काठमाडौंका सीडीओ विवादमा : 'आफ्ना दुई छोरी विदेशमा, जनाताका छोराछोरीलाई गोली'
काठमाडौं । जेनजी प्रदर्शनमा गोली चलाउन आदेश दिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल विवादमा तानिएका छन् । सोमबार भएको जेनजी प्रदर्शनमा गोली हान्ने आदेश दिने रिजाल विवादमा तानिएका हुन् । उनले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई गोली हान्न आदेश दिएका थिए । सीडीओ रिजालको छोरी विदेशमा रहेको चर्चा सामाजिक सञ्जालमा छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले ‘न्याय माग्ने जनतालाई गोली हान्ने आदेश दिनेले आफ्ना सन्तानलाई विदेश पठाउने अधिकार कसरी राख्छ ?’ भन्दै आक्रोश पोखिरहेका छन् । रिजाललाई गत भदौ ४ गते गृह मन्त्रालयले काठमाडौंको सीडीओमा खटाएको थियो । यसअघि उनी गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत थिए । केही प्रयोगकर्ताले रिजालको फेसबुक प्रोफाइलमा समेत गई उनीविरुद्ध निकै आक्रोश पोखिरहेका छन् । जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा हालसम्म १५ जनाको ज्यान गएको खुलेको छ । सयौं घाइते छन् । विदेशमा छोरी पठाएर सुरक्षित राखी जनताका छोराछोरीलाई गोली खान लगाएको भन्दै उनको व्यापक आलोचनामा भइरहेको छ । सरकारी वेबसाइटबाट रिजालको फोटो पनि हटाइएको छ ।
जेनजीको आन्दोलनमा भएको घटना दुखद, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाइयोस्ः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भएको जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद घटनाले स्तब्ध र गम्भीर बनाएको बताएका छन् । प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे । ‘जेन-जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धको मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारी पूर्वक ठोस कदम चालोस्,’ उनले भने । साथै, काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन-जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भीमसेन थापा गाउँपालिका-३, टारिफाटमा बसेको छ। बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ। त्यसैगरी, जेन-जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धको मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारी पूर्वक ठोस कदम चाल्न सरकार समक्ष माग गरेको छ।
सिंहदरबारमा सामाजिक सञ्जाल निरन्तर सञ्चालनमा
काठमाडौं । सिंहदरबार परिसरमा रहेका सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनमा रहेको छ । सिंहदरबारको वाइफाइ नेटवर्क प्रयोग गर्दा फेसबुक, ह्वाट्सएप, मेसेंजरलगायतका प्लेटफर्म सहजै खुल्ने गरेका छन् । संसद् सचिवालयका कर्मचारी र सांसदहरूले यसो विगतदेखि नै हुँदै आएको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक चलिरहेका बेला संसद् भवन नयाँ बानेश्वर बाहिर सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन चर्किएको थियो । त्यही क्रममा गृहमन्त्री रमेश लेखक बैठकस्थलबाट बाहिरिएपछि समिति बैठक स्थगित भएको थियो । बैठकपछि एक सांसदले भने, 'सिंहदरबारमा चल्ने, बाहिर नचल्ने भएपछि नागरिकमा आक्रोश बढ्नु स्वाभाविक हो ।'
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो, दर्जनौं गम्भीर, सयौं घाइते
काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचनाअनुसार प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना जनाको मृत्यु भएको हो । दर्जनौंको अवस्था गम्भीर रहेको छ भने सयौं बढी घाइते भएका छन् ।
यी हुन् राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ५० जना घाइते (नामसहित)
काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा घाइते भएका राष्ट्रिय ट्रमा सेन्टरमा ५० जना उपचाररत रहेका छन् । अस्पतालले सार्वजनिक सूचीमा ५०जना जेनजी प्रदर्शनकारी घाइते भएका हुन् । उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका प्रदर्शनकारीको नामसहित सूची सार्वजनिक गरेको हो ।
यी हुन् ट्रमा सेन्टरमा मृत्यु भएका ६ प्रदर्शनकारी
काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरका अनुसार वर्ष २३ का श्रीयाम चौलाईं, बाँकेका वर्ष २१ का सुलभ राज श्रेष्ठ, किर्तिपुरका ४२ वर्षीय बुद्धी तामाङकाृ मृत्यु भएको छ । अस्पतालका अनुसार अन्य तीन जनाको पहिचान खुल्न सकेको छैन् ।
पोखरामा निषेधाज्ञा जारी
गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । उनका अनुसार सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट ९बैदाम०, उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैङ्कचोक ९दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालयअगाडि, ड्यामसाइड० सम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो, घाइतेले अस्पताल भरिभराउ
काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ । उपचारका लागि ट्रमा सेन्टर पु¥याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । यस्तै, केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक÷एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । ट्रमा सेन्टरमा पुगेका हाम्रा सम्वाददाताका अनुसार ट्रमामा ५० जनाको उपचार भइरहेको छ ।