विकासन्युज

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २३ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सो नाफा गरेको हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा बैंकले ३ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले मेगा बैंकसँग मर्ज गरेपछि हरेक सूचकमा सुधार आएको देखिएको छ । तर, सिनर्जी नै सिर्जना भने भएको देखिँदैन । बैंकको खराब कर्जा ३.९४ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८७.०५ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा २.२० प्रतिशत खराब कर्जा थियो भने ९२.४३ प्रतिशत थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी १५.२० रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमासमा नाफामा दोस्रो बन्यो ग्लोबल बैंक, निक्षेप र कर्जा लगानीमा आक्रामक

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा नाफा १७ प्रतिशतले बढाएको हो । सो अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो । यो अवधिमा बैंकले ११ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७ अर्ब ४३ कराड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकले ४ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ खर्ब ७६ अर्ब निक्षेप संकलन गरेको थियो भने २ खर्ब ५८ अर्ब कर्जा लगानी गरेको थियो । बैंकको हाल ३.९६ प्रतिशत खराब कर्जा पुगेको छ भने ८७.१७ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमाम बैंकको खराब कर्जा १.४५ प्रतिशत थियो भने सीडी रेसियो ९३.०७ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ ।

हिमालयन बैंकको नाफा बढ्यो, ब्याज आम्दानी ९३ प्रतिशतले वृद्धि

काठमाडौं । हिमालयन बैंकले चालू आथिैक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको सोही त्रैमासमा १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेकाके थियो । बैंकले गत आवको सोही त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमाम २४.४६ प्रतिशत बढी नाफा गरेको हो । बैंकले यो अवधिमा ६ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही त्रैमासको तुलनामा ९३ प्रतिशतले बढेको छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकले यो अवधिमा २ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही त्रैमासको तुलनामा निक्षेप ५६.५४ प्रतिशत र कर्जा ६१ प्रतिशतले बढेको छ । बैंकको यो अवधिमा खराब कर्जा ५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.९९ रहेको थियो । यो एक वर्षको अवधिमा बैंकको खराब कर्जा ३६० प्रतिशतले बढेको देखिएको छ । यो अवधिसम्म बैंकको सीडी रेसियो ९०.५० प्रतिशत कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड रुपैयाँ नोक्सानीमा छ ।

ब्याज आम्दानी बढेपनि किन घट्यो प्राइम बैंकको नाफा ?

काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९.३५ प्रतिशत घटेर २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०७ प्रतिशत बढेर ५ अर्ब ४७ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६३ करोड ५१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खराब कर्जा २.१२ प्रतिशत बढेर ३.०६ प्रतिशत पुगेको छ । जसकारण बैंकले ९९ करोढ ८६ लाख रुपैयाँ प्रोभिजन राख्नुपर्ने भएकाले नाफा घट्न पुगेको हो । बैंकको निक्षेप संकलन ३.८६ प्रतिशत बढेर १ खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ र कर्जा प्रवाह ३.४४ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकले सीडी रेसियो ८९.१३ प्रतिशत कायम राख्न सफल भएको छ । बैंकको चुक्ता पूँजी ४ प्रतिशत बढेर १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष १०.१७ प्रतिशत बढेर ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड १५ लाख रुपैयाँ रहेको छ। नफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसा घटेर १६.९६ रुपैयाँमा सीमित भएको छ ।

एभरेष्ट बैंकको नाफा ६२ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा साढे ३ अर्ब

काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६२.६३ प्रतिशत बढेर २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशत बढेर ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५० करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्म बैंकको चुक्ता पूँजी १३ प्रतिशत बढेर १० अर्ब ६९ करोड रुपैयाँ र जगेडा कोष १.०३ प्रतिशत बढेर १३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप संलकन ७.७७ प्रतिशत बढेर १ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ र कर्जा १६० प्रतिशत बढेर १ खर्ब ६० अर्ब ८९ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ८६.८२ प्रतिशत कायम राखेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जादर ०.४४ प्रतिशत बढेर ०.७ प्रतिशत पुगेको छ ।

एनएमबि बैंकको नाफा साढे २ अर्ब, एनपीएल ३ प्रतिशत पुग्यो

काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ०.६५ प्रतिशत बढेर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेर ६ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४२ करोड खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकको निक्षेप ७ प्रतिशत बढेर १ खर्ब ९७ अर्ब ७३ करोड रुपैयाँ र कर्जा १ खर्ब ८५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकले सीडी रेसियो ८७.०८ प्रतिशत कायम राख्न सफल भएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.५० प्रतिशत बढेर २.९६ प्रतिशत पुगेको जनाएको छ । बैंकको जगेडा कोषमा १२.३५ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ रकम जम्मा रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंकको नाफा ४ अर्ब माथि, जगेडा कोष १७.२१ अर्ब पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ११.३८ प्रतिशत बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेर ९ अर्ब २१ करोड ७० लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.५९ प्रतिशत बढेर ३ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको खराब कर्जा बढेको भएपनि १ प्रतिशत भन्दा तल नै कायम राख्न सपल भएको छ । बैंकको खराब कर्जा ०.३४ प्रतिशत बढेर ०.८७ प्रतिशत पुगेको छ । वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ । साथै, बैंकको जगेडा कोष २९.६५ प्रतिशत बढेर १७ अर्ब २१ करोड ६३ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

नाफामा नम्बर वान बन्यो नबिल, ईपीएस कति पुग्यो ?

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवण अनुसार चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको नापा ५२.६२ प्रतिशत बढेको हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८४ प्रतिशत बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.४२ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ४८ करोड र कर्जा प्रवाह ७.७६ प्रतिशत बढेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ । बैंकको खराब कर्जा दर बढेर २.७३ प्रतिशत बढेर ३.८७ प्रतिशत पुगेको जनाएको छ । बैंकको तथ्याङ्क अनुसार वितणयोग्उ नाफा १ अबए ७७ करोड २० लाख रुपैयाँ रहेको छ । ९ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ ।