एभरेष्ट बैंकको नाफा ६२ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा साढे ३ अर्ब

<p>काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६२.६३ प्रतिशत बढेर २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशत बढेर ५ अर्ब ५८ करोड ७२ [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६२.६३ प्रतिशत बढेर २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशत बढेर ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५० करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म बैंकको चुक्ता पूँजी १३ प्रतिशत बढेर १० अर्ब ६९ करोड रुपैयाँ र जगेडा कोष १.०३ प्रतिशत बढेर १३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

बैंकको निक्षेप संलकन ७.७७ प्रतिशत बढेर १ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ र कर्जा १६० प्रतिशत बढेर १ खर्ब ६० अर्ब ८९ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ८६.८२ प्रतिशत कायम राखेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जादर ०.४४ प्रतिशत बढेर ०.७ प्रतिशत पुगेको छ ।

Share News