विकासन्युज

३ कम्पनीको सेयर खरिद गर्याे भने १३ प्रतिशतसम्म लाभांश पाइने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ३ कम्पनीको सेयर खरिद गर्याे भने लाभांश पनि पाइने भएको छ । ज्योति विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको आजसम्म सेयर खरिद गर्ने सेयरधनीले लाभांश प्राप्त गर्ने भएका हुन् । यी दुई कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् भने ज्योति विकास बैंकले माघ २९ गते बुकल क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागीता जनाउन पाउनेछन् । लुम्बिनी जनरलले माघ २७ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । लुम्बिनी जनरलले इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद गरी कूल ७.३५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न फागुन ११ गते आफ्नो १८ औं वार्षिक साधारण सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोग क्याटरिङमा बोलाएको छ । यस्तै, सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.४ प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद गरी कूल १३.०५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २६औं वार्षिक साधारण फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बोलाएको छ । यस्तै, ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद गरी कूल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न फागुन १४ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौँमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

निर्धन उत्थान लघुवित्तको नाफा ६६ प्रतिशत घट्यो, ईपीएस २९.६५ रुपैयाँले गिरावट

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६५.८८ प्रतिशत घटेर १६ करोड ८५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ९ प्रतिशत घटेर ९६ करोड ६८ लाख ३१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ६ करोड ३५ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ३३ प्रतिशत घटेर १८ करोड १० लाख १५ हजार रुपैयाँ, सञ्चालन नाफा ६५.९१ प्रतिशत घटेर २३ करोड ९३ लाख ४० हजार रुपैयाँ र वितरणयोेग्य नाफा १३ करोड १४ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ७.२३ प्रतिशत बढेर २ अर्ब ६० करोड ८३ लाख रुपैयाँ, सापटी तथा निक्षेप ०.६९ प्रतिशत बढेर २४ अर्ब ६४ करोड ५ लाख ८९ हजार रुपैयाँ र कर्जा ४.०७ प्रतिशत घटेर २६ अर्ब ६ करोड २१ लाख ६२ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ३६ पैसामा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ६६.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ८३ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ८.३८ प्रतिशत र आधार दर १३.०८ प्रतिशत रहेको छ ।

महालक्ष्मी लाइफले बढायो डेढ अर्ब पुँजी, दाबी भुक्तानी ३८ प्रतिशत बढ्यो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३५.३८ प्रतिशत बढेर ७ करोड १८ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३० लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.६२ प्रतिशत बढेर ७३ करोड ७७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ९१ लख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३८ प्रतिशत बढेर १० करोड १७ लाख ८० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३७ लाख ३२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५० प्रतिशत बढेर २ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ बढाएको हो । यस्तै, कम्पनीको जगेडा कोष ६०.७० प्रतिशत बढेर ३२ करोड ५९ लाख ३९ हजार रुपैयाँ र जीवन बीमा कोष ५७ प्रतिशत बढेर २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन १० करोड ९३ लाख ४३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९९ लाख ६५ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।

मेट लाइफको नाफा ४० प्रतिशत बढ्यो, जीवन बीमा कोष २२ अर्ब

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४० प्रतिशत बढेर १४ करोड ५३ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ५ प्रतिशत घटेर २ अर्ब ४० करोड ७६ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४२ लाख ३५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३८ प्रतिशत घटेर १ अर्ब ३५ करोड ३१ लख ७८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६० लाख ९१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ७.२३ प्रतिशत बढेर २ अर्ब ७५ करोड ६७ लाख ६३ हजार रुपैयाँ र जीवन बीमा कोष १२ प्रतिशत बढेर २१ अर्ब ८७ करोड ९० लाख ४७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन २३ करोड १६ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३५ लाख ९८ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।

रिलायबल लाइफले कमायो साढे २२ करोड नाफा, अभिकर्ता कमिशन कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २१.९० प्रतिशत बढेर २२ करोड ४७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ५ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.७४ प्रतिशत घटेर १ अर्ब ७२ करोड २५ लाख ७७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड ९८ लाख ७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २० प्रतिशत बढेर ४८ करोड ३० लाख ३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड २४ लाख १८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष २८.१३ प्रतिशत बढेर १ अर्ब २८ करोड ८९ लाख ६३ हजार रुपैयाँ र जीवन बीमा कोष ५६ प्रतिशत बढेर ५ अर्ब ६२ करोड ९६ लाख ७१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन १४ प्रतिशत घटेर २४ करोड ८० लाख ७६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ९३ लाख ७९ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो । समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ७८ करोड ६५ लाख ३ हजार रुपैयाँ र कुल दाबी भुक्तानी ५७ करोड ५ लाख ७४ हजार रुपैयाँ रहेको छ । यस्तै, कुल कायम रहेको बीमा लेखको संख्या ३६ लाख ७६ हजार ४९ वटा र कुला दाबी भुक्तानी २ हजार १४३ वटा रहेका छन् । कम्पनीको प्रतिसेयर आम्दानी १५.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.६५ रुपैयाँ रहेको छ ।

नेपाल इन्स्योरेन्सको नाफा ४७ प्रतिशत बढ्यो, ईपीएस २२.२३ रुपैयाँ

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४७ प्रतिशत बढेर १५ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १० प्रतिशत घटेर ३९ करोड १९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६.२३ प्रतिशत बढेर ११ करोड ४८ लाख ७१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ८८ लाख ३२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११ प्रतिशत बढेर १ अर्ब ३७ करोड ८९ लाख ९६ हजार रुपैयाँ, जगेडा कोष ५.४२ प्रतिशत बढेर ४७ करोड ७७ लाख ८१ हजार रुपैयाँ र बीमा कोष ३४ प्रतिशत बढेर ८२ करोड ९८ लाख ९ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९४.८२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.४० गुणा रहेको छ । कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन १० प्रतिशत बढाएर १ करोड १६ लाख ३१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ८ लाख ६८ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो । समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ७९ करोड ३६ लाख ३० हजार रुपैयाँ, जारी बीमा लेख संख्या ८७ हजार ९४२ वटा, नवीकरण गरिएको बीमा लेख ९ हजार ६५४ वटा, कुल दाबी भुक्तानी हुन बाँकी रकम १९ करोड ६७ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

सुपरमाई हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (माघ २६ गते) अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई र ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ । बाँकी रहेको २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज माघ २६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’ बिक्री गरेको हो । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष हुनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका २४ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार किता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ लाख ६० हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिएको छ । सर्वसाधारणलाई निष्काशन गरेकोबाट ५ प्रतिशत अर्था् ४८ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र निष्काशन तथा ब्रिकी प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । आइसिआरए नेपालले इक्राएनपी आइआर त्रिपल ए रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा संकेत गर्दछ ।