काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रसाईंले आइतबार एमालेबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएको भन्दै प्रदेश १ कमिटीले उनलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको थियो ।
उनले फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए ।