बजेटको दूरुपयोग हुन नदिन कृषिमन्त्री साहको निर्देशन
काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दूरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छिन् । मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराव काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढने आफ्नो कार्य योजना रहेको पनि स्पष्ट पारिन् । कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघटने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको पनि पटकपटक दोहोर्याकी थिइन् । कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्ने समेत बताइन् । मन्त्री साहले भने, ‘हामी जनताको सेवाको लागि उभिएका छौं । बजेटलाई हामी सदूपयोग गर्ने । किनकी कृषि सम्बन्धि आएका बढि कर्मचारीहरु कृषिको यथार्थता बुझेर आएको हुनाले जनताको समस्या, किसानको समस्या बुझेरै तपाईहरु अगाडि बढिरहनु भएको छ । त्यो मलाई राम्रोसँग थाहा छ ।’ मन्त्री साहले किसानहरुको समस्या समाधानका लागि आफू केन्द्रित भएर लागिपर्ने समेत बताइन् । उनले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढन जरुरी रहेको समेत बताइन् । कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ कामको सूरुवात गर्ने मन्त्री साहको भनाई थियो ।
हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु
काठमाडौं । युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको हो। दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभएको छ । गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उहाँका उपमन्त्रीको ज्यान गएको छ । ४१ वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुन । उनि दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए। दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।
राहदानी विभागको समस्या समाधान, बिहानैदेखि सेवा दिने तयारी
काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो । राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेको भीड बढ्दै गएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताए । उनले भने, ‘विभागमा राहदानीसम्बन्धी सबै काम सुरु भएको छ, सेवाग्राहीको पनि भीड बढेको छ, बीचमा केही दिन बिदा परेकाले पनि अहिले सेवाग्राहीको भीड बढेको हो ।’ सरकारले अत्यावश्यक सेवामा भीड कम गर्ने निर्णयपछि विभागले तीन/चारवटा अनौपचारिक कार्ययोजना बनाएको जनाएको छ । कुन कार्ययोजना लागू गर्ने र कसरी गर्ने भन्ने छलफलमा विभाग रहेको बताइएको छ । देशभरका जिल्ला प्रशासन कार्यालय र १७ इलाका प्रशासन कार्यालयबाट सहज रुपमा राहदानी वितरण गरे विभागमा अहिलेजस्तो भीड नहुने निर्देशक सापकोटाको भनाइ छ । टोकन प्रणाली लागू गर्ने तयारी पनि गरिएको र कामको अवधि बढाएर बिहानदेखि राहदानी वितरण थाल्ने विकल्पबारे पनि विभागले योजना बनाइरहेको जनाइएको छ । सेवाग्राहीको भीडका कारण कर्मचारीलाई पनि सेवा प्रवाहमा समस्या हुँदै आएको बताइएको छ ।
९ अंकले घट्यो सेयर बजार, ५ अर्बको कारोबार
काठमाडौं । बुधबारको सेयर बजार ९.०१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से० को अनुसार बुधबार सेयर बजार घटेर २१७३.१० विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज १३ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीले ३५ करोड रुपैयाँको गरेको छ । आज ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएका छन् ।
व्यापारी भन्छन् : बैंकको चर्को ब्याजदर र घरभाडाले मारमा पर्यौं
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड, मुलुकको अर्थतन्त्रमा आएको उतारचढाव लगायतका कारण व्यवसाय मारमा परेको भोटाहिटीस्थित चाहना भवनका व्यापारी बताउँछन् । बर्सेनि बढ्दो भाडा तथा चर्को ब्याजदरका कारण आफ्नो व्यवसाय मारमा परेको उनीहरुको गुनासो छ । बीस जना व्यापारीको लगानीमा निर्माण भएको चाहना भवनमा धेरैले कपडा व्यापार गर्दै आएका छन् । गुल्मी स्थायी ठेगाना भई हाल महाराजगञ्ज बस्दै आएका नागमणि टेड्रसका रुद्र महत २५ वर्ष महाबौद्धमा व्यापार गर्दै आएकामा व्यापारमा विस्थापित भएर एक वर्ष अघिदेखि भोटाहिटीमा सरेको बताउँछन् । उनले भने, ‘बैंकले एक करोड ऋणको साढे दुई करोडको कारोबार देखाउनुपर्ने हुनाले अहिलेको अवस्थामा कारोबार देखाउन असम्भव छ ।’ समयमा ऋण बुझाउन नसेकेका कारण १७ प्रतिशत ब्याजमा पनि थप दुई प्रतिशत जरिवाना बुझाउन परेको उनले बताए । महाबौद्धमा एक हजार दुई सयमा भाडा तिरेर सुरु गरेको व्यवसाय त्यहीँ ठाउँमा २५ वर्षको अन्तरालमा एक लाख १० हजारसम्म पुगेपछि छोड्न बाध्य भएको उनको भनाइ छ । आफू विस्थापित भएर भोटाहिटी सरेको महत बताउँछन् । ‘व्यापारीलाई जस्तो कष्ट अहिले कसैलाई छैन,’ उनले भने । ‘बैंकबाट लिएको ऋणको १७ प्रतिशत ब्याज बुझाउनुपर्छ । तर सरकारले खाद्यान्न, फलफूल लगायतका सामानलाई जसरी कपडा व्यापारीलाई प्राथमिकतामा नराख्दा, सहकारी डुब्नु, उधारोको पैसा नउठ्नु, पूँजीको परिचालन सही तरिकाले व्यवस्थापन गर्न नसक्दा व्यापारबाट विस्थापित हुने अवस्था आएको छ,’ उनले भने । व्यापारीले यतिसम्म असहज र कठिनाइ अघिल्ला दिनहरुमा खेप्नु नपरेको उनको भनाइ छ । महतले बच्चाका जाडोका सामान विशेषगरी चाइनाबाट मगाउँदै आएकामा कोभिडको समयमा १६ महिनासम्म सामान नआउँदा लगानी होल्ड भएपछि वित्तीय सङ्कट बेहोर्नुपरेको र चर्को ब्याज तिर्नुपरेको बताए । महाबौद्धमा घरबेटीलाई नयाँ व्यापारीले ५५ हजारभन्दा बढी भाडा दिने भएपछि घरबेटी पुराना व्यापारीलाई असहज वातावरण सिर्जना गरी भाडा वृद्धि गराएपछि चर्को भाडा र ब्याजदरका कारण विस्थापित हुनुपरेको उनले बताए । झापा स्थायी ठेगाना भई हाल महतसँगसँगै महाबौद्धबाट भोटाहिटी सरेर कपडा व्यापार गर्दै आएकी मितेरी मनमाया मैनाली महँगीका कारण पहिलाको तुलनामा व्यापार निकै कम भएको बताउँछिन् । २० वर्षअघि भृकुटीमण्डपबाट व्यापार सुरु गरेका उनी हाल भोटाहिटीमा व्यापार गर्छिन् । उनी भन्छन्, ‘पहिला ७५ प्रतिशत व्यापार हुन्थ्यो भने अहिले २५ प्रतिशत भएको छ । सहकारीमा बचत गरेको लगानी डुब्दा, बैँकमा चर्को ब्याज बुझाउनुपर्दा, महँगो पसल भाडासहित बहाल करसमेत हामीले तिर्नुपर्दा आर्थिक समस्याकै कारण व्यापार खस्कँदो छ ।’ भूकम्प अगाडि व्यापारीले गरेको लगानी उठ्न नसक्दा र लिएको सामानको मूल्य चुक्ता ग्राहकले नगरी दिँदा व्यापारी मारमा परेको उनी बताउँछन् । कपडा व्यापारी कन्काई इन्टरप्राइजेजका अनिल प्रसाइँ विगत २५ वर्षदेखि भोटाहिटी, टुकेपमा कपडा व्यापार गर्दै आएका छन् । उनले जाडोयाममा बच्चा तथा लेडिजका स्वेटर, ज्याकेट, हाइनेक, ट्राउजर, ल्यागिन्स लगायतका सामान व्यापार गर्छन् । ‘आजभोलि ग्राहकहरु टिकटकलगायत सामाजिक सञ्जालमा देखिएका कपडाको तस्बिर देखाएर सामान लिन आउनुहुन्छ, आफूसँग ती सामान हुँदैन, मगाउँदा समय बढी लाग्छ जसका कारण ग्राहकले चाहेको सामान दिन सकेका छैनाैं,’ प्रसाइँले भने । चाइनाबाट सामान आयात गर्दै आएको उनले केरुङ नाका लामो समयसम्म बन्द हुँदा व्यापारमा समस्या भएको बताए । गर्मीयामको तुलनामा जाडोमा व्यापार बढी हुने भए तापनि पहिलेको तुलनामा अहिलेका वर्षमा सामान्य व्यापार हुने गरेको उनको भनाइ छ । सरकारी जागिरबाट अवकाशपछि कपडा व्यापारमा संलग्न हुँदै आएका कृष्णकुमार श्रेष्ठ तीन वर्षदेखि लेडिज तथा बच्चाका न्यानो कपडा व्यापार गर्दै आएका छन् । पुराना डिजाइनका कपडाभन्दा पनि नयाँ डिजाइनका कपडाको माग ह्वात्तै बढेकाले सोही अनुसारको सामान मगाउन व्यापारी बाध्य हुनुपर्ने श्रेष्ठ बताउँछन् । सिन्धुपाल्चोक स्थायी घर भएका शरद नेपाल दुई वर्षदेखि भोटाहिटीमा पछ्यौरी व्यापारमा संलग्न छन् । विश्वव्यापी रुपमा परेको आर्थिक प्रभावसँगै नेपालको अर्थतन्त्रमा देखिएको उतारचढावबाट आफ्नो व्यापारमा परेको असरले पाठ सिकाएको भन्दै पेसामा हार नमानेको बताउँछन् । ‘सुरुमा सिक्दै व्यापार गर्दैछु घाटा नाफालाई खासै हेरेको छैन, कहिले नाफा, कहिले घाटा बेहोर्नुपरे पनि हालसम्म औसत व्यापार भैरहेको छ’, उनले भने । जनताको आयस्तर कम हुनु, कोभिड–१९ पछि थलिएको आर्थिक अवस्था, रुस–युक्रेन युद्ध, वित्तीय सङ्कट, चर्को ब्याजदर, भन्सार मूल्य वृद्धि, लागतमा वृद्धिको कारणले अहिलेको व्यापार व्यवसायमा असहजता भएको व्यापारीहरुको भनाइ छ । रासस
यी हुन् राष्ट्र बैंकको कारवाहीमा पर्ने ६ विकास बैंक र ४ फाइनान्स कम्पनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । आर्थिक वर्ष ७९÷८० को पहिलो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएको विकास बैंक र फाइनान्सलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलप्मेन्ट बैंक र सालपा विकास बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनी तर्फ नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाईनान्स, र प्रोग्रेशिभ फाइनान्सलाई नगद जरिवाना गरेको हो ।
कर्मचारी दरबन्दी नथपिँदा समस्यामा त्रिवि शिक्षण अस्पताल
काठमाडौं । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ । नेपालमा पढाइसहित विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित टिचिङमा हाल दरबन्दीमा आठ सय कर्मचारी कार्यरत छन् । विसं २०४० असार ३१ गते तीन सय एक शय्यामार्फत स्वास्थ्यसेवा प्रदान गर्दै आएको टिचिङ अस्पतालले हाल नौ सय ७० शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टर र विपी कोइराला नेत्र अध्ययन केन्द्र पर्दैन । यी दुई निकाय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित हुँदै आएका छन् । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले अस्पतालमा विभिन्न सेवा र शय्या थपिँदै जानु र दरबन्दी नथपिँदा अस्पताल सञ्चालनमा समस्या हुँदै गएको बताउँछन् । ‘अस्पतालमा दरबन्दी एक हजार पाँच सयको हाराहारीमा भए पनि हाल दरबन्दीमा जम्मा आठ सय कर्मचारी छन्, उक्त दरबन्दीले अस्पताल सञ्चालनमा समस्या हुँदै गएको छ’, उनी भन्छन् । टिचिङ अस्पतालमा स्थापनाको समयमा छ सय १५ जनाको दरबन्दी रहेको थियो । अहिले दरबन्दी बढेर एक हजार पाँच सय हाराहारी पुगे पनि दरबन्दीमा भने सो सङ्ख्यामा मात्र कर्मचारी कार्यरत छन् । दरबन्दीबाहेक आन्तरिक व्यवस्थापनमार्फत करारमा एक हजार छ सय ७५ कर्मचारी कार्यरत छन् । त्रिवि शिक्षण अस्पताल सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले वार्षिक ३३ करोड दिँदै आएको छ । कर्मचारी धेरै हुँदा त्रिविले दिने उक्त रकम कर्मचारीलाई तीन महिना पनि तलबभत्ता दिन नपुग्ने गरेको बताइन्छ । ‘झन्डै दुई हजार पाँच सय कर्मचारीलाई तलब र भत्ताका लागि मासिक १२ करोड खर्च हुँदै आएको छ, त्रिविले दिएको पैसा त तीन महिनालाई पनि तलब खुवाउन पुग्दैन’, कार्यकारी निर्देशक प्राडा काफ्ले भन्छन् । टिचिङले दैनिक गरेको आम्दानीले कर्मचारी तलबभत्तादेखि सामान खरिदमा खर्च हुँदै आएको छ । अहिले टिचिङ अस्पतालमा दुई हजार चार सय ७५ डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् । टिचिङमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत रोगको समेत उपचार हुँदै आएको छ । गत पुस २७ गते पृथ्वीजयन्तीमा सार्वजनिक बिदा रहेको दिन त्रिवि शिक्षण अस्पतालमा बहिरङ्गतर्फ एक हजार नौ सय २३ बिरामीले स्वास्थ्य सेवा लिएका थिए । यस्तै इमर्जेन्सीमा (बच्चा र लेवर रुमसहित) एक सय २४, भर्ना छ सय २४, एक्स–रे तीन सय ८०, अल्ट्रासाउन्ड दुई सय ७९, ल्याबमा एक हजार ६३ ले सेवा लिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी बताउँछन् । सोही दिन त्रिवि शिक्षण अस्पतालमा ५३ जनाको शल्यक्रिया भएको थियो भने ७७ जना डिस्चार्ज भएका थिए । यस्तै डाइलोसिस ७०, सिटी स्यान ६८, आइसियुमा ५३, एचडियुमा ६१ र डेलिभरी ११ जना भएका थिए । सोही दिन तीनजना बिरामीको ज्यान गएको थियो । बिदाको दिनमा समेत यति धेरै सेवा प्रदान गर्ने त्रिवि शिक्षण अस्पतालले बिदा नभएको दिनमा भने यसभन्दा धेरै बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा काफ्ले बताउँछन् । त्रिवि शिक्षण अस्पतालले यही वर्षदेखि एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ समेत सञ्चालनमा ल्याएको छ । क्यान्सर पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले रु ५५ करोड लागतमा उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो । उक्त सेन्टर सञ्चालनमा आएसँगै त्रिवि शिक्षण अस्पताल नौ सय ७० शय्याको अस्पताल बनेको छ । सेन्टरमा २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आइसियु, ३० शय्याको एचडियु र १५ शय्याको डे केयर केमोथेरापी रहेको छ । नयाँ बनेको क्यान्सर सेन्टरलाई पूर्ण रुपमा सञ्चालन गर्न दुई सय ४१ जनाको दरबन्दी माग गरिएको कार्यकारी निर्देशक प्राडा काफ्ले बताउँछन् । रासस
मुक्तिनाथ विकास बैंकमा काम गर्ने अवसर, यी ८ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, क्रेडिट एनालिस्ट, डेक्स इनचार्ज, रिलेसनसिप मेनेजर, माइक्रो बैंकिगं, अपरेसन इनचार्ज, डिजिटल टन्सफरमेसन र लरनिग एन्ड डेभलबमेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ १८ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।