प्राइम कमर्सियल बैंक र फोनपेको सहकार्यमा जिरीमा विद्युतीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<p>काठमाडौं । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न प्राइम कमर्सियल बैंक र फोनपेको संयुक्त सहकार्यमा जिरी नगरपालिकामा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’सम्पन्न भएको छ । सुरक्षित एवं सहज तरिकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवं अन्य सुरक्षाको उपायहरु अबलम्बन गर्ने जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा विद्यार्र्थी, शिक्षक तथा जिरी नगरपालिकाका कर्मचारी [&hellip;]</p>

काठमाडौं । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न प्राइम कमर्सियल बैंक र फोनपेको संयुक्त सहकार्यमा जिरी नगरपालिकामा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’सम्पन्न भएको छ । सुरक्षित एवं सहज तरिकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवं अन्य सुरक्षाको उपायहरु अबलम्बन गर्ने जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा विद्यार्र्थी, शिक्षक तथा जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारणलाई साक्षरता कार्यक्रमको आयोजना गरिएको थियो ।

प्राइम कमर्सियल बैंकको मोबाइल बैंकिङ्ग एपमा भएको क्युआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाहरुको प्रयोग गरेर रकम स्थानान्तरण तथा विभिन्न सेवा तथा वस्तु प्रदायकहरुमा भुक्तानी गर्न सकिने बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठले बताए । त्यस्तै विद्युतीय वित्तीय कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंक कारोबार मार्फत् तुरुन्तै रकम पठाउन सकिने कुरा फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको भनाइ छ ।

विद्युतीय वित्तीय साक्षरता कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम धँुजु, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रहरी निरीक्षक विष्णु बहादुर वस्नेत, तारा दल गण प्रमुख शेर बहादुर वस्नेत, बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठ, सहायक महाप्रबन्धक सुरेश मान सिंह, फोनपेका चिफ विजनेस अफिसर सुमित दास र बिजनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठको सहभागिता थियो । कार्यक्रम जेठ १८ र १९ गते गरी २ दिनसम्म चलेको थियो ।

विभिन्न क्षेत्र एवं समुदायका व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानिय एवं क्षेत्रीयस्तरमा उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विद्युतीय कारोवारबाट हुने फाइदा र हुनसक्ने अपराध र रोकथामका तरिकाहरुको विषयमा पनि अन्तरक्रिया एवं समाजमा घटेका घटनाहरुमा समेत छलफल गरिएको थियो । उक्त कार्यक्रममा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र विभिन्न मठ मन्दिरहरुमा पनि क्युआर कोड वितरण गरिएको थियो ।

Share News