महासंघ निर्वाचन : बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यमा बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी कृष्ण प्रसाद अवाललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
महासंघको निर्वाचनमा मधेश प्रदेशबाट अरुण प्रधान विजयी, प्रतिस्पर्धीलाई एक मतले हराए
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कार्यकारिणी सदस्यमा मधेश प्रदेशबाट अरुणकुमार प्रधान विजयी भएका छन् । उनले ८ मत ल्याएर आफ्ना प्रतिस्पर्धी विजय कुमार साहलाई पराजित गरेका हुन् । शाहले ७ मत ल्याएका हुन् । प्रधान सप्तरी उद्योग वाणिजय संघको निर्वतमान अध्यक्ष हुन् ।
महासंघ निर्वाचन : कर्णाली प्रदेशबाट बुढाले एक मतले जिते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी धनबहादुर रावत र कुल बहादुर बिकलाई पराजित गर्दै विजयी भएका हुन् । रावत र बिकले समान ३/३ मत ल्याए ।
महासंघ निर्वाचन : कोसी प्रदेशबाट नरेन्द्र खड्का विजयी
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कोसी प्रदेशबाट नरेन्द्र खड्का विजवी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी टंक दुलाल र तारानाथ घिमिरेलाई पराजित गर्दै विजयी भएका हुन् । घिमिरे र दुलालले समान ८/८ मत ल्याएका छन् ।
महासंघ निर्वाचन : मत गणना सुरु, कसले मार्ला बाजी ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । ७ बजे बसेको सर्व पक्षीय बैठकपछि अहिले मत गणना सुरु भएको हो । पहिलो चरणमा वस्तुगत संघ र जिल्ला नगरको मत गणना सुरु भएको हो । बुधबार १० बजेबाट सुरु भएको मतदान ६ बजे सम्पन्न भएको थियो । निर्वाचन समितिका अनुसार महासंघको वस्तुगत तर्फको १२३ वटा मतदाता रहेकोमा सबै मत खसेको थियो भने जिल्लारनगरतर्फ ११७ मतदाता रहेकोमा सम्पूर्ण मत खसेको थियो । यस्तै, एशोसिएट तर्फ भने १ हजार १३२ मत खसेको थियो । एशोसिएटतर्फ १ हजार ७४८ मतदाता छन् । महासंघका वरिष्ठ उपाध्यक्षका लागि चन्द्र प्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन् भने वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघईबीच प्रतिस्पर्धा हुँदैछ । यस पटक तीनै जनाबीच कडा प्रतिस्पर्धा हुन सक्ने धेरैको अनुमान छ ।
कालिका लघुवित्तको २० प्रतिशत लाभांश पारित
पोखरा। कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । संस्थाको १३ औं वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट प्रस्तावित १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस सेयर पारित गरेको हो । यस पश्चात संस्थाको हालको चुक्ता पूँजी वृद्धि भई ३७ करोड २३ लाख २१ हजार ७ सय ४० पुगेको छ । सभाले आ।व।०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्दै १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभामा संस्थाको संचालक समितिमा रिक्त रहेको संस्थापक समूहको संचालकमा स्याङ्गजा वालिङ्ग निवासी संस्थापक सेयर सदस्य नित्यानन्द तिवारी निर्विरोध निर्वाचित भएको संस्थाका सिइओ केशव प्रधानले जानकारी दिए ।
सन नेपाल लाइफ इन्स्योरेन्सको दुई वर्षको वार्षिक प्रतिवेदनहरु पारित
काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ र छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७७/०७८ र २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/०७८ र २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरिएको छ । उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक श्री के.पि.आर. एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त सभाबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन प्रस्ताव समेत पारित भएको छ ।
टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रंगमा पनि
काठमाडौं । टिभिएस मोटर्सले बुधबार टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो नयाँ रंग रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले बताएको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालमा टिभिएस एनटोर्क आरटि एफ आई १२५ रेस एडिसन मरिन ब्लुमा सार्वजनिक गर्न पाउँदा खुशी भएको बताए । ‘स्मार्ट स्कूटर आरटि एफआई को समावेश संग एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो. यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं,’ उनले भने । स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ । स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ । स्मार्टएक्सनोटेक कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ । टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ सिसि, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड एसओइचसि, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ । पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, युएसबि चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र टिभिएस प्याटेन्टेड इजेड सेन्टर स्ट्यान्ड रहेको छ । मरिन ब्लू कलरमा उपलब्द नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।