यी हुन् राष्ट्र बैंकको कारवाहीमा पर्ने ६ विकास बैंक र ४ फाइनान्स कम्पनी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । आर्थिक वर्ष ७९÷८० को पहिलो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएको विकास बैंक र फाइनान्सलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । आर्थिक वर्ष ७९÷८० को पहिलो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएको विकास बैंक र फाइनान्सलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलप्मेन्ट बैंक र सालपा विकास बैंकलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकले फाइनान्स कम्पनी तर्फ नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाईनान्स, र प्रोग्रेशिभ फाइनान्सलाई नगद जरिवाना गरेको हो ।

Share News