विकासन्युज

यूनाइटेड इन्स्योरेन्सको नाफा ४७.११ प्रतिशत बढ्दा ईपीएस १८.६० रुपैयाँ

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४७.११ प्रतिशत बढेर १५ करोड ५ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ४१ प्रतिशत घटेर ३५ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २०.७७ प्रतिशत बढेर २९ करोड ७ लाख रुपैयाँ गरेको छ । गत आर्र्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड रुपैयाँ, जगेडा कोष २१ करोड ७८ लाख रुपैयाँ, बीमा कोष ५० करोड २३ लाख रुपैयाँ र महाविपत्ति कोष १ करोड ५६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.०१ गुणा रहेको छ । तथ्याङ्क अनुसार कम्पनीको ६ हजार ८३० दाबी वापत ८७ लाख २५ हजार रुपैयाँ भुक्तानी हुन बँँकी रहेको छ ।

रिलायबल नेपाल लाइफको नाफा ३५.६४ प्रतिशत बढ्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३५.६४ प्रतिशत बढेर २८ करोड ५७ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको कूल बीमा शुल्क ८.३२ प्रतिशत घटेर २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९९ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४४.१२ प्रतिशत बढेर ७८ करोड ३१ लाख रुपैयाँ गरेको छ । गत आर्र्थिक वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष ३०.४९ प्रतिशत बढेर १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ र जीवन बीमा कोष ४८.२३ प्रतिशत बढेर ६ अर्ब २० करोड २७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३.६१ रुपैयाँ रहेको छ ।

एलआईसीले १३ सय प्रतिशत नाफा बढायो, जीवन बीमा कोष १ खर्बमाथि

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (नेपाल)को चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १ हजार २९४ प्रतिशत बढेर ८ करोड ३७ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १२ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ अर्ब ६२ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी १.२६ प्रतिशत घटेर ६ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ, जगेडा कोष २.५४ प्रतिशत घटेर ६९ करोड ९ लाख रुपैयाँ, जीवन बीमा कोष १५.७६ प्रतिशत बढेर १ खर्ब ४ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ र महाविपत्ति कोष ३६ करोड ८९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा, प्रतिसेयर नेट्वर्थ १३९ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानप् अनुपात ४२२.७९ गुणा रहेको छ । कम्पनीका अनुसार ३४ करोड ८९ लाख ५८ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

हिमालयन एभरेष्टको खुद बीमा शुल्क २६ प्रतिशत बढ्यो, २३ करोड नाफा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६.६० प्रतिशत बढेर २३ करोड ७ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क २६ प्रतिशत बढेर ८९ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६.५४ प्रतिशत घटेर ३६ करोड ८१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ, जगेडा कोष ८७ करोड ५१ लाख रुपैयाँ, बीमा कोष १ अर्ब २० करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोष ५ करोड ११ लाख रुपैयाँ रहेको छ । तथ्याङ्क अनुसार कम्पनीको १० हजार ४२५ (कोरोना बीमा ५ हजार ८३२) दाबी वापत १ अर्ब ७० करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीको प्रतिेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा, प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ४१.९६ गुणा रहेको छ ।

क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी

काठमाडौं । क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर प्रतिव्यक्ति १० लाख रुपैयाँमा लग्ने भन्दै रकम असुलेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । त्यहाँ पुगेपछि प्रतिष्ठित अटोमोबाइल कम्पनीमा जनरल वर्करको काम लगाइदिने र त्यहाँबाट मासिक २ लाख रुपैयाँसम्म तलब पाइने भन्दै उनले पीडितबाट ५ लाख रुपैयाँ असुलेको फेला परेको छ । यसरी रकम लिएपछि फरार भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन गरेको अनुरोधको आधारमा पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको रेग्मीले बताए । यस्तै, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मोबाइल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्नेलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका धनुषाका आदित्य कर्णले विभिन्न मोडेलका मोबाइल सेट किन्नका लागि सम्पर्कमा आएमा आएका व्यक्तिलाई पोखरा, चितवनलगायतका स्थानमा मोबाइल पसल छ भनी कुरियर, कार्गोलगायतका माध्यमबाट मोबाइल डेलिभरी गरी पठाइदिन्छु भन्दै रकम ठगी गरेका थिए । उनले यसरी झुक्यानमा पारी अर्डरबमोजिमको मोबाइल उपलब्ध नगराई १५ जनाबाट ४ लाख ८५ हजा रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् । सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन् । चापागाईंले यसअघि सन् २०२० फेब्रुअरीमा ४ वर्ष सो पदको पहिलो कार्यकाल सम्हालेका थिए । स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो । सो बोर्डमा विश्वका २९ देश सहभागी रहेको बताइएको छ । चापागाईंले सन् २०२८ को जनवरीसम्म आइएफआरसीको सर्वोच्च पदको नेतृत्व गर्नेछन् । आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रुपमा मानवीय सहयोग गर्दैआएको छ । दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागाईंले भने, ‘अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु, थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।’ तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईंले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए । विश्वका १९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् । सल्फेरिनो युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फुर्त प्रदान गर्न जँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ । सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई आइएफआरसीले बर्सेनि मानवीय सहायता पु¥याउने गरेको छ । साथै रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्छ ।

सिटि होटलको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज बैशाख २८ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो ।सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सेयरमा सामूहिक लगानी कोष, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयरमा कर्मचार र बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट कम्पनीको सेयर खरिद गर्न सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

आइजीआई प्रुडेन्सियलको एकिकृत कारोबार सुरु

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एकिकृत कारोबार सुरु भएको छ । दुवै कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको हो । तीन अरब २ करोडको चुक्ता पूँजी सहित आफु निर्जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो बीमा कम्पनीको भएको दावी गरेको छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृ (सीईओ) युगेश भक्त बादे श्रेष्ठ र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) श्रवण रावल बनेका छन् । अध्यक्ष ढकालले दिउँसै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालसमक्ष पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।