तरलताको संकटमा पनि महालक्ष्मी विकास बैंकले सहज रुपमा कर्जा दिँदै

<p>काठमाडौं । हाल बैंक तथा वित्तीय क्षेत्रमा तरलताको समस्या भएपनि महालक्ष्मी विकास बैंकले भने सहज रुपमा कर्जा दिइरहेको छ । बैंकले सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै सहज रुपमा &#8216;होमलोन&#8217; र &#8216;व्यवसायिक कर्जा&#8217; दिँदै आएको छ । ‘बैंकले सपनाको सानो घर, प्यारो घर, अब पुरा हुनेछ सबैको रहर’को नारा राख्दै होम लोन प्रवाह गरिरहेको छ । बैंकले [&hellip;]</p>

काठमाडौं । हाल बैंक तथा वित्तीय क्षेत्रमा तरलताको समस्या भएपनि महालक्ष्मी विकास बैंकले भने सहज रुपमा कर्जा दिइरहेको छ । बैंकले सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै सहज रुपमा ‘होमलोन’ र ‘व्यवसायिक कर्जा’ दिँदै आएको छ ।

‘बैंकले सपनाको सानो घर, प्यारो घर, अब पुरा हुनेछ सबैको रहर’को नारा राख्दै होम लोन प्रवाह गरिरहेको छ । बैंकले सहज रुपमा होम लोन स्वीकृत हुन जनाएको छ ।

यस्तै, बैंकले ‘सरल र सहज व्यवसायिक कर्जा, पौरखी हातहरुलाई थप उर्जा’ नारा दिएर व्यवसायिक कर्जा दिइरहेको छ । बैंकले १५ वर्षको कर्जा अवधि तोकेर बिना झन्झट कर्जा स्वीकृत हुने जनाएको छ ।

पछिल्लो समय लगानीयोग्य पुँजीको अभाव रहेको समयमा अन्य बैंकहरुले कर्जा नदिइरहेको अवस्थामा महालक्ष्मी विकास बैंकले भने सहज रुपमा कर्जा प्रवाह भइरहेको बताएको छ ।

Share News