विकासन्युज

इटहरीमा ५ तारे होटल, बस्नेतले भित्र्याए विश्वप्रसिद्ध रमडा

इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधिन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो । रमडाको मातृ कम्पनी विंडहाम होटलस् एण्ड रिसोर्टसँ भारतको दिल्लीमा सम्झौता गर्दै ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेतले नेपालको पर्यटन प्रबद्र्धन र होटल व्यवसायको प्रबद्र्धनमा नयाँ खुड्किलो भएको बताए । विंडहाम होटेल्स कम्पनीसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने उनको भनाइ छ । विंडहाम होटलस् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले समेत नेपालमा आफ्नो ब्राण्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकहरुलाई विश्वस्तरीय आतिथ्यता दिने बताए । यस्तो हुनेछ होटल निर्माणाधिन ५ तारे उक्त होटलमा कुल ८ तला छन् भने ८० वटा कोठा रहने छन् । २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुल आदि सेवा रहनेछन् । होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागिसमेत कोठाहरु व्यवस्थापन गरिनेछन् । भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरुलाई विश्वस्तरीय होटलको सुविधा दिने दावी गरिएको छ । पुर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायीहरुलाई आरामदायी र सुरक्षित आवासका साथै व्यवशायीक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्ने बताइएको छ । होटलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा समेत योगदान दिने बस्नेतको भनाइ छ ।  के हो रमडा ? विंडहाम होटल्स एण्ड रिसोट्र्सलाई विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटल कम्पनि मानिन्छ । यो अमेरिकी कम्पनीले ९५ देशका ९ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ । एशियामा मात्र २० वटा देशका १ हजार ६ सय बढी होटल सञ्चालनमा ल्याएको छ । होटल व्यवसायमा अघि बढ्दै बस्नेत नेपालमा एक पछि अर्को स्टार तथा अन्तर्राष्ट्रिय स्तरका होटल तथा रिसोर्ट संचालनमा ल्याइरहेका बस्नेतले हालै मात्र काठमाडौमा निर्माणाधिन पाँच तारे होटलमा एक्कोर समूहको मक्र्योर ब्राण्ड भित्र्याएका थिए । नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका उनी अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिको रुपमा नेपालको पर्यटन विकासमा व्यवशायीहरुको संस्थागत नेतृत्व गरिरहेका छन् । यस्तै उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट संचालनमा ल्याउन लागेका छन् । पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।

सरसफाइमा उत्कृष्ट काम गर्ने वडालाई वार्षिक १० लाख विकास अनुदान दिने

जनकपुरधाम । मधेस प्रदेशको राजधानीसमेत रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोहर मैला संकलन तथा व्यवस्थापनमा विशेष जोड दिएको छ । शुक्रबार दशौं नगर सभामा उपमहानगर प्रमुख मनोजकुमार साहले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष विसं २०८०/८१ को नीति तथा कार्यक्रममा ‘सफा, स्वच्छ, सुन्दर र सुसंस्कृत जनकपुरधाम उपमहानगर’ बनाउने सोचसहित वातावरण संरक्षण तथा फोहर मैला व्यवस्थापनलाई जोड दिँदै यसमा वडादेखि नै सबैलाई जिम्मेवार र जबाफदेही बनाउने नीति लिएको उल्लेख छ । सो नीतिमा आगामी आवदेखि फोहर संकलनको सम्पूर्ण जिम्मा वडालाई नै दिने उपमहानगर प्रमुख साहले घोषणा गरेका छन् । यस्तै, सरसफाइसम्बन्धी उत्कृष्ट काम गर्ने वडालाई वार्षिक बजेटमा १० लाख रुपैयाँ थप विकास अनुदान दिनुका साथै फोहर व्यवस्थापनमा जनसहभागिता अभिवृद्धि गर्न दण्ड, पुरस्कार प्रणाली लागू गर्ने, प्रत्येक वडामा फोहर सङ्कलन गर्ने सवारीसाधन, जनशक्ति तथा स्रोत उपलब्ध गराइने घोषणा गरिएको छ । वातावरण तथा प्रविधिमैत्री यातायात व्यवस्थापन गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन, जनकपुरको हेरिटेज रुट करिडोरलाई हरियाली तथा सौन्दर्य अभिवृद्धि गर्ने र उपमहानगरलाई नेपालको सांस्कृतिक राजधानी घोषणा गर्न नेपाल सरकारसँग पहल गर्ने पनि निती तथा कार्यक्रममा समेटिएको छ । नीति तथा कार्यक्रममा आगामी साउन १ गतेदेखि खुलारूपमा विचरण गर्ने छाडा चौपायाको व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्ने, व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न अत्याधुनिक कृषि बजार, ‘एक टोल एक सामूहिक कृषि उत्पादन क्षेत्र’, किसानलाई चाहेको बेला कृषि यन्त्र उपलब्ध गराउन एक ‘कस्टम हायरिङ केन्द्र’ स्थापना, कृषियोग्य भूमिको पूर्ण उपयोग गर्न जमिन बाँझो राख्न नदिने, कृषि तथा गैरकृषि भूमिको स्पष्ट वर्गीकरण, उत्कृष्ट किसानलाई पुरस्कार, एक वडा एक उत्पादन, एक वडा एक पशु फार्म कार्यक्रम लागू गर्ने जनाइएको छ । व्यवस्थित बस्ती विकास, युवा तथा उद्यमीलाई नवीन व्यवसाय सुरु गर्न प्रोत्साहन, आधारभूत एवं गुणस्तरीय स्वास्थ्य सेवामा नगरवासीको पहुँच वृद्धि, हाम्रो स्कुल बनाऔँ, राम्रो स्कुलको नीतिअनुसार विद्यालय शैक्षिक सुधार, उपमेयरसँग बालबालिका कार्यक्रम, भवन, आवास तथा बस्ती विकासलाई वैज्ञानिक बनाउने, पूर्वाधार विकास कार्यलाई व्यवस्थित बनाउन परियोजना बैंक तयार गर्ने, सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई जोड दिँदै विद्युतीय शासनलाई प्रवर्द्धन गर्ने विषय पनि नीति तथा कार्यक्रममा छन् । जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ को लागि दुई अर्ब २८ करोड २३ लाख ६८ हजार दुई सय ९० को अनुमानित आय प्रस्तुत गरेको छ । रासस

प्राइम कमर्सियल बैंक र फोनपेको सहकार्यमा जिरीमा विद्युतीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न प्राइम कमर्सियल बैंक र फोनपेको संयुक्त सहकार्यमा जिरी नगरपालिकामा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’सम्पन्न भएको छ । सुरक्षित एवं सहज तरिकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवं अन्य सुरक्षाको उपायहरु अबलम्बन गर्ने जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा विद्यार्र्थी, शिक्षक तथा जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारणलाई साक्षरता कार्यक्रमको आयोजना गरिएको थियो । प्राइम कमर्सियल बैंकको मोबाइल बैंकिङ्ग एपमा भएको क्युआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाहरुको प्रयोग गरेर रकम स्थानान्तरण तथा विभिन्न सेवा तथा वस्तु प्रदायकहरुमा भुक्तानी गर्न सकिने बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठले बताए । त्यस्तै विद्युतीय वित्तीय कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंक कारोबार मार्फत् तुरुन्तै रकम पठाउन सकिने कुरा फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको भनाइ छ । विद्युतीय वित्तीय साक्षरता कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम धँुजु, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रहरी निरीक्षक विष्णु बहादुर वस्नेत, तारा दल गण प्रमुख शेर बहादुर वस्नेत, बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठ, सहायक महाप्रबन्धक सुरेश मान सिंह, फोनपेका चिफ विजनेस अफिसर सुमित दास र बिजनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठको सहभागिता थियो । कार्यक्रम जेठ १८ र १९ गते गरी २ दिनसम्म चलेको थियो । विभिन्न क्षेत्र एवं समुदायका व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानिय एवं क्षेत्रीयस्तरमा उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विद्युतीय कारोवारबाट हुने फाइदा र हुनसक्ने अपराध र रोकथामका तरिकाहरुको विषयमा पनि अन्तरक्रिया एवं समाजमा घटेका घटनाहरुमा समेत छलफल गरिएको थियो । उक्त कार्यक्रममा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र विभिन्न मठ मन्दिरहरुमा पनि क्युआर कोड वितरण गरिएको थियो ।

नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत असार ३ गते आइतबारदेखि असार ८ गते शुक्रबारसम्म उपकार लघुवित्त, साना किसान विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक र विजय लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनस बापत ४ लाख ५ हजार २३२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस बापत ४० लाख ६७ हजार ४७५.६९१८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस बापत ५ लाख ७६ हजार ४५०.९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ८.५० प्रतिशत बोनस बापत २४ लाख ७१ हजार ८९४.४२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र ०.४४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत बोनस बापत १३ लाख ८५ हजार ८७६.४६६७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.४१ प्रतिशत बोनस सेयर र ०.२३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, विजय लघुवित्तको २० प्रतिशत बोनस बापत ६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

जनताको मुद्दा ओझेलमा परे : अध्यक्ष लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अलमलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथिको छलफलमा उनले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताएका हुन् । लामिछानेले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहने भन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गरेका छन् । बजेटमा संशोधन हुनुपर्नेमा जोड दिँदै लामिछानेले भने, ‘सत्तारुढ दलका सांसदले नै बजेट ठिक छैन, तर सरकारमा सहभागी भएका आधारमा पास गर्नुपर्छ भन्ने संस्कार गलत छ, ।’ लामिछानेले  गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउँदै बढ्दो कालोबजारी र खुल्ला सीमामा बढ्दो तस्करी नियन्त्रण गर्नुपर्ने माग समेत राखेका छन् । यस्तै, लामिछानेले प्रहरी जवान र हवलदारको स्वैच्छिक अवकाशलाई १६ वर्षे गरिनु पर्ने बताउँदै जुनीयर अधिकृतहरूको १८ वर्षे र सिनीयर अधिकृतको २० वर्षे गरिनु पर्ने र २० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था गरिनुपर्ने पनि बताए । उनले आर्थिक अवस्थाको वास्तविक मूल्याङ्कनबाट राजस्व प्रक्षेपण गरी संशोधन प्रस्ताव ल्याउन समेत आग्रह गरेको छन् । रासस

कविता : धन कमाउँछु, घर जमाउँछु

आमा र बुबाको हाँसोका लागि मेरो खाँचो बन्न, रहर छ, करोडौं सपना सजाएको कोठाको साँचो बन्न । धन कमाउँछु, घर जमाउँछु, साथ बसाउँछु, छुट्ने छैन हाम्रो नाता, देऊ हात कसिलोसँग समाउँछु । नसुनाऊ कसले के गर्यो, कहाँ पुग्यो, के सफल भयो, लाग्छ आजसम्म मैले गरेको सबै प्रयास विफल भयो । देखेको र सोचेको त कैयौं कुरा हुन्छन्, केही गरेर देखाउन सकेको नि होइन, कुनै दिन त होला नि, अहिले पो मुखमा च्याप्ने एक खिल्ली खुसी पनि छैन । न त बन्न सके राम्रो नै न त छ मनमा चैँ-न भाग्य भए, भोलि त होला नि आज पो छैन । पैसा नै सबै थोक त हैन, तर पैसाको बिटो हातमा गन्नेछु, भाग्य भए, एक दिन सफल म पनि त बन्नेछु । छन् ! सपना सजाएर फाट्न लागेका झोला, के मैले देखेको, सोचेको, आँटेको र साँचेको रहर पूरा होला ?

सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं । आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एक/एक जीत हासिल गरेका छन् ।जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् । अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । दरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको दुई अंक छ भने दुई खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अंक नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थान र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । रासस

‘क्लाउड ब्लास्ट हुँदा केही हाईड्रो काम नलाग्ने स्थितीमा छन्’

नेपालको पूर्वी भेगमा असार १ र २ गते आएको बाढीले डेढ दर्जन जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधिन तथा निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा खर्बौं रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक अनुमान छ । साथै, बाढीका कारण मानवीय क्षति पनि ठूलो भएको छ । पूर्वी नेपालमा बाढीका कारण कति क्षति भयो भनेर एकिन तथ्याङ्क आउन भने बाँकी रहेको छ । यहि विषयमा केन्द्रित भएर अपर हेवाखोला हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्कासँग गरिएको कुराकानीको अंश : असार १ र २ गतेको बाढीले पूर्वी नेपालका जलविद्युत आयोजनामा कति क्षति पुर्यायो ? पूर्व नेपालमा बाढीका कारण कति क्षति भयो एकिन तथ्याङ्क आएको छैन । डेढ दर्जन बढी आयोजनामा क्षति भएको अनुमान गरिएको छ । आयोजनाहरुमा समान प्रकृतिको क्षति छैन । कुनैमा बढी क्षति भएको छ भने कुनै आयोजनामा कम क्षति भएको छ । खोला किनारा नजिक पावर हाउस राखिएका हाइड्रोमा बढी क्षति भएको छ भने अलिक टाढा पावर हाउस भएका आयोजनामा कम क्षति भएको देखिन्छ । उपर हेवा खोला प्रोजेक्ट ८.७५ मेगावाट क्षमताको हो । यस आयोजनाको इण्टेक हेडबक्समा असर गरेको छ । ठूलो बाढी आएको हुँदा सबै भत्काएर लगेको छ । ठूल्ठूला ढुंगाहरु ल्याएर पुरेको छ । कनेक्टिङ च्यानलको ठाउँमा कनेक्टिङ पाइप जडान गरिएको थियो । कनेक्टिङ पाइप पनि भाँचेको छ । दुई वटा साना खोलालाई मिसाउन क्रसिङ्ग ब्रिज बनाएर पानी ल्याइएको थियो । एउटा खोलालाई ढुंगाले हानेर पुल क्षतविक्षत बनाएको छ भने अर्काे पुलको जरै देखि उप्काएर लगेको छ । पावर हाउस जाने बाटो पनि छैन । पावर हाउसको प्रोटेक्सन पुरै सखाप पारेको भएपनि पावर हाउस भने सुरक्षित नै छ । अहिलेसम्म कति जति क्षति भएको अनुमान गर्नु भएको छ ? कुन आयोजनाको कति क्षति भएको छ भन्ने एकदुई दिनमा सबै तथ्याङ्क आउँछ । अपर हेवाखोलामा भने २ वटा पुलसहित अन्य क्षतिको आँकलन गर्दा ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । यो स्टेमेट पूर्ण होइन । अन्य घाटाको हिसाव अलग्गै छ । यो प्रोजेक्टको कूल लागत १ अर्ब ४२ करोड रुपैयाँ हो । जसको एकतिहाई जति क्षति गरेको छ । यो नोक्सानी सबै कम्पनीले बेहोर्नु पर्छ ? हामीले आयोजनाको बीमा गरेका हुन्छौं । बीमा कम्पनीले कति बेहोर्नु पर्छ भन्ने एकिन तथ्याङ्क आउन बाँकी छ । बीमा कम्पनीबाट पनि स्थलगत अवलोकन गर्न आउनु भएको छ । केही रकम बीमा कम्पनीले बेहोर्छ । नपुगेको हामीले थप्नु पर्छ । बीमा पोलिसी अनुसार हामीले कति रकम पाउने हो र कति दिने भनेर क्षतिको विवरण अनुसार आउँछ । यस्तै जोखिम कम गर्नका लागि बीमा गरिएको हो । हामीले प्रिमियम तिरिरहेका हुन्छौं । यदि कुनै बाढी पहिरो नआए वा घटना नघटेमा बीमा कम्पनीहरुलाई फाइदामा हुन्छ । यस्तै प्रकारका क्षति भयो भने बीमा कम्पनीलाई पनि घाटा हुन्छ । तर, बीमा कम्पनीलाई त्यति धेरै असर गर्दैन । किनकी उहाँहरुले पनि रिइन्स्योरेन्स गरेका हुन्छन् । संखुवासभामा कति वटा हाइड्रोपावरमा क्षति पुर्यायो ? संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेशिनमा बनेका अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ५ मेगावाट र सवा खोला ४ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुर्याएको छ । जसमध्ये नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमा पनि क्षति भएको छ । सखुवासभा, ताप्लेजुङ र पाँचथरको एउटै रेञ्जको मिल्के जलजले डाँडो छ । त्यहि डाँडोको वरीपरि वर्षा भयो । संखुवासभामा बग्ने पानी यतातिर र ताप्लेजुङ, पाँचथरतिर बग्ने पानी उतापट्टि क्षति गर्याे । त्यो दिन अत्यधिक वर्षा भएको देखिन्छ । एकैदिनमा १३२ मिलिमिटर पानी परेको रेकर्ड छ । यो क्षेत्रमा बढी पानी परेका कारण धेरै क्षति भएको हो । पक्कि पुल, झोलङ्गे पुल बगाएको छ । किसानहरुको खेतवारीहरु, पाकेको धानवाली बगाएको छ । खोलावरीपरिका जग्गा जमीन बगर बनाएको छ । हिजो ३०/४० मिटरको क्षेत्र भएको खोलाले दायाँवायाँ काटेर २ सय मिटरको बनेको छ । हामीले यस्तै अफ्ठ्यारो पर्न सक्छ भनेर बीमा गरेको हो । त्यसैले बीमा कम्पनीले पोलिसीमा जे उल्लेख छ उनीहरुले बेहोर्नु पर्छ । अहिले ठूलो क्षति भएको छ । हामीले आयोजनाको १२/१४ वर्षसम्म ऋण तिर्न समय लाग्छ । १५ वर्षपछि १० गुणा रोयल्टी र ट्याक्स बढेर जान्छ । ३० वर्ष पछि आयोजना राज्यलाई हस्तन्तरण गर्नु पर्छ । त्यसैले सरकारले पनि जिम्मेवारी र दायित्व लिनु पर्छ । किनभने हामीले ब्यक्तिगत फाइदाका लागि मात्रै लगानी गरेका होइनौं । राज्यको हितका लागि काम गरेका हुन्छौं । किनभने भोलिका दिनमा अर्बाैं रुपैयाँ बराबरका प्राजेक्टहरु राज्यलाई जिम्मा लगाउनु पर्छ । हामीलाई अफ्ठ्यारो परेको बेला वा प्रोजेक्टहरु कसरी दीगो बनाउने भनेर सरकारले पनि आफ्नो तर्फबाट दायित्व निर्वाह गर्नु पर्छ । राज्यले पुनकर्जाको सुविधा, ब्याजमा अनुदान र प्रोजेक्ट बनाउने समयवाधि थप गर्ने काम राज्यले गर्नु पर्छ । हाईड्रोपावरमा किन धेरै क्षति हुन्छ ? सामान्य क्षति हुनु स्वभाविक हो तर, शतप्रतिशत हुँदा निर्माण गर्दाको कमजोरी भएर हो ? देशभरीका सबै खोलाहरुबाट ८३ हजार मेगावाट विजुली उत्पादन गर्ने सकिने हामीले भन्दै आएका छौं । हाइड्रोपावर बनाउन हामीले खोलामै जानु पर्छ । हाम्रो नेपाललाई न्यू माउन्टेन भनेर चिनिएको छ । न्यू माउन्टेन भनेको पछि बनेका पहाड हुन् । पछि बनेका पहाडहरु कमजोर हुन्छन् भन्ने अनुमान छ । अमेरिकाको रक्की पर्वत वा कडाचट्टान भएको पहाड जस्तो नेपालका पहाड छैनन् । कमजोर खालको चट्टानले बनेको भूगोल हो । खोलाहरुमा हाइड्रोपावर बनाउने काम आफैँमा चुनौतिपूर्ण छ । बनाउँदा खेरी पनि चुनौति नै हुन्छ । आयोजना निर्माण सम्पन्न भएपछि झनै चुनौतिपूर्ण हुँदो रहेछ । यदि जलविद्युत आयोजना बनाउँदै नबनाउने हो भने स्रोत साधनको उपयोग पनि हुँदैन । हामीले हाइड्रोपावर नबनाएको भए १८/२० घण्टाको लोडसेडिङ अन्त्य हुँदैनथ्यो । हामीले जोखिम मोलेर विभिन्न समस्याहरुसँग जुधेर हाइड्रोपावर बनाएर नै अहिले नेपालमा विजुली धेरै भयो भन्ने अवस्थामा पुग्यौं । निजी क्षेत्रले जोखिम बोक्यो हामीले आयोजना बनाएर क्षति हुन पुगेको होइन । हाम्रो भूगोल, खोलाहरुको नेचर, पानी पर्ने तरिका, जलवायु परिवर्तनले ल्याएको समस्या हो । । तर, हामीलाई गाह्रो परेको बेलामा सहयोग पनि हुनु पर्याे नी । सेप्टेम्बरबाट पानी परेको थिएन । मौषम विज्ञान विभागको सूचना अनुसार यस वर्ष ३५ देखि ५० प्रतिशत मात्रै वर्षा हुन्छ भनेको छ । तर, यो क्षेत्रमा एकैदिनमा १३२ मिलिमिटर वर्षा भइदियो । यस्तो अवस्थालाई बादल फाटेको (क्लाउड ब्लास्ट) भनिन्छ । एकै ठाउँमा भाँडोले पानी खन्याए जस्तो भयो । बादल फाटेपछि सामान्य अवस्था रहेन । एकैचोटी पानी खन्याए जस्तै वर्षा भएपछि पहिरो गयो । पहिरो गएपछि खोला थुनियो । एकैछिन पछि थुनिएको खोला एकैचोटी ब्लास्ट भएर ढुंगा माटो, लेदो, रुख विरुवा लगायतको मिश्रण भएर बग्न थाल्यो । जति तल आयो त्यति नै धेरै बाढीको मात्रा बढ्यो । १० मिटर उचाई भएर खोलामा लेदो बगेको थियो । त्यसैले धेरै क्षति गरेको हो । बादल फाटेर पानी पर्ने अभ्यास विगत केही वर्षदेखि भइरहेको छ । यसअघि गत वर्ष मेलम्चीमा पनि यस्तै भएको थियो । यसपटके ताप्लेजुङ, पाँचथर र संखुवासभाको रेञ्जमा बादल फाटेर पानी परेको हो । सरदर १०/२० मिलिमिटर पानी पर्नु पर्ने हो तर, १ घण्टामा १३२ मिलिमिटर पर्याे । हामी प्रकृतिसँग जुध्न सक्दैनौं तर, जोखिम कम हुने गरी पुर्वाधार निर्माण किन गर्न सकेनौं ? शत प्रतिशत क्षति गर्दा निर्माण प्रक्रियामा प्रश्न उठ्छ नी ? सबै प्रोजेक्टमा एकनाशको क्षति भएको छैन । प्रोजेक्ट अनुसार फरक फरक क्षतिको आँकलन गरिएको छ । कुनै प्रोजेक्टहरुमा शतप्रतिशत क्षति भएकै हो । हामीले बनाएका प्रोजेक्टहरु ५ देखि २० मेगावाटसम्मका छन् । यसमा हाम्रो कमजोरी वा मानविय कमजोरी हुन्छ । तर, हामीले जति बलियो आयोजना भनायौं भनेपनि प्रकृतिसँग जुध्न भने कठिन हुन्छ । अहिलेको समस्या मानवीय क्षमताभन्दा बाहिरको हो । यदि यसमा हाम्रो मात्रै दोष् देखाउने हो भने अब देखि कसैले पनि हाइड्रोपावर नबाए हुन्छ । जोखिम बहन गर्न सक्ने गरी नै आयोजना निर्माण गरेका हुन्छौं । १ सय वर्षको भविष्य मापन गरेर बनाइएको हुन्छ ।