को हुन् क्याप्टेन कमल केसी ?

<p>काठमाडौं । दुर्घटनामा परेको यती एयरको ९ एन एएनसी जहाजलाई क्याप्टेन कमल केसीले उडाएको बुझिएको हो । पाइलट केसीले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । उनी यती एयरलाइन्सको ७२ सिटे एटीआर जहाजको प्रशिक्षक पाइटल समेत हुन् । लामाे समय सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगममा टिनवअनर जहाज चलाएका केसी निगम छोडेर यती [&hellip;]</p>

काठमाडौं । दुर्घटनामा परेको यती एयरको ९ एन एएनसी जहाजलाई क्याप्टेन कमल केसीले उडाएको बुझिएको हो । पाइलट केसीले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । उनी यती एयरलाइन्सको ७२ सिटे एटीआर जहाजको प्रशिक्षक पाइटल समेत हुन् ।

लामाे समय सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगममा टिनवअनर जहाज चलाएका केसी निगम छोडेर यती एयरलाइन्स गएका थिए । उनीसँग ३२ वर्ष लामो समय जहाज उडाएकाे अनुभव थियाे । निगमकै एक क्यापटेनका अनुसार उनी निकै राम्रा र अनुभवी क्यापटेन हुन् ।

केसीले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको हुने सक्ने प्रत्यक्षर्शीको अनुमान छ । दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ । त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको धेरैको अनुमान छ ।

Share News