लाभांश र मर्जर प्रस्ताव पारित गर्न सपोर्ट लघुवित्तले डाक्यो साधारणसभा
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ८ औँ वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको फागुन ७ गते बसेको बैठकले चैत्र ४ गते दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान साढे ९ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरी कूल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूह (समूह “ख“) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पदको निर्वाचन गर्नेछ । यस्तै, हाल कायम रहेको जारी पुँजी र चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ पुर्याउने प्रस्तव पारित गर्नेछ । साथै, अन्य कुनै उपयुक्त लघुवित्त संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २१ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा हभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सडकमा फोहोर फाल्दा एनआईसी एशिया बैंकलाई ११ हजार जरिवाना
काठमाडौं । वीरगंज महानगरपालिकाले एनआईसी एशिया बैंकलाई जरिवाना तिराएको छ । महानगरपालिकाले पटक–पटक सडकमा फोहोर फ्याल्ने एनआईसी एशिया बैंकको वीरगंज शाखालाई ११ हजार जरिवाना तिराएको हो । महानगरपालिकाले यसअघि पनि बैंकको उक्त शाखा कार्यालयलाई कारवाही गरेको थियो । यसअघि महानगरपालिकाले पहिलो पटक फोहोर नफाल्न चेतावनी दिएको थियो भने दोस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो । महानगरपालिकाको सरसफाइको गाडीमा फोहोर नदिएर सडकमा फोहोर फ्याकेको भेटिएपछि पुनः तेस्रो पटक ११ हजार रुपैयाँ जरिवाना तिराएको महानगरपालिका सरसफाई अधिकृत सर्फुदिन मियाँले बताए । सरसफाइ पार्किङ संयोजक प्रकाश खेतानका अनुसार पटकपटक फोहोर गरेर कानुन र मर्यादाको विपरीत भएको छ । आगामी दिनमा पुनः बाटोमा फोहोर फालेको भेटिएमा २५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने उनले बताए ।
आजसम्म यी ३ कम्पनीको सेयर खरिद गर्याे भने लाभांश पाइने
काठमाडौं । सोमबार विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन हो । यी ३ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले यी ३ कम्पनीको लाभांश प्राप्त गर्नेछन् । कर्पोरेट डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/÷७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २२ गते १५ औं वार्षिक साधारण सभा आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे बोलाएको छ । यस्तै, ङादी ग्रुप पावरले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ४.५७ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितररण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले फागुन २५ गते नवौं वार्षिक साधारण सभा यूनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे बोलाएको छ । यस्तै, स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले फागुन १९ गते २१ औं वार्षिक साधारण सभा लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजे डोकेको छ ।
१० हजार कित्तासम्म खरिद गर्न मिल्ने दोल्ती पावरको आईपीओ बिक्री खुला
काठमाडौं । दोल्ती पावर कम्पनीले आज फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६ सय रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र सािवक नौमुले र कालिका गा.वि.स.का स्थानियहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानियहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर बिक्री गरेको हो । यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेलन दिन सकिनेछ । तर, समयमा माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले चैत ७ गतेसम्म आवेदन दिने समय थप हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । कम्पनीलाई इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
भूगोल इनर्जिको आईपीओमा आजदेखि आवेदन दिन सकिने, कसले किन्न पाउँछन् ?
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आज फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थानियहरुका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख (नौमुले द्वारी ३ बाहेक)का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर छुट्याइएको छ । साथै, सर्वसाधारणहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याएको सेयरमा सो अवधिमा पूर्ण आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले माघ २६ गतेदेखि निष्काशन गरेको २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आज फागुन ८ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’ बिक्री गरेको हो । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष हुनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका २४ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार किता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ लाख ६० हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिएको छ । सर्वसाधारणलाई निष्काशन गरेकोबाट ५ प्रतिशत अर्था् ४८ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र निष्काशन तथा ब्रिकी प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।
बिपिडब्लु लघुवित्तको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले लघुवित्तले माघ २२ गतेदेखि जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्काशन गरेको हो । जसमध्ये ९ हजार ७ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
एमालेबाट बाहिरिने दुर्गा प्रसाईंको घोषणा
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रसाईंले आइतबार एमालेबाट राजीनामा दिने घोषणा गरेका हुन् । पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएको भन्दै प्रदेश १ कमिटीले उनलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको थियो । उनले फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए ।