सिटिजन लाइफका संस्थापक सेयरधनीले १५ दिनभित्र सेयर अभौतिकीकरण गर्नुपर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीले १५ दिनभित्रमा सेयर अभौतिकीकरण गर्नुपर्ने भएको छ । कम्पनीले सेयर सिडिएस एण्ड क्लियरिङमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको हुदाँ संस्थापक सेयरधनीहरुलाई आजको मिति अर्थात असोज ५ गतेबाट १५ दिनभित्रमा सेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो । जसको लागि सेयरधनीहरुले आवश्यक कागजात सहित कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भर्नु पर्ने छ । र, अबको १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको थापाथलीस्थित एलएस कम्प्लेक्समा बुझाउनु पर्ने कम्पनीले एक सूचना मार्फत जानकारी गराएको छ ।
सरकार र आन्दोलनकारी शिक्षकबीच ६ बुँदे सहमति
काठमाडौं । सरकार र आन्दोलनकारी शिक्षकबीच ६ बुँदे सहमति भएको छ । तीन दिनदेखि शिक्षक महासंघको नेतृत्वमा ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ विरोधमा राजधानी केन्द्रित आन्दोलन गरेका शिक्षक र सरकारबीच शुक्रबार सिंहदरबारमा सो सहमति भएको हो । संददीय प्रणालीअनुसार नै विधेयकको प्रकृया अगाडि बढाउने सहमति सहित दुई पक्षबीचमा सहमति भएको मस्यौदामा उल्लेख गरिएको छ । सहमतिसँगै शिक्षकहरुले विद्यालय शिक्षा विधेयकमा असहमति र माग सहित राजधानी केन्द्रित भएर गरेको आन्दोलन स्थगत हुने भएको छ । हेर्नुहोस सहमतिको मस्यौदा १. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने । २. विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने (क) शिक्षकको दश दश वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्न । (ख) माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने । (ग) प्रजातान्त्रिक एवं पेशागत आन्दोलन तथा द्वन्द प्रभावित शिक्षक तथा कर्मचारीको विस्थापित भएको मितिबाट पुनर्वहालीसम्म वा निवृत्त भएको वा सेवाबाट राजीनामा दिएको अवधिसम्म टुटेको सेवा अवधि निवृत्तभरण वा उपदान वा अन्य सुविधा प्रयोजनको लागि गणना गर्ने। (घ) शिक्षक तथा कर्मचारीसम्बन्धी विभागीय कारबाही र सजाय सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने । (ङ) विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको पद समायोजन गर्ने । (च) सम्बन्धित स्थानीय तहभित्र शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने । (छ) शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने। (ज) योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गर्ने। (झ) शिक्षकको निवृत्तभरण प्रयोजनको लागि अपुग हुने अवधि निजको अस्थायी सेवा अवधिबाट गणना गर्ने । (ञ) शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि चालीस वर्ष कायम गर्ने । (ट) साविक उच्च माध्यमिक विद्यालयमा स्वीकृत दरवन्दी र अनुदानकोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकको सिमित प्रतिष्पर्धाका सम्बन्धी व्यवस्थालाई एक पटकको लागि आन्तरिक तर्फ पचहत्तर प्रतिशत कायम गर्ने । ३. शिक्षा सम्बन्धी विज्ञ तथा नेपाल शिक्षक महासंघसमेतको सहभागितामा नियमावली तर्जुमा गर्ने र नियमावलीमा देहायका विषय समावेश गर्ने क) कार्यसम्पादन मुल्याङ्कन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाअध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मूल भूमिका हुने गरी व्यवस्था गर्ने, ख) पेशागत हक हित लगायतका नेपाल शिक्षक महासंघ सम्बन्धी अन्य विषयहरु, ग) सार्वजनिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अभिभावकको बाहुल्य हुने गरी संख्या निर्धारणा सम्बन्धी विषय, घ) विद्यालय शिक्षक तथा कर्मचारीले पाउने दुर्गम भत्ता, महति भत्ता तथा रोड वृद्धि तथा समायोजन लगायतका सुविधा सम्बन्धी विषय ङ) सार्वजनिक विद्यालयका शिक्षकको संचित विदा र सो बापतको रकमसम्बन्धी विषय । (च) शिक्षक तथा विद्यालय कर्मचारीको तहगत प्रणाली र तहमा समायोजनसम्बन्धी विषय । (छ) शिक्षक अनुमतिपत्रसम्बन्धी व्यवस्था र साविक उच्च माध्यमिक विद्यालययमा नियुक्त पाएका शिक्षकको छुट अनुमतीपत्रसम्बन्धी विषय । (ज) आंशिक शिक्षक सम्बन्धी विषय । (झ) शिक्षक अभिभावक संघसम्बन्धी विषय । (ञ) शिक्षक सेवा आयोगको परीक्षामा विद्यालय शिक्षकले आन्तरीक प्रतिष्पर्धा गर्नेसम्बन्धी व्यवस्था । (ट) यस अघि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच मिति २०७८/११/९ मा भएको समझदारीलाई प्रत्यायोजित विधायनको व्यवस्था बमोजिम प्रारम्भिक बालविकाससम्बन्धी व्यवस्था गर्ने विषय र सेवाबाट अवकाश हुँदा प्राप्त गर्ने सुविधा सम्बन्धी विषय । ४. राष्ट्रिय मापदण्डमा समावेश गर्ने विषय : क) विद्यालय कर्मचारीको दरबन्दीको विषय, ख) सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधाको विषय, ग) संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति पत्र प्रदान गर्ने विषय, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधा र अभिलेख व्यवस्थापनको विषय, घ) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी विषय, ङ) विद्यालय कर्मचारीको छनोट सेवा सुविधा तथा शर्तसम्बन्धमा एकरुपता कायम गर्न नमुना कानून तर्जुमा सम्बन्धमा, च) शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने र यस विषयमा सम्बन्धित शिक्षा कार्यालयबाट समन्वय गर्ने विषय । (छ) संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका विषयमा संयन्त्र बनाउने र संयन्त्रमा शिक्षक तथा कर्मचारीको पेशागत संस्थाको प्रतिनिधित्व हुने विषय । ५. विद्यालय शान्तिक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा संचालन सम्बन्धी संघीय कानूनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने। ६. नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजको मितिबाट सार्वजनिक लगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने ।
डिशहोममा नयाँ नेपाली फिल्मको मेला, चलचित्र झिंगेदाउ प्रदर्शनमा
काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुशिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नेछन् । अहिले केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र झिंगेदाउ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज ५ गते देखि प्रदर्शन भईरहेको कम्पनीले जनाएकाे छ । छक्का पञ्जा ४, प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईल वाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सकिन्छ । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।
माइडियाको दशैँ तिहार अफर, वासिङ मेसिन किन्दा कुकटप उपहार
काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैं र तिहारलाई लक्षित गर्दै ‘माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग’ भन्ने नारासहित उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत माइडियाको ६, ७ र ८ केजी १०० सिरिजका वासिङ मेसिनको खरिदमा ६ केजी एरिअल प्याक उपलब्ध हुनेछ । यस्तै ८ केजी भन्दामाथिका २०० सिरिजका वासिङ मेसिनको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रीजिरेटरको खरिदमा आइरन, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ्ग किट उपहार रहेको छ । यो ग्राहक योजना भाद्र २८, २०८० देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ ।
डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरण
काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले श्री नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको बीच नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । श्री नन्दी माध्यामिक विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वस्थ्य तथा जनसंख्या मन्त्री गगन कुमार थापाद्धारा कम्प्युटर ल्याब हस्तान्तरण गरिएको हो । महामन्त्री थापालाई समारोहलाई सम्बोधन गर्दै डेल्टिन नेपालको यो सामाजिक उत्तरदायित्व अन्तरगतको कम्युटर ल्याप हस्तान्तरणले नन्दी विद्यालयका विद्याथीहरुको भविश्यमा महत्पूर्ण भूमिका खेल्ने बताएका छन् । आजको डिजिटल साक्षरता र प्राविधिक विकासको समयमा इन्टरनेट र कम्प्यूटरको उपलब्ध गराई देशको शैक्षिक क्षेत्रमा योगदान गर्नु भएकोमा डेल्टिन नेपाललाई महामन्त्रीले धन्यवाद समेत दिएका थिए । त्यसै गरी डेल्टिन नेपालका अपरेशन हेड सुभान्वित गुरुङले कम्पनीको यो सामाजिक कार्यलाई भोलीका दिनमा पनि निरन्तरता दिने बताएका छन् । कम्प्युटर ल्याबबाट विद्यार्थी भाइबहिनीहरुले धेरै भन्दा धेरै लाभ लिनेमा आफू ढुक्क भएको अपरेशन हेड गुरुङले सुनाए । त्यसै गरी डेल्टिन नेपालका मानव संसाधन प्रबन्धक नविन खातीले अत्याधुनिक कम्प्युटर ल्याब हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका छन् । डेल्टिन नेपाले १७ लाख रुपैयाको लगानीका २३ वटा कम्प्युटर, प्रोजेक्टर, ३ वटा फ्यान सहित कम्प्युटर ल्याप हस्तान्तरण गरेको छ । डेल्टिन नेपाल प्राइभेट लिमिटेडको सुरुवात डेल्टिन ग्रुपकोे अन्तर्राष्ट्रिय भेन्चरको रुपमा २०७५ साल भदौ १४ काठमाडौको मेरियट होटलमा खोलिएको थियो । अहिले २५० जनाले रोजगारी पाएका छन् । कम्प्युटर ल्याब हस्तान्तरण समारोहमा काठमाडौं महानगरपालिका वाडा नं १ अध्यक्ष भरतलाल श्रेष्ठ, पर्यटन विभाग निर्देशक काली प्रसाद भुजेल, श्री नन्दी विद्यालयका प्रधानाध्यापक गीता काफ्ले, एभरेष्ट हस्पिटालिटी एण्ड होटल प्रा। लिमिटेडका प्रमुख शशिकान्त अग्रवाल, अतिरिक्ता दुरुपयोग अनुसन्धन आयोग कि पूर्व आयुक्त डा. सावित्री थापा गुरुङ र प्रहारी नायब उपरीक्षक (डीएसपी) इन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ्ग कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्नका लागि आधिकारीक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पूँजी प्रदान गर्न च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्नेछ । बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटर्सहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ्ग कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।
खानी खोला हाइड्रोको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । खानी खोला हाइड्रोपावरको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा खानी खोला हाइड्रोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ । खानी खोला हाइड्रोपावर कम्पनी अन्तर्गतको आयोजनाहरु ‘टुगुंन-ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना’ ललितपुर जिल्लामा अवस्थित रहेका छन् । र, क्रमश : ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिरदेखि नै सञ्चालनमा आईसकेका छन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न गरेको छ । सौराहा–चितवन, सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सन सम्पन्न गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराई, सदस्यहरु नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल भएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षज्यूद्वारा ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो । उक्त आयोजित दोश्रो सेल्स कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने अवसरले कर्मचारीहरु थप उत्साहित रहेको कुरा सहभागीहरुले जानकारी गराए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्य लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनीले हरेक सुचकहरुमा उलेखनीय सफलता हासिल गर्दै आइरहेको साथै समय सापेक्ष उत्कृष्ट योजना र नविनतम प्रविधिको अवलम्बन गर्दै देशको जीवन बीमा क्षेत्रकै उत्कृष्ट सूर्यज्योति लाइफ बन्नेमा आफु ढुक्क रहेको बताए । सञ्चालक विवेक झाले कम्पनीसंग बेस्ट प्रोडक्ट, देशभर फैलिएको शाखा सञ्जाल, उत्कृष्ट सेल्स टिम र दक्ष कर्मचारीहरुको साथ रहेको हुँदा आगमी दिनमा जीवन बीमा कम्पनीहरुमा सूर्यज्योतिनै अब्बल हुने कुरामा आपूmले दृढ विश्वास लिएको जानकारी गराए ।