घोराही सिमेन्टको आईपीओ माथि छानबिन गर्न समिति गठन
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्काशन प्रक्रियामाथि छानबिन गर्न छानबिन समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डका सुपरभिजन प्रमुख दिपेश ताम्राकारको संयोजकत्वमा बुधबार समिति गठन भएको हो । कम्पनीको सेयर निष्काशन प्रक्रियामा बदमासी गरेको भेटिएपछि आईपीओ नै खारेज गर्नुपर्ने आवाज उठ्न थालेपछि छानबिन समिति बनेको हो । उक्त समितिले आईपीओ बिक्री प्रक्रियामा संलग्न रहेका अण्डरराइटिङ कम्पनी, बिक्री प्रबन्धक र धितोपत्र बोर्डमाथि पनि छानबिन गर्ने बताइएको छ । सम्बन्धित समाचार घोराहीको आईपीओ खारेज गर्न माग, अण्डरराइटर, बिक्री प्रबन्धक र सेबोनको अक्षम्य गल्ती
नयाँ नेपाली सुपरहिट फिल्म डिशहोममा प्रदर्शन हुँदै
काठमाडौं । डिशहोममा नेपाली नयाँ नयाँ चलचित्र प्रदर्शन हुने भएको छ । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र यक्सकुल्लुसिप प्रदर्शन हुने भएको छ । विभिन्न कारणबस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्ने कम्पनीले जनाएको छ । प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ जस्ता नयाँ र दर्शकहरुले अत्याधिक रुचाएको चलचित्रहरु डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईल वाट एसयमएस पठाएर चलचित्र हेर्न सकिन्छ । डिशहोमको यो प्रयासले सपरिवार संगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, व्यवसायी भन्छन् : नियमित होस्
पोखरा । पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ २२ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन पनि भयो । यो खुसीलाई साट्न पोखरेलीहरु विमानस्थलमा खचाखच भरिए । उनीहरुले मन फुकाएर स्वागत पनि गरे । तर विमानस्थल उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडानका लागि भने अर्को करिब ६ महिना कुर्नुपर्यो । उद्घाटनयता आन्तरिक उडान मात्रै भइरहेको विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान भयो । उद्घाटनमा जस्तै पोखरेलीले खुला हृदयले स्वागत गरे । चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स आज विहान ९:०६ बजे अवतरण हुँदा ‘वाटर क्यानन सल्युट’ले स्वागत गरियो । पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको १३१ सिट क्षमताको चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरु बाजागाजासहित विमानस्थल पुगेका थिए । विमानका यात्रुहरुलाई पर्यटन व्यवसायीले माला र खादाले स्वागत गरे । उनीहरुलाई नेपाली ढाका टोपी लगाएर आतिथ्यता दर्शाए । यद्यपि पोखरेली र यहाँका पर्यटन व्यवसायी अझै पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेमा ढुक्क हुन नसकेपछि आशा भने पलाएको छ । उनीहरुले ढिलै भए पनि चार्टर्ड उडान हुनुलाई सकारात्मक सुरुवातका रुपमा । यसले छिमेकी देशमा नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुल्नेमा उनको विश्वास छ । पहिलो चार्टर्ड उडान सुरु भएको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमानस्थल निर्माणमा चीन सरकारले खेलेको भूमिकाको उच्च सम्मान गर्दै विमानस्थल निर्माणदेखि अहोरात्र खटिनेप्रति धन्यवाद व्यक्त गरे। ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा आज अन्तर्राष्ट्रिय विमान अवतरण हुनु समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि राम्रो सुरुवात हो’, उनले भने । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडानपछि आगामी दिनमा यसलाई नियमित गर्नेतर्फ सम्बद्ध सरकारी निकाय लाग्न सुझाव दिए। उनले चिनियाँ शहर तथा प्रान्तबाट सिधा उडानका लागि हालै गरिएको संसदीय प्रतिनिधिमण्डलको भ्रमणमा सम्बद्ध अधिकारीसँग छलफल भएको बताए । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध युगौंदेखि रहँदै आएको उल्लेख गर्दै सगरमाथालाई शान्ति र मित्रताको प्रतिकका रुपमा लिने गरिएको बताए । राजा अंशुवर्माकी छोरी भृकुटी तिब्बती राजा स्रोङचङ गम्पोसँग बिहे गरी गएको उल्लेख गर्दै उनले नेपालीले चिनियाँ नागरिकलाई पाहुना मात्रै नभइ अत्यन्त नजिकको नाता सम्बन्धका रुपमा लिने गरेको बताए । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गराइएको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र चीनबीचको पुरानो सम्बन्धलाई अझै मजबुद बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै गण्डकी प्रदेशमा रहेको कोरला नाकालाई सहज बनाउँदै व्यापारिकसम्बन्ध बढाउन चाहेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पोखराको पर्यटकीय गतिविधि बढाउनका लागि यहाँ अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको बताए । पोखरा विमानस्थल सञ्चालनको लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालय दबाबमा परेको उनको भनाइ थियो । उनले अन्तर्राष्ट्रिय चार्टर्ड उडानले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गर्न बल पुग्ने धारणा राख्नुभयो । रेग्मीले भने, ‘यहाँबाट नियमितरुपमा भारत तथा चीनका विभिन्न शहरमा उडानका लागि आजको उडानले सहयोग पुग्नेछ ।’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय उडानका माध्यमबाट आफूहरूले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न चाहेको बताए । आगामी दिनमा चीनका विभिन्न शहरबाट पोखरामा सिधा उडान हुने विश्वास व्यक्त गर्दै उनले तालैतालको सुन्दर शहर पोखराको भ्रमणका लागि आग्रह गरे । उडानलाई नियमित हुनुपर्छ : पर्यटन व्यवसायी आज भएको चार्टर्ड उडानसँगै वर्षौदेखि आँगनमा अन्तर्राष्ट्रिय उडानमार्फत विदेशी पर्यटक ओराल्ने सपना पूरा भएको पोखरेली पर्यटन व्यवसायीले बताएका छन् । उडानलाई नियमित गर्नेतर्फ लाग्नु जरुरी भएको बताउँदै व्यवसायीहरूले यसमा राज्यस्तरबाट चासो दिइनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले चार्टर्ड उडानले व्यवसायी उत्साहित भएको बताउँदै ढिलै भएपनि अन्तर्राष्ट्रिय उडान हुनु पोखरा र समग्र गण्डकीका लागि खुसीको खबर भएको बताए । भण्डारीले भने, ‘सुरुआतमा चार्टर्ड उडान सञ्चालन भए पनि हामी उत्साहित छौँ । नियमित उडान गर्न ढोका खुलेको छ । पोखरामा अन्तर्राष्ट्रिय उडान भयो भन्ने सन्देश सबैतिर गएको छ । यसले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाईसमेत ध्यान आकृष्ट गर्नेछ, नियमित उडानको ढोका खुल्ने विश्वासमा हामी छौँ ।’ रासस
लेनदेन कारोबार सहज गर्न माग गर्दै माईतीघरमा प्रदर्शन
काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरुले काठमाडौंमा धर्ना दिएका छन् । बुधबार पीडित लेनदेन संघर्ष समिति, मधेस प्रदेश, रौतहट लगायत तराईका विभिन्न जिल्लाबाट आएका उनीहरुले काठमाडौंको माईतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुंग पार्न खोजिएको आरोप लगाउँदै आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग मग गरेका छन् । आन्दोलितहरुले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुपर्ने, हाल दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलको लागि स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको सावाँ र व्याज उपलब्ध गराउनुपर्ने लगायतका माग राखि आन्दोलन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले लेनदेन कारोबार सहज गर्, अदालतमा कपाली तमसुकको मुद्दा दर्ता गर्, कानून बमोजिम गरिएको लगानी कानून बमोजिम फिर्ता गरियोस्, प्रहरी दमन बन्द गर् लगायतका प्लेकार्ड र ब्यानर बोकेर बिरोध जनाएका छन् ।
