विकासन्युज

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो, घाइतेले अस्पताल भरिभराउ

काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ ।  उपचारका लागि ट्रमा सेन्टर पु¥याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । यस्तै, केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक÷एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । ट्रमा सेन्टरमा पुगेका हाम्रा सम्वाददाताका अनुसार ट्रमामा ५० जनाको उपचार भइरहेको छ ।  

जेनजीको प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि खटाइयो नेपाली सेना

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सोमबार बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिएको थियो । नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो । प्रदर्शनकारी अराजक भई संसद् भवन प्रवेश गर्ने प्रयास गरेपछि स्थानीय सुरक्षा समितिको आग्रहअनुसार नेपाली सेनाको एक टुकडी कर्फ्यू आदेश जारी गरेको क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । प्रदर्शनका क्रममा एक प्रहरी नायब उपरीक्षक, एक प्रहरी निरीक्षकलगायत ३० भन्दा बढी प्रहरी र दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । सुरक्षाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ ।  

दमकमा कजारियाको नयाँ अत्याधुनिक शोरूम उद्घाटन

दमक । टाइल ब्रान्ड कजारियाले झापाको दमक, बेलडाङी रोडमा नयाँ शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गरेको छ । न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्सद्वारा सञ्चालित यो शोरूमले उच्चस्तरीय टाइलको बढ्दो माग पूरा गर्ने र ग्राहकलाई डिजाइन केन्द्रित आधुनिक खरिद अनुभव उपलब्ध गराउने उद्देश्य लिएको छ । उद्घाटन समारोहमा दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कजारिया रमेश टाइल्सका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको उपस्थिति रहेको थियो । मेयर थापाले रिबन काट्दै शोरूमको औपचारिक उद्घाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै मेयर थापाले नयाँ शोरूम सञ्चालनले दमकमा आन्तरिक सजावटका समाधानलाई नयाँ स्तरमा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, 'यो शोरूम सञ्चालन गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो ।' त्यसैगरी, निर्देशक हिमांशु अग्रवालले कजारियाको ग्राहक–केन्द्रित दृष्टिकोणलाई जोड दिँदै भने, 'हाम्रो लक्ष्य अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु हो । यो शोरूमले दमकका ग्राहकलाई नवीन, टिकाउ र स्टाइलिश टाइलहरूको विस्तृत छनोटसँग प्रत्यक्ष जोड्नेछ ।'

ट्रमामा घाइते प्रदर्शनकारी खचाखच, ओपीडी बन्द गरियो (तस्बिर)

काठमाडौं । जेनजी प्रदर्शनीमा घाइते भएका ५० भन्दा बढीको ट्रमा अस्पतालमा उपचार भइरहेको छ । ट्रमा सेन्टरको अवस्था अस्तव्यस्त रहेको फिल्डमा खटिएकी विकासन्युजकी पत्रकार इन्द्रसरा खड्काले जानकारी दिइन् । उनका अनुसार इमर्जेन्सीमा निकै भीड रहेको छ । ओपीडी बन्द गरेर प्रदर्शनकारीको उपचार भइरहेको छ ।  तस्बिरहरू : @bikashnews यस्तो छ ट्रमा सेन्टरको अवस्था#bikashnews ♬ original sound - BikashNews

घाइतेले अस्तव्यस्त सिभिल, बेड नै पाइएन (तस्बिरहरु)

काठमाडौं । जेनजी प्रदर्शनमा सयौं जना प्रदर्शनकारी घाइते भएका छन् । सिभिल अस्पतालमा मात्रै सय बढी घाइते भर्ना भएको जानकारी प्राप्त भएको छ ।  अस्पतालका अनुसार अहिले घाइतेलाई राख्ने बेड पनि नहुँदा अस्तव्यवस्त भएको छ ।  अस्पतालका एक कर्मचारीका अनुसार घाइतेलाई राख्नका लागि बेड पनि नहुँदा समस्या भएको छ । 

दशैं-तिहार लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले ‘क्रोमसन दशैं–तिहारको ठूलो हर्ष’ योजना सार्वजनिक

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै आकर्षक अफर घोषणा गरेको छ । ‘क्रोमसन दशैं–तिहारको ठूलो हर्ष’ नाम दिइएको यस योजनाअन्तर्गत क्रोमसनका उत्पादन खरिद गर्ने ग्राहकले उपहारसँगै पुरस्कार जित्ने अवसर पाउने भएका छन् । योजनाको मुख्य आकर्षणमा बम्पर लक्की ड्रमार्फत माइडिया ४८२ लिटर एसबीएस रेफ्रिजेरेटर, मन्थली लक्की ड्रमार्फत माइडिया १०० सिरिज ८ केजी वासिङ मेसिन, वीक्ली लक्की ड्रमार्फत क्रोमसन मिक्सर ग्राइन्डर उपलब्ध हुनेछन् । साथै, सजिलो इएमआई सुविधा, निःशुल्क डेलिभरी, निःशुल्क इन्स्टलेसन र प्रोडक्टअनुसार ६० महिनासम्मको वारन्टी जस्ता थप सुविधा पनि योजनामा समावेश गरिएको छ । ग्राहकले खरिदपछि उपलब्ध क्युआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेर योजनामा सहभागी हुन सक्नेछन् । क्रोमसन भारतको ८५ वर्षभन्दा पुरानो विश्वासिलो ब्रान्ड हो, जसले घरायसी विद्युत् उपकरण तथा होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ । नेपालमा यसका उत्पादन रिलायबल इन्टरनेशनल मार्फत वितरण हुँदै आएका छन् । उपभोक्तालाई विश्वस्तरीय ब्रान्ड सहज रुपमा उपलब्ध गराउँदै आएको कम्पनीले यस चाडपर्व घर–घरमा खुशी, सहजता र उत्कृष्टता पुर्‍याउने उद्देश्य लिएको छ ।

जेनजी प्रदर्शनीमा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । जेनजी प्रदर्शनीमा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रदर्शनमा दर्जनौंलाई गोली लागेको छ भने सयौं घाइते भएका छन् । मृतकको पहिचान हुन सकेको छैन । ट्रमामा ५० जना घाइतेहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरको अवस्था अस्तव्यस्त रहेको फिल्डमा खटिएकी विकासन्युजकी पत्रकार इन्द्रसरा खड्काले जानकारी दिइन् । उनका अनुसार इमर्जेन्सीमा निकै भीड रहेको छ । ओपीडी बन्द गरेर प्रदर्शनकारीको उपचार भइरहेको छ। 

सेयर बजारमा ५ अर्बको कारोबार, हिमस्टार ऊर्जामा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोराे अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले घटेर २६७५ बिन्दुमा झरेको छ । आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोको २४ करोड, युनिभर्सल पावर कम्पनीको २३ करोड, हिमालयन रिइन्स्योरेन्सको २१ करोड र युनाइटेड मोदीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।