमा जोड दिइने घोषणा गरेको छ । स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधि, सिमेन्टजस्ता वस्तुहरूको उपयोगमा प्रोत्साहन गरिने घोषणा गरेको हो । नेपाली चलचित्रको प्रवद्र्धन, विकास र बिस्तार गरी सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्मसिटी निर्माण गर्ने घोषणा गरेको छ । औद्योगीकरणको जग बलियो बनाउन सबै प्रयासहरू एकीकृत गरी अनकुुल औद्योगिक वातावरण निर्माण गर्ने संकल्प एमालले गरेको छ । औद्योगिक विकासका लागि आवश्यक प्रमुख पूर्वाधारहरू तयार गरि कृषिमा आधारित उद्योग, प्राकृतिक स्रोतमा आधारित उद्योग र ज्ञान तथा उच्च प्रविधिमा आधारित उद्योगको तिब्र विकास गरी औद्योगिक उत्पादन बढाई निकासी वद्धि गर्ने बताएको छ । आर्थिक तथा औद्योगिक कोरिडोहरूको पूर्वाधार निर्माण गरि सम्भावना भएका बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याइने घोषणापत्रमा उल्लेख गरेको छ । रुग्ण अवस्थामा रहेका उद्योगहरूको सबलीकरण गरी सञ्चालनमा ल्याइने घोषणा गरेको छ । नेपाललाई दक्षिण एशियामा लगानीको आकर्षक गन्तव्य बनाइने छ । उद्योगक्षेत्रको प्रवद्र्धनका लागि औद्योगिक नीतिमा परिमार्जन गरिने छ, कम्पनी ऐन, मध्यस्थता ऐन, करार ऐन, सार्वजनिक खरिद ऐन लगायतका ऐनहरूमा आवश्यक संशोधन गर्ने उल्लेख गरेको छ । विगतमा नेकपा (एमाले) को सरकारले अघि बढाएका १२ नयाँ औद्योगिक क्षेत्र, १५ विशेष आर्थिक क्षेत्र र १०३ औद्योगिक ग्रामको पूर्वाधार विकास गरी उद्योगहरूको स्थापना गर्ने घोषणा गरेको छ । सबै पालिकामा औद्योगिकग्राम स्थापना गर्न प्रोत्साहित गर्ने भएको छ । नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गरी विश्व बजारमा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ । गुणस्तरीय पर्यटकको संख्यामा वृद्धि गर्दै आगामी पाँच वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पु¥याउने लक्ष्य घोषणापत्रमा गरेको छ । यता नेपाली काँग्रेसको नेपाली उत्पादन वृद्धि गर्ने भौतिक पूर्वाधार विकास, नविन प्रविधिको आन्तरिकीकरण, व्यावसायिक सहजीकरण र आद्यौगिक नियमनबारे स्थायी रणनीति अवलम्वन गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरिने घोषणापत्रमा उल्लेख छ । आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न नेपाल सरकारले हालै नेपाली उद्योग, नेपालमै रोजगार, आफ्नो उत्पादन, आफ्नै व्यापार भन्ने नाराका साथ शुरु गरेको नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमका प्रभावकारी कार्यान्वयन र बिस्तार गरिने छ,’ घोषणा पत्रमा भनिएको छ, ‘मुलुकभित्र पाइने कच्चा पदार्थमा आधारित औद्योगीकरण आर्थिक वृद्धिको एउटा आधार बन्नसक्छ । स्वदेशी सिमेन्ट उत्पादनको वृद्धिले इङ्गित गरेझैं पानी, वन–जंगल र खनिजका सम्भावना नयाँ चरणबाट नै खोजिने छ । काँग्रेसले उच्च लागतका कारण आयातित कच्चा तथा अर्ध–प्रशोधित पदार्थमा आधारित औद्योगीकरणबाट लाभ लिनसक्ने आधार कम रहेको पनि घोषणा पत्रमा औंल्याएको छ । जमिनको मूल्य र ज्याला उच्च, कमजोर जनशक्ति, नीतिगत अनिश्चितता जस्ता विविध कारणले स्वदेशी र विदेशी लगानी निरुत्साहित भएको पनि काँग्रेसको ठहर छ । वस्तु निर्यातबाट भन्दा पनि अनलाइन करारमा आधारित सफ्टवेरमार्फत श्रम बिक्री गरेर नेपालले अधिक विदेशी मुद्रा आर्जन गर्न सकिने घोषणापत्रमा उल्लेख छ

मिर्गौलापीडितको उपचारमा १५ लाख सहयोग

बागलुङ । मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा १५ लाख ३५ हजार रुपैयाँ सहयोग जुटेको छ । पच्चीस वर्षीय उनको मिर्गौला प्रत्यारोपणका लागि गत साउनदेखि आर्थिक सहयोग अभियान चलाइएको हो । स्थानीय नवसिर्जना र असारे युवा क्लबको संयुक्त पहलबाट सङ्कलित सो रकम रोकाका परिवारजनलाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेले जानकारी दिए । त्यसमध्ये ६५ हजार रुपैयाँ बहराइनमा रहेका जीवन रोका मगरको अगुवाइमा सङ्कलन भएको हो । मिर्गौला प्रत्योरापणका लागि अर्थाभाव भएपछि रोकाका परिवारजनले सहयोगको याचना गरेका थिए । परिवारको आग्रहमा स्थानीय दुई क्लब मिलेर चलाएको अभियानमा देश–विदेशबाट सहयोग रकम जुटेको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोका अहिले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचाररत छन् । दिदी पूर्णमायाको मिर्गौला रोकामा प्रत्यारोपण गर्ने तयारी भइरहेको जनाइएको छ । आफन्त र शुभेच्छुकहरूको सहयोगबाट आर्थिक जोहो भएपछि रोकाका परिवारजन अब उपचार सफल हुनेमा आशावादी छन् । उपचारका क्रममा थप रकम चाहिने भएकाले इच्छुकलाई सहयोग गर्न आग्रह गरिएको छ । नौ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो । त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्किएका उनी पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा थिए । अकस्मात मिर्गौलामा समस्या देखिएपछि उनी विदेश जान नपाइ घर फर्कनुप¥यो । कमाउन विदेश हिँडेका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ । रोकाको परिवारलाई आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैंकमा रहेको खाता नं ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने छ । रासस

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।   अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

नबिल बैंक : दिनप्रतिदिन परिपक्व, सेयरधनी मख्ख

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा पहिलो निजी बैंक हो नबिल । वि.सं. २०४१ सालमा निजी क्षेत्रका लगानीकर्ताहरुको लगानीमा स्थापना भएको नबिल बैंकले ३७ वर्षको इतिहासमा धेरै उतार चढाव र आरोह–अवरोहहरु पार गरेको छ । यो यात्रामा नबिलले व्यवसायिक र सेवाका आधारमा पनि एक सफल वाणिज्य बैंकका रुपमा आफुलाई चिनाएको छ । नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि उद्योगी विनोद चौधरीको परिवारको बैंकको बहुमत सेयर आफ्नो मातहतमा लियो । हाल यस बैंकमा चौधरी ग्रुपको नै मुख्य लगानी छ । हाल बैंकको अध्यक्षको रुपमा उपेन्द्र प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा ज्ञानेन्द्र प्रसाद ढुंगानाले नेतृत्व गरिरहेका छन् । वि.स. २०६४ साल साउन ९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ रहेको छ । नेप्सेमा सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ८३५ रुपैयाँ रहेको छ । दोस्रो बजारमा वाणिज्य बैंकहरुमा नबिल बैंकको सेयर मूल्य सबैभन्दा बढी हो । दोस्रो बजारमा बैंकको सेयर मूल्य एक वर्षको अवधिमा अधिकतम प्रतिकित्ता १ हजार ७४० रुपैयाँ थियो भने न्यूनतम प्रतिकित्ता ७२६ रुपैयाँ थियो । बैंकमा संस्थापक समूहको ६० प्रतिशत अर्थात् ५ करोड ५३ लाख ३६ हजार १६३ कित्ता सेयर र सर्वसाधारण समूहको ४० प्रतिशत अर्थात् २८ करोड ३६ लाख ६५ हजार २५१ कित्ता सेयर स्वामित्व रहेको छ । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताका लागि अबको सिजन भनेको लाभांश वितरणको हो । यतिबेला सेयरधनीहरुलाई नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यही भीडमा लगानीकर्ताले पनि सबैभन्दा बढी रुचाएको बैंकमध्येमा नबिल अग्रणी स्थानमाा पर्छ । नेपालको बैंकिङ्ग क्षेत्रमा अब्बल मानिएको नबिल बैंकले सेयरधनीहरुलाई कति लाभांश देला भनेर सबैले चासोका रुपमा हेरिरहेका छन् । बैंकिङ्ग क्षेत्रमा आफूलाई एक नम्बरको दाबी गर्ने नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई झण्डै ४० प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको छ । कुल २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ९ अर्ब १२ करोड रुपैयाँ वितरणयोग्य नाफा छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीहरुलाई ३९.९४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको हो । यसपटक पनि बैंकले सेयरधनीलाई राम्रो लाभांश वितरण गर्ने क्षमता राखेको भएपनि हालसम्म वितरण गर्ने निर्णय गरेको छैन । बैंकले कति लाभांश वितरण गर्छ भनेर भन्न सकिँदैन । सेयरधनीहरुलाई लाभांश वितरणका हिसाबले नबिल बैंकको इतिहास अब्बल देखिन्छ । नबिल बैंकको लाभांश इतिहास नबिल बैंकले आर्थिक वर्ष २०६०/२०६१ मा ६५ प्रतिशत, आर्थिक वर्ष २०६१/०६२ मा ७० प्रतिशत, आर्थिक वर्ष २०६२/२०६३ मा ८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/२०६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले बोनस सेयर वितरण गरेको थिएन । यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा ४० प्रतिशत बोनस सेयर र १ सय प्रतिशत नगद गरी कूल १४० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ६० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा ५० प्रतिशत बोनस सेयर र ३५ प्रतिशत नगद गरी कूल ८५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६६/२०६७ मा बैंकले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो । तीन महिनामै राम्रो प्रगति बैंकले चालू आर्थिक वर्षको तीन महिनामा पनि राम्रो प्रगति गरेको छ । यस बैंकले अन्य साना बैंक्ले वर्षभरी गर्ने बिजनेस तीन महिनामौ गरेर देखाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा ४१.३० प्रतिशत बढेर १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालू आर्थिक वर्षको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ६४ प्रतिशत बढेर ३ अर्ब ६७ करोड ७१ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४०.१६ प्रतिशत बढेर ६२ करोड ९४ लाख ६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत बढेर ४ अर्ब ४९ करोड ७३ लाख ३८ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४०.३८ प्रतिशत बढेर २ अर्ब २३ करोड ४ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ९१ करोड ६१ लख ७४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ, जगेडा कोष २.२९ प्रतिशत बढेर ३० अर्ब ४३ करोड ६ लाख ७ हजार रुपैयाँ, निक्षेप २.४१ प्रतिशत बढेर ३ खर्ब ३४ अर्ब ९ करोड ५२ लाख ४० हजार रुपैयाँ र कर्जा १.५४ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब ६९ करोड ६७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २७.५३ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात २९.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ । बैंकको बेस रेट ९.४५ प्रतिशत, सीडी रेसियो ९०.३७ प्रतिशत र खराब कर्जा २.३३ प्रतिशत रहेको छ । मर्जरमा जोड नबिल बैंकले पनि २ वटा संस्थालाई गाभिसकेको छ । बैंकले नेपाल बङ्गलादेश बैंकसँग २०७९ असार २७ गते र यूनाइटेड फाइनान्ससँग २०७८ असार २७ गते एकीकृत कारोबार गरेको थियो । भविष्यमा पनि बैंकको अन्य उपयुक्त देखिएका बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्तिका प्रक्रियामा जाने योजना रहेको नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बताउँछन् । मर्जर तथा एक्विजिशन गर्न सोचे जस्तो सहज नरहेको उनको अनुभव छ । ‘मर्जर तथा एक्विजिशनका लागि बैंक खुला छ तर सबै कुराहरु मिल्नु पर्याे, मर्जर तथा एक्विजिशन भनेको सजिलो कुरा होइन, एमओयू गरेका संस्थाहरु बीचमा गएर टुटेका छन्, मर्जर एक्विजिशन त्यति सजिलो काम नभएपनि बैंकले मर्जर तथा एक्विजिशनलाई बन्द गरेको छैन, तत्काल त्यसमा हाम्रो प्रोग्रेस भएको वा विशेष जोड दिएको छैन,’ उनले भने । सबैको रोजाइ बन्ने रणनीति नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गरेको हुनाले त्यसलाई व्यवस्थापन गरिरहेको छ । एक्विजिशनपछि बैंकलाई सिनर्जीमा रुपान्तरण गरिरहेको डीसीईओ ज्ञावलीले बताए । ‘एक्विजिशन पछि बैंकलाई कसरी उत्कृष्ट बनाउने भनेर काम गरिरहेका छौं, त्यो सिनर्जी ल्याउनमा हामीले जोड दिइरहेका छौं,’ उनले भने । धेरै संस्थालाई जोडेर ठूलो संस्था बन्ने भन्दा पनि आफैमा स्तरीय बन्ने योजना रहेको उनको भनाइ छ । बैंकले प्रतिस्पर्धा गर्नेभन्दा पनि राम्रो पफर्मेन्स गर्ने रहेको उनले बताए । बैंकलाई दीगो र स्तरीया बनाउने गरी काम गरिरहेको उनको भनाइ छ । ‘बैंकले प्रतिस्पर्धा गर्नेभन्दा पनि पर्फम गर्ने हो, संस्था जोडेर मात्रै ठूलो हुने भन्दा पनि स्तरीय हुनुपर्छ, संस्थाको सस्टेनेबल ग्रोथ, सस्टेनल डिभिडेण्ड, सस्टेनबेल सब्स्च्युट गर्नका लागि बैंकले काम गरिरहेको छ,’ उनले भने, ‘पहिलो प्राथमिकतामा स्मोथ ट्रान्जेक्सन र स्मोथ कन्सिडेसन हो, दुई वटा बैंक एउटा हुँदा दुई वटा सिस्टम, दुइ प्रकारको पोर्टफोलियोलाई सँगै अगाडि लिएर जाँदा स्मुथ ट्रान्जेक्सन गर्न तीन महिना लाग्यो, अब यसलाई स्मोथ बनाएर यसबाट एक्विजिशनमा सिनर्जी इम्प्याक्ट ल्याएर ओभरल बेटर गरेर जाने भनेर बढी जोड दिएको छ ।’ डीसीईओ ज्ञवाली नबिल बैंक आफैंमा एक नम्बरको बैंक भएको दाबी गर्छन् । बैंकका स्टेक होल्डर, ग्राहक, नियामकको नजरमा पहिलो नजरमा नबिल बैंक पर्ने गरेको उनको भनाइ छ । नबिललाई नम्बर वान बनाउने भन्दा पनि अहिले कायम रहेको पोजिशन कायम राख्ने ठूलो चुनौती रहेको उनले बताए । ‘सेयरधनीहरुको रोजाइमा नम्बर वान नबिल बैंक नै छ, बैंकिङ इन्ड्रस्टीमा काम गर्न चाहनेहरुको पनि पहिलो रोजाइ नबिल बैंक नै छ, नियामकको पनि पहिलो नजरमा नबिल बैंक, प्रतिफल धेरै दिनेमा नबिल बैंक, स्टेकहोल्डरमा कन्फिडेन्स र ट्रस्ट बढी भएको बैंकमा नबिल हो,’ उनले भने, ‘बाँकी अन्य सूचकहरु तलमाथि भइरहन्छन्, नम्बरको पछाडि भन्दा पनि स्टेकहोल्डरको कन्फिडेन्सको हिसावले अब्बल संस्था बनाउन बैंकले जोड दिएको छ, २०/२५ वटा संस्था आपसमा जोडेर ठूलो हुनु भन्दा पनि क्वालिटिको एउटा संस्था बनाउने हाम्रो जोड हो ।’ प्रतिस्पर्धी कुन बैंक ? बजारमा आफूलाई ठूलो बैंक दाबी गर्नका लागि अस्वस्थ प्रतिस्पर्धा भइरहेको डीसीईओ ज्ञवालीले बताए । कुनै समयमा नम्बर वान भनिएका बैंक अहिले कमजोर अवस्थामा रहेकाले प्रतिस्पर्धाका नाममा अस्वस्थ बैंकिङ्ग भइरहेको उनले बताए । ‘प्रतिस्पर्धा गर्नलाई यो कुनै रमजनीतिक दल होइन, एउटाले गोल्ड मेडल र अर्काेले सिल्भर मेडल लिन,स्ट्याण्डर्ड चार्टर्ड बैंक कसको प्रतिस्पर्धी ? कुनै बेलामा त्यत्रो पोर्टफोलियो भएको बैंक आज १२/१३ वटा शाखामा चलिरहेको छ, प्रतिस्पर्धा भन्ने कुरा नै गलत हो, प्रतिस्पर्धी भनेर धेरै कुराहरु बिगारेको छ, ग्राहक तानेको छ, एउटाको निक्षेप अर्काेले तानेको छ, अर्काले कर्जा तानेको छ, अर्काले कर्मचारी तानेको छ,’ उनले भने, ‘यसरी हामी सिस्टममा कहिल्यै पनि भ्याल्युएड गर्दैनौं, हामी सबै सिस्टमको खेलाडी हो, मार्केटमा भएपछि फेयर कम्पिटिसन हुन्छ नै ।’ ‘नबिल बैंकको प्रतिस्पर्धी नबिल बैंकको आफ्नै सिस्टम, आफ्नै प्रगति हो, नबिल बैंक हिजो भन्दा आज बेटर, आज भन्दा भोलि बेटर हुने हो, आज जुन इमेज छ, त्यो इमेजलाई कायम राख्ने हो, सगरमाथाको चुचुरोमा पुग्न सजिलो छ तर त्यहाँ बसिराख्न गाह्रो छ, हामी अहिल्यै नै सबै सूचकमा टप छौं, त्यो पोजिसन मेन्टेन गर्नका लागि कति गाह्रो हुन्छ भन्ने थाहा छ, आजका दिनमा हामीलाई चुनौती भनेको जुन पोजिशनमा छौं त्यो मेन्टेन गरिराख्ने हो, अरु कुनै बैंक कहाँ पुग्यो भन्ने कुरा खासै हेर्दैनौं,’ उनले भने ।

३० वर्षदेखि नेपालमै रमाएका जापानी ‘ओके बाजे’

रामपुर । अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ । जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन् । तर जापानी नागरिक काजुमासा काकिमी ओकेबाजे भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित छन् । उनी देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा संलग्न छन् । उनी गरिब, दुःखीका आशा र भरोसाका केन्द्र बनेका छन् । जापानमा जन्मेका बाजे नेपाली भूमिलाई कर्मथलो बनाएर निरन्तर सामाजिक सेवामा खटिरहेका छन् । शिक्षा, स्वास्थ्य, आमा समूह, महिला समूहलाई सहयोग, अर्थाभावमा विद्यालय जान नपाएका बालबालिकालाई पठनपाठनको व्यवस्था, विभिन्न सङ्घसंस्थाको भवन निर्माणलगायत क्षेत्रमा ओकेबाज ठूलो सहयोग गरेका छन्। उनकै सहयोगमा विद्यालय जान नपाएका बालबालिकाले राम्रो शिक्षा ग्रहण गर्न पाएका छन् । विशेषगरी ओकेबाजेले पाल्पामा रहेर यहाँको विविध समस्यालाई जापानका विभिन्न सङ्घसंस्थाको सहकार्यमा सहयोग गरी समस्याको निकास दिँदै आएका छन् । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उनको सहयोग छ । उनले जापानस्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएसलगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चेका छन् । हँसिलो र जिज्ञासु स्वाभावका ओकेबाजे ग्रामीण भेगमा सबै उमेर समूहका व्यक्तिसँग बसेर छलफल गर्ने, समस्या बुझ्ने गर्छन् । गाउँका नागरिकसँग बसेर त्यहाँको रीतिरिवाज, चालचलन, संस्कृतिबारे सोधखोज गर्ने, ग्रामीण जीवन जिउन बढी मन पराउने उनको स्वभाव छ । विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बनेका छन् । ओकेबाजेले यहाँका न्यून आय भएका नागरिक, दलित, विपन्न वर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाएका छन् । यसरी नेपालमा काम गर्दै जाँदा करिब तीन दशकको समय बितेको उहाँलाई पत्तो छैन । यसरी नै काम गर्न पाउँदा उनी खुसी छन् । आर्थिक समस्याले विद्यालयको हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योति दिने, औषधोपचार, गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष स्थापना, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा ओकेबाजेले ठूलो धनराशि खर्च गरेका छन् । ओकेबाजे जापानमा शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा उनले काम गरिरहेका छन् । गाउँ–गाउँका गरिब, दुखी नागरिकलाई सेवा गर्न पाउँदा निकै आनन्द लाग्ने गरेको ओकेबाजेले बताए । ‘गाउँका गरिब, दुःखी नागरिकलाई सेवा गर्न पाउँदा अत्यन्तै आनन्द लागिरहेको छ, समय मिलाएर जापान जान्छु, विभिन्न संस्था, व्यक्तिसँग रकम सहयोग मागी नेपालमा बसेर सामाजिक क्षेत्रमा खर्च गरिरहेको छु, मैले जे चाहेको छु, सबै कुरा पूरा हुँदै गएको छ’, उनले भने । नेपालभूमिमा गरेको योगदानको कदर गर्दै नेपाली परम्पराअनुसार २०७९ असोज २३ गते वैदिक परम्पराअनुसार पाल्पाको रामपुरमा चौरासी पूजा तथा नागरिक अभिनन्दन सम्पन्न भएको छ । नेपालमा बसेर गाउँको विकासमा तल्लिन रहने, गरिब विपन्न वर्गका नागरिकको उत्थानका लागि चिन्तन–मनन् गर्ने ओकेबाजे सबैका प्रियपात्र बनेका गङ्गा मावि रामपुरका प्रधानाध्यापक देवराज देवकोटा बताउँछन्। ‘ओकेबाजेका कारण पाल्पामा धेरै विकास निर्माणका काम भएका छन्’, उनले भने, ‘उनले गरेको लगानीले सही ठाउँमा सदुपयोग हुँदा पाल्पालीले धेरै लाभ लिन पाएका छन्, उमेर ढल्किँदै गए पनि उनको सामाजिक क्षेत्रमा काम गर्ने चाहना अझै बढ्दै गएको छ ।’ पाल्पावासीमा पुर्याएका योगदानको कदर गर्दै ओकेबाजेलाई २०७० सालमा रामपुर नगरपालिकामा र २०७६ सालमा सदरमुकाम तानसेनमा पाल्पाका नागरिकद्वारा संयुक्तरूपमा अभिनन्दन गरिएको थियो । ओकेबाजेले मानार्थ नेपाली नागरिकताको अपेक्षा गरेका छन् । त्यसका लागि प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सिफारिस पत्र पठाएको छ । आवासीय भिसा भने उनले पाइसकेका छन् । ‘जीवनको अन्तिम समयसम्म नेपालकै भूमिमा नै बिताउन मन छ’, ओकेबाजे भन्छन् । उनले आफ्नो केही जीवनको अवशेष छोराछोरीलाई जापान पठाउन आग्रह गरेका छन् । पाल्पाली र समग्र नेपालीको मायालाई आफूले कहिल्यै पनि भुल्न नसक्ने उनी बताउँछन् । सबैलाई हँसाउने र खुसी पार्ने ओकेबाजे सबैका मन–मनमा बस्न सफल भएका छन् । ओकेबाजेले सामाजिक क्षेत्रमा गरेका छन् योगदानलाई यहाँका नागरिकले कहिल्यै भुल्न नसक्ने रामतुलसी मावि रामपुरका शिक्षक लेखनाथ शर्मा मरासिनी बताउँछन् । ‘अत्यन्तै सरल, निस्वार्थ स्वभाव, गरिब, दुःखी विपन्नको उत्थानका निम्ति उनको सहयोग योगदानले सबै उमेर समूहका मानिसलाई प्रभावित बनाएको छ’, उनले भने । आजभन्दा तीन दशकअघि पहिलोपटक पाल्पा आएका ओकेबाजे हालको पूर्वखोला गाउँपालिका–२ जल्पास्थित ढोलीमारामा पुगे । उहाँ त्यहाँ पैदलयात्राका सहयोगी ढोलीमाराका तिलक आलेमार्फत पुगेका थिए । एक हप्ताको बसाइका लागि पुगेका ओकेबाजे स्वास्थ्यमा समस्या आएपछि केही दिनमै जापान फर्किए । ढोलीमारामा बस्ने क्रममा त्यहाँका समुदायका बालबालिका, नागरिकको अवस्था अत्यन्तै दयनीय देखेपछि उनले स्वास्थ्योपचार र शैक्षिक क्षेत्रमा सहयोग गर्न थाले । ‘ढोलीमारामा बस्ने क्रममा कोही बालबालिका नाङ्गै छन्, कोही भोकै छन्, औषधि नपाएर नागरिक जीवनमरणको दोसाँधमा बाँचिरहेको देखेपछि केही सहयोग गर्न थालेको हुँ’, ओकेबाजेले भने । अर्थाभावमा विद्यालय नजाने बालबालिकालाई शैक्षिक सामग्री, पोशाकलगायत उनले सहयोग गर्न थाले । विशेषगरी यो क्षेत्र मगर समुदायको बाक्लो बस्ती रहेको र गरिब, विपन्न परिवारका नागरिक समस्यामा थिए । उनीहरूको अवस्थालाई मध्यनजर गर्दै ओकेबाजेले पाल्पामै बसेर सामाजिक क्षेत्रमा सहयोग गर्ने मनसाय बोकेर केही दिनको जापान बसाइपछि पुनः पाल्पा फर्किए । ‘मान्छे बिरामी छन्, उपचार गर्न उनीहरूसँग पैसा नभएको देखेपछि सहयोग गर्न थालेँ, उनीहरूको जीवनरक्षा र शिक्षाबाट बञ्चित बालबालिकालाई शिक्षाको मूलधारसम्म पु¥याउन दुर्गम गरिब विपन्न परिवारबाट सहयोग सुरु गरेको हुँ’, ओकेबाजेले भने । ओकेबाजेले ढोलीमाराबाट सुरु गरेको सामाजिक सहयोग अभियान अहिले पाल्पा र नवलपरासीका विभिन्न क्षेत्रमा निरन्तररूपमा अगाडि बढाइराखेका छन् । पाल्पा र नवलपरासीमा गरी हालसम्म दुई सय बढी विद्यालयमा भवन निर्माण, शैक्षिक सामग्री र अक्षयकोष स्थापना गरेका छन् । उनले दुर्गम र विकट क्षेत्रका नागरिकलाई गाउँ–गाउँमा आँखा उपचार शिविर आयोजना गरी औषधोपचार सेवा दिँदै आएका छन् । ओकेबाजेले नेपाली भाषा मज्जाले बोल्छन् । सुरुमा नेपाली भाषा नबुझ्दा गाउँका नागरिकले जे सोधे पनि अङ्ग्रेजीमा ओके भन्ने गरेका कारण उनको नाम ओकेबाजे रहन गएको हो । आफूलाई ओकेबाजे भनेर सम्बोधन गर्दा असाध्यै खुसी लाग्ने उनी बताउँछन् । जापानको टोकियो सहरमा सन् १९३९ जुन ८ तारिखका दिन बुवा साइस्के काकिमी र आमा उमे काकिमीको कोखबाट जन्मेका ओकेबाजे बाल्यकालदेखि नै सामाजिक कामबाट प्रेरित थिए । अठ्ठाइस वर्षको उमेरमा श्रीमती कियोको काकिमीसँग विवाहबन्धनमा बाँधिएका ओकेबाजेका एक छोरा र एक छोरी छन् । उनले स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका छन् । सन् १९८८ मा पहिलोपटक ओकेबाजे सोलुखुम्बुमा पैदलयात्राका लागि नेपाल आएका हुन् । त्यसयता उनको नेपालयात्रा निरन्तर जारी छ ।

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा

काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्गले टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधा सहित ल्याएको छ । कात्तिक १५ गते मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी कम्पनीले टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको हो । उक्त अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए । त्यसैगरी टाटा मोटर्सका उपाध्यक्ष अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भएको बताए । टाटा प्रोटेक्टका विस्तारीत सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्राहकहरुको नाफामा समेत बृद्धि हुने र ग्राहकहरुले तनावमुक्त सेवा तथा सुविधाहरुको मजा लिने कुरामा विश्वस्त रहेको उनी बताउँछन् । टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेकम्पनीले जानकारी दिएको छ । मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, ए।एम।सी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ । टाटा जेन्यूइन पार्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार कि।मि सम्मको वारेन्टी सुविधा रहेको छ । एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तीको ब्यवस्था कम्पनीले गर्नेछ । टाटा जिप्पि अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तीको व्यवस्था रहेका छ । ग्राहकहरुको सेवाको लागी कस्टमर हेल्पलाइन को व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टा भित्र समाधान गर्ने प्रत्याभूती प्रदान गर्दछ । टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित विमा दावि सुविधाहरु पनि रहेको छ । टाटा अलर्ट अन्तर्गत कंपनीले तोकेका हाईवे कोरीडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ । र वी केयेर सेवा अन्तर्गत वर्कशपमा गाडी बनाउदाँ ग्राहकले अपेक्ष गरे बमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ ।