जनताको मुद्दा ओझेलमा परे : अध्यक्ष लामिछाने

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अलमलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथिको छलफलमा उनले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताएका हुन् । लामिछानेले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहने भन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अलमलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथिको छलफलमा उनले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताएका हुन् ।

लामिछानेले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहने भन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गरेका छन् ।

बजेटमा संशोधन हुनुपर्नेमा जोड दिँदै लामिछानेले भने, ‘सत्तारुढ दलका सांसदले नै बजेट ठिक छैन, तर सरकारमा सहभागी भएका आधारमा पास गर्नुपर्छ भन्ने संस्कार गलत छ, ।’

लामिछानेले  गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउँदै बढ्दो कालोबजारी र खुल्ला सीमामा बढ्दो तस्करी नियन्त्रण गर्नुपर्ने माग समेत राखेका छन् ।

यस्तै, लामिछानेले प्रहरी जवान र हवलदारको स्वैच्छिक अवकाशलाई १६ वर्षे गरिनु पर्ने बताउँदै जुनीयर अधिकृतहरूको १८ वर्षे र सिनीयर अधिकृतको २० वर्षे गरिनु पर्ने र २० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था गरिनुपर्ने पनि बताए ।

उनले आर्थिक अवस्थाको वास्तविक मूल्याङ्कनबाट राजस्व प्रक्षेपण गरी संशोधन प्रस्ताव ल्याउन समेत आग्रह गरेको छन् । रासस

Share News