विकासन्युज

आन्दोलनबीच नयाँ बानेश्वरका विद्यालयमा विद्यार्थी रोकिए, प्रहरीको समन्वयमा घर पठाउने तयारी

काठमाडौं । जेनजीको आन्दोलनका कारण लगाइएको निषेधाले नयाँ बानेश्वर क्षेत्रका विद्यालयहरूले विद्यार्थीहरूलाई होल्ड गरेका छन् । सोमबार अपरान्ह तीन बजे नै बिदा भएर घर जानुपर्ने विद्यार्थीहरू समाचार तयार पार्दासम्म विद्यालयमै रहेका छन् । प्रहरीले अभिभावक बोलाएर मात्र बच्चाहरू जिम्मा लगाउनु भनेपछि विद्यालयहरूले अभिभावक बोलाई जिम्मा लगाएर पठाउन थालेको उक्त क्षेत्रको एक विध्यालयका निर्देशक विमल घिमिरेले जानकारी दिए ।  उनले भने, ‘निषेधाज्ञाका कारण गाडीहरू नचलेकाले अभिभावक आउन पनि ढिला भएको छ । त्यसैले कक्षाकोठामै राखेर होमवर्क गराइरहेका छौं ।’ बानेश्वर क्षेत्रका काठमाडौं मोडेल स्कुल, अवेयरनेस इन्टरनेसनल स्कुल, रोजवड स्कुल, रत्नराज्य स्कुल लगायतका विद्यालयहरू रहेका छन् । अवेयरनेस स्कुलका निर्देशक घिमिरेका अनुसार बच्चाहरूलाई सुरक्षित तरिकाले घर पठाउन विद्यालय सञ्चालकहरू लागिरहेका छन् । उनले भने, ‘अहिले प्रहरीसँग समन्वय गरी गाडीमार्फत बच्चाहरूलाई घर पठाउने तयारी भइरहेको छ ।’ आन्दोलनको इपिसेन्टर मानिएको यस क्षेत्रका विद्यालयका विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर उक्त निर्देशन जारी गरिएको प्रहरीको भनाइ छ । अहिले पनि आन्दोलन चलिरहेकोले विद्यालयहरूसँग समन्वय गरेर बच्चाहरूलाई सुरक्षित स्थानतर्फ लैजाने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आन्दोलनबीच नयाँ बानेश्वरका विद्यालयमा विद्यार्थी रोकिए, प्रहरीको समन्वयमा घर पठाउने तयारी

काठमाडौं । जेनजीको आन्दोलनका कारण लगाइएको निषेधाले नयाँ बानेश्वर क्षेत्रका विद्यालयहरूले विद्यार्थीहरूलाई होल्ड गरेका छन् । सोमबार अपरान्ह तीन बजे नै बिदा भएर घर जानुपर्ने विद्यार्थीहरू समाचार तयार पार्दासम्म विद्यालयमै रहेका छन् । प्रहरीले अभिभावक बोलाएर मात्र बच्चाहरू जिम्मा लगाउनु भनेपछि विद्यालयहरूले अभिभावक बोलाई जिम्मा लगाएर पठाउन थालेको उक्त क्षेत्रको एक विध्यालयका निर्देशक विमल घिमिरेले जानकारी दिए ।  उनले भने, ‘निषेधाज्ञाका कारण गाडीहरू नचलेकाले अभिभावक आउन पनि ढिला भएको छ । त्यसैले कक्षाकोठामै राखेर होमवर्क गराइरहेका छौं ।’ बानेश्वर क्षेत्रका काठमाडौं मोडेल स्कुल, अवेयरनेस इन्टरनेसनल स्कुल, रोजवड स्कुल, रत्नराज्य स्कुल लगायतका विद्यालयहरू रहेका छन् । अवेयरनेस स्कुलका निर्देशक घिमिरेका अनुसार बच्चाहरूलाई सुरक्षित तरिकाले घर पठाउन विद्यालय सञ्चालकहरू लागिरहेका छन् । उनले भने, ‘अहिले प्रहरीसँग समन्वय गरी गाडीमार्फत बच्चाहरूलाई घर पठाउने तयारी भइरहेको छ ।’ आन्दोलनको इपिसेन्टर मानिएको यस क्षेत्रका विद्यालयका विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर उक्त निर्देशन जारी गरिएको प्रहरीको भनाइ छ । अहिले पनि आन्दोलन चलिरहेकोले विद्यालयहरूसँग समन्वय गरेर बच्चाहरूलाई सुरक्षित स्थानतर्फ लैजाने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दशैं-तिहार लक्षित गर्दै ‘टाटा जेन्युइन पार्ट्सको मेला’, बम्पर उपहारमा बजाज पल्सर

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष लक्की ड्र योजना सार्वजनिक गरेको छ । टाटा मोटर्सद्वारा उत्पादित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स हो । यस अफरअन्तर्गत ग्राहकले खरिद रकमअनुसार विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । एक लाख रुपैयाँभन्दा माथि खरिद गर्ने ग्राहकले बम्पर उपहारस्वरूप १५० सिसिको बजाज पल्सर मोटरसाइकल जित्न सक्नेछन् । त्यस्तै, ७५ हजार रुपैयाँभन्दा माथि खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५ हजारभन्दा माथि खरिदमा स्मार्ट टिभी र ५ हजार रुपैयाँभन्दा माथि खरिदमा स्मार्टफोन प्राप्त गर्ने अवसर रहनेछ । साथै, हरेक खरिदमा १ हजार रुपैयाँसम्मका क्यासब्याक कुपन ग्यारेन्टीका साथ उपलब्ध गराइनेछ । सक्कली पार्ट्स प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको यो अफरमार्फत टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लचलगायतका अङ्गलाई दीर्घकालीन स्थायित्व प्रदान गर्ने, मर्मत खर्च घटाउने र समग्र प्रदर्शनमा सुधार ल्याउने कम्पनीले जनाएको छ ।

प्रदर्शनका कारण विद्यार्थीलाई घर पुग्न हम्मेहम्मे

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार भएको जेनजीको प्रदर्शनले विद्यालयबाट घर फर्किने विद्यार्थीलाई हम्मेहम्मे भएको छ । प्रदर्शनले उपत्यकाका विभिन्न स्थानको शान्तिसुरक्षामा बाधा पुगेपछि विद्यालयहरुले बसमार्फत विद्यार्थीलाई घर पुर्याउन विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्नु परेको छ । साथै कतिपय विद्यालयले भने प्रदर्शन साम्य नहुन्जेलसम्म विद्यार्थीलाई विद्यालयमै राखेका छन् ।  यसैगरी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विद्यार्थीहरुलाई सुरक्षित रुपमा घर पुर्याउन वा विद्यालयमा नै राख्ने व्यवस्था गर्न निर्देशन जारी गरेको छ ।  प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले घर जान समस्या भएका विद्यार्थीलाई विद्यालयमा नै सुरक्षित राख्न तथा उनीहरुको राम्रो खानपानको व्यवस्था गर्न निर्देशन जारी गरेको राससलाई जानकारी दिए । उनका अनुसार प्रदर्शनमा गएका क्याम्पसका विद्यार्थी समस्यामा परेका कारणले उनीहरुलाई पनि कलेजमा राख्न निर्देशन दिइएको छ ।  'विद्यार्थीलाई विद्यालयमा नै राख्न भनेका छौँ । उनीहरुलाई शान्तिपूर्वक खानपानको व्यवस्था गरेर राख्न सबै विद्यालयलाई निर्देशन दिइसकेका छौँ', अध्यक्ष अधिकारीले भने ।  यस्तै, अक्षरा स्कुलका कार्यकारी निर्देशक अन्जु भट्टराईले सुरक्षित स्थानका विद्यार्थीलाई समयमै घरघर पुर्याइएको र कफ्र्यू लागू भएका तथा प्रदर्शन भएका स्थानका विद्यार्थीलाई हाल विद्यालयमा नै राखिएको जानकारी दिइन् । जेनजीको प्रदर्शनका कारणले जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न क्षेत्रमा कफ्र्यू जारी गरेको छ ।   

ट्रमा सेन्टरमा मृत्यु हुनेको संख्या ८ पुग्यो, ५८ जना उपचाररत, ३ जना आईसीयूमा

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएरट्रमा सेन्टरमा पुगेका ८ जनाको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका अनुसार अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ५८ जनको उपचार भइरहेको छ । त्यसमध्ये तीन जना आईसीयूमा रहेको बताइएको छ ।  ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालका अनुसार घाइतेहरूको पेट र टाउकोमा बढी चोट लागेको देखिएको छ । नयाँ बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा सरकारी पक्ष तथा प्रहरीले प्रदर्शनकारीको टाउको र छातीमा हानिएको देखिएको उनले बताए । रिजालका अनुसार आन्दोलनमा झडप भएपछि ११ बजे नै तयारीमा अवस्थामा रहन फोन आएको थियो ।  

ट्रमा सेन्टरका मेसु भन्छन्- प्रहरीले बढी जसो टाउको र पेटमा गोली हानेको देखियो

काठमाडौं । जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले टाउको र छातीमा गोली हानेको भेटिएको छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालका अनुसार घाइतेहरूको पेट र टाउकोमा बढी चोट लागेको देखिएको छ । नयाँ बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा सरकारी पक्ष तथा प्रहरीले प्रदर्शनकारीकाे टाउको र छातीमा हानिएको देखिएको उनले बताए । रिजालका अनुसार आन्दोलनमा झडप भएपछि ११ बजे नै तयारीमा अवस्थामा रहन फोन आएको थियो । ‘आन्दोलनकर्मीहरूको झडप भयो भनेर हामीलाई साढे ११ बजेतिर फोन आयो र तयारी अवस्थामा रहनु निर्देशन दिनुभयो । झडपबाट दुखद अवस्था छ । ट्रमा सेन्टरमा मात्रै ५० जना घाइते हुनु भएको छ, ६ जनाको मृत्यु भइसकेको छ । यहाँ आएपछि सीपीआर गर्दा पनि बचाउन नसकेर ६ जनाको मृत्यु भएको हो,’ उनले भने, ‘थप ३ जनालाई हामीले आईसीयूमा राखेर उपचार गरिरहेका छौं । २ जनाको मेजर अप्रेसन भइरहेको छ ।’ उनका अनुसार घाइतेहरूको पेट, छाती, टाउको, हातखुट्टामा चोट लागेको छ । ‘बुलेट चलेको भन्ने सुनिएको छ । यो बुलेट नै हो भन्ने हामीले भन्न सक्ने अवस्था छैन । यदि बुलेट भित्रै छ भने अप्रेशन पछि मात्रै थाहा होला । चोट चाहीँ सिरियस किसिमको छ,’ उनले भने ।  मेसु रिजालका अनुसार कसैको खुट्टामा रड राख्ने, प्लास्टर गर्ने काम भइरहेको छ । साधारण चोट लागेका केही घाइतेहरूलाई डिस्चार्ज पनि गरेको उनले बताए । साथै मन्त्रीले फोन गरेर निःशुल्क उपचार गर्न निर्देशन दिएको उनले बताए ।  ‘मन्त्री, सचिवज्यू सबैले फोन गर्नु भएको छ । सकेसम्म निशुल्क उपचार गर्नु भनेर निर्देशन दिनु भएको छ । हामी इमरजेन्सी स्किम अनुसार उपचार गरिरहेका छौं,’ उनले भने, ‘ट्रमा सेन्टरमा आएका घाइते र मृत्यु भएका व्यक्तिहरु १५/१६ वर्षदेखि ३०/३५ वर्ष उमेर समूहका देखिएका छन् । एक जना ५२ वर्षको पनि हुनुहुन्छ ।’  @bikashnews उपचाररत व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल ♬ original sound - BikashNews

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, देशव्यापी आलोचना

काठमाडौं । जेनजीको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको चाैतर्फी आलोचना भइरहेको छ । अहिले सामाजिक सञ्जालमा सर्वसाधारणले उनीहरू दुवै जनाको  राजीनामा माग गरिरहेका छन् ।  सर्वसाधारणसँगै उनीहरू आवद्ध पार्टीबाट पनि दुवै जनाको राजीनामा माग भइरहेको बुझिएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रा.डा गोविन्दराज पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका धारणा राखे । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्‍यो, यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्‍यो ।' उनीसँगै कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले पनि दुवै जनाको राजीनामा माग गरिरहेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् । उनले भनेकी छन्, ‘नेपाली मारेर शासन गर्ने बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना ,प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा उपचारमा छुट सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकले हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्  । यसका लागि ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने र मुलुकमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।