कञ्चनपुरको सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्रले गति लिँदै
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र यहाँको बेदकोट नगरपालिकामा निर्माण हुने छेला औद्योगिक क्षेत्रको कामले गति लिन थालेको छ । एक साताअघि कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह स्थलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राथमिकतामा राख्दै आयोजनास्थलको निरीक्षण गरेसँगै काम अघि बढेको हो । भारत सरकारको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँ भारतीय ‘राइट्स कन्सटेन्सी’ ले फिल्ड सर्वे गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ । भारतीय कम्पनीले छ महिनामा डिपिआर तयार गरी बुझाउने भने पनि दुई/तीन महिनाभित्रै आउनेमा आशावादी नेपाली पक्ष छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रधानमन्त्रीस्तरबाटै उक्त आयोजना प्राथमिकतामा परेपछि आयोजनाले गति पाउने बताए । ‘तोकिएको समयभन्दा ढिलो गरेर आयोजनाका प्रक्रियागत काम अब रोकिनुहुन्न’, कार्यकारी निर्देशक गजुरेलले भने, ‘हाम्रो समितिलाई भारतीय पक्षले ‘फोकल एजेन्सी’का रुपमा तोकेर सुचना आदानप्रदानको काम गर्दैछ ।’ यसअघि वीरगञ्ज, भैरवा, विराटनगर लगायतका स्थानका सुक्खा बन्दरगाहको डिजाइनसमेत भारतीय ‘राइट्स कन्सटेन्सी’ले नै गरेको थियो । त्यसैगरी यातायात विकास समितिका अनुसार दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँच चौकी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाइएको छ । ‘अहिले राय, सुझाव सङ्कलनका लागि एकहप्ते सूचनासमेत जारी भएको छ’, गजुरेलले भने, ‘स्थानीयस्तरबाट प्राप्त राय, सुझावसहित हामी मन्त्रालयमा पेस गर्छौं ।’ आयोजनास्थल निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षले बनाउने प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका थिए । उक्त विषय आफ्नो आसन्न भारत भ्रमणका क्रममा उच्च प्राथमिकतामा राख्ने उनको भनाइ थियो । दोधारा चाँदनी नगरपालिकाको गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्र अधिग्रहण गरी बन्दरगाह निर्माण भइरहेको हो । बन्दरगाह निर्माणको प्रक्रिया थाल्न सरकारले चालु आर्थिक वर्षमा रु एक अर्ब बजेटसमेत विनियोजन गरेको छ । वन क्षेत्रको प्रस्तावित करिब दुई सय ८० बिघा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, सुरक्षा निकाय, पार्किङ याड, क्वारेन्टाइनलगायतका भौतिक संरचना निर्माण हुनेछन् । बन्दरगाह क्षेत्र महाकालीमा निर्माण भएको चार लेनको पक्की पुलदेखि एक किलोमिटर पश्चिमतर्फको दुरीमा पर्छ । त्यसैगरी अढाइ दशकभन्दा बढी समयदेखि चर्चामा मात्रै सिमित रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको स्थापनाको काम अग्रसरताका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नै सक्रियता बढाएका छन् । केही दिनअघि मात्रै औद्योगिक क्षेत्रको निरीक्षण गरेका मन्त्री भण्डारीले आज औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन गर्दै छन्। नौ सय बिघा क्षेत्रफलमा घोषणा गरिएको क्षेत्रमा तीन सय ५५ बिघामा उद्योग विस्तार गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । विसं २०७३ माघको मन्त्रिपरिषद्को बैठकले साविक चार किल्ला संशोधन गरी पूर्वतर्फ मुक्तकमैया बस्ती, धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन र दक्षिणतर्फ चाँदनीफाँटा बस्ती कायम गरेको छ । यहाँ पहिलो चरणमा साना, मझौला तथा ठूला गरी एक सय उद्योग स्थापना गरिने र प्रति उद्योग पाँच कट्ठादेखि पाँच बिघा जमिन छुट्याइने लिमिटेडले जनाएको छ । छेला औद्योगिक क्षेत्रको निरीक्षणका क्रममा उद्योगमन्त्रीले सुदूरपश्चिममा उद्योगको अवस्था न्यून रहेको बताए । ‘उद्योगको ‘हब’का रुपमा कञ्चनपुर विकास हुने क्रममा छ’, उनले भने, ‘यस क्षेत्रका कामलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्नेछु ।’ डेढ वर्षभन्दाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको छेला औद्योगिक क्षेत्रको निर्माणका लागि पनि चालू आर्थिक वर्षमा सरकारले रु एक अर्ब बजेट विनियोजन गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले औद्योगिक क्षेत्रमा पर्ने रुख कटानका लागि ‘नम्बरिङ’ को काम भइरहेको बताए । ‘सुरुमा इआइए गर्दा २५ हजार रुख काटनुपर्ने थियो’, उनले भने, ‘फिल्डमा खटिँदै गर्दा करिब ३५ हजारभन्दा बढी रुख कटान गर्नुपर्ने देखिन्छ ।’ उनले दुई समूहमा रुख नम्बरिङको काम भइरहेको बताउँदै एक साताभित्र उक्त काम सकिने जानकारी दिए। रासस
आँबूखैरेनी गाउँपालिकाको विपद् कोषलाई बीमासँग आवद्ध गराउँछौं : अध्यक्ष चुमान
काठमाडौं । गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आवद्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणले गत फागुन ७ गते आयोजना गरेको जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । अध्यक्ष चुमानले गाउँपालिकामा रहेको विपद् कोषलाई बीमासँग आवद्ध गर्न र विपन्न वर्गको बीमाका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले नागरिकका जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नु गाउँपालिकाको पनि दायित्व भएकाले नीति तथा कार्यक्रममा नै समावेश गरी बीमा कार्यक्रमलाई अगाडि बढाउने बताए । साथै, उनले बीमा कम्पनीहरुले गाउँपालिकामा आएर बीमा गराउन ध्यान नदिएको गुनासो समेत गरे । कार्यक्रममा प्राधिकरणका उपनिर्देशक अधिकारीले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गर्दै नीति तथा कार्यक्रममा बीमा कार्यक्रमलाई समावेश गर्न र सबैको दुर्घटना बीमा गर्न गाउँपालिकासँग आग्रह गरेका हुन् । कार्यक्रममा आँबूखैरेनी गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी, नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोकप्रसाद काफ्ले, जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, अगुवा कृषक र संचारकर्मीहरु लगायत गरी करिव ९५ जनाको सहभागिता रहेको थियो ।
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्। कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न सम्वद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताए। प्रधानमन्त्री दाहालले भने, ‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु । विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ ।’ उनले सङ्घीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताए। उनले भने, ‘सरकारको यस प्रयासमा यहाँहरूलगायत सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।’ प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने बताए। शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको उनको भनाइ थियो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी निर्वाचन आयोगले गत माघ १६ गते मिति तय गरेको थियो । सो परिसरमा आज आयोजित कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यालयको उद्घाटन गर्दै उक्त निर्वाचनका लागि आयोगका तर्फबाट मतदाता नामावलीको अन्तिम सूची आज कार्यालयलाई उपलब्ध हुने र कार्यालयले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने बताए । उनले पछिल्लो राष्ट्रिय जनगणनाको प्रतिवेदन