विकासन्युज

अर्थ मन्त्रालयमा ‘सरुवा’ आंतक, एक सातामै ८० कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं । मुलुकमा दुई ठूला दलहरुको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहँदा कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ । स्थायी सरकारका रुपमा मानिने कर्मचारी प्रशासनलाई वर्तमान सरकारले चरम रुपमा अस्थिर बनाएको पछिल्ला घटनाहरुले पुष्टी गरेका छन् ।  पछिल्लो एक सातामा मात्रै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयभित्र सरुवा आंतक चलेको छ । एक सातामै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरुको सरुवा हुँदा कुन कर्मचारी कति बेला कहाँ पुग्ने हो भन्ने भयमा यतिबेला अर्थका अधिकारीहरु पुगेका छन् । अर्थमन्त्रालय मातहतका कर्मचारीको सरुवामा अर्थमन्त्री विष्णु पौडेलले व्यापक रुपमा ध्यान केन्द्रित गराएका छन् । मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको एक साता नबिन्दै पौडेलले ६८ जना उपसचिवको सरुवा गरेका छन् । वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उहाँको ठाउँमा काजीबाबु कोईरालालाई पठाइएको छ । कोईराला त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रुपमा कार्यरत थिए । मन्त्री पौडेलले ढुंगानासहित विभिन्न कार्यालयका १३ जनालाई मन्त्रालयमा तानेका छन् । मन्त्री पौडेलले साउन ३० गते भन्सार विभागका महानिर्देशकसहित एकदर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेका थिए । यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा  अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेका थिए ।  मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रुपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बताएका छन् ।  पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए । पौडेलले निरौलालाई एक महिनामै हटाएका थिए । निरौलालाई तत्कालिन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थिए । पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाए । तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएन । पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो ।  मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको छ । भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिएका छन् ।   भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् । अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन् भने सहसचिव टंकनाथ लम्साललाई त्रिभूवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।  वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेर उनको ठाउँमा सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई सरुवा गरिएको छ । त्रिभूवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलिपकुमार गौतमलाई ठूला करदाता कार्यालयमा सरुवा गरिएको छ । आन्तरिक राजश्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालय पुगेका छन् भने अर्थमन्त्री पौडेलले मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुमन दाहाललाई दिएका छन् । यसअघि यो महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल थिए ।  यसरी बजेट कार्यान्वयनको शुरुवातमै कर्मचारीतन्त्रमा अस्थीरता चरम रुपमा बढ्दा कार्यान्वयनमा धक्का पुग्ने खतरा बढेको छ । बरम्बार कर्मचारी हेरफेर हुँदा सरकारले लिएका लक्ष्य भेट्न कठिन हुने र बजेट, कार्यक्रम तथा योजनाहरु कार्यान्वयनमा समेत ठूलो असर पर्नसक्ने जानकारहरुको बुझाइ छ । 

