पैसाको जोहो गर्नुहोला ! थ्रीस्टार हाइड्रोले सोमबारदेखि आईपीओ बिक्री गर्दै
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारले वैशाख ११ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीय वासिन्दालाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गर्ने भइको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, कम्पनीले सर्वसाधारणलाई छुट्याइएको १५ प्रतिशत अर्थात् ७ करोड ३८ लाख ७५ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ७३ हजार ८७५ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा स्थानीय वास्निदा र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतममा स्थानीयले ४ लाख ९२ हजार ५ सय कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ७३ हजार ८७५ कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा वैशाख २५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि स्थानीय वासिन्दालाई छुट्याइएको सेयरमा पूर्ण आवेदन नपरेमा जेठ ९ गतेसम्म आवेदन दिने समय लम्निेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीया लगानीकर्ताले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
मोदी ईनर्जीले बैशाख १९ गतेदेखि आईपीओ बिक्री गर्ने, १ लाख कित्ता खरिद गर्न पाइने
काठमाडौं । मोदी ईनर्जीले बैशाख १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको सेयरमध्ये ४ लाख ३५ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ भने २ लाख १७ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ८७ हजार कित्ता कर्मचारीलाई छुट्याएको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता सेयर थप गरी कूल ५९ लाख ९५ हजार ४२० कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बैशाख २४ गतेसम्म आईपीओ खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
नेपाल बैंकले एकैपटक २८ करोडको सम्पत्ति बेच्दै
काठमाडौं । नेपाल बैंकले एकै पटक २८ करोड बराबरको सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको २७ करोड ९० लाख ३० हजार रुपैयाँ बराबरको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्रीमा राखेको हो । बैंकले आज बैशाख १० गतेदेखि आफ्नो नामको सुनसरीका विभिन्न ठाउँमा रहेको घजग्गा लिलाममा बिक्री गर्ने जनाएको छ । बैंकले सुनसरीको साविक दुहबी ५ स्थित कित्ता नम्बर ६, ४१४, ३९, ४०, ४१, १५ को क्रमशः ०-१२-१०, १-३-६.५, ०-७-३, ०-६-१२ र ०-१२-१५ क्षेत्रफल भएको घरजग्गा बिक्री गर्नेछ । बैंकका अनुसार सो जग्गाको मूल्य न्यूनतम ९ करोड ६८ लाख ७३ हजार ४४० रुपैयाँ तोकिएको छ । यस्तै, सोही क्षेत्रमा रहेको कित्ता नम्बर ६, ४१४, ३९, ४०, ४१ र १५ मिल मसिनरी सामग्री पनि बिक्री गर्नेछ । सो मसिनरीको मूल्य ५० लाख ८८ हजार ६ सय रुपैयाँ तोकिएको बैंकले जनाएको छ । यस्तै, सुनसरीको साविक सोनापुर२ ख स्थित कित्ता नम्बर १०१, १०२, ९८, १७२ र १७३ को ०-१०-१४, ०-७-५, ०-७-१, ०-५-० र ०-२-१३ क्षेत्रफल भएको जग्गा र भवन बिक्री गर्ने बैंकले जनाएको छ । सो जग्गाको मूल्य १७ करोड ७० लाख ६८ हजार ४० रुपैयाँ तोकिएको छ । बैंकले बिक्री गर्न लागेको घरजग्गा खरिद गर्न इच्छुकले २१ दिन अर्थात् बैशाख ३० गतेभित्र गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।
निक्षेप दाबी गर्न क्रिष्टल फाइनान्सको आह्वान
काठमाडौं । क्रिष्टल फाइनान्सले निक्षेप दाबी गर्न आह्वान गरेको छ । कम्पनी खारेज प्रक्रियामा रहेकाले फाइनान्समा जम्मा गरिएको निक्षेप दाबी गर्न कम्पनीले आग्रह गरेको हो । खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्समा निक्षेप खाता रहेका व्यक्ति, संघ तथा संस्थाहरुले १५ दिन आफ्नो लिन बाँकी निक्षेप भुक्तानी दावी पेश गर्न कम्पनीले अनुरोध गरेको हो । निक्षेप दाबी गर्दा निक्षेपकर्ताको खातामा रहेको नाम, निक्षेप रकम, निक्षेपकर्ताको दस्तखत (खाता खोल्दा वखतको), नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, कम्पनी, संघ तथा संस्थाहरुको हकमा दर्ता तथा प्यान प्रमाण पत्रको प्रतिलिपी र नेपाल राष्ट्र बैंकको ग्राहक पहिचान कार्यविधी बमोजिमको अन्य आवश्यक कागजातहरु र फोटो पनि पेश गर्नुपर्ने बताएको छ । पुनरावेदन अदालत, पाटनले वि.