विकासन्युज

५ वर्षपछि सगरमाथा चढ्ने अनुमति पाएपछि दुवै खुट्टा नभएकाे बुढामगर लागे आधारशिविरतर्फ

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । शारीरिक रुपमा अशक्त रहेका उनका दुवै खुट्टा छैनन्। उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन् । सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानुभन्दाअघि उनले ५ वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुशी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरुलाई खुशी दिने विश्वास व्यक्त गरे । उनले शारीरिक अशक्त भएका व्यक्तिहरु कोही भन्दा केही पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरुमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । उनले आफ्नो लागि सगरमाथा आरोहणको समय २ महिनाको हुने जानकारी दिए । सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् । उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए भने र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने । उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उनी सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन् ।  

सिटिजन्स बैंक र एलिवेट लाउन्ज एन्ड क्लबबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र न्युरोडमा रहेको एलिवेट लाउन्ज एन्ड क्लबबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षरसँगै सिटिजन्स बैंकका कार्डबाहकले एलिवेट लाउन्जमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले देशभरका १८२ शाखा, १३९ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

डिशहोममा १ वर्षको रिचार्जमा खोटाङका ५ जनाले जिते एक एक लाख नगद

खोटाङ । डिशहोममा १ वर्षको रिचार्जमा खोटाङका ५ जनाले जिते एक एक लाख नगद रुपैयाँ  जितेका छन् । ‘१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने कम्पनीले जनाएकाे छ ।  यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज  गर्ने ग्राहक मध्ये लक्की ड्र मार्फत खोटाङका ५  नगद  एक एक लाख रुपयाँ प्राप्त गरेको डिशहोमले जनाएको छ । डिशहोमले दिएको जानकारी अनुसार  अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत देबका आचार्य,  रत्नकला बुढाथोकि, कमला रिजाल,  हिरालाल रिजाल र  एम्बिता राईले  हार्दिक बधाई  एक एक लाख जितेका हुन्  । सैँजु इन्टरप्राइजेज  अन्तर्गतका डिलर बिजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ्गका डिलरदाईबाट डीसहोमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त खोटाङका ५ नगद पुरस्कार प्राप्त गरेका हुन्। ग्राहकलाई  १ लाख रुपैयाँ डिस मिडियाबाट आरएसएम बिपिन्द्र न्यौपाने, अफिसर  बिजय पन्थीको उपस्थितिमा खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यबाट हस्तान्तरण गरिएको थियो । आयोजकको तर्फबाट विजेतालाई हार्दिक बधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी हुने कम्पनीले जनाएकाे छ ।  लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी , नेपाः च्यानल, र डिशहोम सोकेस  प्रशारण हुँदै आएको पनि डिशहोमले जानाएको छ ।

किसान लघुवित्तको साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था नवलपुरले प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नवलपुरले आयोजना गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका ७२ वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुले सहभागी जनाएका थिए । केन्द्रीय कार्यालयको तर्फबाट काठमाडौं क्षेत्रीय प्रमुख मनोज कुमार थापाको उपस्थिति रहेको थियो । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतिकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवा सुविधाहरुको बारेमा जिज्ञासाहरु राखेका थिए । हाल शाखाले १०,६७,८९,३७५ रुपैयाँ लगानी गरेको छ भने ८७,८८,०९३ रुपैयाँ बचत संकलन गरेको छ । शाखामा ७५३ जना सदस्यहरु आवद्ध भई कर्जा तथा बचत कारोबार गरिरहेका छन् । शाखाले ४ वटा स्थानीय तहमा जम्मा ७२ वटा केन्द्र मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो

रामपुर । महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ । नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन् । हातमा सीप भयो भने महिला अरुको भरमा निर्भर रहनु पर्दैन । घरमै बसी–बसी आयआर्जन गर्न सकिन्छ । बिहान–साँझ घरायसी कामकाजमा व्यस्त रहने महिला दिउँसो फुर्सदको समय आयआर्जनमा खर्चेर सामान्य घरखर्च चलाउन सकिन्छ भन्ने उदाहरणीय कार्यमा सीता घर्ती, राधा खण्डलुक, निशा खड्का, पूजा जिसी, केशमाया राउत, सरिता खड्कालगायत लागिरहेका छन् । रामपुर नगरपालिका–२ स्थित सिम्लेमा ‘अग्र्यानिक साबुन उद्योग’का नाममा समूहमा महिलाले नुहाउने साबुन तयार पारिरहेका छन् । साबुन बनाउने छ दिनको तालिम नगरपालिकाले दिएपश्चात समूहमा मिलेर अहिले साबुन बनाउन थालेको अध्यक्ष सीता घर्ती बताउँछन् । ‘स्थानीय उत्पादन भएकाले गाउँघरकै ग्राहकले खरिद गरिरहेका छन्, गाउँमा राम्रै खपत भइरहेको छ’, उनले भने । हाललाई गाउँघरमा हुने विभिन्न कार्यक्रम, बैठक, भेला, गोष्ठी, बजार जाँदा साथमै बोकेर साबुन लिएर जाने र व्यक्ति–व्यक्तिलाई साबुन बेच्ने गरिरहेको अध्यक्ष घर्तीले बताए । गत असारमा छ दिनसम्म साबुन बनाउने तालिम लिएपश्चात साउनदेखि नै व्यावसायिक उत्पादन सुरु गरिएको हो । भदौमा रामपुर नगरपालिकामा ‘अग्र्यानिक साबुन उद्योग’ नाममा संस्था दर्ता गरी साबुन बनाउन थालिएको अध्यक्ष घर्तीले बताए । हालसम्म एक हजार थानभन्दा बढी साबुन उत्पादन गरी बिक्री गरिएको छ । तालिममा सहभागीलाई नगरपालिकाले साबुन बनाउने सामग्री, कच्चा पदार्थ पेल्ने उपकरणलगायत उपलब्ध गराएपछि तालिमलगत्तै साबुन बनाउन महिलाले सुरु गरेका हुन् । निम, कागती, पाती, एलोभेरा, तुलसी पत्ता, मेवा, सुन्तला, मह आदिबाट साबुन तयार पारिएको सरिता खड्काले बताइन् । गाउँघरमा प्रशस्त मात्रामा पाइने कच्चा पदार्थबाट साबुन तयार पार्न सहज भएको छ । कच्चा पदार्थ तयार रहेको खण्डमा आधा घण्टादेखि बढीमा एक घण्टाको अवधिमा प्रयोग गर्न मिल्ने गरी साबुन तयार हुने गर्दछ । साबुन बनाउन थालेपछि सामान्य खर्चका लागि अरुसँग हात थाप्नु नपरेको र उत्पादन बढाएर आत्मनिर्भर बन्ने सोच राधा खण्डलुकले राखेका छन् । यहाँ उत्पादन भएको साबुन हाल प्रतिथान ९० रुपैयाँमा बिक्री भइरहेको छ । समूहमा उत्पादन भएको साबुनबाट आर्जन गरेको खर्चले उद्योगमा नै लगानी गरिरहेको र उत्पादन गरेको साबुन बिक्री गर्दा खर्च चलाउन सजिलो भएको केशमाया राउत बताउँछन् । ‘हातमा सीप नहुँदा महिला पछाडि परियो, अहिले रामपुर नगरपालिकाले सीप दिएपछि हामीमा केही गर्नुपर्छ भन्ने जोश र आत्मबल बढेको छ, कच्चा पदार्थमा लगानी गर्न नपरेपछि राम्रै फाइदा हुने देखिएको छ’, उनले भने । यहाँका छ महिलाले प्रतिव्यक्ति पाँच सय रुपैयाँका दरले रकम उठाएर उद्योग सुरु गरेका हुन् । अहिले उनीहरुले साबुन बिक्रीबाट आर्जन गरेको रकम उद्योगमै लगानी गरिरहेका छन् । साबुन बनाउन आवश्यक पर्ने बेस तेल खरिद महँगो पर्ने र रामपुरमै उपलब्ध नहुँदा बाहिरबाट ल्याएर बनाउँदा कहिलेकाहीँ तेल अभावमा बनाउन समस्या पर्ने गरेको छ । प्रतिकिलो पाँच सय ५० रुपैयाँमा पोखरा, दुलेगौडा बजारबाट ल्याउनुपर्दा केही आम्दानीको रकम ढुवानीमा खर्चनुपरेको छ । प्याकेजिङ मेसिनको आवश्यकता छ । गाउँका महिलाको आयस्रोत नहुँदा उद्योगमा ठूलो लगानी गर्न सक्ने अवस्था छैन । अनुदान र सामग्री सहयोग पाए उत्पादन बढाउने सोच छ । नुहाउने साबुनका साथै लुगा धुने साबुन बनाउने तालिमको आवश्यकता भएको राउत बताउँछन् । रामपुर नगरपालिका–२ का वडाध्यक्ष कृष्ण दर्जीले यस वर्ष वडामा महिलालाई साबुन बनाउने सीप विकास तालिम आयोजना गरिएको र अर्को वर्ष व्यावसायिक साबुन उत्पादन गर्न बजेट विनियोजन गर्ने बताए । तालिममा सहभागी अधिकांश महिला साबुन बनाउन थालेका छन् । महिलालाई व्यवसायमा सहयोग गर्दै उत्पादन बढाउन उत्प्रेरित गर्ने र उद्यमीलाई थप सीप विकास गर्न गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत पुर्नताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् । महिला सशक्तीकरण र आर्थिक क्षेत्रमा उनीहरूलाई अब्बल बनाउन नगरपालिकाले सीपमूलक कार्यक्रममा लगानी गरिरहेको र लगानीअनुसार उपलब्धि राम्रै भइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन् । ‘नगरपालिकाभित्र उत्पादन भएका सामग्री बजारीकरण गर्न सहयोग गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘धेरै उत्पादन भए बजारीकरण गर्न सहज हुनेछ, उत्पादित सामग्री नगरले व्यवस्थापन गर्छ ।’ गरिबी निवारण लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नं १ मा २० महिलालाई झोल साबुन उत्पादन र वडा नं ९ मा २० जनालाई चप्पल बनाउने तालिम प्रदान गरिएको छ । अघिल्ला आर्थिक वर्षमा वडा नं २ मा २५ जनालाई नुहाउने साबुन, वडा नं ३ मा १० जनालाई सिलाइकटाइ, वडा नं ३ र ४ वडाका २० जनालाई संयुक्तरूपमा दुनाटपरी, वडा नं ५ मा १० जनालाई ढाका बुनाइ, वडा नं ६ मा ३० जनालाई आलु चिप्स, वडा नं ७ मा ११ जनालाई पशुपालन, कृषि, वडा नं ८ मा १८ जनालाई सरफ, वडा नं ९ मा चप्पल बनाउने तालिम सञ्चालन भइसकेको छ भने वडा नं १० मा कार्यक्रम हुन बाँकी छ । आव २०७७/७८ देखि रामपुर नगरपालिकाभित्र सुरु भएको यस कार्यक्रमअन्तर्गत विभिन्न सीपमूलक तालिम सम्पन्न भइसकेका छन् । यस कार्यक्रमअन्तर्गत उद्यमी बनाउन छ चरणमा कार्यक्रम चलाइएको छ । सामाजिक परिचालन, उद्यमशीलता व्यवसायसम्बन्धी ज्ञान, सीप दिने, सीप विकास तालिम, प्रविधि हस्तान्तरण, लघुवित्तमा पहुँच र बजारीकरण छन् । कार्यक्रम लागू भएदेखि हालसम्म सामाजिक परिचालन, उद्यमशीलता, सीप विकास तालिम कार्यक्रम सम्पन्न भइसकेका छन् भने प्रविधि हस्तान्तरण, लघुवित्तमा पहुँच र बजारीकरणको कार्यक्रम गर्न बाँकी छ । चालु आवमा गरिबी निवारण लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्न सङ्घीय सरकारबाट ३५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । सो बजेटमध्ये २३ लाख ८० हजार रुपैयाँ नयाँ लघुउद्यमी सिर्जना, छ लाख २० हजार रुपैयाँँ स्तरोन्नति, उद्यमीघर तयार पार्न पाँच लाख रुपैयाँ बजेटबाट कार्यक्रम सञ्चालन गरिरहेको उद्यम विकास सहजकर्ता रुपबहादुर सिंजालीले जानकारी दिए । रासस