कोटेश्वरमा सुरुङमार्ग र दुई फ्लाईओभर बन्ने निश्चित, जापानसँग ३० अर्ब ऋण लिइने

काठमाडौं ।  काठमाडौं उपत्यकाको सबैभन्दा बढी ट्राफिक जाम हुने कोटेश्वर चोकमा अब सुरुङमार्ग (कट एन्ड कभर) र दुईवटा फ्लाईओभर निर्माण हुने निश्चित भएको छ ।  सरकारले ‘कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना’ कार्यान्वयनका लागि जापान सरकारसँग करिब ३० अर्ब ८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेसँगै यो परियोजना कार्यान्वयनको बाटो खुलेको हो ।  भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले जापानसँग ३४ अर्ब ४९ करोड येन ऋण लिने निर्णय गरेको हो ।  नागढुंगा सुरुङमार्गपछिको नेपालको यो अर्को ठूलो पूर्वाधार परियोजनाले कोटेश्वरको दैनिक जामबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लालाई जोड्ने मुख्य बिन्दु भएकाले कोटेश्वर चोकमा सवारीको चाप अत्यधिक हुने गरेको छ ।  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा तयार पारिएको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार तीनकुनेदेखि जडीबुटीसम्मको क्षेत्रमा विभिन्न संरचना निर्माण हुनेछन् । यद्यपि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्रै संरचनाको अन्तिम टुङ्गो लाग्ने सडक विभागले जनाएको छ । जाइकाको प्रारम्भिक अध्ययनले प्रस्ताव गरेका मुख्य संरचनाहरूमा तिनकुनेदेखि विमानस्थलसम्म ६६४ मिटर लामो फ्लाइओभर बन्नेछ भने विमानस्थल परिसरभित्र ७०० मिटर लामो ‘कट-एन्ड-कभर’ प्रकारको सुरुङमार्ग बन्ने तथा विमानस्थलदेखि जडिबुटीसम्म २३८ मिटर लामो अर्को फ्लाइओभर बन्ने विभागले जनाएको छ ।  सडक विभागले काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लालाई असर गर्ने र ट्राफिकको चाप अत्यधिक भएकाले यो परियोजना प्राथमिकतामा पर्नु स्वाभाविक भएको जनाएको छ ।  ‘त्यहाँ ट्राफिक धेरै छ, त्यसैले यो प्राथमिकतामा परेको हो,’ विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन अर्यालले भने ।  यद्यपि उनले सरकारले ऋण लिन सैद्धान्तिक निर्णय गरे पनि प्रक्रिया भर्खरै सुरु भएको बताए ।  ‘अहिलेसम्म हामीलाई पनि पत्रिकामार्फत थाहा भएजति नै जानकारी छ । अब दुई देशबीच ऋण सम्झौता भएर आधिकारिक रूपमा आएपछि विस्तृत काम अघि बढ्छ,’ उनले भने ।  विभागका अनुसार अहिले प्रस्ताव गरिएका संरचनाहरू ‘थ्योरेटिकल’ अर्थात् अवधारणागत मात्रै हुन् । अब विस्तृत सर्भे र डिजाइनको काम सुरु गरिनेछ । ‘अब सर्भे डिजाइन गरेर बल्ल फाइनल रूप दिन्छौं अनि मात्र निर्माण सुरु हुन्छ,’ उनले भने ।  आयोजनाको डिजाइन, निर्माण र कार्यान्वयनको सम्पूर्ण जिम्मा सडक विभागले नै लिनेछ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (फिजिबिलिटी स्टडी) भए पनि विस्तृत वातावरणीय अध्ययन हुन बाँकी रहेको विभागले जनाएको छ ।  यस्तै, जापानसँग ऋण लिने विषयमा अर्थमन्त्रालयमा सम्पर्क गर्दा प्रवक्ता, सूचना अधिकारी लगायत अर्थमन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले यसबारे जानकारी नभएको बताएको छ ।  जाइकाको अध्ययनअनुसार आयोजनाको अनुमानित समयरेखा ऋण सम्झौता सन् २०२५ को  सेप्टेम्बर रहेको छ । विस्तृत डिजाइन र टेन्डरको  तयारी २०२६ जुनदेखि २०२७ मेसम्म गरिने सडक विभागले जनाएको छ ।  यस्तै, निर्माण कम्पनीसँग सम्झौता २०२८ को अप्रिल गर्ने तथा निर्माण सम्पन्न हुने लक्ष्य २०३३, अगस्टसम्मको लिएको सडक विभागले जनाएको छ ।  यो आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकाको मुख्य पूर्व-पश्चिम यातायात प्रवाह थप प्रभावकारी हुने र विशेष गरी अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको ट्राफिक जाम न्यूनीकरणमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ ।

सिटिजन्स बैंकले बागमतीमा नेतृत्व विकास सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले बागमती प्रदेशका प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा कर्मचारीहरूलाई लक्षित गरी 'ईम्पावरिङ्ग लिडरसिप इन बागमतीः अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्सिलेन्स' नामक कार्यक्रम सम्पन्न गरेको छ । बैं कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरू समेतको उपस्थिति रहेको सो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि र कार्यक्षमता सुदृढीकरणमा केन्द्रित थियो । कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल भएको बैंकले जनाएको छ । यसअघि मधेश प्रदेशमा पनि यस्तै सेमिनार आयोजना भइसकेको र अन्य प्रदेशहरूमा समेत चरणबद्ध रुपमा सञ्चालन गर्ने योजना रहेको छ । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद व्याज आम्दानी लगायतका सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको जनाएको छ । समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ११.६९ प्रतिशतले बढ्दै २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब बढी हो । खुद व्याज आम्दानीमा पनि ११.२० प्रतिशत वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । हाल बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशतमा कायम छ, जसले तरलता व्यवस्थापन सन्तुलित रहेको देखाउँछ । त्यस्तै, सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।

टेस्लाको मोडल वाई एल चीनमा सार्वजनिक, अमेरिकामा भने उत्पादन नहुने संकेत

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले कम्पनीले यसै हप्तादेखि चीनमा बजारमा ल्याएको नयाँ छ-सीटको मोडल वाई भेरियन्ट सायद अमेरिकामा कहिल्यै उत्पादन नहुने बताएका छन् । उनले स्वचालित (सेल्फ-ड्राइभिङ) सवारीसाधनको बढ्दो प्रभावका कारण उत्पादन नहुने बताएका हुन् । शाङ्घाई कारखानामा बनेको मोडल वाई एलमा लामो ह्वीलबेस र तीन पंक्तिको सिट रहेको छ । यसको मूल्य करिब ४७ हजार २०० अमेरिकी डलर तोकिएको छ । यो मंगलबारदेखि चीनमा बिक्रीमा आएको हो, जहाँ टेस्लाले बाईडी र साओमीजस्ता स्थानीय ईभी निर्माताहरूको तीव्र प्रतिस्पर्धा सामना गरिरहेको छ । ‘यो भेरियन्ट अमेरिकामा अर्को वर्षको अन्त्यसम्म उत्पादन सुरु हुँदैन,’ मस्कले सामाजिक सञ्जाल एक्स एक्समा प्रयोगकर्ताको पोस्टको जवाफ दिँदै भनेका छन्। ‘सायद कहिल्यै नहोला किनभने अमेरिकामा सेल्फ-ड्राइभिङ युग सुरु भइसकेको छ ।’ मस्कले स्वचालित सवारीसाधनको बढ्दो प्रभावले किन छ सीटरको आवश्यकता घटाउँछ भन्नेबारे भने खुलाएका छैनन् । तीन पंक्तिसहितका पेट्रोलबाट चल्ने एसयूभीहरू अमेरिकन परिवारहरूमा लामो समयदेखि लोकप्रिय छन् । तर, लाभ कमाउने गरी तीन पंक्तिको इलेक्ट्रिक गाडी बनाउनु अझै पनि गाह्रो मानिन्छ । यसैबीच ट्रम्प प्रशासनका हालैका नीतिगत परिवर्तनहरूले इलेक्ट्रिक गाडीलाई अझै महँगो बनाउने देखिएको छ, जसका कारण अटो कम्पनीहरू साना र सस्ता भेरियन्टतर्फ बढी ध्यान केन्द्रित गरिरहेका छन् । टेस्ला यसै वर्षपछि सस्तो मोडल वाई ल्याउने तयारीमा पनि छ जसमा कम प्रिमियम सुविधाहरू हुने अपेक्षा गरिएको छ । मस्कले यसलाई 'साधारण मोडल वाई' भनेर वर्णन गरेका छन् । अमेरिकामा टेस्लाले आफ्नो ध्यान बिस्तारै रोबोट्याक्सी महत्त्वाकांक्षातर्फ केन्द्रित गरिरहेको छ । कम्पनीले जून महिनामा अष्टिनमा सीमित रोबोट्याक्सी सेवा सुरु गरिसकेको छ र यसै वर्षको अन्त्यसम्म अमेरिकी जनसंख्याको आधाभन्दा बढी क्षेत्रमा विस्तार गर्ने लक्ष्य राखेको छ । मस्कले गत वर्ष लगानीकर्ताहरूसँगको छलफलमा भविष्य स्वचालित बन्ने भएकाले पारम्परिक गाडी बनाउन ‘निरर्थक’ हुने बताएका थिए । आगामी वर्ष टेस्लाले साइबरक्याब नामक दुई सिटे, स्टेयरिङ र पेडल नभएको विशेष रोबोट्याक्सी मोडेलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ । बीवाईडी र साओमीसँगको भिडन्तमा टेस्लाको नयाँ हतियार ‘मोडेल वाई एल’  

दिपल एस०७ आईसी किन्दा ५ वर्षसम्म निःशुल्क बीमा, सर्भिस र चार्जिङ सुविधा पाइने

काठमाडौं । नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै ‘नेक्स्ट लेभल कनेक्टिभिटी’सहितको ‘बेस्ट लुकिंग’ इभी दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ योजना घोषणा गरेको छ । नेपालको नं १ लक्जरी इभीको स्थानलाई मजबुत बनाउँदै एमएडब्लु वृद्धिले दिपल एस०७ मा यो ग्राहक योजना ल्याएको हो ।  कम्पनीका अनुसार योसँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजना पनि पाउनेछन् । यस योजना अन्तर्गत दिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो इभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्ममा एमएडब्लुबाट ‘ग्यारेन्टिड बाइब्याक भ्यालु’ पाउनेछन् । यसबाट दिपल एस०७  खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लुले गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिइनेछ । यो योजनासँगै ग्राहकहरुले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ यानि दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउनेछन् । यो योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्म निशुल्क ‘अटोप्लस इन्स्योरेन्स’, निशुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निशुल्क चार्जिंगमा लाग्ने शुल्क र निशुल्क ‘रोडट्याक्स’ लगायतका सुविधा पाउनेछन् । ‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, इभी किन्ने आत्म विश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको इभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।  ‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी इभी सेग्मेन्टमा दिपल एस०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ ।

एकवर्षमा विपद्का घटनाबाट १४ करोड बढीको क्षति

विराटनगर । विपद्सम्बन्धी घटनाबाट एक वर्षमा मोरङमा कुल १४ करोड ९२ लाख २९ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ४१२ वटा विपद्का घटना घटेका थिए । त्यसमध्ये सबैभन्दा बढी आगलागीका २६१ घटनामा १४ करोड ६५ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ । चट्याङका ११ घटनामा दुई महिला, एक पुरुषको मृत्यु, दुई घाइते र एक घर क्षति भई तीन लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ । त्यसैगरी, डुबानका चार घटनामा ६५ हजार रुपैयाँ, हावाहुरीका सात घटनामा एक घर पूर्णरुपमा र २२ घरमा आंशिक क्षति हुन गई छ लाख ८५ हजार रुपैयाँ तथा जङ्गली जनावरका आक्रमणका ३४ घटनामा दुई महिला र दुई जना पुरुषको मृत्यु एवं १५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको भौतिक क्षति भएको जिल्ला आपतकालीन् कार्य सञ्चालन केन्द्रले जनाएको छ । सो अवधिमा बाढीका १० घटनामा १८७ घरमा क्षति, पहिरो एक, सर्पदंशका ४३ घटनामा चार महिला र चार पुरुषको मृत्यु, भिरबाट लडि एक जनाको मृत्यु र करेन्टका ४०  घटनामा सात महिला र आठ पुरुषको मृत्यु भएको जनाइएको छ । कुल ३६ वटा चौपयाको मृत्यु भएको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद्का घटना थाहा पाउने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी स्थानीयको सहयोग लिने गरको बताए ।  

घट्दै वैदेशिक सहायता, लक्ष्यको ३३ प्रतिशत मात्रै

काठमाडौं । पछिल्लो समय वैदेशिक सहायता आउने क्रम घट्दै गएको छ । अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ अर्ब ३३ करोड अनुदान प्राप्तिको लक्ष्य राखेको सरकारले जम्मा २३ अर्ब ५३ करोडमात्रै प्राप्त गरेको छ । जुन लक्ष्यको ३२.६२ प्रतिशत मात्रै हो ।  अघिल्लो आर्थिक वर्षमा सरकारले ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा २४ अर्ब प्राप्त भएको थियो । जुन लक्ष्यको तुलनामा प्राप्ति ४९.०८ प्रतिशत हो ।  अघिल्लो आवको तुलनामा वैदेशिक अनुदान प्रप्ति २.०४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा २०८१/८२ मा सरकारले लिने ऋण समेत घटेको छ ।  आव २०८१/८२ मा २ खर्ब १७ अर्ब वैदेशिक ऋण लिने सरकारको लक्ष्य रहेकोमा १ खर्ब २५ अर्ब ४० करोड मात्रै ऋण लिन सरकार सफल भएको छ । यो सरकारले लिएको वैदेशिक ऋण लक्ष्यको तुलनामा ५७.७८ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०/८१ मा २ खर्ब १२ अर्ब ऋण लिने सरकारले लक्ष्य राखेको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब ६६ करोड सरकारले ऋण लिएको थियो ।  लक्ष्यको तुलनामा ५९.०७ प्रतिशत सरकारले ऋण लिएको थियो । अघिल्लो वर्षको तुलनामा २०८१/८२ मा वैदेशिक ऋण प्राप्ति ०.२१ प्रतिशतले घटेको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।   कुल वैदेशिक सहायतातर्फ २०८१/८२ मा सरकारले २ खर्ब ६९ अर्ब वैदेशिक सहायता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४८ अर्ब त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको ५५.१५ प्रतिशत हो।  अघिल्लो आवमा सरकारले वैदेशिक सहायतातर्फ  २ खर्ब ६२ अर्ब वैदेशिक सहायता लिने लक्ष्य लिएको थियो । उक्त आवमा सरकारले १ खर्ब ४९ अर्ब ६७ करोड त्यस्तो सहायता प्राप्ति गरेको छ । जुन प्राप्ति वार्षिक लक्ष्यको तुलनामा ५६.९८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा वैदेशिक सहायता ०.४९ प्रतिशतले घटेको अर्थमन्त्रालयको तथ्यांकले प्रष्ट देखाएको छ । 

डिशहोमको कुशे औंसी अफर सार्वजनिक

काठमाडौं । डिशहोमले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारी ग्राहकहरूका लागि अफर ल्याएको छ ।  अफरअन्तर्गत अब वार्षिक नयाँ इन्टरनेट (एमबीपीएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ पर्ने फोर-के स्ट्रीमर उपहार स्वरूप दिनेछ । यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ ।  ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर उपहार लिनसक्ने डिसहोमले जनाएको छ ।