उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानी स्वचालित गर्दै
काठमाडौं । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन लागेको बताए । उनले अब प्रचलित कानून बमोजिम कम्पनी दर्ता,उद्योग दर्ता,विदेशी लगानी स्वीकृतका सेवाहरु स्वाचालित बनाउने व्यवस्था गरेको बताए । उनले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरु गरिएको बताए । उनले वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरु गरेसँगै उद्योग विभागको सम्पूर्ण सेवा स्वाचालित बनाउने विभागको तयारी रहेको बताए । उनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधानको तयारीमा रहेको भन्दै उक्त नियमावली कार्यान्वयनको लागि विभागले वेबमा आधारित स्वचालित प्रणाली निर्माण गरेमा जोड दिए । उनले विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्नसक्ने,लगानी स्वीकृतको जानकारी लगानीकर्ता,नेपाल राष्ट्र बैंक,कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वचालित प्रणालीमार्फत नै हुने बताए । महानिर्देशक तिवारीले लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने भएको बताए । उनले उक्त प्रणाली लागू भएसँगै नेपालमा लगानीको लागि प्रशासनिक सुधारको चरणमा रहेको भन्ने सन्देश जाने विभागले विश्वास लिएको बताए । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो । विभागले नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेसँगै कार्यान्वयन गर्ने बताएको छ । उक्त प्रणाली अन्तर्राष्ट्रिय अभ्यासमा आफैँमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक रहेको भारत,बंगलादेश लगायतका मुलुकहरुमा भएको अभ्यासले देखाएको छ ।
नेपाल लाइफको बीमा शुल्क इसेवाबाट तिर्दा ५ प्रतिशत क्यासब्याक
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बैशाख महिनाभरि बीमा शुल्कको नविकरण ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पेसँग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्दछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए । ‘आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित छ,’ उनले भने । २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले २२ वर्षमा दरमियानमा विभिन्न आरोह अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
नेप्सेमा एनआईसी एशिया र कुमारी बैंकको सर्वाधिक कारोबार, प्रतिकित्ता ११० रुपैयाँ
काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से सूचक १५.७३ अंकले घट्दा ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ३२ लाख ९ हजार २१४ कित्ता २३ हजार २६५ पटक किनबेच भएका छन् । बिहीबार एनआईसी एशिया बैंक र कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । एनआईसी एशिया बैंकको कूल ७८ लाख ३६९ कित्ता सेयर ५४२ पटक खरिद बिक्री भएको छ भने ५ करोड ७५ लाख ४३ हजार रुपैयाँ कारोबार भएको छ । बैंकको अघिल्लो दिनको तुलनामा ०.९० प्रतिशत अर्थात् ६.७० रुपैयाँ सेयर मूल्य घटेको छ । नेप्सेमा बिहीबार बैंकको सेयर प्रतिकित्ता ७३४ रुपैयाँमा खरिद बिक्री भएको हो । यस्तै, बिहीबार सबैभन्दा धेरै कारोबार हुनेमा कुमारी बैंकको संस्थापक सेयर दोस्रोमा छ । बैंकको साढे ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार २ लाख ९७ हजार २०८ कित्ता सेयर २ पटक खरिद बिक्री हुँदा ३ करोड ५३ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको संस्थापक सेयर प्रतिकित्ता ११० रुपैयाँमा कारोबार भएको हो । पछिल्लो समय बैंकबाट संस्थापक सेयरधनीहरु आफ्नो नाममा भएको सेयर बिक्री गरेर बाहिरन थालेका छन् । जसकारण नेप्सेमा बैंकको सेयर कारोबरा धेरै भएको एक लगानीकर्ताले बताए ।
२१ दिनमै कालिन्चोक दर्शनको सेयर मूल्य ८०७ रुपैयाँ पुग्यो
काठमाडौं । कालिन्चोक दर्शनले नेपाल स्टक एक्सचेन्जमा कारोबार सुरु गरेको २१ दिन भएको छ । चैत ९ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएर कारोबार सुरु गरेको यस कम्पनीको सेयर मूल्यमा गएको सातादेखि लगातार सकारात्मक सर्किट लागिरहेको छ । पछिल्लो १३ दिन यता कम्पनीको सेयर मूल्यमा लगातार सर्किट लागिरहको छ । बिहीबार पनि कम्पनीको सेयर मूल्यमा कारोबार सुरु भएको केही समयमा नै सर्किट लागिसकको थियो । प्रतिकित्ता १३९ रुपैयाँबाट कारोबार सुरु गरेको यस कम्पनीको सेयर मूल्य २१ दिनमा ८०७।८० रुपैयाँ पुगेको छ । आइपीओहरु कारोबार सुरु गरेको सुरुको केही समय यसरी बढ्नु सामान्य भएको एक लगानीकर्ता बताउँछन् । ‘यसरी आइपीओहरुको सुरु सुरुमा यसरी मूल्य बढ्नु सामान्य हो, बजारमा यस्तो भइरहन्छ,’ उनले भने । उनले कालिन्चोक दर्शन र चन्द्रगिरी हिल्सको आइपीओ उस्तै रहेको हो । ‘सुरुमा चन्द्रागिरी हिल्सको आइपीओ यस्तो बढेको थियो, यो पनि त्यस्तै हो,’ उनले थने । कालिञ्चोक दर्शन लिमिटेड २०६३ साउन १७ गते कालिञ्चोक हाइड्रोपावर प्रालिको नामबाट दर्ता भएको कम्पनी हो । २०६९ माघ २६ गते कालिञ्चोक दर्शन प्रालिको नाममा दर्ता भएको र २०७१ माघ ६ गतेदेखि प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भई २०७१ माघ ८ गतेदेखि कालिञ्चोक दर्शन लिमिटेडको नाममा यो कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।
अब १० करोडसम्मको विदेशी लगानी स्वीकृत अनलाईनबाटै
काठमाडौं । अब १० करोड रुपैयाँसम्मका विदेशी लगानी अनलाईनबाटै स्वीकृत हुने भएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ६६ मा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था उल्लेख गरिएको थियो । सोही व्यवस्था अनुसार नै उद्योग विभागले २ करोडदेखि १० करोड रुपैयाँसम्मका विदेशी लगानीको स्वीकृती अनलाईन मार्फत गर्दै आएको छ । साविकमा भौतिक फायल मार्फत् मात्र विदेशी लगानी स्वीकृत गर्ने गरिएकोमा २०७९ श्रावण १ गते देखि अनलाईन प्रणाली मार्फत् विदेशी लगानी स्वीकृत गर्ने कार्य प्रारम्भ गरिएको छ । उक्त प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै नेपाल सरकारका सम्बद्ध निकायहरुसँग आवद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने गरी विभागले तयारी गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन्। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन यस ऐन तथा प्रचलित कानून बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । प्रशासनिक सुधारकै चरणमा निकट भविष्यमा मानवीय संलग्नता विना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने प्रणाली अवलम्बन गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको निर्णय भई नेपाल राजपत्रमा सूचना प्रकाशन हुने क्रममा रहेको छ । सोको कार्यान्वयनका लागि विभागले वेवमा आधारित प्रणाली निर्माण गरेको छ । नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दाकै बखतबाट कार्यान्वयनमा लैजाने गरी विभागले आन्तरिक तयारी पूरा गरेको तिवारीले बताए । उक्त प्रणालीको प्रयोग गरी विदेशबाट पनि विदेशी लगानी स्वीकृत गराउन सकिने र विदेशी लगानी स्वीकृत गराउन उद्योग विभाग आईरहनु नपर्ने हुँदा विदेशी लगानी स्वीकृति प्रक्रिया सरल तथा सहज हुन गई सेवाप्रवाह थप प्रभावकारी हुने आशा विभागले गरेको छ । विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौता मार्फत् लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बद्ध निकायहरूलाई प्रणाली मार्फत् नै स्वचालित रुपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृती लिईरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण हुन् । अन्तराष्ट्रिय अभ्यासलाई हेर्दा पनि अटोमेसन आफैमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक हो । भारत, बङ्गलादेश लगायतका हाम्रा छिमेकी मुलुकहरुमा समेत यो प्रणाली लागू भईसकेको छ । नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रकृयालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको हो ।
आइपीओ निष्काशन गर्दै माबिलुङ्गग, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
काठमाडौं । माबिलुङ्गग इनर्जीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त आइपीओको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गर्नका लागि बिहीबार सम्झौता भएको छ । कम्पनीले सर्वसाधारणमा बिक्री गरिने १ सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४ हजार रकम बराबरको १८ लाख ९० हजार ५४० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको हो । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्गग इनर्जीको तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरे । माबिलुङ्गग इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणाधिन ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री
बारा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन्। बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं (२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। विद्युतीय सिंचाइँ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’ यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका उनले बताएका छन् । प्रधानमन्त्रीले भने, ‘नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।’ प्रधानमन्त्रीले भने, ‘यसअघि राजस्व घटेको थियो, चोरीपैठारी बढेको थियो। अर्थतन्त्र संकटमा थियो। तर अहिले अर्थतन्त्रमा सुधार आएको छ। पर्यटक आउने क्रम बढेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ। समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो।’ ‘उपेन्द्र यादव देशको नेता हो, संसदका लागि चाहिने नेता हो’ प्रधानमन्त्रीले भने, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो। मधेशले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो। समग्र परिवर्तनका मुद्दाले जित्नु हो। संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको हो। त्यसैले उपेन्द्रजीले जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पारौं।’ सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं।(२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाल लगायतले सम्बोधन गरेका थिए। रासस
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न : राजस्व किन कम उठ्यो ?
काठमाडौं । राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् । बैठकमा उनले भने, नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभाबकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो ।’ ‘विभिन्न परिस्ठितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएको हो । गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निक्कै कम देखियो’ मन्त्री महतले भनेका छन् । यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर मैले भनेको छैन, राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पूँजिगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको देखिन्छ । बैठकमा डा. महतले भने, ‘यी तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन । तपाईंहरुको कार्य प्रगतिबाट नै तपाईंहरुको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरु निश्चिन्त हुनुहोस् ।’ काठमाडौं लगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न आन्तरिक राजश्व कार्यालयहरु रहेका छन् । ती राजश्व कार्यालयहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्नु भएन । बजारको प्रभाबकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको बिकास, कर्मचारीमा नैतिकता र ईमान्दारिता तथा महालेखा परिक्षकको कार्यालयले प्रतिबेदनमा देखाएका कुराहरुलाई गंभिरता पूर्वक लिन जरुरी छ । यी सबै कुराहरुलाई सबै कार्यालय प्रमुखहरुले आत्मसाथ गरी लक्षित राजश्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्नु हुने भन्ने पूर्ण अपेक्षा गरेको बताएका छन् । समिक्षा प्रतिवेदनले एउटा राजश्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपात देखिन्छ । एक अर्कोमा धेरै फरक अनुपातमा संकलन देखिनुमा के विशिष्ठ परिवेश होला ? संकलन दर सबैतिर सामान्यत एकैप्रकार हुनुपर्ने होइन ? धेरै ठूलो अन्तर किन भइरहेको छ भन्दै मन्त्री डा. महतले विभाग प्रमुखहरुलाई प्रश्न गरे । झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट राजस्व आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ । यहाँ पनि समस्या देखियो । यसमा कहाँ त्रुटी भयो, त्यसको समीक्षा हुन जरुरी छ । तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी रहेकाे बताएका छन् । उनले भने, ‘समस्या पहिचान हुनुपर्यो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ ।’ बैठकमा मन्त्री डा. महतले भने, ‘यदि हामीले विश्लेषणपछि नयाँ कार्यदिशा तय गर्न सकेनौं भने कर्मकाण्डी समिक्षा मात्र हुन्छ, नयाँ काम गर्न सक्दैनौं । आन्तरिक राजस्व कार्यालयहरुमा कुनैको राजस्व संकलनमा प्रगति भएको छैन भने कुनैमा सामान्य प्रगति भएको छ । यी कार्यालयका प्रमुखहरुले किन यस्तो भयो भन्ने कारण खोज्नुपर्छ । बदमासी भएको छ, दुरुपयोग भएको छ भने कारबाहीको सिफारिस गर्नुपर्छ । अप्ठ्यारोमा पनि राम्रो परिणाम जसले दिएको छ, उनीहरुको मूल्यांकन गर्ने पद्धतिलाई विकास गर्नुपर्छ । गरे पनि त्यस्तै, नगर्दा पनि त्यस्तै भयो भने त के अर्थ भयो ?’ ‘पछिल्लो समयमा ठूला व्यवसायिक घराना त्यत्ति धेरै प्रभावित भएका छैनन्, अहिले साना व्यवसायी धेरै प्रभावित भएका छन् । त्यत्ति हुँदा पनि काठमाडौं उपत्यकामा किन राजस्व संकलनले लक्ष्यभन्दा कम उठ्छ ? भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भनिएको छ, यदि हो भने यो अपराध नै हो’, यसमा गम्भीररुपमा लिन मन्त्री डा. महतले आग्रह गरे ।