विकासन्युज

राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सहज र सरल रुपमा पाउने गरी काम गर्ने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले राष्ट्रिय क्यान्सर रणनीति २०२४/२०३० स्वीकृत गर्ने पहिलो निर्णय समेत गरेका छन् । काठमाडौं क्षेत्रनम्बर ५ बाट निर्वाचित उनले पहिलो पटक मन्त्री हुँदै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका हुन् ।

खानेपानीमन्त्री प्रदीप यादवले गरे पदभार ग्रहण

 काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री यादवलाई कर्मचारीहरूले स्वागत गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका यादव प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्या मन्त्री थिए ।

यस्तो बन्यो ओली नेतृत्वको मन्त्रिमण्डल

काठमाडाैं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनको नेतृत्वको मन्त्रिमण्डलले पद तथा गोपनीयताको शपथ लिएको छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् । यी हुन् नयाँ मन्त्रीहरु प्रकाशमान सिंह – उपप्रधान एवम् सहरी विकास मन्त्रालय विष्णु पौडेल –उपप्रधान एवम् अर्थ मन्त्रालय पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रमेश लेखक – गृह मन्त्रालय शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आरजु राणा – परराष्ट्र मन्त्रालय प्रदीप पौडेल – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रामनाथ अधिकारी – कृषि तथा पशुपक्षी मन्त्रालय प्रदीप यादव – खानेपानी मन्त्रालय बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तेजुलाल चौधरी – युवा तथा खेलकुद मन्त्रालय अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मानवीर राई – रक्षा मन्त्रालय दीपक खड्का – ऊर्जा, सिचाइँ तथा जलस्रोत मन्त्रालय राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ऐनबहादुर शाही – वन तथा वातावरण मन्त्रालय

आक्रमणमा मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियो : अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने सम्भावना’ बाट उम्केको बताएका छन् । रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भने, ‘सायद, म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।’ उनले आफ्नो दाहिने कानमा सेतो पट्टी बाँधेर सुनाएको यो ‘अति वास्तविक अनुभव’ भएको पत्रिकाले उल्लेख गरेको छ । शनिबार एक चुनावी र्‍यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानमा लछार्दै गएको थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको, एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए । ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए । उनले भने, ‘घटनापछि धेरैले भनिरहेका छन् कि “भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।’ गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उनले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे । उनले भने, ‘उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको मलाई बताइएको छ ।’ ‘उनीहरूले उत्कृष्ट काम गरे,’ उनले भने, ‘यो हामी सबैका लागि अवास्तविक छ ।’ सिक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई घेरा हालेर भीडबाट निकाल्दै गर्दा मुठ्ठी उठाएको तस्बिर संसारभरका पत्रिकाको फ्रन्ट पेजमा छापिएको थियो । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । ‘धेरै मानिसहरूले यो आफूले देखेको सबैभन्दा प्रतिष्ठित तस्वीर भएको बताउँछन्,’ पूर्व राष्ट्रपतिले न्यूयोर्क पोस्टसँग भने ‘उनीहरूले सही भनेका हुन् । आक्रमणबाट म बाँच्न सफल भएको छु । सामान्यतया पत्रपत्रिकामा यस्तो चर्चा एक जीवित व्यक्तिका लागि विरलै हुने गर्छ ।’ रासस

हुन्डाइ फेस्टिभल डिलाइट २०८० को विजेता घोषित

काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ । ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफर अनुरुप अलायन्स मोटर्स प्रालि, हुन्डाइ बिर्तामोडका ग्राहक सुनसरीका ईन्द्र प्रसाद गुरागाइँले हुन्डाइ एक्स्टर बम्पर लक्की ड्र जितेका छन् । उनको कुपन नम्बर ५३ थियो । यस अफर अनुरुप हरेक नयाँ हुन्डाइ गाडीको खरिदमा ग्राहकहरुले ६ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्र्याच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत १ जना विजेतालाई हुन्डाइ एक्स्ट्रा जित्ने मौका हुन्छ। ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफरको विजेताको घोषणा हुन्डाइ नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते ११ बजे गरिएको थियो । कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल कार्यक्रमको मुख्य अतिथिको रुपमा थिइन् ।

राष्ट्रिय वाणिज्य बैंकको एकैपटक देशको ६ स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । नयाँ विस्तार भएका शाखाहरुमा सुनसरी जिल्लाको हरिनगरा नगरपालिका-२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका-२, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका-४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका-१, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका-६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालय रहेका छन् । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ । साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

ओली सरकारका मन्त्रीहरूले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूले पद तथा गोपनियताको मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् । ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन् । यसअघि प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले शपथ लिएका थिए ।   मन्त्रीहरु पृथ्वी सुब्बा गुरुङ : सञ्चार मन्त्री रमेश लेखक : गृह मन्त्री शरदसिंह भण्डारी : श्रम मन्त्री डा आरजु राणा : परराष्ट्र मन्त्री प्रदिप यादव : खानेपानी मन्त्री बलराम अधिकारी : भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री दामोदर भण्डरी : उद्योग मन्त्री नवल किशोर साह सुडी : महिला बालबालिका तथा समाजकल्याण मन्त्री देवेन्द्र दाहाल : भौतिक पूर्वाधार मन्त्री तेजुलाल चौधरी : युवा तथा खेलकुद मन्त्री प्रदीप पौडेल : स्वास्थ्य मन्त्री अजय कुमार चौरसीया : कानुन मन्त्री बद्री पाण्डे : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामनाथ अधिकारी : कृषि मन्त्री विद्या भट्टराई : शिक्षा मन्त्री मानवीर राई : रक्षा मन्त्री दीपक खड्का : उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजकुमार गुप्ता : संघीय मामिला मन्त्री ऐन बहादुर शाही : वन मन्त्री  

नवनियुक्त उपप्रधानमन्त्री सिंह र पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र उप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।