हिमालयन बैंकको नाफा बढ्यो, ब्याज आम्दानी ९३ प्रतिशतले वृद्धि

<p>काठमाडौं । हिमालयन बैंकले चालू आथिैक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको सोही त्रैमासमा १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेकाके थियो । बैंकले गत आवको सोही त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमाम २४.४६ प्रतिशत बढी नाफा गरेको हो । बैंकले यो अवधिमा ६ अर्ब [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकले चालू आथिैक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको सोही त्रैमासमा १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेकाके थियो ।

बैंकले गत आवको सोही त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमाम २४.४६ प्रतिशत बढी नाफा गरेको हो । बैंकले यो अवधिमा ६ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही त्रैमासको तुलनामा ९३ प्रतिशतले बढेको छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकले यो अवधिमा २ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही त्रैमासको तुलनामा निक्षेप ५६.५४ प्रतिशत र कर्जा ६१ प्रतिशतले बढेको छ ।

बैंकको यो अवधिमा खराब कर्जा ५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.९९ रहेको थियो । यो एक वर्षको अवधिमा बैंकको खराब कर्जा ३६० प्रतिशतले बढेको देखिएको छ ।

यो अवधिसम्म बैंकको सीडी रेसियो ९०.५० प्रतिशत कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड रुपैयाँ नोक्सानीमा छ ।

Share News