प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको भाउ

<p>काठमाडौं । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।

आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share News