विकासन्युज

रेलसेवा सञ्चालनको माग गर्दै कोशी ब्यारेज क्षेत्रका स्थानीयले आन्दोलन गर्ने

काठमाडौं । नेपाल-भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन् । सोमबार कोशी ब्यारेजस्थित नेपाल-भारत सीमामा बसेको दुई देशीय प्रतिनिधिहरुले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन् । रेलसेवा सञ्चालनको लागि भारतीय पक्षले नेपाल पक्षको समेत समर्थन जुटाएर संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । सन् २०११ मा समपन्न कोशी सम्झौता अनुसार २०१६ देखि २०४० सम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्नेगरी आन्दोलन गर्न लागेको भारतीय रेल आन्दोलन संघर्ष समितिका अध्यक्ष मोहनप्रसाद रस्तागीले बताए । प्रदेश १ का पूर्व पर्यटन मन्त्री जगदिश कुसियतले नेपाल—भारत संयुक्त रेलसेवा आन्दोलनको आवश्यकता महशुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताए । उनले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि दुई देशीय रेल सञ्चालन आवश्यक रहेको बताए । भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकार बिरुद्ध संघर्षमा छन् । कोशी ब्यारेजमा सम्पन्न भारतको वीरपुर, भीमनगर, बसमतीयासहित सीमावर्ती क्षेत्रका पूर्वसांसद, विधायक, सरोकारवाला र मुखिया सम्मिलित भेलाले भारतीय संघर्ष समितिलाई बिस्तार गरी अघि बढ्ने निर्णय गरेको छ । कोशी प्रोजेक्ट अन्तर्गत भारतले सुनसरी र सप्तरीको सीमानामा पर्ने भीमनगरदेखि धरानको रेल्वे लाइन र चकरघट्टीदेखि चतरासम्म ४७ किलोमिटर रेल सञ्चालनमा ल्याएको थियो । त्यस बखत कोशीब्यारेज पुल बनाउन ढुङ्गा ओसार्न भारतको भीमनगरबाट छुट्ने रेलका लागि नेपाल तर्फको कुशाहा, मधुवन, चक्रघट्टी, चतरा, बाङ्गे र घोपा क्याम्पमा रेल स्टेशन राखिएको थियो । नेपाल-भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन् । सोमवार कोशी ब्यारेजस्थित नेपाल-भारत सीमामा बसेको दुई देशीय प्रतिनिधिहरुले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन् । रेलसेवा सञ्चालनको लागि भारतीय पक्षले नेपाल पक्षको समेत समर्थन जुटाएर संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । सन् २०११ मा समपन्न कोशी सम्झौता अनुसार २०१६ देखि २०४० सम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्नेगरी आन्दोलन गर्न लागेको भारतीय रेल आन्दोलन संघर्ष समितिका अध्यक्ष मोहनप्रसाद रस्तागीले बताए । प्रदेश १ का पूर्व पर्यटन मन्त्री जगदिश कुसियतले नेपाल—भारत संयुक्त रेलसेवा आन्दोलनको आवश्यकता महशुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताए । उनले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि दुई देशीय रेल सञ्चालन आवश्यक रहेको बताए । भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकार बिरुद्ध संघर्षमा छन् । कोशी ब्यारेजमा सम्पन्न भारतको वीरपुर, भीमनगर, बसमतीयासहित सीमावर्ती क्षेत्रका पूर्वसांसद, विधायक, सरोकारवाला र मुखिया सम्मिलित भेलाले भारतीय संघर्ष समितिलाई बिस्तार गरी अघि बढ्ने निर्णय गरेको छ । कोशी प्रोजेक्ट अन्तर्गत भारतले सुनसरी र सप्तरीको सीमानामा पर्ने भीमनगरदेखि धरानको रेल्वे लाइन र चकरघट्टीदेखि चतरासम्म ४७ किलोमिटर रेल सञ्चालनमा ल्याएको थियो । त्यस बखत कोशीब्यारेज पुल बनाउन ढुङ्गा ओसार्न भारतको भीमनगरबाट छुट्ने रेलका लागि नेपाल तर्फको कुशाहा, मधुवन, चक्रघट्टी, चतरा, बाङ्गे र घोपा क्याम्पमा रेल स्टेशन राखिएको थियो ।

निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । यसअघि नारायणी नदी वारी रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी नवलपुरबाट निकुञ्ज क्षेत्रमा जिप सफारी सुरु भएपछि उत्साही बनेका हुन् । जङ्गल सफारीमा आउनेलाई नारायणीमा डुङ्गा शयरसहित निकुञ्ज क्षेत्रमा जिप सफारी गराउँदा पर्यटकको सङ्ख्या बढ्ने भएपछि आफूहरु उत्साही बनेको कावासोतीका पर्यटन व्यवसायी धनिराम गुरौले बताए । ‘पहिले मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वन घुमाउने गरिन्थ्यो, अहिले निकुञ्जमा पनि घुम्न पाइने भएपछि यहाँ आउने पर्यटक बढेका छन्’, उनले भने । नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले गतवर्ष मध्यवर्ती सामुदायिक वनमासमेत जिप सफारी बन्द गरिएकोमा अहिले निकुञ्जले नारायणी पारी सफारी गर्ने अनुमति दिएपछि जिल्लामा पर्यटकीय गतिविधि बढ्ने बताए । ‘हामी खुसी छौँ, यहाँको पर्यटकीय गतिविधि चलायमान गराउन यो कदमले सहयोग पुग्नेछ’, अध्यक्ष महतोले भने । उनका अनुसार यही माघ ११ मा चितवन राष्ट्रिय निकुञ्जले सबै होटल तथा व्यवसायीका लागि नवलपुरको अमलटारी पोस्टबाट पनि निकुञ्ज प्रवेशको अनुमति दिएको छ । यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्रै पर्यटक लैजाने अनुमति पाएका थिए । अब अमलटारीबाट गैंँडाखासा, देवीताल, टाइगर टप्सको रुट तथा गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्न सकिने भएपछि यस क्षेत्रमा आर्थिक, पर्यटकीय गतिविधिमा वृद्धि हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । शनिबार प्रजिअ लम्सालले सफारीको उद्घाटन गर्दै नवलपुरबाट निकुञ्जभित्र जीप सफारी सुरु भएपछि विदेशी पर्यटकको आगमन हुनुका साथै यहाँको संस्कृतिको समेत प्रचार हुने बताए । नवलपुर पर्यटन समितिले औपचारिक कार्यक्रमकाबीच शनिबार निकुञ्जमा सफारीको सुरुआत गरेको थियो । नवलपुर क्षेत्रबाट प्रतिदिन पाँच वटा जिपमा १० जना निकुञ्ज प्रवेश गर्न पाउनेछन् । होटल तथा पर्यटन व्यवसायीले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा अनुमति पाउनेछन् । हात्ती सफारी भने मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र अनुमति छ । निकुञ्जमा जिप सफारी खुला भएसँगै नवलपुरको पर्यटन व्यवसायमा टेवा पुग्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ । रासस  

स्नातकोत्तर गरेका तनहुँका कुशल पशुपालनबाट लाखौं आम्दानी गर्दै

तनहुँ । घरपरिवारसँगै काम गरेर आम्दानी लिनुपर्छ भन्ने उद्देश्यले काठमाडौंको पढाइ सकिनासाथ तनहुँको भानु नगरपालिका–१२ घलेछापका ३२ वर्षीय कुशलचन्द्र अधिकारी गाउँ फर्किए । अधिकारीले जागिर गर्नु तथा अन्य व्यवसाय गर्नुभन्दा कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेपछि २२ वर्षदेखि बाँझो रहेको जमिनको उपयोग गर्दै अहिले मिर्लुङ बहुउद्देश्यीय कृषि फार्म प्राली सञ्चालन गरिरहेका छन् । उनले पाँच बाख्रादेखि पशुपालन व्यवसाय सुरुआत गरेका हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका कुशलले ४८ हजार रुपैयाँको लगानीमा पाँच बाख्राबाट व्यवसाय सुरुआत गरेको उनी बताउँछन् । थोरै सङ्ख्यामा बाँझो जमिनमा घाँस लगाएर व्यवसाय वृद्धि तथा विकास गर्दै हाल बाख्रा मात्रै ६५ रहेको उनी बताउँछन् । उनको कृषि व्यवसायले दुई सय रोपनी जमिन ओगटेको छ । आफ्नो जमिनसँगै जोडिएको डेढ सय रोपनी जग्गा भाडामा लिएर उनले फार्म सञ्चालन गरेका छन् । खोर र गोठले करिब छ रोपनी जग्गा ओगटेको छ भने बाँकीमा भैँसी, गाई, बाख्राका लागि प्रोटिनयुक्त घाँस लगाएका छन् । करिब ३० वर्ष वैदेशिक रोजगारीको शिलशिलामा बहराइन बसेका कुशलका बुवा राजेन्द्रको प्रेरणाले उनी कृषि व्यवसायमा लाग्नुभएको बताउँछन् । विदेशमा गरिएको दुःख स्वदेशमा गर्नसके मनग्य आम्दानी गर्न सकिन्छ भनेर प्रोत्साहन गरेकाले यो व्यवसायमा सन्तुष्ट छु’, कुशल भन्छन् । उनले बुवाले दिएको प्रेरणाअनुसार नै गाउँ फर्केपछि गाउँमै कृषिसम्बन्धी व्यवसाय गरेका हुन् । ‘बहराइनबाट फर्केपछि बुवाले तनहुँमै बस्न रुचाए’, उनले भने, ‘बुवाको रुचिअनुरुप नै मैले पनि गाउँमै व्यवसाय गरेँ, कृषि व्यवसायमा लागेको देखेर छिमेकीले पढेलेखेको शिक्षित युवा पनि बाख्रापालनमा लागेको भनेर भन्नुहुन्थ्यो ।’ लगानीसँगै आम्दानी राम्रो हुँदै गएपछि भने छिमेकीले यहीँ आम्दानीको स्रोत रहेछ भन्ने गरेको उनी सुनाउँछन् । उनले पढाइ सँगसँगै काठमाडौँमा आफ्नै ‘ट्राभल्स एण्ड टुर्स’ व्यवसाय गरेका थिए । उनी नाफामा चलेको व्यवसाय छाडेर गाउँ फर्किएर कृषि फार्म सञ्चालन गर्दै आएका हुन् । विसं २०६५ मा उच्च शिक्षाका लागि काठमाडौं गएका कुशल १० वर्षपछि व्यवसाय गर्ने लक्ष्यसहित गाउँ फर्किएका हुन् । उनले व्यवसाय सञ्चालन गर्ने समयमा समाजशास्त्र विषयमा स्नात्तकोत्तर तहको पढाइ सकेकाे  बताए । उनले विद्यालयका शिक्षकले शिक्षण पेशासँगै केराखेती गरेको देखेर पनि कृषि व्यवसायमा प्रेरित भएको बताए । कुशल भन्छन्, ‘बाँझो भएको जमिनको पनि उपयोग भएको छ ।’ हाल उनले गोठमा बाख्रासँगै भैँसी, गाई, कडकनाथ कुखुरा, कालिज, मौरीपालन गरिरहेका छन् । विगतमा बाख्रा मात्रै पालेका कुशलले अहिले भैँसी, गाई, कुखुरा, मौरी, कालिज थपेका हुन् । सङ्घर्ष धेरै भए पनि आम्दानी राम्रो हुँदै आएको उनी बताउँछन् । उनको गोठमा १२ भैँसी, एउटा ब्याडे राँगो, ६५ बाख्रा छन् । ‘बाख्रा नोक्सानी भएमा भैँसीबाट पूर्ति गर्न सकिन्छ, एकथरिमा नोक्सान भएमा अर्को व्यवसायबाट पूर्ति र आम्दानी लिइरहन सकिन्छ’, उनले भने । उनले आफैँले गाईभैँसीबाट उत्पादित दूध बिक्रीका लागि बजारसम्म पु¥याउने गरेको बताए । दैनिक ७५ लिटर दूध उत्पादन गर्दै आएको र ३० लिटर बिक्री गरिन्छ भने बाँकी दूधबाट पनिर बनाएर बिक्री गर्ने गरेको उनी बताउँछन् । दूधको बजार नपाउँदा घ्यू, नौनी बनाएर बिक्री गर्ने गरेको उनी बताउँछन् । पनिर बनाउन थालेपछि स्थानीय बजारमा खपत हुने गरेको उनले बताए । उनले फार्ममा उत्पादित पनिर प्रतिकिलो सात सय रुपैयाँमा बिक्री गर्दै आएको बताए । हालसम्म उनले भवनसहित करिब ७० लाख रुपैयाँ लगानी भएको बताए । उनले विगतमा ४०/४५ घार मौरी पालेका थिए । मौरीले उपयोग गर्ने फलफूलमा विषादी प्रयोग गर्दा ३५ घार मौरी मरेका थिए । काठमाडौंको घरमा उनका पत्नी र छोराछोरी बस्दै आएका छन् । कुशलले बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमार्फत १० दिनको तालिम लिएर बाख्राको हेरचाह र दानापानीबारे सिके । उनले सिकाइलाई सहजरुपमा अहिले उपयोग गरेका छन् । उनले उक्त तालिममा रोग र उपचारबारे जानकारी पाए । तालिमले काममा ऊर्जा थपिएको उनी बताउँछन् । उनले बाख्राका लागि राम्रो घाँसको बीउ र बिरूवा खोजी गरी एक सय ५० रोपनी जमिनमा सुपर नेपियर, सियोथ्री, मुलाटो, रायोखनियालगायतका घाँस लगाएका छन् । उनले कृषि पेसामा छिमेकीलाई पनि घाँस रोप्न प्रोत्साहत गर्दै आएका छन् । कुशलका अनुसार उक्त जातका घाँसमा १७ प्रतिशतसम्म प्रोटिन हुन्छ । उनले डाले घाँसमा किम्बु, टाँकी, निवारो, खनिउँलगायत स्थानीय प्रजातिका घाँस रोपेका छन् । खसीबाख्रा बेच्न कुनै कठिनाइ नभएको उनी बताउँछन् । मागप्रशस्त भएकाले ग्राहक फार्ममै आउने गरेको उनी बताउँछन् । ‘धेरै ठाउँबाट खसीबाख्राको माग बढेपछि काम गर्न र उत्पादनमा जाँगर चल्ने रहेछ’, उनले भने । उनले सुरूमा पाल्पाबाट १० घार र तनहुँकै विभिन्न ठाउँबाट मौरी ल्याएर ३५ घार मौरी आधुनिक घार बनाएर मौरीपालन पनि अगाडि बढाएका छन् । मौरीपालनको पहिलो वर्षमा मौरी र मह गरी तीन लाख रुपैयाँ आम्दानी लिएको उनी बताउँछन् । उनले एक वर्षमा ३५ घार मौरी बेचे । मौरी फस्टाउँदै गएको अवस्थामा एकाएक घारमा कीरा लाग्ने र मर्ने भयो । तनहुँभरि नै यस्तो समस्या देखिएको थियो । कुशलको फार्मका मौरी मासिएका थिए । उनले के कारणले मरे भनेर अध्ययन गरी फेरी नयाँ १५ घार हालेर व्यवसायलाई निरन्तरता दिए । ‘मौरी चराउने समस्या छैन, गाउँघरमा तोरीखेती हुन्छ, चिउरी र मौरी चर्ने अरू फूल पाइन्छन्, जेठ–असार र कात्तिक–मङ्सिर गरी वर्षमा दुई पटक मह काढ्न सकिन्छ’, उनले भने । यससँगै उनले रैथाने प्रजातिका कुखुरापालनलाई अगाडि बढाए । उनी स्थानीय बजारमा कुखुराको माग राम्रो रहेको बताउँछन् । त्यसैले कुशलले रैथानेसँगै कडकनाथ खुकुरा पाल्न थाले । अन्यको तुलनात्मकरूपमा कडकनाथ अलि महँगो रहेको उनी बताउँछन् । हाल जिउँदो प्रतिकिलो एक हजार रुपैयाँ मूल्य पर्दछ । ‘यो जातको कुखुरा करिब छ महिनामै बेच्न योग्य हुन्छ’, उनले भने । अहिले उनको गोठमा २९ गाईभैँसी छन् भने १२ भैँसी र दुई गाई छन् । दैनिक सय लिटर दूध उत्पादन हुन्छ । सबै दूध स्थानीय बजारमै खपत हुने गरेको छ । धेरैजसो मिठाइ उत्पादकले दूध लिने गरेको उनी बताउँछन् । यसपछि गाउँमा उत्पादन हुने दूध पनि किनेर डेरी उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको उनी बताउँछन् । डेरी उत्पादनमा आफ्नो ब्रान्ड बनाउने सपना उनको छ । अब माछा पाल्ने तयारी गरेको उनी बताउँछन् । लगानीअनुसार आम्दानीमा सन्तुष्ट रहेको उनी बताउँछन् । ‘हाल मासिक करिब सात लाख रुपैयाँ बराबरको कारोबार हुन्छ’, उनले भने । उनले परिवारका सदस्यबाहेक फार्ममा चार जना तलबमा नै कर्मचारी राखेका छन् । व्यवसायबाट आम्दानी लिनुका साथै कुशल ‘राष्ट्रिय युवा प्रतिभाको सम्मान–२०७८’ बाट सम्मानित भएका छन् । कृषि पेसाको सम्मानले काममा ऊर्जा थपिएको उनको भनाइ छ । उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँबाट अनुदान एकपटक अनुदान लिएको र फार्मलाई विस्तारमा सहयोग पुगेको बताए । कृषि क्षेत्रमा लाग्ने युवालाई सरकारले व्यवसायमा टिकाउन अनुदानभन्दा सीप सिकाउन आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार आधुनिक प्रविधिका सामग्री चलाउन, पशुपंक्षीको सामान्य प्राविधिक ज्ञानलाई प्राथमिकता दिन सके किसान नै आत्मनिर्भर हुने हुँदा व्यवसायिक रुपमा सञ्चालित कृषि फार्मका कृषकले प्राविधिक नपुग्दै सामान्य उपचार गर्न सक्नेछन् । व्यवसायमा धेरै नोक्सानी व्यहोर्नुपर्ने अवस्था न्यूनीकरण गर्न सकिने उनले बताए । नेपाल व्यवसायी बाख्रापालन महासंघ, तनहुँको उनी अध्यक्ष हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले पशुपालक कृषकले पशुपालनका सामान्य खालका प्राविधिक ज्ञान आफैँले सिक्नुपर्ने बताए । उनले भने, ‘सामान्य प्राविधिक ज्ञानले किसानले पालेका पशुपक्षी बिरामी हुँदा उपचारमा सहयोग पुग्छ, प्राविधिकको अभाव रहेकाले पनि तोकिएका समयमा प्राविधिक नपुग्दा पशुपक्षी मर्न सक्छन्, यस्तो अवस्थामा सहयोग पुग्नेछ ।’ जिल्लामा अहिले युवा पशुपालनतर्फ आकर्षित भएको उनी बताउँछन् । सामान्य खालका प्राविधिक ज्ञानको भने आवश्यकता रहेको पाइएको श्रेष्ठ बताउँछन् । रासस

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बताए । उनले सबै प्रकारका आयोजनालाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारकातर्फबाट अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने र विधेयकमा यससम्बन्धी प्रावधान राख्नुपर्नेमा जोड दिए । सांसद देवकोटाले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले विकास आयोजनाको प्रभावकारी अनुमगन र मूल्याङ्कन हुन नसक्दा अपेक्षित लाभ हुन नसकेका सन्दर्भमा आमचासोलाई सम्बोधन गर्दै सरकारले यस विधेयकलाई अगाडि बढाइएको बताए । यस्तै बैठकले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सर्वसहमतिले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको तर्फबाट मन्त्री शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सर्वमम्मतिले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार ५ बजे बस्नेछ । रासस

काठमाडौंमा जडान हुँदैछन् १० करोडका सीसीटीभी 

काठमाडौं । काठमाडौं महानगरपालिले महानगर क्षेत्रभित्र सीसीटिभी क्यामरा जडान गर्ने योजना बनाएको छ । महानगर र काठमाडौं उपत्यका प्रहरी कार्यालयको सहकार्यमा महानगरभित्र सीसीटीभी जडान गर्ने योजना बनाएको हो । सीसीटीभी क्यामरा जडान गर्न महानगरले अहिले उपत्यका प्रहरी कार्यालयसँग छलफल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नं। १७ का अध्यक्ष नवीन मानन्धरले बताए । महानगरभित्रका केही वडाले आफै पनि वडाभित्र सीसीटिभी जडान गर्ने कार्यक्रम पनि राखेका छन् । ‘हामीले सीसीटीभी जडान गर्ने विषयमा उपत्यका प्रहरी कार्यालयसँग छलफल गरिरहेका छौं, उपत्यकाभित्रको सीसीटीभीको निगरानी प्रहरी कार्यालयले गर्दै आएको हुनाले यसको जिम्मा उहाँहरूलाई दिँदा  राम्रो हुन्छ भनेर सहकार्य गर्न खोजेका हौं,’ उनले भने । महानगरपालिकाले यसअघि पनि नेपाल प्रहरीको सहकार्यमा विभिन्न ठाउँमा सीसीटीभी जडान गरेको थियो । महानगरपालिका र नेपाल प्रहरीको सहकार्यमा १६५ वटा सीसीटीभी ३ वर्ष अगाडि जडान गरेको थियो । अहिले १५८ वटा ठाउँमा मात्र सञ्चालनमा छन् ७ वटा ठाउँको सीसीटीभी बिग्रिएको उनले जानकारी दिए । महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९र८० सीसीटीभी जडान गर्नको लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ । उक्त बजेटमध्ये महानगरले ४ करोडको सीसीटीभी विभिन्न कार्यालयभित्र र ६ करोड रुपैयाँका बराबरको सीसीटीभी सार्वजनिक ठाउँमा जडान गर्ने महानगरको योजना छ । महानगरपालिकाले फाइबर वायरबाट सञ्चालन हुने सीसीटीभी जडान गर्न लागेको हो । ‘हामीले अहिले छलफल मात्र गरेका छौं, कति संख्यामा सीसीटीभी जडान गर्ने भन्ने विषयको टुङ्गो भइसकेको छैन, उहाँहरूले सीसीटीभी खरिद गरेर दिँदा पनि हुन्छ, टेन्डरको आव्हान गर्दा पनि हुन्छ भन्नु भएको छ, चालू आवको बजेटमै गरिएको व्यवस्था हुने भएकाले यसको काम छिट्टै अगाडि बढाउँछौं,’ उनले भने । उपत्यका प्रहरी कार्यालयले सहकार्य गरी जडान हुने भनिएका सीसीटीभी सडक तथा सार्वजनिक स्थानमा हुनेछन् । ‘हामी कति मूल्यका सीसीटीभी जडान गर्ने भनेर पनि टुङ्गो लगाएका छैनौं, एउटै सीसीटीभीलाई लाखौं रुपैयाँ पर्छ, सुरक्षाका हिसाबले पनि सीसीटीभी उपयुक्त मानिने भएकाले दिगो हुने खालकै राख्ने योजनामा छौं,’ उनले भने । महानगरपालिकाका धेरै वडाहरूले पनि सीसीटीभी जडान गर्नको लागि बजेट छुट्याएका छन् । महानगरपालिका अनुसार वडाले पनि सीसीटीभी जडानको लागि १० करोड रुपैयाँ बजेट छुट्याएका छन् । वडाहरूले उपभोक्ता समितिबाट सीसीटीभीको जडान गर्दै आएको पनि महानगरले बताएको छ । वडाले गल्ली र चोकमा सीसीटीभी जडान गर्दै आएको छन् । अहिले वडा नं। १७, १८ र १९ ले पनि सीसीटीभी जोड्ने कार्यलाई तीव्रता दिइरहेको मानन्धरले बताए । वडाले जडान गरेका सीसीटीभीको कन्ट्रोल रुम उपभोक्ता समिति र वडाले नै निगरानी गरिरहेको पनि बताइएको छ । उपत्यकाका सीसीटीभीको निगरानी उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट हुँदै आएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी भइहरेको छ ।   नेपाल प्रहरीले वि। सं। २०६३ सालमा ११ वटा एनालग सीसीटिभी क्यामेरा राखेर निगरानी सुरु गरेको थियो ।

सरकारले अर्थतन्त्रलाई दबाएर राख्दा व्यवसायीले लगानी गर्न सकेनन् : पूर्वगभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा। चिरञ्जीवि नेपालले सरकारले अर्थतन्त्रलाई जबर्जस्ति दबाएर राखेको बताएका छन् । उनले यसको कारण बजारमा लगानीयोग्य रकम नभएर व्यवसायीहरुले चाहेर पनि लगानी गर्न नसकेको बताए । डा. चिरञ्जीवि नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताउँछन् । ‘सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन सक्दैन,  वर्तमान सरकारले जसरी भएपनि बजारमा पैसा पठाउने काम गर्नुपर्ने देखिएको छ, पूरक बजेट ल्याउन आवश्यक छ,’ उनले भने । यद्यपि वर्तमान सरकारले पछिल्लो समय अर्थतन्त्र र उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न मागहरु सुनेको देखिएको उनले बताए । यस्तै, उनले अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षा गरेर आर्थिक वृद्धिदर,मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्न आवश्यक रहेको औंल्याए । डा. नेपालले वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा ८ प्रतिशत आर्थिक वृद्धि हुने र मुद्रास्फिति लक्ष्य अनुसार कायम राख्ने अवस्था नदेखिएको बताए । उनले सरकारले अनौपचारिक रुपमा हुने खर्च वृद्धि गर्न दिन नहुने बताए । ‘औपचारिक क्षेत्रमा पैसा नहुनु र अनौपचारिक क्षेत्रमा भएको पैसा बजारमा चलायमान हुनाले अनौपचारिक क्षेत्र खर्च बढ्दै गएको छ,’ उनले भने । सरकारले अनौपचारिक खर्च रोक्नको लागि भएपनि पूरक बजेट ल्याएर औपचारिक क्षेत्रमा पैसा पठाएर नयाँ परियोजना, कार्यक्रम र निजी क्षेत्रको समस्या समाधान गर्न जरुरी रहेको उनी बताउँछन् ।

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छिन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रश्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रश्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननिय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएकी घोषणा गरिन् । उनले भनिन्, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रश्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभाका माननिय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’ राष्ट्रिय सभाको अर्को बैठक आजनै २१ मिनेटपछि बस्नेछ ।

ऋणमुक्त हुन विदुर नगरपालिकाले ल्यायो विनियोजन विधेयक

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न १२औँ नगरसभामा उपप्रमुख प्रभा बोगटीले पेस गर्नुभएकोे चालु आर्थिक वर्षको योजना तथा बजेटको ‘कार्यक्रम तथा बजेटको संशोधन तथा रकमान्तर विधेयक’ सर्वसम्मत पारित गरेसँगै तीनसय ३७ योजनामा बजेटको आकार परिवर्तन गरिएको हो । सो विधेयकमा यसअघि कार्यान्वयनका लागि पेश गरिएकामध्ये २३० योजनाको बजेट रकमान्तर गर्दै बजेटको दायरा घटाइएको र एक सय सात योजनाको बजेटको दायरा बढाइएको उपप्रमुख बोगटीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको ऋण तिर्न बाँकी रहेको १४ करोड हाराहारी बजेट सुनिश्चित गर्दै चालु आर्थिक वर्षमा ऋण भुक्तानी गर्न बजेटको आकार घटबढ गरिएको हो । ‘विनियोजन विधेयकमार्फत १९ करोड ५३ लाख बजेट रकमान्तर गरिएको छ ।’ उपप्रमुख बोगटीले भने,’बजेटको आकार आवश्यकताको आधारमा घटबढ गरिए पनि कूल बजेटको दायरा भने यथावत् राखिएको छ ।’ विदुरले चालु आर्थिक वर्षमा अनुमानित एक अर्ब २४ करोड ८३ लाखको बजेट ल्याएको थियो । नगरसभा सदस्यले बजेटको आकार परिवर्तन भएसँगै ऋणमा रहेको नगरलाई यसै वर्ष ऋणमुक्त हुने वातावरण सुनिश्चत गर्न, पुँजीगत बजेटको खर्च सुरु नभएकाले अब तीव्रगतिमा योजना कार्यान्वयन गर्न र स–साना योजनालाई मध्यनजर गर्दै नगरकातर्फबाट गौरवको योजना सञ्चालन गर्न सुझाव दिएका थिए । रासस