भूमि प्रशासनलाई सूचना प्रविधियुक्त बनाइँदै
काठमाडौं । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासक विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ । परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरिएमा मात्र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन सकिने उद्देश्य राखेर मन्त्रालयले उक्त अभियान अघि सारेको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मालपोत र नापीमा प्रयोगमा ल्याइएका भू–सूचना प्रणाली र भूसेवा केन्द्र सबै कार्यालयमा विस्तार गरी जग्गाधनीलाई विद्युतीय नम्बर प्रदान गरिने लक्ष्य रहेको बताए । उनले भने, ‘नापी विभाग र कार्यालयको मेरो कित्ता प्रणालीबाट जग्गाधनीले घरबाटै आफ्नो जग्गाको नक्सा लिन सक्नेछन् । मालपोत कार्यालयका एक करोड बढी कागजी अभिलेखलाई शीघ्र विद्युतीय अभिलेखमा रुपान्तरण गर्ने काम बजेट अभावका कारणले चुनौतीपूर्ण छ ।’ चालु आर्थिक वर्षमा मालपोत र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गरी भूमि प्रशासनको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले मातहतका विभागलाई निर्देशन दिइसकेको छ । वैदिककालदेखि नै भूमिलाई राज्यको अधीनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने चलन छ । महिषपाल तथा किराँतकालमा भने जग्गाधनीपूर्जा जस्तै ‘लेख्य’ नामको प्रमाण दिइने र उत्पादनअनुसार जग्गाको कुत तिर्नुपर्ने व्यवस्था थियो । माल अड्डामा घरजग्गाको रजिष्ट्रेशन पारित गर्ने कार्यको सुरुवात भने १९७९ वैशाख १ गतेदेखि सुरु भएको हो । भूमिको समुचित व्यवस्थापन गर्ने क्रममा नेपालमा १९८५ देखि १९९० सालसम्ममा जग्गा नापजाँच गर्ने कार्य भएको थियो । विसं १९९६ मा काठमाडौँमा नापी गोश्वाराको स्थापना भई भूमिको वास्तविक लगत तयार पार्ने काम भएको हो । सचिव डा रेग्मीका अनुसार हाल मुलुकमा २१ भूमि सुधार र एक सय १० मालपोत कार्यालय छन् । मुलुकमा एक सय ३१ नापी कार्यालय र सातवटा विशेष नापी कार्यालय छन् । ती कार्यालयले वार्षिक डेढ खर्ब राजस्व उठाउने गरेकामा त्यसमध्ये ५० अर्ब संघमा, ६० अर्ब स्थानीय तहमा र ४० अर्ब प्रदेशसित रहने सचिव रेग्मीले जानकारी दिए । रासस
मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै
जाजरकोट । जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ। अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ। जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२ वर्ष बितेको छ। अझै पूरा हुनसकेको छैन। भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र आयोजनाले एकअर्कालाई आरोप लगाउँदै आएका छन्। सबै ठाउँमा कालोपत्रको कामसँगसँगै भइरहेको छ। तर कालोपत्र गरिएका अधिकांश ठाउँमा उप्किएको छ। मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगर्दा सडक बनाउँदै भत्किँने क्रम जारी छ। मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बितेको छ । झार्पा र कार्कीगाउँ बीचको मन्ता भिरमा सडक निर्माण सम्पन्न नहुँदा समस्या भएको छ । कुदुबाट सुयाडासम्मको ८२ किमी सडक खुलिसकेको छ। मन्ता भिरको पाँच सय मिटर चट्टान अझै फुटाउन सकिएको छैन । लोकमार्गको जाजरकोट भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र पूरा भए पनि फेरी उप्किन थालेको छ। निर्माण व्यवसायीले भत्किएको सडक मर्मतमा ध्यान नदिएको स्थानीय भविलाल शाहीको आरोप छ। जगतीपुरबाट स्याउली बजारसम्मको अधिकांश सडक भत्किएको छ । निर्माण व्यवसायी कम्पनी सिंह एण्ड ब्रदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्णरूपमा सम्पन्न भएको बताए। स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र जारी छ। कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटर सडकमा पनि काम भइरहेको छ । थलहबाट दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । भत्किएको सडक बनाउन पहल नभएको स्थानीय कमल शाहीले बताए। निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले भने आयोजनाबाट रकम नपाएका कारण काम गर्न गाह्रो भएको बताए । आयोजनाका प्रमुख युवराज पोखरेलले निर्माण कम्पनीले बदामासी गरेको आरोप लगाए । दश वर्षदेखि पुल नबनाउनेलाई जरिवाना ठेक्का लिएको १० वर्षसम्म पुल नबाउने ठेकेदार कम्पनीलाई सरकारले साढे आठ करोड जरिवाना गर्ने निर्णय गरेको छ। मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय दैलेखले मध्यपहाडी सडकअन्तर्गत जाजरकोट र रुकुमपश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा लिएको वाइपी कन्स्ट्रक्सन प्रालिलाई उक्त जरिवाना तिराउने भएको हो। निर्देशनालयले सूचना जारी गर्दै निर्माण व्यवसायीलाई ठेक्का सम्झौताअनुसार काम नगरेको रु आठ करोड दाखिला गराउन निर्देशन दिएको छ। वाइपी कन्स्ट्रक्सनले रुकुम–जाजरकोट जोड्ने भेरी नदीमा पुल निर्माण अधुरै छाडेको थियो । निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि निर्माण गर्न अटेर गरेपछि गत मङ्सिर २९ गते को विभागीय निर्णयानुसार ठेक्का सम्झौता रद्द गरिएको हो। कम्पनीले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो । जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरवाहीका कारण १० वर्षदेखि अधुरै थियो । पुलका दुई पिलर मात्र निर्माण गरेर निर्माण कम्पनीले काम छाडेको थियो । तीन वर्षमा काम सम्पन्न गर्ने गरी १८ करोड लागत अनुमानको उक्त ठेक्का वाइपी कन्स्ट्रक्सनका राजु श्रेष्ठले १४ करोडमा ठेक्का सम्झौता गरेका थिए । ठेक्का सम्झौताको १० बर्ष बित्दासमेत काम नगरेपछि सम्झौता गत मङ्सिरमा तोडिएको हो। पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रको कामसमेत प्रभावित भएको आयोजनाले जनाएको छ। रासस
विर्तामोडमा पर्यटक आकर्षित गर्न भ्यूटावर
विर्तामोड । विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ । शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गरेकाे श्रीजय ड्रिमल्याण्ड उद्यानमा एक करोडको लगानीमा भ्यूटावर बताएका छन् । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउँछन् । चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गर्नुभएका शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय उद्यान निर्माणमा जुटेका छन्। सो उद्यानमा लिची, आँप, अम्बालगायत फलफूलका बोट हुर्किएका छन् । घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् । ढुङ्गानाले विगत छ वर्षेदेखि उद्यान निर्माण थालेकाे हो। ‘पैसा कमाउने उद्देश्यले होइन, समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले उद्यान बनाएको हुँ’, उनले भने । उनले उद्यानभित्र निर्माण गरेको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ। यहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ। टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी छ । उद्यानमा आन्तरिक पर्यटक आउन थालिसकेका छन् । उद्यानमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने व्यवस्था गरिएको छ । तीन करोडको लागतमा उद्यान निर्माण गरिएको हो । उद्यानमा स्विमिङ पुल, रिसोर्ट, फुटसल खेल्ने व्यवस्था गर्न लागिएको । ‘उद्यानमा प्रत्येक वर्ष ‘लिची महोत्सव’ गरिँदै आएको छ’, उनले भने । रासस
३ कम्पनीको सेयर खरिद गर्याे भने १३ प्रतिशतसम्म लाभांश पाइने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ३ कम्पनीको सेयर खरिद गर्याे भने लाभांश पनि पाइने भएको छ । ज्योति विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको आजसम्म सेयर खरिद गर्ने सेयरधनीले लाभांश प्राप्त गर्ने भएका हुन् । यी दुई कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् भने ज्योति विकास बैंकले माघ २९ गते बुकल क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागीता जनाउन पाउनेछन् । लुम्बिनी जनरलले माघ २७ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । लुम्बिनी जनरलले इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद गरी कूल ७.३५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न फागुन ११ गते आफ्नो १८ औं वार्षिक साधारण सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोग क्याटरिङमा बोलाएको छ । यस्तै, सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.४ प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद गरी कूल १३.०५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २६औं वार्षिक साधारण फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बोलाएको छ । यस्तै, ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद गरी कूल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न फागुन १४ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौँमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ ।
निर्धन उत्थान लघुवित्तको नाफा ६६ प्रतिशत घट्यो, ईपीएस २९.६५ रुपैयाँले गिरावट
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६५.८८ प्रतिशत घटेर १६ करोड ८५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ९ प्रतिशत घटेर ९६ करोड ६८ लाख ३१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ६ करोड ३५ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ३३ प्रतिशत घटेर १८ करोड १० लाख १५ हजार रुपैयाँ, सञ्चालन नाफा ६५.९१ प्रतिशत घटेर २३ करोड ९३ लाख ४० हजार रुपैयाँ र वितरणयोेग्य नाफा १३ करोड १४ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ७.२३ प्रतिशत बढेर २ अर्ब ६० करोड ८३ लाख रुपैयाँ, सापटी तथा निक्षेप ०.६९ प्रतिशत बढेर २४ अर्ब ६४ करोड ५ लाख ८९ हजार रुपैयाँ र कर्जा ४.०७ प्रतिशत घटेर २६ अर्ब ६ करोड २१ लाख ६२ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ३६ पैसामा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ६६.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ८३ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ८.३८ प्रतिशत र आधार दर १३.०८ प्रतिशत रहेको छ ।
महालक्ष्मी लाइफले बढायो डेढ अर्ब पुँजी, दाबी भुक्तानी ३८ प्रतिशत बढ्यो
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३५.३८ प्रतिशत बढेर ७ करोड १८ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३० लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.६२ प्रतिशत बढेर ७३ करोड ७७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ९१ लख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३८ प्रतिशत बढेर १० करोड १७ लाख ८० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३७ लाख ३२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५० प्रतिशत बढेर २ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ बढाएको हो । यस्तै, कम्पनीको जगेडा कोष ६०.७० प्रतिशत बढेर ३२ करोड ५९ लाख ३९ हजार रुपैयाँ र जीवन बीमा कोष ५७ प्रतिशत बढेर २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन १० करोड ९३ लाख ४३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९९ लाख ६५ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।
मेट लाइफको नाफा ४० प्रतिशत बढ्यो, जीवन बीमा कोष २२ अर्ब
काठमाडौं । मेट लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४० प्रतिशत बढेर १४ करोड ५३ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ५ प्रतिशत घटेर २ अर्ब ४० करोड ७६ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४२ लाख ३५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३८ प्रतिशत घटेर १ अर्ब ३५ करोड ३१ लख ७८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६० लाख ९१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ७.२३ प्रतिशत बढेर २ अर्ब ७५ करोड ६७ लाख ६३ हजार रुपैयाँ र जीवन बीमा कोष १२ प्रतिशत बढेर २१ अर्ब ८७ करोड ९० लाख ४७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन २३ करोड १६ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३५ लाख ९८ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।
रिलायबल लाइफले कमायो साढे २२ करोड नाफा, अभिकर्ता कमिशन कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २१.९० प्रतिशत बढेर २२ करोड ४७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ५ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.७४ प्रतिशत घटेर १ अर्ब ७२ करोड २५ लाख ७७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड ९८ लाख ७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २० प्रतिशत बढेर ४८ करोड ३० लाख ३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड २४ लाख १८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष २८.१३ प्रतिशत बढेर १ अर्ब २८ करोड ८९ लाख ६३ हजार रुपैयाँ र जीवन बीमा कोष ५६ प्रतिशत बढेर ५ अर्ब ६२ करोड ९६ लाख ७१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन १४ प्रतिशत घटेर २४ करोड ८० लाख ७६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ९३ लाख ७९ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो । समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ७८ करोड ६५ लाख ३ हजार रुपैयाँ र कुल दाबी भुक्तानी ५७ करोड ५ लाख ७४ हजार रुपैयाँ रहेको छ । यस्तै, कुल कायम रहेको बीमा लेखको संख्या ३६ लाख ७६ हजार ४९ वटा र कुला दाबी भुक्तानी २ हजार १४३ वटा रहेका छन् । कम्पनीको प्रतिसेयर आम्दानी १५.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.६५ रुपैयाँ रहेको छ ।