मकर जितुमाया सुरी हाइड्राको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणलाई जारी पूँजी ७६ करोड रुपैयाँको १४ करोड ४९ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ४९ हजार ४ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोष, ३२ हजार २८ कित्ता कर्मचारी र १३ लाख ३७ हजार ३०२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

नेपाल बैंकले घरजग्गा र सुनचाँदी बेच्दै

काठमाडौं । नेपाल बैंकले धितोमा राखिएको घरजग्गा र सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको तुसीपुर शाखाबाट झरना केसी, जावलाखेल शाखाबाट मनिषा कठायत, हिरा बहादुर खाँण र दिपक कुमार घिमिरे, भण्डारा शाखाबाट सविना तामाङ र कविता मगर, म्याग्दी बेनी शाखाबाट मिलन सुवेदी, लाल कुमारी मल्ल र सुरेन्द्र गिरीले लिएर चुक्ता नगरेपछि धितोमा राखिएको सुनचाँदी लिलामी गर्ने भएको हो । बैंकले पटक–पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । बैंकको शाखा कार्यालय श्रीपुर, माईस्थान र जनकपुरबाट कर्जा लिएका ऋणीको घरजग्गा लिलामीमा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकको श्रीपुर शाखाबाट अनुज टेन्ट हाउस र गोपी कृष्ण पशुपालन फर्मका सञ्चालक प्रदिप कुमार साहका जमानीकर्ता प्रगास सा कानुको नाममा कायम रहेको जग्गा बिक्री गर्ने भएको छ । मालपोत कार्यालय पर्सामा दर्ता साविक पोखरीया ३ स्थित कित्ता नम्बर १७९ को २९६.५० वर्गमिटर र साविक वसन्तपुर ७ स्थित कित्ता नम्बर ६८ को ०–०–५ विघा क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो । यस्तै, माईस्थान शाखाबाट ऋणी विष्णु किराना पसल तथा कोल्ड स्टोरका सञ्चालक विनेश साह कानुको जमानीकर्ता बच्चन देवी साह कानुको नाममा पर्साको साविक श्रीसीया ८ स्थित कित्ता नम्बर १५० र १५२ को क्रमशः ०,०३७२.४६ र ०,०५०७.९० वर्गमिटर जग्गा लिलामी गर्ने भएको हो । यस्तै, जनकपुर शाखाबाट सुमित इन्टरप्राइजेजका सञ्चालक विनोद यादवको नाममा रहेको मालपोत कार्यालय धुनषामा दर्ता कायम साविक जनकपुर ७ स्थित कित्ता नम्बर १९१ को ०–०–१०–२.२५ विघा क्षेत्रफल भएको जग्गा लिलामीमा राखेको हो ।

नेप्सेमा एक कम्पनीको ४७.५० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १ लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार महिला लघुवित्त वित्तीय संस्थाको ४७.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको ४७.५० प्रतिशत बोनस वापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो