हिमालयन र दुई सरकारी बैंकको खराब कर्जा ४ प्रतिशत बढी, डेढ खर्ब प्रोभिजन गर्नु पर्ने
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको खराब कर्जा बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा खराब कर्जा १९८.२३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १.२२ प्रतिशत रहेको खराब कर्जा बढेर अहिले ३.०३ प्रतिशत पुगेको हो । यस्तै, सबैभन्दा हिमालयन बैंकको खराब कर्जा ४.५६ प्रतिशत पुगेको छ भने दुई सरकारी बैंक नेपाल र कृषि विकास बैंकको खराब कर्जा पनि ४ प्रतिशत नाघेको हो । कृषि विकास बैंकको खराब कर्जा ४.३५ प्रतिशत पुगेको छ भने नेपाल बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ । यस्तै, सिटिजन्स बैंकको ३.९८ प्रतिशत र कुमारी बैंकको ३.९७ प्रतिशत पुगेको छ भने ग्लोबल आइएमई बैंकको ३.९६ प्रतिशत, सिद्धार्थको ३.९५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.९४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३.८८ प्रतिशत खराब कर्जा पुगेको हो । हाल वाणिज्य बैंकको कुल कर्जा लगानी ४८ खर्ब बढी छ । हाल औसत रुपमा रहेको ३.०२ प्रतिशत खराब कर्जाको प्रोभिजन गर्दा १ खर्ब ५८ अर्ब रुपैयाँ राख्नु पर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शतप्रतिशत प्रोभिजन गर्न निर्देशन दिएको छ ।
नाफा बढाउनमा एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डबीच प्रतिस्पर्धा, नबिलको नम्बर वान कायमै
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुले ११.७१ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४३ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेका बैंकहरुले चालु आवमा ११.७१ प्रतिशतले नाफा बढाएर ४८ अर्ब ७० करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । यो अवधिमा अग्रस्थानमा नबिल बैंक देखिएको छ । नबिल बैंकले ५ अर्ब ११ करोड नाफा गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको हो । यस्तै, नाफा बढाउनमा भने एभरेष्ट बैंक आक्रामक देखिएको छ । एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले नाफा बढाएका छन् । एभरेष्टले नाफा ६२ प्रतिशतले बढाएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक्ले ६० प्रतिशतले बढाएको छ । ७ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । सनराइज, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको नाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।
अधिकांश बैंकको नाफा घट्दा स्ट्याण्डर्ड आक्रामक, ३४.०२ प्रतिशत लाभांश क्षमता
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको नाफा ६१.११ प्रतिशतले बढेको छ । बैंकले यो अवधिमा ४ अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, गत आवको सोही अवधिमा बैंकले ९३ अर्ब ७२ करोड निक्षेप संकलन गरेको थियो भने ७९ अर्ब १९ करोड कर्जा लगानी गरको थियो । यो अवधिमा बैंकको खराब कर्जा ०.९० प्रतिशत कायम भएको छ भने ८०.०८ प्रतिशत सीडी रेसियो छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.३६ प्रतिशत थियो भने ८२.६९ प्रतिशत सीडी रेसियो थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९२ करोड रुपैयाँ छ । बैंकको लाभांश वितरणको क्षमता ३४.०२ प्रतिशत छ ।
सानिमा बैंकको नाफा बढ्यो, सीडी रेसियो ८२ प्रतिशत कायम
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सो नाफा गरेको हो । बैंकले गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा नाफा ७ प्रतिशतले बढाएको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५९ करोड नाफा गरेको थियो । बैंकले यो अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४४ अर्ब रुपैयाँकर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ५७ अर्ब निक्षेप र १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा अनुपात २.२७ प्रतिशत रहेको छ भने सीडी रेसियो ८२.२९ प्रतिशत रहेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.३८ प्रतिशत र ८७.२२ प्रतिशत सीडी रेसियो थियो । बैंकको वितरणयोग्य नाफा ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।
सिटिजन्स बैंकको नाफा १ अर्ब २३ करोड, यस्ता छन् अन्य सूचक
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको छ गत आवको सोही अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा बैंकको निक्षेप संकलन ८ अर्ब बढेर १ खर्ब ६० अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३९ अर्ब पुगेको छ । बैंकले गत आवको सोही अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.९८ प्रतिशत छ भने सीडी रेसियो ८६.५६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सोही अवधिमा खराब कर्जा १.७२ प्रतिशत र सीडी रेसियो ९०.६९ प्रतिशत थियो । यस्तै, बैंकको वितरणयोग्य नाफा १४ करोड ३४ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ११.६१ रुपैयाँ छ ।
लक्ष्मी बैंकको नाफा १ अर्ब २६ करोड, १४.६१ रुपैयाँ पुग्यो प्रतिसेयर आम्दानी
काठमाडौं । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड ८९लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको सोही तुलनामा यस त्रैमासमा नाफा बढाएको हो । बैंकले यो अवधिमा ४ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले निक्षेपकर्ताबाट १ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको छ । यस्तै, गत आवको सोही अवधिमा बैंकले १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । यो अवधिमा बैंकको खराब कर्जा १.८२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८५.३६ प्रतिशत कायम भएको छ । यस्तै, बैंकको गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा १.०८ प्रतिशत थियो भने सीडी रेसियो ८७.२४ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने लाभांश वितरण गर्ने क्षमता ११.९५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.६१ रुपैयाँ छ ।
सनराइज बैंकको नाफा १ अर्ब ६७ करोड, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको गत आवको सोही अवधिमा १ अर्ब ८२ करोड रुपैयाँ थियो । तर, अहिले नाफा घटेको छ । बैंकले यो अवधिमा ४ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकले तेस्रो त्रैमासमा १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.६२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८७.१० प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सीडी रेसियो ९१.८६ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १५.४३ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ४ करोड ८३ लाख रुपैयाँ नोक्सानमा छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २३ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सो नाफा गरेको हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा बैंकले ३ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले मेगा बैंकसँग मर्ज गरेपछि हरेक सूचकमा सुधार आएको देखिएको छ । तर, सिनर्जी नै सिर्जना भने भएको देखिँदैन । बैंकको खराब कर्जा ३.९४ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८७.०५ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा २.२० प्रतिशत खराब कर्जा थियो भने ९२.४३ प्रतिशत थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी १५.२० रुपैयाँ रहेको छ ।