राधी विद्युतको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । राधी विद्युत कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २९ गते प्रथम वार्षिक साधारणसभा बिहान ११ बजे काठमाडौंमा बोलाएको हो । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन सभाले पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । लाभांश तथा साधारणसभा प्रयोजनका लागि पुस १५ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
ग्लोबल आइएमई बैंकले पठायो सेयरधनीको बैंक खातामा नगद लाभांश
काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको मंसिर २८ गते सम्पन्न १७औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सेयरधनीहरूको बैंक खातामा मंसिर २८ गतेदेखि आईपीएसमार्फत् जम्मा गरेको कम्पनीले जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता र प्यान नम्बर अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न बैंकले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने बैंकको भनाइ छ । नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरूको विवरण सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।
मर्जरको प्रस्तावसहित प्राइम बैंकले आह्वान गर्याे १६औं साधारणसभा
काठमाडौं । प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले १६औं वार्षिक साधारणसभा पुस २९ गते अमृतभोग क्याटर्स कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गर्ने गरी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन बैंकको सभाले पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी हुन सक्ने छन् ।
४० % लाभांश पारित गर्न नेपाल टेलिकमले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नेपाल टेलिकमले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले १६औं वार्षिक साधारणसभा पुस २९ गते राष्ट्रिय सभा गृह काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हहाल कायम चुक्ता पुँजीको सेयरधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १९ गतेदेखि २९ गतेसम्मसेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
नेप्सेले ६४ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ६४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेल हाल कायम चुक्ता पुँजी १ अर्बको ६४ प्रतिशत अर्थात् ६४ करोड रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको हो । लाभांश प्रस्ताव पारित गर्न नेप्सेले पुस २९ गते बिहान ११ बजे ४२औं वार्षिक साधारणसभा आह्वान गरेको छ । नेप्सेको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने, बोलायो ३१औं साधारणसभा
काठमाडौं । हिमालयन बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले ३१औं वार्षिक साधारणसभा पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बिहान साढे ९ बजे बोलाएको हो । बैंकको सभाले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन र एफपीओको मूल्य निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व १ जना गरी ५ जनाको निर्वाचन गर्नेछ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको ३ करोड ३३ लाख १७ हजार ७६० रुपैयाँलाई अनुमोदन गर्नेछ आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस २० गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी हुन सक्ने छन् ।
बैंकर्स संघको सदस्यमा पाँच सीईओ निर्वाचित, को-को ?
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ सदस्यमा पाँच जना सीईओ चुनिएका छन् । शनिबार भरतपुरको सौराहमा भएको संघको ३७ औँ वार्षिक साधारणसभाले संघको कार्यसमितिमा पाँच जनालाई चयन गरेको हो । जसमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन भएका छन् । संघका सदस्य लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको कार्यकाल पुरा भएको छ । त्यस्तै, नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सदस्यमा यथावत छन् ।
सिञ्जामा एक करोड ७३ लाख लगानीमा खानेपानी आयोजना निर्माण हुँदै
जुम्ला । सिञ्जा गाउँपालिका पालिकाभित्रका सबै वडामा एक घर एक धारा निर्माणमा जुटेको छ । पालिकाको वडा नम्बर १ मा एक करोड ७३ लाख ८३ हजार रुपैयाँ लगानीमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । गाउँपालिका अध्यक्ष धितालले भने, ‘अब ठेक्काको काम सकिएपछि गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढ्ने भएको छ ।’ सङ्घीय सरकारको विशेष अनुदानबाट सिञ्जाका सबै गाउँमा पाँच वर्षभित्र खानेपानी पुर्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धितालले बताए । यो आर्थिक वर्षको असारभित्र खानेपानी आयोजना निर्माण सम्पन्न हुने भएको छ । वडा नं ३ मा सुस्वा परियोजनाबाट एक घर एक धारा खानेपानी आयोजनाको कामसमेत अगाडि बढेको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । क्रमशः अर्को वर्ष अरु वडामा समेत घर घरमै खानेपानी पुर्याइने भएको छ । उक्त खानेपानी आयोजनाबाट सिञ्जा-१ का करिब दुई सय घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए । वडा नं १ मा निर्माण हुने आयोजनाबाट गाउँमा एक सय नौ खानेपानीका धारा निर्माण हुने गाउँपालिकाका इन्जिनियर राजकुमार भट्टले बताए । खानेपानीको सहज सुविधा पुर्याउने गरी खानेपानी आयोजना निर्माणको काम अबको केही सातापछि बोलपत्रको मूल्याङ्कनको काम सकिएपछि निर्माण आयोजनाको काम तीव्रगतिमा अगाडि बढ्ने गाउँपालिका इन्जिनियर भट्टको भनाइ छ । नीति तथा कार्यक्रममा खानेपानीलाई विशेष प्रथामिकतामा राखेर गाउँपालिकाले काम गरेको गाउँपालिका सुचना अधिकारी मित्रलाल धितालले जानकारी दिए । रासस