सं. २०७२ कात्तिक २० गतेको फैसला र वि.सं. २०७७ पुस १२ गतेको आदेशानुसार दामासाही सम्बन्धी ऐन, २०६३ को दफा ३७ (१) बमोजिम लिक्विडेटर नियुक्ति भई क्रिष्टल फाइनान्स खारेजीको प्रक्रियामा छ । दामासाही सम्बन्धी ऐन, २०६३ को दफा २२ को उपदफा (१) को खण्ड (ख) बमोजिम कम्पनीलाई ऋण प्रदान गर्ने सम्पूर्ण साहुहरुलाई १५ दिनभित्र आफनो ऋण दाबी पेश गर्न यस अघिनै सूचना जारी गरिसकेको कम्पनीले जनाएको छ ।
उपनिर्वाचन : बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान
काठमाडौँ । आइतबार विभिन्न ३ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनका लागि मतदान हुने भएको हो । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ । आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य हुने आयोगले बताएको छ । मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाउनको लागि मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निषेध गरिएको आयोगले जनाएको छ ।
मेन्छियाम हाइड्रोको आईपीओ ५ जनाले ११ कित्ता पाउने, १० कित्ता कतिले पाउँछन् ?
काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १४.४४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आईपीओमा १२ लाख २८ हजार २ सय जना आवेदकले १ करोड ३५ लाख ७ हजार ९६० कित्ता सेयरका १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १७ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ निष्कानश गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ८५ हजार १६७ कित्ता सेयर बिक्री गरेको थियो । जसमध्ये १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीले बैशाख ४ गतेदेखि बैशाख ७ गतेसम्म २२ हजार ४३९ कित्ता सेयर कर्मचारी, ५६ हजार ९९ कित्ता सेयर सामूहिक लगानी कोष र ९ लाख ३४ हजार ९१५ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ९३ हजार ४०१ जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहन्छन् । ५ जना आवेदकलाई भने बाँकी रहेको २ कित्ताबाट एक/एक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
नेप्सेमा १५ बैंकको साढे १४ करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १५ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् । हालसम्म नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, नबिल बैंक, प्रभु बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र साविकका सिभिल बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सेञ्चुरी कमर्सियल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यी सबैको बैंकको गरी कूल १४ करोड ४० लाख ९६ हजार ९०९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस वापतक २९ लाख ४७ हजार ७५५.९३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस वापतको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्राइम बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, नबिल बैंकको १८.५० प्रतिशत बोनस वापतको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविक सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशत बोनस सेयर वापत ४५ लाख ३८ हजार १०६.८७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्रभु बैंकको ६.५० प्रतिशत बोनस सेयर वापत ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद गरी कूल ८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सानिमा बैंकको १० प्रतिशत बोनस वापतको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, एभरेष्ट बैंकको १३ प्रतिशत बोनस वापतको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर वापत १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस वापतको ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ प्रतिशत बोनस वापतको ७३ लाख २३ हजार १६.५३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको सिभिल बैंकको ५ प्रतिशत बोनस वापतको ४५ लाख ३७ हजार ९२१.९५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको मेगा बैंकको ४ प्रतिशत बोनस सेयर वापतको ६४ लाख ४८ हजार १८४.५८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बानेस सेयर र कर प्रयोजनार्थ ३.७९ प्रतिशत नगद गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको बैंक अफ काठमाण्डूको ६ प्रतिशत बोनस वापतको ६३ लाख ७४ हजार ३९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ३.३६६३ प्रतिशत बोनस वापतको ३७ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.६३३७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मन्त्री श्रेष्ठले कैदीहरुलाई भनिन्-छुटाउन सरकारसँग कुरा गरिरहेकी छु
काठमाण्डौँ । गत आम निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी कैलाली कैलाली—१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भईन् । पार्टी स्थापनाको छोटो समयमा नै नेतृत्व लिँदै उनी सांसद बनिन् । श्रेष्ठ कैलालीको टिकापुर घटनाका मुख्य कमाण्डर रेशम चौधरीकी धर्मपत्नी हुन् । थरुहट आन्दोलनका कमाण्डर चौधरी अहिले डिल्ली बजार कारागारमा कैदीबन्दीका रुपमा छन् । तर, सोही आन्दोलनको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय, प्रदेश र केन्द्र सरकारमा आफ्नो प्रतिनिधित्व गरिरहेको छ । जसको नेतृत्व अहिले रन्जिताले गरिरहेकी छिन् । उनी केन्द्रको सांसद मात्रै भईनन्, अहिले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा कार्यभार सम्हालीरहेकी छिन् । उनी गत चैत्र १७ गते मन्त्री नियुक्ति भएकी हुन् । मन्त्री नियुक्त भएलगत्तै उनी सुरुमा मन्त्रालय मातहतका कार्यालयहरुका कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने र आवश्यक नीति योजनाहरु बनाउने काममा व्यस्त भईन् । मन्त्री भएपछि तत्काल निर्वाचन क्षेत्र जान नपाएकी श्रेष्ठ शुक्रबार गते पहिलो पटक सुदुरपश्चिम प्रदेश पुगिन् । विमान मार्फत निर्वाचन क्षेत्र पुगेकी उनी धनगढी बिमानस्थल ओर्लिए लगत्तै जिल्ला कारागार कैलाली पुगिन् । सचिवालयका अनुसार त्यहाँ जाने पूर्वनिर्धारित कार्यक्रम भने थिएन् । तर, मन्त्रीले कारगार जाउँ भनेपछि सचिवालयले उनलाई कारागारसम्म पुर्यायो । उनले त्यहाँ पुगेर टिकापुरको थरुहट आन्दोलनमा दोषि ठहरिएर कैदीबन्दी जीवनयापन गरिरहेका राजबन्दीलाई भेटिन् । सचिवालय सदस्यले रमेश बिकले भने, ‘उहाँले धरातल बिर्सनु भएको रहेनछ । आफू स्थापित भएको जग बिर्सनु भएको रहेनछ । आफूलाई मन्त्री बनाउने, पार्टीलाई स्थापित गराउनेहरुका योगदान बिर्सनु भएको रहेनछ भन्दै राजबन्दीहरु खुसी हुनुभयो ।’ राजबन्दीहरुको कुरा सुनेपछि मन्त्री श्रेष्ठले रिहाईका लागि सरकारसँग पटकपटक बार्ता गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने संकेत देखिएको बताएको बिकले सुनाए । कारागारमा राजबन्दीहरुलाई भेटेपछि मात्रै मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता तथा आम जनताहरुलाई भेटघाट तथा पूर्वनिर्धारित कार्यक्रममा अघि बढेकी थिईन् । मन्त्री श्रेष्ठले गौरिगङ्गा नगरपालिकाका मुक्तकमैया, कमलरीहरुलाई आफ्नै पालामा जमिन उपलब्ध गराउने प्रतिबद्धता दिईन् । यस्तै कैलालीका मुक्तकमैया शिबिरमा भेटघाटका साथै कमैयाहरुलाई सम्बोधन तथा भूमी सम्बन्धी समस्याको समाधान गर्ने प्रतिबद्धता गरिन् । यस्तै मन्त्री श्रेष्ठले रानिजमरा कुलरिया सिचाइ आयोजनाका कार्यकारी निर्देशकलाई भेटेर आयोजनाको बारेमा जानकारी लिँदै छिटो भन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिईन् । मन्त्रीले कैलालीको धनगढीमा रहेको जिल्ला मालपोत तथा नापी कार्यालयको निरीक्षण गरि सेवाग्राहीहरुलाई सहज र सरल सेवा सुबिधाका दिन कर्मचारीलाई निर्देशन दिईन् ।