नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कतिमा पाइन्छ कर्जा ?

<p>काठमाडौं । नेपाल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । रेमिट्यान्स बचत खातामा ९.४२ प्रतिशत ब्याजदर [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । रेमिट्यान्स बचत खातामा ९.४२ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, बैंकको मुद्दति निक्षेपमा ९ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको हो ।

यस्तै, बैंकले कर्जामा अकितम ६ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ८.९२ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.२६ प्रतिशत रहेको छ ।

Share News