विकासन्युज

नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कतिमा पाइन्छ कर्जा ?

काठमाडौं । नेपाल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । रेमिट्यान्स बचत खातामा ९.४२ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा ९ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो । यस्तै, बैंकले कर्जामा अकितम ६ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ८.९२ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.२६ प्रतिशत रहेको छ ।

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, आधार दर ९.४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ  ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा ९ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो । यस्तै, बैंकले कर्जामा अकितम ६ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ९.४५ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.०३ प्रतिशत रहेको छ ।

मिर्मिरे लघुवित्तको २३ प्रतिशत लाभांश पारित

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १२ ओं बार्षिक साधारण शभाले लाभांश पारित गरेको छ । लघुवित्तले गत आर्थिक बर्ष २०७८र७९ को नाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रप्स्ताव पारित गरेको हो । साथै संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पनि पारित गरेको छ । लघुवित्तका देशभर १५२ वटा शाखा संजाल रहेका छन् । लघुवित्तको गत असार मसान्तसम्म चुक्ता पूँजी ५२ करोड २० लाख रहेको थियो । चालु आर्थिक आर्थिक बर्ष २०७९र८० मा बुद्दज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरि चुक्ता पूँजीमा ९१ लाख २० हजारको बढोत्तरी भई ५३ करोड १२ लाख पुगेको थियो । साथे बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ६५ करोड ३३ लाख कायम पुगेको छ । लघुवित्तले हालसम्म ३ वटा लघुवित्तलाई प्राप्ति गरिसकेको छ । एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक समझदारी सम्पन्न भएको छ ।

प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ

काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बैंकको पुस २८ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा २ जना गरी ५ जना निर्वाचित गरेको थियो । संस्थापकबाट राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारणबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए ।साधारणसभापश्चात् बसेको सञ्चालक समितिको ४५९ औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

पोखरा फाइनान्सको लाभांश पारित, अध्यक्षमा डा. दीर्घमान गुरुङ चयन

काठमाडौं । पोखरा फाइनान्सको २६ औं वार्षिक साधारण सभाले लाभांश पारित भएको छ । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरण पश्चात् फाइनान्सको चुक्ता पुँजी १.०८ अर्ब रुपैयाँ पुगेको छ । साथै सभाले अबको ४ वर्षको लागि संस्थापक समूहबाट डा. दीर्घमान गुरुङ, प्रतिक गुरुङ र दिवाकर पौडेललाई सञ्चालकमा सर्वसम्मत नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले डा. दीर्घमान गुरुङलाई संस्थाको अध्यक्ष पदमा नियुक्ति गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्त गरेको छ । साथै पोखरा फाइनान्स र अन्य उपयुक्त बैंक, वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । पोखरा फाइनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको संस्थाले जनाएको छ ।

नयाँ सरकार आएपछि सेयर बजार र बैकिङ क्षेत्र सुधार भयो : महासेठ

काठमाडौं । नेकपा (एमाले) का सचिव, सांसद तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सरकार गठन भएको ७ दिनभित्र आर्थिक स्थिती र सेयर बजारमा फड्को मारेको बताएका छन् । काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै महासेठले सरकार गठन भएको ७ दिनभित्रै मुलुकको आर्थिक स्थिति, सेयर बजार र बैकिङ क्षेत्रतर्फ सुधार भएको महशुस जनताले गरेका छन् । ‘सरकार गठन भएको ७ दिनभित्रै मुलुकको आर्थिक स्थिति सुधार हुँदै गएको छ, सेयर बजार र बैकिङ क्षेत्रमा पनि सुधार भएको महशुस जनताले गरेका छन्,’ उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको उनले बताएका छन् । कांग्रेसले के उद्देश्य राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्ने कुरा माघभित्रै सबै छर्लङ् हुने उनको दाबी छ । एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको उनले टिप्पणी गरे । ‘अहिले देशको राजनीति कांग्रेसको मिश्रित चंगुल र दलदलबाट एमालेको प्रयासबाट त्यो राजनीतिलाई बाहिर ल्याईएको छ, यो देश र राष्ट्रियताको लागि ठूलो जरूरी थियो,’महासेठले अघि भने,‘एमालेको पहल र माओवादीको सहयोगमा राजनीतिलाई कांग्रेसको दलदलबाट बाहिर निकाल्ने काम भएको छ, यसको रिजल्ट ६ महिनापछि थाहा हुन्छ ।’ उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको थियो भन्ने कुरा ६ महिनापछि थाहा हुने सनसनीपूर्ण टिप्पणी गरे । उनले अब विस्तारै पर्दा खुल्दै जाने बताए । महासेठले देशको राजनीति हिजोभन्दा (२०७९ साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचन) भन्दा अघिको स्थिति र अहिलेको स्थितिमा धेरै फरक रहेको पनि दाबी गरे । ‘हिजो कांग्रेसले केही मित्रराष्ट्र शक्तिहरुको भरमा यहाँका साना–साना पार्टीलाई मिलाएर देशलाई एउटा अलग बाटोमा लगेको थियो, जुन बाटोमा जाने प्रयास भएको थियो त्यसलाई एमाले र माओवादीको सहयोगले रोक्ने काम भएको छ । र, आज देशमा ७ दलको सरकार बनेको छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनिसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा÷परिचर्चा बढि नै हुने गरेको पनि उनको भनाई छ । देशी तथा विदेशी शक्तिले बढि खेलिरहेको उनले आरोप लगाए । ‘नेपालको भविष्य हामीले बनाउने हो, पञ्चशीलमा आधारित परराष्ट्र नीतिअनुसार सम्बन्ध राम्रो बनाउन चाहन्छौं, एमालेको सोच पनि हो, आर्थिक स्थिति दयनीय अवस्थामा थियो, सामाजिक स्थिति करिब–करिब बिग्रन लागिसकेको थियो, राजनीतिक स्थिति त कुरै छोडौं, नेपालमा योभन्दा पहिलेको सरकारले नेपालीपनले काम गरेको भए त पक्कै राम्रो हुने थियो, देशले हाललाई निकास पाएको छ,’ उनले भने । उनले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरि कुनै काम नगर्ने विश्वास दिलाए । यद्धपी २०७४ फागुन ३ गते एमाले र माओवादीको एकतापछि बनेको तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारजस्तै काम यो सरकारले गर्न भने नसक्ने उनको ठोकुवा छ । ‘त्यो राष्ट्रवादी र वापमन्थीहरको सरकार थियो, त्यति काम त यो सरकारले गर्दैन्, यो सरकारमा विभिन्न विचारधारा भएकाहरुको सहभागिता छ, सबैको सल्लाह लिएर यो सरकार अघि बढिरहेको छ, ०७४ कै सरकारजति यो सरकारसँग अपेक्षा गर्न सकिँदैन् तर, हिजोको कांग्रेस सभापति शेरबहादुर देउवाजीको सरकारभन्दा यो सरकारले वास्तवमा धेरै राम्रो काम गर्नसक्छ,’ उनले भने ।

समृद्धि फाइनान्सको साधारण सभामा घिमिरे र थापा निर्वाचित

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको हेटांैडा, मकवानपुरमा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न भएको हो । फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पारित, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९÷८० लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका पारित गरेको छ । साथै, सञ्चालक समितिको लागि संस्थापक समुह तर्फबाट १ (एक) जना र सर्वसाधारण समुह तर्फबाट १ (एक) जना संचालकको निर्वाचन भएको छ । जसमा संस्थापक समुहबाट सुदिप घिमिरे र सर्वसाधारण समुहबाट दुर्गा थापा निर्वाचित भएका छन् । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

मुक्तिनाथ विकास बैंकको १४.२१ प्रतिशत लाभांस पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२१०५ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । जसमध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस रहेको छ । पुस ३० गते पोखरामा बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु परित गरेको छ । बैंकका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।