वैदेशिक रोजगारीले फेरियो म्याग्दी, नयाँ प्रविधिको प्रयोग गर्दै स्थानीय बासिन्दा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ५ पुरन्यको बस्तीमा १०३ घर रहेको दलित बस्तीमा एउटा मात्र पानीको कुवा थियो । टाढा–टाढाका गाउँमा पुगेर दैनिक ज्याला मजदुरी गरी ल्याएको अन्नले बिहान बेलुकीको छाक टार्नुपर्दथ्यो । गरिबीको मारमा पिल्सिएका त्यहाँका दलित दैनिक ज्याला मजदुरीका लागि टाढाटाढाका गाउँमा जानुपर्ने बाध्यता थियो । गरिबीबाट वाक्कदिक्क भएर २०६७ सालमा पुरन्यका डिलबहादुर, रिजन, यामबहादुर लगायतका कैयौँ युवा खाडी मुलुक पसे । कतार, साउदी, युएई पसेका ती युवाको मेहनतले सार्थकता पाउन थाल्यो । उनीहरुले पैसा कमाएर घरमा रहेका आफन्तलाई पठाउन थाले । अनि फेरियो पुरन्य गाउँको मुहार । घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैँसी र बैंकमा पैसा, अनि सहरमा घर घडेरी केही वर्ष अगाडिसम्म पुरुन्नेका दलित समुदायलाई सपना जस्तै लाग्ने यो अवस्था अहिले उनीहरुले नै भोग्न पाएका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका पुरुन्नेका दलितको दैनिकीमा अहिले पत्याउनै नसकिने किसीमले परिवर्तन आएको छ । गाउँबाट धमाधम वैदेशिक रोजगारमा जानेको लर्को लाग्न थालेपछि पुरुन्नेवासीको हातमा मोबाइल, घरमा महँगो टिभी, श्रीमती र सुनको सिक्री, औँठी र सहर बजारमा घरघडेरी समेत छन् । पुरन्यका यामबहादुर दर्जीले दिएको जानकारी अनुसार १०३ घरपरिवार रहेको पुरन्यको दलित बस्तीबाट अहिले एकाध बाहेक सबै घरका युवा विदेशमा गएका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि छिमेकीको घरमा भाडा, दैनिक मजदुरी गरेर गाँस जुटाउने गरेका यहाँका दलित परिवार घरका उमेर पुगेका भाइ छोरालाई ऋण खोजेर विदेश पठाएको केही वर्षमै गाउँमा आफ्नै घरसहित आधुनिक सुविधा उपभोग गरिरहेका छन् । गाउँघरमा ज्याला मजदुरी गरेर दिन बिताउने गरेका यहाँका युवा विदेश गएर धमाधम ‘रेमिट्यान्स’मार्फत पैसा पठाउन थालेपछि पुरुन्नेमा व्यक्तिगत आर्थिक जीवनस्तरका साथै सरसफाइ, जीवनशैली, जनचेतना र अन्य व्यवहारमा समेत परिवर्तन आएको गाउँका अगुवा यामबहादुर दर्जीले बताए । पुरुन्नेका अधिकांश घरबाट खाडीमूलुक कतार, साउदी अरब, बराइन, मलेसिया, भारतलगायतका देशमा गएपछि गाउँको रुप फेरिएको छ । आर्थिकस्तरमा परिवर्तन भएसँगै सरसफाइसहित जनचेतनामूलक कार्यमासमेत गाउँले सक्रिय रहेका छन् । पुरुन्नेमा मासिक ३० लाख रुपैयाँ बढी रेमिट्यान्स बापतको रकम भित्रिने गरेको स्थानीयवासीले बताएका छन् । आर्थिकस्तरमा परिवर्तन भएपछि सरसफाइ, नयाँ प्रविधिको प्रयोग, शिक्षादिक्षामासमेत सहज भएको छ । बालबालिकाले समेत निजी तथा गाउँकै सामुदायिक विद्यालयमा समेत उत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । महिलाले गाउँमा फेन्सी, सिलाइकटाइ, खुद्रा पसलसहित विभिन्न स्वरोजगारमूलक काम गरिरहेका छन् । त्यसैगरी केही युवाले वैदेशिक रोजगारबाट कमाएको पैसाले पोखरामा घडेरी किनेर घर समेत बनाएका छन् । तीमध्येका एक युवा हुन् रिजन दर्जी । ४३ वर्षीय दर्जी विगत १३ वर्षदेखि युएईमा कार्यरत रहेको छ । उनले यो अवधिमा दुई छोरी, एक छोरा र श्रीमतीले चाहेको पुर्याइदिनुका साथै पोखरामा घडेरी किनेर घर समेत बनाएको बताए । रासस
नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, टप गेनरमा होटल अगाडि
काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६८ प्रतिशतले घटी हो । त्यस्तै, कारोबार रकम पनि घटेर ३ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा एकैदिन ६२ करोड रुपैयाँ घटेको छ । कूल १७१ वटा स्क्रीप्स् कारोबार भएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टसको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन २३ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा टप गेनरको सूचीमा दुई वटा होटल्स कम्पनी अग्रस्थानमा रहेका छन् । सिटी होटलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सोल्टी होटलको सेयर मूल्य ७.४४ प्रतिशतले सेयर मूल्य बढेको छ । बजारमा चार वटा समूहबाहेक सबै समूह राताम्मे देखिएका छन् । होटल्स एण्ड टुरिजम, जीवन बीमा, उत्पादनमूल्क र ट्रेडिङ समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका हुन् ।
सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध
काठमाडौं । सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो १.५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीबाट पेन्सन निस्केर सुरु गरेको माछापालनबाट करौडौ आम्दानी
पर्वत । ‘सुन फल्छ नि साइँलो दाइ यही माटो चलाए, किन जानु साइँलो दाइ हङकङ र मलाय’ आफ्नै माटोमा अथाह सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वजनप्रतिनिधिले रेन्वो ट्राउट माछापालन गर्दै आएका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले रेन्वो ट्राउट माछा पालनबाट वार्षिक एक करोड ३० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । एक्काइस वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सकेका तिमिल्सिनाले आफूसहित अन्य चार जना स्थानीयको सामूहिक लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेका हुन् । मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रफलमा तीन करोड लगानीमा सञ्चालित फार्मबाट वार्षिक रुपमा एक करोड ३० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको उनले बताए । जनप्रतिनिधि बनेसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ । चारैतिर वन र दुईतिर खोलाकोबीच भागमा रहेको पातीखोला रेम्बो ट्राउट पालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । पोखरा बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट ४० मिनेटको दुरीमा पुग्न सकिने उहाँको फर्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ । फार्म यतिबेला विभिन्न क्लब, सङ्घ संस्था, विद्यालय तथा कलेजका विद्यार्थी एवं किसान अध्ययन तथा अवलोकनका लागि आउने गरेका तिमिल्सिनाले बताए । ‘फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँलगायत सहरका माछा पारखीलाई पुर्याउन भ्याइनभ्याई भएको छ’, उनले भने । उनका अनुसार फार्ममा पाँच जनाले रोजगार पाएका छन् । फार्ममा वार्षिक सवा लाख माछा उत्पादनको क्षमता रहेको छ । विसं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मा लगायत व्यक्तिले सञ्चालन गरेका थिए । केही वर्षअघि आएको बाढीले फार्म पूर्णरुपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाको सामूहिक लगानीमा पुनः नयाँ फार्म सञ्चालन गरिएको थियो । फर्म व्यवस्थापनको सबै जिम्मा तिमिल्सिनाले लिएका छन् । फार्मबाट प्रतिवर्ष करिब एक करोड ३० लाख रुपैयाँ आम्दानी हुने गरेको छ भने झण्डै सवा करोड रुपैयाँको हाराहारीमा खर्च हुने गरेको सञ्चालक शर्माले जानकारी दिए । अन्य समयमा फार्मबाट मनग्ये आम्दानी हुने गरेको सुनाउँदै उनले कोरनाकालमा धेरै दुःख र हैरानी झेल्नुपरेको बताए । शर्माका अनुसार अस्थायी र स्थायी गरी कूल ३७ पोखरी छन् । ‘फार्म सञ्चालनका लागि सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्र पर्वतले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ’, उनले भने । केही महिनाअघि मात्रै मत्स्य विकास केन्द्रले फार्मको थप स्तरोन्नति गरी पोखरी निर्माणका लागि रु पाँच लाख सहयोग गरेको शर्माले जानकारी दिए । हाल रेम्बो ट्राउट माछा प्रतिकेजी रु एक हजारमा बिक्री हुने गरेको छ । पोहोर–परारसम्म त होलसेलमै एघाररबाह्र सयसम्म पाथ्र्यौ । विकास तिमिल्सिनाकी धर्मपत्नी सरस्वतीले भनिन्, ‘दाना ल्याउन र माछा ढुवानी गर्न कच्ची बाटो भएकाले केही कठिन भएको छ । किसानका गफ गर्ने सरकारले यस्ता उद्यमीहरुलाई राहात हुने गरी कृषि सडकको स्तरोन्नति गरिदिए हुन्थ्यो ।’ फार्म दुई खोलाको बीचमा रहेकाले आवातजावत गर्न पुल नहुँदा काठको कच्ची पुल आफैले निर्माण गरी ओहोरदोहोर गर्नुपरेको उनको भनाइ थियो । भारतीय बजारबाट सस्तो दरको माछा स्थानीय बजारमा सहजै आउने भएकाले बजारीकरणका लागि केही समस्या हुने गरेको तिमिल्सिनाको गुनासो छ । उनका अनुसार भारतीय बजारको माछा रु चाररपाँच सय केजी पाइन्छ । ‘हाम्रो स्थानीय उत्पादन स्वाद र गुणस्तरमा राम्रो भए पनि उपभोक्ता सबैले गुणस्तर नहेर्ने भएकाले समय–समयमा केही समस्या झेल्न परिरहेको छ’, उनले भनिन् । तिमिल्सिनाले चोरी निकास भई भारतीय बजारबाट आउने माछाको गुणस्तरीयता मापन गर्न, उपभोक्ता प्रतिकूल हुने खालका माछा बिक्री वितरणमा रोक लगाउन तथा नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरवाही गर्नेलाई कडा निगरानी गर्न तीनै तहका सरकारकासँग माग गरे । ‘स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने भएकाले स्थानीयको रोजाइमा यहाँ उत्पादित माछा पर्ने गरेको छ’, उनले भने । यहाँ उत्पादन हुने माछाको माग स्थानीय कुश्मा–बागलुङ बजारका साथै पोखरा, काठमाडौँलगायत क्षेत्रमा हुने गरेको उनको भनाइ थियो । भुरा उत्पादन समेत सुरु पातीखोला रेन्बो ट्राउन फार्ममा माछाका भुरासमेत उत्पादन गर्न थालिएको छ । सञ्चालक तिमिल्सिनाले छुट्टै ह्याचरी ९पोखरी० निर्माण गरी सोही पोखरीमा परिपक्क माउ माछा राखी असोजदेखि भालेपोथी छुट्याउने र उनीहरुबाट कृतिम विधिबाट भुरा उत्पादन सुरु गरिएको जानकारी दिए । विसं २०७३ देखि भुरा उत्पादन सुरु गरिएको भए पनि व्यावासायिक रुपमा यही वर्षदेखि सुरु गरिएको उनले बताए । यस वर्ष आफ्नो फार्मका लागि चाहिने सवालाख बढी भुरा उत्पादन गरेको तिमिल्सिनाले जानकारी दिए । ‘यस वर्ष हामीले आफ्नो लागि मात्र उत्पादन गर्यौँं, अर्को पटक भुरा पनि बिक्री गर्ने गरी उत्पादनमा जुट्छौँ’, उनले भने, ‘यहाँको हावापानी राम्रो छ, यहीं पानी घट्टसमेत निर्माण गरेर स्थानीय उत्पादन जम्मा गरी माछाका लागि केही आहारा पनि स्थानीयस्तरमै निर्माण गर्ने गरेका छौँ ।’ तिमिल्सिनाका अनुसार भुराका लागि सिद्रामाछा, अण्डा, ल्याक्टोजिन, दूध, इष्ट, भिटामिन ‘ए’, ‘वी’, ‘सी’, ‘डी’, ‘इर्’, ‘वीवान, वीटु, वीसिक्स, वीटुवेल, भट्ट, आँटा चाहिन्छ । यी खाद्यान्नको समुचित प्रयोग गरेर भुरा माछालाई नौ महिनापछि १२ ग्रामको बनाउन सकिन्छ । माछाका लागि चाहिने दाना अलिक महँगो रहेको उहाँको गुनासो छ । ‘ठूलो माछाका लागि प्रतिकेजी रु एकसय ५५ र सानो माछाका लागि प्रतिकेजी छ सय बढी पर्ने गर्दछ’, तिमिल्सिनाले भने, ‘पूरै प्याकेजिङ दानाको भरपर्र्यो भने महँगो हुने भएकाले स्थानीयस्तरमा दाना बनाएर खुवाउने कुरामा समेत हामी लागि परेका छौँ ।’ उनका अनुसार माछा दुईसय ग्राम भएपछि खानयोग्य हुन्छ । तिमिल्सिनाले यसको तौल अधिकतम् पाँच किलोसम्म हुने उनले जानकारी दिए । रेम्बो ट्राउट माछा स्थानीय असला माछाको स्वादमा पाइने हुँदा धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ थियो । रासस