कर्फ्यूमा खटिएका नेपाली सेनासँग सडकमा भिडन्त गर्दै जेनजी प्रदर्शनकारी
काठमाडौं । जेनजी प्रदर्शनकारीहरू नेपाली सेनासँग सडकमा भिडिरहेका छन् । विकासन्युजका संवाददाता नरेश बोहराले कर्फ्यूमा खटिएका नेपाल आर्मी (नेपाली सेना)सँग दोहोरो भीडन्त गरिरहेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश जारी लगत्तै नेपाल आर्मी सो क्षेत्रमा खटिएका छन् । तर, कर्फ्यूको बेवास्ता गर्दै प्रदर्शन जारी राखेपछि नेपाल आर्मी र जेनजी प्रदर्शनकारीहरू बीच भिडन्त जारी रहेको बोहराले बताए । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो । साथै प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको छ । जेनजीले प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् भने संसद भवनभित्र छिरेर आगजनी समेत गरेका छन् ।
जेनजी प्रदर्शन : सिभिल अस्पतालभित्रै फायर
काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीले सिभिल अस्पतालभित्रै अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सिभिल अस्पताल परिसरमै अश्रुग्यास फायर भएको हो ।
अपडेट : जेनजी प्रदर्शनमा तीन जनाको मृत्यु
काठमाडौं । जेनजी प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ । प्रदर्शनमा उपस्थित हाम्रा सम्वाददाताका अनुसार प्रदर्शनमा तीनको गोली लागेर मृत्यु भएको हो । यसअघि दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनमा दर्जनौंलाई गोली लागेको छ भने सयौं घाइते भएका छन् । मृतकको पहिचान हुन सकेको छैन ।
ब्रेकिङ : अर्का एक जना विद्यार्थीको गोली लागेर मृत्यु
काठमाडौं । जेनजी प्रदर्शनमा अर्का एक जनाको मृत्यु भएको छ । प्रदर्शनमा उपस्थित हाम्रा सम्वाददाताका अनुसार प्रदर्शनमा सहभागी भएका एक जना विद्यार्थीको पनि टाउकोमा गोली लागेर मृत्यु भएको हो । स्कूल ड्रेसमा रहेका ती विद्यार्थीको टाउकोमा गोली लागेर मृत्यु भएको हो । यसअघि एक जनाको पनि मृत्यु भएको थियो । ८ जनालाई गोली लागेको छ । @bikashnews जेनजी प्रदर्शनः प्रहरीको गोली लागेर एकजनाको मृत्यु, १०० भन्दा बढी घाइते #bikashnewshd #bikashnews #short #genzvoice #genz ♬ original sound - BikashNews
रास्वपाले बोलायो आकस्मिक बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे सचिवालय बैठक बोलाइएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार जेनजी प्रदर्शनको बारेमा छलफल गर्न बैठक बोलाइएको हो । जेनजी प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६ जनालाई गोली लागेको छ । त्यसैगरी दर्जनौं घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको हो । यसअघि प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ ।
जेनजी प्रदर्शनमा पत्रकारलाई लाग्यो गोली
काठमाडौं । जेनजी प्रदर्शनमा पत्रकारलाई पनि गोली लागेको छ । प्रदर्शन स्थलमा रहेका हाम्रा सम्वाददाताका अनुसार कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले टेलिभिजनको लाइभमा भनेका छन् ।
जेन जी प्रदर्शन : संसद भवनमा आगजनी
काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारी भवनभित्र छिरेर आगजनी गरेका हुन् । प्रदर्शन स्थलमा सहभागी हाम्रा संवादाताका अनुसार भवनभित्रै आगजनी गरिएको हो।
जेनजी प्रदर्शन : १ जनाको मृत्यु, ६ जनालाई गोली लाग्यो, दर्जनौं घाइते
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सोमबार भएको जेनजी प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६ जनालाई गोली लागेको छ । त्यसैगरी दर्जनौं घाइते भएका छन् । प्रदर्शनकारीले संसद भवनमा आगो लगाएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको हो । यसअघि प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ ।