विकासन्युज

एनओसी आवेदन कसरी गर्ने, लिन जाँदा के–के कागजात लैजाने ?

काठमाडौं । नेपालीहरुले विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीले सम्बन्धित विश्वविद्यालय वा कलेजले तोकेको शुल्क बुझाउनुपर्ने हुन्छ । सटही सुविधा भएपनि अन्य मुलुकहरुमा नेपाली पैसा चल्दैन । त्यसैले विश्वविद्यालय वा कलेजलाई शुल्क भुक्तानी गर्नको लागि विद्यार्थीले सामान्यतया नेपाली रुपैयाँलाई अमेरिकी डलर वा सम्बन्धित देशमा चल्ने मुद्रामा सटही गर्नुपर्ने हुन्छ । विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाँदा शिक्षा अध्ययन गर्न जाँदा विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ । अन्यथा विद्यार्थीले विदेशी विश्वविद्यालय वा कलेजलाई आवश्यक पर्ने शुल्क पठाउन सक्दैनन् । छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० अनुसार नो अब्जेक्सन लेटर प्राप्त गरेको व्यक्तिले मात्रै मुद्रा सटही सुविधा लिन सक्नेछ । नो अब्जेक्सन लेटरका लागि कसरी आवेदन गर्ने ? विदेश पढ्न जान चाहने विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिनको लागि मन्त्रालयले डिजिटल रुपमा नै आवेदन गर्न सक्ने व्यवस्था मिलाएको छ । त्यसको लागि विद्यार्थीहरुले जततउकस्ररलयअ।mयभकत।नयख।लउर मा गएर आवेदन गर्नुपर्ने हुन्छ । noc.moest.gov.np मा गएर आवेदन गर्दा पहिला मोबाइल नम्बर दर्ता गर्नुपर्छ । त्यसपछि मोबाइल नम्बरमा ओटीपी नम्बर प्राप्त हुन्छ । प्राप्त गरेको ओटीपी नम्बरलाई भर्ने । ओटीपी नम्बर भरिसकेपछि पासवर्ड सेट गर्नुपर्ने हुन्छ । पासवर्ड सेट गरिसकेपछि इमेल भेरिफिकेसन गर्नुपर्ने हुन्छ । इमेल भेरिफिकेसन गर्न आफ्नो इमेल भर्नुपर्ने हुन्छ । त्यसो गरिसकेपछि इमेलमा आएको टोकन नम्बरलाई फेरि ल्याएर भर्नुपर्ने हुन्छ । अनि त्यसपछि आफ्नो सम्पूर्ण विवरण भर्ने फारम आउँछ । सो फारममा आफ्नो नागरिकता र फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सो प्रकृया पुरा भएपछि पासपोर्ट भर्ने र पासपोर्टको फोटो अपलोड गरी कन्फर्म गर्नुपर्ने हुन्छ । पासपोर्ट भरेर कन्फर्म गरिसकेपछि आफूले पढेको देश, अध्ययन गरेको तह, अब जाने देश, विश्वविद्यालय, विषय लगायतका विषयहरु भर्दै जानुपर्ने हुन्छ । त्यसपछि अन्तिममा स्वीकृतिलागि क्लिक गरिसकेपछि आवेदन सबमिटेड हुन्छ र तपाईंलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ । के–के कागजात सहित जाने पत्र लिन ? एनओसी पत्र लिन जाँदा विद्यार्थीले मन्त्रालयले तोकेको कागजात लिएर जानुपर्ने हुन्छ । त्यसको लागि विद्यार्थीले आफूले भरेको अनलाइन एप्लिकेसन फर्म, सक्कल नागरिकता र शैक्षिक प्रमाणपत्र, पहिले एनओसी लिएको भए त्यसको र बैंकको सक्कल प्रति २ थान, पहिले विदेशी मुद्रा सटही गरेको एनओसीको सक्कल प्रति र बैंकले प्रदान गरेको रिफन्डेबल स्टेटमेन्ट र पहिले लिएको एनओसी हराएको भएमा प्रहरी रिपोर्ट र बैंकले प्रमाणित गरेको स्टेटमेन्ट लैजानुपर्छ ।

आगोमा जलेर गुल्मीमा एकको मृत्यु

गुल्मी। आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । आज उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए । घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए । पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको वडाध्यक्ष खत्रीले बताए । रासस

अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी

फैजाबाद । भारी वर्षाका कारण हिमपहिरो र अचानक आएको बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छभने सयौँ मानिस घरबारविहीन भएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले देशको उत्तरी बदख्सान प्रान्तको कोफाब जिल्लामा शनिबार दिउँसो भीषण वर्षा भएको जानकारी दिँदै जिल्लाको चान्टियो गाउँमा हिमपहिरो र बाढीले २० घर, २५ पसल र छ सय एकड जमिन पूर्णरुपमा ध्वस्त पारेको बताएका छन् । साथै उनले पीडित परिवारलाई सहयोग गर्न आह्वान गरेका छन् । विपद् पीडित परिवारलाई बेवास्ता गर्दा उक्त गाउँमा थप विपत्ति निम्तने चेतावनी उनले दिएका छन् । केही दिनअघिको भूकम्पले प्रान्तीय राजधानी फैजाबादमा र बाहिरका ७५ आवासीय घर ध्वस्त पारेको थियो । अफगानिस्तानमा पछिल्लो एक महिनामा भारी हिमपात र हिमपहिरोका कारण बालबालिकासहित करिब दुई सय जनाको ज्यान गएको छ । रासस

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । उनले भने, ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।’ महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए । पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटीका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उनले त्यसमा कसले के कति गल्ती गर्यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताए । अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने उनको भनाइ थियो ।

नागरिक उन्मुक्तिका सांसद अरूण चौधरी रिहा

काठमाडौं । कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरूण चौधरी आज रिहा भएका छन् । उनी प्रजातन्त्र दिवसका अवसरमा कैद माफीसहित रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका उपलक्ष्यमा तीन सय ९५ कैदीको सजाय माफी दिएकी थिइन् । चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । विसं २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र आठ लाख १८ हजार चार सय २३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई गत माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।

सीईओ गुरुङमाथि दर्जन बढी चुनौति, कृषि विकास बैंकलाई कसरी उठाउलान् ?

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । २२ जना उम्मेदवारलाई पछि पार्दै उनी बैंकको सीईओ बनेका हुन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । कुशल व्यवस्थापकका रुपमा परिचित गुरुङका सामू भने कृषि विकास बैंकको वृद्धि विकास र बैंकलाई थप प्रतिस्पर्धी बनाउनका लागि ठूलो कसरत गर्नुपर्ने देखिन्छ । कृषि विकास बैंकले हालसम्म राम्रो बैंकको रुपमा आफुलाई स्थापित गरेपनि चालू आवको तेस्रो त्रैमास भने सन्तोषजनक छैन । बैंकका अधिकांश सूचकहरु ऋणात्मक हुँदा ती सूचकहरुलाई सुधार गर्न गुरुङले खटिएर काम गर्नुपर्ने देखिन्छ । खराब कर्जा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंकको खराब कर्जा अत्यधिक बढेको छ । पुस मसान्तसम्ममा बैंकको खराब कर्जा ४.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा २.०८ प्रतिशत खराब कर्जा थियो । एक वर्षको अवधिमा बैंकको खराब कर्जा दोब्बरले बढेको हो । नवनियुक्त सीईओ गुरुङका लागि बैंकको खराब कर्जा न्यूनिकरण गर्दै जानुपर्ने अवस्था देखिएको छ । कृषि विकास बैंकको खराब कर्जा बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै हो । सीईओ गुरुङले पहिलो प्राथमिकता खराब कर्जा घटाउनु पर्ने बाध्यता देखिएको बैंककै कर्मचारीहरु पनि बताउँछन् । बैंक स्रोतका अनुसार कृषि विकास बैंकले प्रवाह गरेका कर्जाहरु खराब कर्जामा परिणत भएको छ । पुस मसान्तसम्ममा बैंकको १० अर्ब रुपैयाँ बराबरको खराब कर्जा पुगेको छ । बैंकको खराब कर्जा बढ्दा प्रोभिजनिङमा पनि अर्बौं रुपैयाँ बराबरको रकम राख्नु परेको छ । सीईओ गुरुङले खराब कर्जा घटाएर प्रोभिजनलाई ब्याकअप गर्न बैंकरहरु सल्लाह दिन्छन् । ऋणात्मक नाफालाई प्रतिस्पर्धामा उतार्नु पर्ने वाणिज्य बैंकहरुमा ऋणात्मक नाफा भएको पहिलो बैंक कृषि विकास बैंक हो । बैंकहरुको विगतको इतिहास हेर्ने हो भने दोस्रो त्रैमासमा कुनै पनि बैंक ऋणात्मक भएका थिएनन् । तर, बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक कृषि विकास बैंकले नोक्सानी व्यहोर्नु परेको छ । चालू आर्थिक वर्षको ६ महिनामा बैंकले १२ करोड ८९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । बैंकलाई यस्तो सकस परेको बखतमै गुरुङ सीईओमा नियुक्त भएका छन् । उनीमाथि ऋणात्मक रहेको नाफालाई धनात्मक बनाउनुपर्ने चुनौति छ । नाफा ऋणात्मक हुँदा बजारमा बैंकप्रतिको सन्देश पनि नकारात्मक रुपमा हेरिएको छ । बैंकको नाफामा सकारात्मक सन्देश प्रवाह गर्नुपर्न अर्को चुनौति छ । उनले तेस्रो र चौथो त्रैमासमा बैंकलाई नाफामा लैजानु पर्ने चुनौति छ । प्रतिफल बढाउनु पर्ने पछिल्लो समय बैंकको लाभांश दर पनि घट्दै गएको छ । बैंकले विगतका वर्षहरुमा उत्कृष्ट लाभांश वितरण गरेको भएपनि यसपटक हालसम्मकै न्यून लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसले गर्दा सेयरधनीहरुको आकर्षणको बैंकका रुपमा उभ्याउनुपर्ने सीईओले ठूलो योगदान गर्नुपर्ने बैंकका एक कर्मचारीले विकासन्युजलाई बताए । ‘बैंकको विगत हेर्ने हो भने राम्रो लाभांश वितरण गर्दै आएको छ, बैंकले बोनस सेयरलाई जोड दिँदै आएको थियो, कुनै वर्ष २० प्रतिशतसम्म बोनस दिएको थियो,’ उनले भने, ‘अहिले आएर २ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिएको छ, खराब कर्जामा गएको रकम असुल गर्न सकियो भने आगामी वर्ष उत्कृष्ट लाभांश वितरण गर्ने हैसियत राख्छ ।’ बैंकको जगेडा कोषमा १२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । जसकारण यस वर्ष पनि हाल घोषणा गरेको लाभांशभन्दा बढी वितरण गर्ने क्षमता हुँदाहुँदै पनि घटाएर प्रस्ताव गरेको ती कर्मचारीले बताए । ग्राहकमैत्री सेवा कृषि विकास बैंक विकास बैंकबाट वाणिज्य बैंकमा रुपान्तरण भएको हो । सरकारी बैंक भएकै कारण सेवामा ढिला सुस्ति हुने गरेको गुनासो धेरै आउँछ । आगमी दिनमा कृषि विकास बैंकले ग्राहकप्रतिको जिम्मेवारीमा थप मलजल गर्नुपर्नेछ । बैंकले आफ्ना सेवालाई ग्राहकमैत्री बनाउनुपर्नेछ । नवनियुक्त सीईओ गुरुङ निजी क्षेत्रबाट आएका कारण उनले सेवालाई ग्राहकमैत्री बनाउन ठूलो मिहेनत गर्न जरुरी रहेको छ । उनले बैंकिङ्ग सेवालाई ग्राहकमैत्री बनाएर सरकारी संस्थाप्रति जनताको विश्वास अझै प्रगाढ राख्नुपर्नेछ । राष्ट्र बैंकको निर्देशनको पालना नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरुको बैंकले अक्षरश पालना गर्छ । तर, कतिपय नीति निर्देशनहरुमा भने सरकारी बैंक भएका कारण कार्यान्वयनमा चुनौति देखिन्छ । ‘राष्ट्र बैंकले जारी गरेका निर्देशनहरु कार्यान्वयन गर्न बैंक चुकेको देखिन्छ, अब राष्ट्र बैंकले नीति निर्देशनहरु परिपालना गर्नुपर्छ, राष्ट्र बैंकले देखाएका कैफियतमा आन्तरिक सुधार आवश्यक छ, उहाँले यी काम गर्न धेरै मिहेनत गर्नुपर्ने देखिन्छ,’ बैंकका एक कर्मचारीले भने । कर्मचारी व्यवस्थापन कृषि विकास बैंकमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्न सीईओ गुरुङले छुट्टै योजना बनाउनुपर्ने बैंकमा कार्यरत कर्मचारीहरु बताउँछन् । सीमित कर्मचारीले ग्राहकलाई सेवा प्रवाह गर्नुपर्ने भएकाले थप कर्मचारी भर्ना गर्नुपर्ने उनले बताए । कर्मचारीका लागि आवश्यक नीति नियमहरु पुराना भएकाले थप परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । ‘कर्मचारी व्यवस्थापन नीतिमा सुधार गर्नुपर्ने देखिन्छ, कृषि विकास बैंकको मानव व्यवस्थापन नीति धेरै संकुचन छ, कर्मचारीको क्षमता विकास नहुँदा नाफामा ब्रेक लागेको छ, त्यसलाई पनि सुधार गर्नुपर्नेछ,’ उनले भने, ‘कर्मचारी व्यवस्थापन ठूलो चुनौति छ, शाखा कार्यालयमा कर्मचारी अभाव हुँदा कार्य सम्पादन राम्रो हुन सकेको छैन, जसले गर्दा प्रफर्मेन्स देखाउन सकिएको छैन, सही ठाउँमा सही मान्छे सिद्धान्तका आधारमा कर्मचारीको व्यवस्थापन गर्नुपर्नेछ ।’ कर्मचारीको सहभागीतामूलक व्यवस्थापन गर्न सकियो भने काम गर्न पनि सहज हुने बैंकका कर्मचारीहरु बताउँछन् । ‘गुरुङ सर सरकारी बैंक बाहिरबाट आउनु भएको हो, धेरै कुराहरु बुझ्न गाह्रो र समय लाग्छ, सहभागितामूलक व्यवस्थापन गर्न सकियो भने काम गर्न सहज हुन्छ,’ बैंकमा कार्यरत एक कर्मचारीले भने । कर्मचारी संगठनसँग समन्वय सरकारी स्वामित्वमा रहेका हरेक संस्थामा कर्मचारीहरुले आफ्नो अधिकारको लागि संगठन विस्तार गर्छन् । ती संगठनहरु अन्ततः राजनीतिकरणमा रुपान्तरण हुन्छन् । कृषि विकास बैंकमा पनि विभिन्न राजनीतिक संगठनहरु सञ्चालित छन् । केही वर्ष अघिसम्म बैंकमा २ वटा मात्रै कर्मचारी संगठन सक्रिय थिए । तर, हाल बढेर ४ वटा संगठन विस्तार भएका छन् । ती कर्मचारी संगठनका नेतृत्वहरुसँग पनि सीईओ गुरुङले समन्वय गरेर अघि बढ्नुपर्ने देखिन्छ । यदि कर्मचारी संगठनका नेतृत्वसँग समन्वय गर्न सकिएन भने उनीहरुले असफल बनाउन सक्नेछन् । ‘बैंकमा राजनीतिक ढंगबाट गठित भएका कर्मचारी संगठन छन्, पहिला २ वटा संगठन थिए भने अहिले ४ वटा छन्, तिनीहरुसँग पनि समन्वय गरेर काम गर्नुपर्ने हुन्छ किनभने उनीहरु पनि स्टेक होल्डर हुन्, स्टेक होल्डरसँग समन्वय गर्न सकिएन भने बैंकलाई अगाडी बढाउन गाह्रो हुन्छ,’ उनले भने । कृषि कर्जामा जोड दिनुपर्ने कृषि विकास बैंकको मुख्य उद्देश्य भनेको कृषि क्षेत्रको प्रवर्द्धन र कर्जा प्रवाह गर्नु हो । कृषि क्षेत्रको लिड बैंकको रुपमा कृषि विकास बैंक चिनिन्छ । हाल बैंकले ४० प्रतिशतभन्दा बढी कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको छ । कृषि विकास बैंकको बढी दायित्व कृषि क्षेत्रमा कर्जा दिनु पर्नेछ । ‘बैंकको मुख्य उद्देश्य भनेको कृषिमा कर्जा दिनु हो, लिड बैंकका रुपमा अगाडि बढाउनु हो, अहिले पनि कृषिमा राम्रो काम गरिरहेको छ, यसलाई पनि कायम राखेर जानुपर्ने छ,’ उनले भने, ‘राष्ट्र बैंक र सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्छ, धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गरेर कृषिसँग सम्बन्धित प्रोजेक्टहरु कार्यान्वयन छ, केही कर्जामा कैफियत लगानी भएका छन्, लक्षित समूहमा कर्जा पुगेको छैन ।’ मन्त्रालय हावी सरकारी बैंक भएका कारण बैंकमा बढी राजनीतिक हस्तक्षेप हुने गरेको बैंकका पूर्व सीईओहरु बताउँछन् । तर, राजनीतिक निर्देशनलाई नीति नियमसंगत छन् वा छैनन् भनेर छुट्याउनु पर्ने बैंकका एक पूर्व सीईओले विकासन्युजसँग बताए । ‘गुरुङजी व्यवसायीक तथा प्रोफेसनल मान्छे हो, बैंकमा राजनीतिक हस्तक्षेप हुन्छ, मन्त्रालय, मन्त्री, प्रधानमन्त्रीको समेत निर्देशनमा बढी काम हुन्छन्, यसमा उहाँ खुला हुनुपर्छ, एकतर्फी भइयो भने गाह्रो हुन्छ,’ उनले भने । मर्जर पछिल्लो समय निजी क्षेत्रका बैंकहरु धमाधम मर्ज भइरहेका छन् । सरकारी लगानी भएका ३ बैंकलाई पनि मर्जरको आवश्यकता भएपनि गर्न भने गाह्रो छ । बैंकको सञ्चालक समितिले मात्रै मर्जर गर्ने सहमति गरे सम्भव छैन । सीईओ गुरुङलाई नेपाल बैंक अथवा राष्ट्रिय वाणिज्य बैंकमध्ये कुनै एक बैंकसँग मर्जर गर्न ठूलै मिहेनत गर्नुपर्ने देखिन्छ । ‘कृषि विकास बैंकको पुँजी वृद्धि आवश्यक छैन, किनभने साढे १८ अर्बभन्दा बढी पुँजी छ तर पछिल्लो समय निजी बैंकहरु मर्जरका माध्यमबाट आफूलाई अब्बल बनाइ रहेका छन्,’ उनले भने, ‘सरकारी लगानी भएको नेपाल बैंकसँग मर्जरका लागि मन्त्रालय तहमा छलफल भएको थियो, अहिलेका गभर्नर र अर्थमन्त्रीज्यूले पनि मर्जरका लागि सकारात्मक कुरा गर्नुभएको छ ।’ सरकारी बैंकको कर्जा नतिर्ने मानसिकता बैंकबाट कर्जा लिएका अधिकांश ऋणीहरुले कर्जा लिएपछि नतिर्ने समस्या देखिएको छ । सरकारले दिएको अनुदान र सहुलियत कर्जा फिर्ता नगर्दा कर्जा असुलिमा सकस पर्ने गरेको बताइन्छ । बैंकले पनि ग्राहकको क्षमता नहेरी कर्जा प्रवाह गरेको हुँदा असुलिमा समस्या देखिने गरेको बैंककै कर्मचारीले बताएका छन् । ‘सही ढंगबाट कर्जा प्रवाह भएको छैन, सुक्ष्म अध्ययन गरेर सुधार गर्नुपर्ने र सम्बन्धित ऋणी र मान्छेहरुलाई समन्वय गर्नुपर्ने छ, सहुलियत कर्जा, बिना धितो कर्जा दिइएको छ, यो सरकारले दिएको अनुदान हो, तिर्नुपर्दैन भन्ने मानसिकता छ,’ उनले भने, ‘प्रोजेक्ट देखाएर कर्जा लिएपछि अन्य ठाउँमा डाइभर्ट गर्ने समस्या छ, यसमा कारवाहीको रुपमा नै उहाँले निर्णय गर्नुपर्ने हुन्छ ।’

एमालेबाटै राष्ट्रपति बन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे । एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने उल्लेख गर्दै उनले भने, ‘अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले रहिरहन्छ ।’ अध्यक्ष ओलीले गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै आत्तिनुपर्ने स्थिति नरहेको स्पष्ट पार्दै भने, ‘हाम्रो देश समृद्ध र सुखी बन्छ ।’ पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति अध्यक्ष ओलीले भने, ‘पूर्वराजा शाह अलमलमा पर्नुभएको छ ।’ एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा माओवादी केन्द्रको पनि साथ र समर्थन रहने उनले बताए ।

१२ वर्षदेखि निर्माणाधीन बागलुङ सङ्ग्रहालय अधुरै

बागलुङ । बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित बागलुङ सङ्ग्रहालय भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । बाह्र वर्षदेखि निर्माणाधीन सङ्ग्रहालयका संरचना जीर्ण भएका हुन् । रामरेखा सामुदायिक वन क्षेत्रमा निर्माण थालिएको उक्त भवनले पूरा आकार लिन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । भवन निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा सङ्ग्रहालय बनाउने काम अधुरै छ । तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा आदिवासी जनजाति सङ्ग्रहालय बनाउन पहल भएको हो । नेपाल आदिवासी जनजाती समन्वय समिति बागलुङको अगुवाइमा २०६७ असारमा निर्माण थालनी भएर दुई वर्षसम्मको बजेटले पहिलो तला ढलान गरिएको छ । एक तला ढलान भएको भवनमा तत्कालीन जिविसले २५ लाख लगानी गरेको थियो । भवनको स्वामित्व र स्रोतको विवादले निर्माण रोकिएको भवन निर्माण समितिका तत्कालीन अध्यक्ष गणेश थापाले बताए । ‘मन्त्रिपरिषद्ले नियुक्ती गरेर पठाएको उपाध्यक्ष, राजनीतिक दल, जिल्ला समन्वय समितिका प्रमुखसहितको सर्वदलीय बैठकले आदिवासी जनजाति सङ्ग्रहालय बनाउने निर्णय गरेको हो,’ उनले भने,– ‘पछि नाममा विवाद भयो, हामीले आदिवासी जनजातीबाट निर्मित बागलुङ सङ्ग्रहालय भनेर राखिनुपर्ने माग राखेको थियौँ । नाममा विवाद र स्रोत जुटाउने कुरामा कोहीले जिम्मेवारी नलिँदा काम अघि बढेन ।’ स्वामित्व लिने कुरामा सबै अग्रसर बनेपनि स्रोत जुटाउन भने कोही अघि बढेको छैन । ‘सङ्ग्रहालय राज्यको सम्पत्ति हो, सबैले सहयोग गर्नुपर्छ’, थापाले भने ‘छुट्टै संस्था दर्ता गरेर नियमावली बनाएर भए पनि बनाउनुपर्छ ।’ तत्कालीन जिल्ला विकास समिति, नेपाल आदिवासी जनजाती समन्वय समिति र रामरेखा सामुदायिक वनको त्रिपक्षीय लगानीमा भवन बन्न लागेको थियो । तत्कालीन जिविसको ३४, वन उपभोक्ता समितिको ३३ र जनजाति जिल्ला समन्वय समितिको ३३ प्रतिशत स्वामित्व रहने सहमतिमा सङ्ग्रहालय निर्माण थालिएको थियोे । तत्कालीन जिविसको अधिकार क्षेत्र कटौती भएपछि भवनका लागि बजेट आउने बाटो पनि बन्द भएको बताइन्छ । करिब १२ आना जमीनमा रहेको निर्माणाधीन भवन झाडीले घेरिएको छ । सङ्ग्राहलयमा बागलुङको पहिचान झल्कने विभिन्न जाति, जनजातिको संस्कृतिलाई राखिने बताइएको छ । रासस