कैलाली कारागारका सबै कैदीबन्दी निस्किए
काठमाडौं । कैलाली कारागार कब्जा भएपछि त्यहाँ रहेका सबै कैदीबन्दी बाहिरिएका छन् । ‘जेनजी’ आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले मंगलबार कारागार परिसरमै कब्जा जमाएपछि कैदीबन्दीहरू निस्किएका हुन् । प्रदर्शन उग्र बन्दै गएपछि देशभर विभिन्न सरकारी निकाय र संरचनाहरू प्रदर्शनकारीको निशानामा परिरहेका छन् ।
बालेनले भने- प्लिज जेनजी, अब घर फर्कनूहोस्
काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बोलन शाहले आन्दोलन गरिरहेका जेनजीहरूलाई घर फर्किन आग्रह गरेका छन् । उनले भने, ‘प्लिज जेनजी, देश तपाईंहरूकै हातमा हो, तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो ।’
जेनजीलाई संयमित हुन डा. रुइतको आग्रह
काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रदर्शनमा रहेका जेनजीलाई संयमित हुन आग्रह गरिएको छ । सार्वजनिक सम्पत्ति तोडफोडमा उत्रिएका जेनजीहरूलाई असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेकाले संयम हुन आग्रह गरेका हुन् । सामाजिक सञ्जालमा विशेष अनुरोध गर्दै डा. रुइतले युवाहरूलाई आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू तपाइले देखाउनुभएको आदम्य साहसका कारण असहिष्णु र भ्रष्ट राजनीति नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पतीमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।’ डा. रुइतले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएकाले सार्वजनिक सम्पत्तिको नोक्सानी नगर्न आग्रह गरेका हुन् ।
जेन जीलाई संयमित हुन डा. रुइतको आग्रह
काठमाडौं । डाक्टर सन्दुक रुइतले प्रदर्शनमा रहेका जेन जीलाई संयमित हुन आग्रह गरिएको छ । सार्वजनिक सम्पती तोडफोडमा उत्रिएका जेनजीहरूलाई असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडी हटिसकेकाले संयम हुन आग्रह गरेका हुन् । सामाजिक सञ्जालमा बिशेष अनुरोध गर्दै डा. रुइतले युवाहरूलाई आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू तपाइले देखाउनुभएको आदम्य साहसका कारण असहिष्णु र भ्रष्ट राजनीतिनेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पतीमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।’ डा. रुइतले सार्वजनिक सम्पतीको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएकाले सार्वजनिक सम्पतीको नोक्सानी नगर्न आग्रह गरेका हुन् ।
प्रदर्शन शान्तिपूर्ण बनाउन आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने कार्यमा जिम्मेवार हुन प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका घटनाबाट शिक्षा लिँदै आजको प्रदर्शनमा थप मानवीय र भौतिक क्षति हुन नदिनका लागि प्रदर्शनलाई गम्भीरतापूर्वक लिन आयोगले आग्रह गरेको हो । प्रदर्शनका क्रममा भएको मानव अधिकारको उल्लङ्घनको अनुसन्धानका लागि आयोगले आज आयोगका सदस्य डा. लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको जनाएको छ ।
जेनजीले प्रकाशमान सिंहको घरसहित ६ वटा गाडी जलाए
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा जेनजीले आगजनी गरेका छन् । जेनजीले सिंहको निवास र ६ वटा गाडी जलाएका हुन् । नेता सिंह र उनको परिवारका सदस्यहरूलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए । सिंह नेपाली सेनाको सुरक्षामा छन् । आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । त्यसपछि जेनजीले सिंह निवासमा आगो लगाएका थिए ।
भाटभटेनी सपिङ सेन्टरमा आगजनी
काठमाडाै । भाटभटेनी सपिङ सेन्टरमा पनि आगजनी गरिएको छ। मंगलबार प्रर्दशनकारीहरुले नक्सालस्थित भाटभटेनी सपिङ सेन्टरमा पनि आगजनी गरेका हुन् । जेनजी युवा पुस्ताले गरेको प्रर्दशनमा सरकारी कार्यालयदेखि धेरै सम्पतिमा क्षति पुगेको छ ।
थापाथलीस्थित सीजी मोटर्सको शोरूममा आगजनी
काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको सीजी मोटर्सको शोरूममा जेनजीहरूले आगजनी गरेका छन् । मंगलबार प्रदर्शनको क्रममा उनीहरूले शोरूममा आगो लगाएका हुन् । घटनाबारे थप विवरण आउन बाँकी छ । सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।