उपनिर्वाचन : बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान

<p>काठमाडौँ । आइतबार विभिन्न ३ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनका लागि मतदान हुने भएको हो । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई [&hellip;]</p>

काठमाडौँ । आइतबार विभिन्न ३ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनका लागि मतदान हुने भएको हो ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ ।

आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य हुने आयोगले बताएको छ ।

मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाउनको लागि मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निषेध गरिएको आयोगले जनाएको छ ।

Share News