प्राप्त भइनसकेकाले विद्यमान कानुनअनुसार २०६८ सालकै राष्ट्रिय जनगणनाको परिणामलाई आधार मानी यस निर्वाचनमा मतभार कायम गरिएको जनाए । प्रमुख आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचनको मतदानका दिन साँझ ७ गतेभित्र मतपरिणाम प्रकाशन गर्ने गरी तयारी भएको र कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा भोलिपल्ट फागुन २६ गते नै निर्वाचन गराइने बताए । मतदात अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ । अन्य निर्वाचन आयुक्तसमेत सहभागी कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले आयोगबाट स्वीकृत कार्यक्रमअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कार्यक्रम सञ्चालन गर्न निर्वाचन अधिकृतको कार्यालयले कार्यारम्भ गरेको जानकारी दिए । आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई उक्त निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन अधिकृत पौड्यालले मुलुकको सर्वोच्च पदको निर्वाचन स्वच्छ र स्वतन्त्रतरूपमा गराउन दिइएको विश्वासलाई कामबाट पुष्टि गर्ने प्रतिबद्धता व्यक्त गरे । दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहनेछन् । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानुनअनुसार सङ्घीय संसद्का प्रति सदस्यको ४८ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ७९ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । साथै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते र उपराष्ट्रपतिको पदावधि आगामी चैत ३ गते समाप्त हुँदैछ । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक फरक लिङ्ग र समुदायबाट प्रतिनिधित्व हुनुपर्नेछ । रासस
२३ अंकले घट्यो नेप्से, सबैभन्दा बढी गुमाउनेमा लघुवित्त
काठमाडौं । सोमबार सेयर बजार २३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर २०४६.८१ विन्दुमा पुगेको छ । यसरी सेयर बजार घट्दा सबैभन्दा बढी लघुवित्तहरुको सेयर मूल्य घटेको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी सेयर मूल्य गुमाउनेमा टप १० कम्पनीमा ७ लघुवित्त रहेको छ । आज सबैभन्दा बढी कमाउने राप्ती हाइड्रो एण्ड जेनेरल कन्सट्रक्सनका सेयरधनी रहेका छन् । नेप्सेको अनुसार आज ६० लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको छ ।
कोरोनाकाे ‘बुस्टर डोज’का लागि थप खोप आइपुग्यो
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप आज नेपाल आइपुगेको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उनका अनुसार खोप आज पनि तीन लाख ४५ हजार छ सय मात्रा खोप आएको हो । यसअघि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले नै खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ । आज खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ । उक्त खोप फागुन ११ र १५ गतेमा पनि ल्याइने छ । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।
यसरी लामो समयसम्म बचाउनुहोस् स्मार्टफोनको ब्याट्री
काठमाडौं । स्मार्टफोनले हाम्रो सूचना प्रवाह तथा पहुँचमा आमूल परिवर्तन ल्याएको छ । यद्यपि, दैनिक रुपमा यी ह्यान्डहेल्ड उपकरणहरूको अत्याधिक प्रयोगले तिनीहरूको ब्याट्री जीवनमा क्षति निम्त्याउन सक्छ । समयपूर्वको ह्रास रोक्न र आफ्नो उपकरणको ब्याट्री जीवनलाई अप्टिमाइज गर्न, केही उत्कृष्ट अभ्यासहरू पालना गर्न सकिन्छ । स्मार्टफोनको ब्याट्रीको आयु वृद्धि गर्ने कोशिश गरेर प्रयोगकर्ताहरूले उपकरणहरू दिनभरका कार्यहरुलाई समर्थन गर्न सक्ने चार्ज सुनिश्चित गर्न सक्छन् । पृष्ठभूमिका एपहरू बन्द गर्ने स्मार्टफोनको ब्याट्री जीवनको दीर्घायु कायम राख्नको लागि, पृष्ठभूमिमा एपहरू प्रयोगमा नभएको बेला निरन्तर चलिरहेको छैन भन्ने यो सुनिश्चित गर्न महत्वपूर्ण छ । यद्यपि यो सधैं यी एपहरू म्यानुअल रूपमा बन्द गर्न सम्भव नहुन सक्छ, यस्तो कार्यले ब्याट्री जीवनको संरक्षणमा पर्याप्त योगदान गर्न सक्छ । त्यस्तै, यो समस्यालाई कम गर्न, भिभो वाई२०एस जस्ता उपकरणमा लगानी गर्ने विचार गर्न सकिन्छ । यो स्मार्टफोनमा स्न्यापड्रागन ४६० प्रोसेसर रहेको छ जसले ब्याट्री जीवन मा न्यूनतम प्रभाव पार्नुका साथ धेरै एपहरु प्रयोग गर्न सकिन्छ । एयरप्लेन मोड अन गर्ने विभिन्न अवस्थाहरूमा जस्तै कुनै व्यक्ति हवाई यात्रामा हुँदा वा दुर्गम पहाडी क्षेत्रमा पदयात्रा गरिरहेको बेला फोनको नेटवर्क कभरेज उपलब्ध नहुन सक्छ । फोनमा एयरप्लेन मोड सक्षम गर्नाले यस्तो परिस्थितिमा फोनको ब्याट्री जीवनको लागि उद्धारकर्ताको रूपमा काम गर्न सक्छ । लामो यात्राको क्रममा, फोन निष्क्रिय रहँदा पनि ब्याट्री सक्किरहेको हुन्छ । तसर्थ, एयरप्लेन मोड सक्रिय गर्नाले यस्तो लामो यात्रामा फोनको ब्याट्री जीवनलाई प्रभावकारी रूपमा सुरक्षित गर्न सक्छ । यसबाहेक, भिभो भी२३ई जस्ता फोनमा यसको ४०५० एमएएच ब्याट्रीले उसको ब्याट्री सम्बन्धी चिन्ताहरू समाधान गर्न मद्दत गर्दछ । प्रयोगकर्ताले चार्जिङको बारेमा धेरै चिन्ता नगरी एक दिन भन्दा बढीको लागि यसलाई कुशलतापूर्वक सञ्चालन गर्न सकिन्छ । तापक्रमलाई ध्यान दिने विश्वास गर्नुहोस् वा नगर्नुहोस्, तापक्रमले स्मार्टफोनको ब्याट्री जीवनलाई महत्वपूर्ण रूपमा असर गर्न सक्छ । अत्यधिक गर्मी र चिसो मौसमले ब्याट्रीमा प्रतिकूल प्रभाव पार्न सक्छ । एकै साथ धेरै कार्यहरू गर्दा पनि फोन तात्तिन सक्छ जसले फोनलाई सम्भावित क्षति पु¥याउँछ । स्मार्टफोनमा दिर्घकालिन क्षति हुन नदिन तत्कालै कदम चाल्नुपर्छ । घमाइलो दिनहरूमा, धेरै समयसम्म प्रत्यक्ष घाममा राख्ने क्रममा फोन धेरै तात्तिन सक्छ र फोनलाई तात्तिनबाट जोगाँउन प्रत्यक्ष घामबाट टाढा राख्नु महत्वपूर्ण छ । एपको नोटिफिकेशन र भाइब्रेशन मोड बन्द गर्ने स्मार्टफोनमा पावर–सेभिंग सुविधाहरू छन् जसले तिनीहरूलाई स्लिप वा कम पावर मोडमा राख्छ, तर एपहरूबाट बारम्बार नोटिफिकेशन प्राप्त गर्नाले तिनीहरूलाई सक्रिय राख्न सक्छ र ब्याट्री चाँडै समाप्त हुन्छ । यद्यपि कोहीले साइलेन्ट मोडलाई प्राथमिकता दिन्छन्, स्मार्टफोनको ब्याट्रीको आयु लम्ब्याउन आवश्यक नभएसम्म भाइब्रेसन नोटिफिकेशनबाट बच्नु उत्तम हुन्छ । फोनको ब्याट्री कम भएको बेला फोनमा ब्याट्री कम भएको बेला घरबाट टाढा हुँदा, अनावश्यक एपहरुलाई नचलाउँने र फोनलाई एयरप्लेन मोडमा राखेर ट्याक्सी बुक गर्ने जस्ता महत्वपूर्ण कार्यहरूका लागि ब्याट्री बचत गर्नु बुद्धिमानी हुन्छ । तर, फोनको ब्याट्री समाप्त भएर सञ्चार नहुनु झन् खराब हो । संवादको लागि, फोनलाई फेरि खोल्नुहोस्, र आउटलेट वा चार्जिङ स्टेशन पत्ता लगाउँदा, कम पृष्ठभूमि गतिविधिहरूसँग छिटो चार्ज गर्न फोनलाई एयरप्लेन मोडमा राख्नु राम्रो हुन्छ । ३३ वाट फ्ल्यासचार्ज भएको भिभो वाई५३एस जस्ता फोनले १५ मिनेटमा पर्याप्त पावर प्राप्त गर्न छिटो चार्ज हुन्छ । यी अभ्यासहरू अनुसरण गर्दा लामो समयसम्म फोनको ब्याट्री बचत गर्न र स्मार्टफोनको उत्कृष्ट अनुभव सुनिश्चित गर्न सकिन्छ ।
स्पट फिक्सिङमा ५ जनाविरुद्ध मुद्धा दर्ता
काठमाडौं । नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा संलग्न ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गरेको अनुसन्धानको आधारमा उनीहरु विरुद्ध मुद्धा दायर भएको हो ।