विकासन्युज

देशभर १७ सेवा केन्द्रसहित फोटोनको ‘टोटल केयर’ सेवा विस्तार

काठमाडौं । फोटोनले ग्राहकको विश्वासलाई अझ सुदृढ बनाउन ‘फोटोन टोटल केयर’ सेवा विस्तार गर्दै नेपालभर आफ्टर–सेल्स सञ्जाललाई मजबुत बनाएको छ । बिक्रीपछिको सम्पूर्ण सेवा समेटिने यस कार्यक्रममार्फत कम्पनीले गाडी खरिदपछि दीर्घकालीन सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ । फोटोनले देशभर १७ वटा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ, जसले शहरदेखि ग्रामीण बस्तीसमेतका ग्राहकलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउँदै आएको छ । प्रशिक्षित प्राविधिक, छिटो सेवा र जेन्युइन स्पेयर पार्ट्सको पहुँचले ब्रान्डप्रति उपभोक्ताको विश्वास बढेको कम्पनीको दाबी छ । ‘फोटोन टोटल केयर प्रमिस’ अन्तर्गत ग्राहकले भरपर्दो मर्मत तथा सर्भिस, जेन्युइन पार्ट्स, वारेन्टी, रोडसाइड असिस्टेन्स र डेडिकेटेड कस्टमर केयरसमेत एकै स्थानबाट पाउन सक्छन् । यसले सवारी साधनको डाउनटाइम घटाउने, दक्षता बढाउने र व्यवसायिक प्रयोजनका गाडी प्रयोगकर्तालाई मानसिक शान्ति दिलाउने कम्पनीको विश्वास छ । फोटोन गाडीका लागि विशेष तालिम प्राप्त प्राविधिक र १०० प्रतिशत जेन्युइन पार्ट्स प्रयोगसँगै कम्पनीले गाडीको आयु, सुरक्षा र टिकाउपनामा विशेष ध्यान दिएको जनाएको छ । ग्राहकमैत्री पहलहरूसँगै फोटोनले सर्भिस क्याम्प, क्विक–रेस्पोन्स हेल्पलाइन र नियमित फलो–अपमार्फत सेवा प्रभावकारी बनाउँदै आएको छ । अगस्ट १० देखि सेप्टेम्बर अन्त्यसम्म सञ्चालन गरिएको ‘मेगा मनसुन सर्भिस क्याम्प’ पनि कम्पनीको प्रमुख गतिविधिमध्ये एक थियो, जसमा देशभर चेकअप, सर्भिस सपोर्ट र विशेषज्ञ परामर्श प्रदान गरिएको थियो ।  फोटोनले ‘टोटल केयर’ कार्यक्रममार्फत विश्वसनीय सेवा, उच्च गुणस्तर र छिटो उपलब्धतासहित उपभोक्तालाई निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

टाटा टियागो ईभीमा अफर : बाली भ्रमण र आइफोन १७ पाइने

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि आकर्षक योजना सार्वजनिक गर्दै 'ग्रेटेस्ट अफर अल टाइम' अफर घोषणा गरेको छ । यस अफरमार्फत ग्राहकले सवारी खरिद गर्दा आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन् । अफरअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन् । जोडीका लागि बाली भ्रमण, आइफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् । साथै, योजनामा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एसेसरिज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू समावेश रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी सुविधाले ग्राहकलाई थप सहज, भरपर्दो र आधुनिक इभी अनुभव प्रदान गर्नेछ । नेपाली बजारमा लोकप्रिय टाटा टियागो ईभी आफ्नो आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बनेको छ । टियागो ईभीको सुरूवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

नाडाको ४९औँ वार्षिक साधारण सभा पौष ९ गते हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ४९औँ वार्षिक साधारण सभा आगामी पौष ९ गते ललितपुरस्थित दि प्लाजामा गर्ने भएको छ । नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौ १९ गते बसेको २२औँ तथा मंसिर १५ गते बसेको २४औँ केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयका आधारमा साधारण सभा बोलाइएको हो । नाडाले जारी गरेको विज्ञप्तिमा महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहित पौष ९ गते बुधबार साधारण सभा आह्वान गरिएको उल्लेख छ । संस्थाका अनुसार साधारण सभाका तयारीहरू अन्तिम चरणमा पुगेका छन् ।

जाडो सुरु संगै डाबर च्यवनप्राश र खजुरप्राशको खपत बढ्दै

काठमाडौं । जाडो सुरु हुँदै गर्दा शरीरलाई संक्रमण, रुघाखोकी र मौसमी रोगबाट जोगाउन रोग प्रतिरोधात्मक क्षमता सुदृढ बनाउनु आवश्यक हुन्छ । यस्तै समयमा प्राकृतिक प्रतिरक्षा वृद्धि गर्ने आयुर्वेदिक उत्पादन डाबर च्यवनप्राश नेपाली उपभोक्ताबीच लोकप्रिय बन्दै गएको डाबर नेपालले जनाएको छ । कम्पनीका अनुसार डाबर च्यवनप्राश ४१ भन्दा बढी आयुर्वेदिक जडिबुटीको मिश्रणबाट वैज्ञानिक रूपमा तयार गरिएको उत्पाद हो, जसले शरीरलाई ब्याक्टेरिया, भाइरस, प्रदूषण र मौसम परिवर्तनजन्य संक्रमणबाट जोगाउने भूमिका खेल्छ । ‘च्यवनप्राश’ संस्कृत शब्द हो ‘च्यवन’ ऋषिको नामसँग र ‘प्राश’ विशेष रूपमा तयार गरिने पौष्टिक आहारसँग सम्बन्धित मानिन्छ । भिटामिन ‘सी’ तथा एन्टिअक्सिडेन्टले भरिपूर्ण यस उत्पादनलाई बालबालिकादेखि वृद्धसम्म सबैका लागि उपयुक्त मानिन्छ । डाबर च्यवनप्राशबारे उद्यमी तथा पूर्व मिस नेपाल जेनीसा मोक्तान भन्छिन्, 'जाडो सुरु हुनासाथ म र मेरो परिवार इम्युनिटी बढाउने प्रयास गर्छौं । बिहान–बेलुका एक–एक चम्चा डाबर च्यवनप्राश सेवन गर्छु । यसले स्वास्थ्यमा धेरै सुधार ल्याएको छ र आत्मविश्वास पनि बढाएको छ ।' कम्पनीले डाबर च्यवनप्राशका फाइदामा रोग प्रतिरोधात्मक शक्ति वृद्धि, शरीरको प्राकृतिक सुरक्षा प्रणाली मजबुत बनाउने, हेमोग्लोबिन र सेतो रक्तकोष उत्पादनमा सहयोग, पाचन प्रणाली सुधार, श्वासप्रश्वास स्वास्थ्य मजबुत पार्ने तथा शरीरमा उर्जा र जीवन्तता थप्ने कार्य समावेश भएको बताएको छ । सेवन विधिअनुसार ३ वर्षमाथिका बालबालिकाले दैनिक एक चम्चा र वयस्कहरूले बिहान–बेलुकी गरी दुई चम्चा सेवन गर्न सकिने उल्लेख छ । यसलाई दूध, तातो पानी वा सिधै पनि खान सकिन्छ । यससँगै डाबरले नयाँ उत्पादन ‘डाबर खजुरप्राश’ पनि बजारमा ल्याएको छ । खजुरको प्राकृतिक मिठास र दर्जनौँ आयुर्वेदिक जडिबुटी प्रयोग गरी बनेको यो उत्पादनले शरीरमा आयरन, हेमोग्लोबिन र उर्जा बढाउने कम्पनीको दाबी छ । खजुरप्राशले आयरनको कमी कम गर्ने, स्वस्थ रगत उत्पादनमा सहयोग पुर्‍याउने, एन्टिअक्सिडेन्टले शरीरमा सूजन घटाउने तथा प्रतिरक्षा प्रणाली सुदृढ बनाउने उल्लेख गरिएको छ । यसमा खजुर, अमला, गोक्षुरा, अग्निमन्था, कण्टकारी, मुस्ता, हरितकी, शतावरी, अश्वगन्धा, वंसा, त्वक र ल्वाङलगायत जडिबुटी प्रयोग गरिएको डाबरले जनाएको छ ।

५२ करोडको इनरुवा सडक ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो । सडक  निर्माण साउन २०८१ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ । ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक-पटक ताकेता गर्दा काम नगरेको,  प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको हो ।   ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीकले कार्य सम्पादन जमानत वापतको १६ करोड ९४ लाख र पेस्की २ करोड ३१ लाख एक करोड ७१ लाख रुपैयाँ जफत गरिने जनाइएकाे छ । पेस्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ । निर्माण व्यवसायीयले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो । योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो । निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्ने तर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ । ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्यांकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापजाँच गरिनेछ ।

ब्रोकाउली किलोको १६० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ११०, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १५०, गाजर (तराई) प्रतिकिलो रु १३०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, बन्दा (तराई) प्रतिकिलो रु ५५, बन्दा (नरिवल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ७५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६५, रातो मूला प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ७०, तने बोडी प्रतिकिलो रु १७० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १४०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १३०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो १२०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ११० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकेजी रु १८०, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ७०, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु १२०, बकुला प्रतिकिलो रु १६०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८० र कुरिलो प्रतिकिलो रु १३०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ६५०, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ६००, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ७०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ७०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु १६०, हरियो लसुन प्रतिकिलो रु १३०, हरियो धनियाँ प्रतिकिलो रु १३०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ७० निर्धारण गरिएको छ ।

अमेरिकामा सवारीसाधन बजारमा ठूलो गिरावट, प्रयोग भएका गाडीमा रुचि

काठमाडौं । उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण अमेरिकी नागरिकहरूले सवारीसाधन किन्ने योजना परिमार्जन गर्न थालेका छन् । एक अमेरिकी पत्रिकाका अनुसार, ग्राहक साना र प्रयोग भएका सवारीमा बढी रुचि देखाइरहेका छन् । यसै क्रममा, अमेरिकामा विद्युतीय सवारीसाधन बजारमा ठूलो गिरावट आएको छ । गत मार्चमा विद्युतीय सवारी खरिदमा प्रदान हुने कर छुट समाप्त भएपछि हजारौं सम्भावित खरिदकर्ताहरूले खरिद रद्द गरेका थिए, जसले उद्योगमा थप दबाब सिर्जना गरेको छ । अमेरिकी प्रशासनले यस वर्ष फेब्रुअरीमा आयातित सवारीसाधनमा २५ प्रतिशत र मार्चमा सवारी पार्ट्समा थप २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो । यसका कारण आयातित मात्र नभई स्वदेशमै बनेका सवारीसाधन पनि महँगा भएको समाचारमा उल्लेख छ । फेडेरल रिजर्भको पछिल्लो बेइज पुस्तक अनुसार, जुलाईको सुरुदेखि अगस्तको मध्यसम्म अमेरिकी उपभोक्ता खर्च निरन्तर घटेको देखिन्छ । साथै, मिशिगन विश्वविद्यालयले सार्वजनिक गरेको  सूचकाङ्कले धेरै अमेरिकी नागरिकहरू रोजगारका अवसरप्रति निराश रहेको र बढ्दो महँगीका कारण खर्च कटौती गर्न बाध्य भएको निष्कर्ष निकालेको छ ।

सिङ्गापुरको स्कूल नीति बदलिँदै, स्मार्ट फोन र स्मार्टवाच प्रयोग गर्न नपाउने

काठमाडौं । सिङ्गापुर सरकारले सन् २०२६ जनवरीदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय समयभर स्मार्ट फोन र स्मार्टवाच प्रयोग गर्न नपाउने नयाँ नीति लागू गर्ने घोषणा गरेको छ । पहिले लागू भएको नियम अनुसार विद्यार्थीहरूले केवल कक्षाको समयमा मात्र स्मार्ट फोन प्रयोग गर्न पाउँथे । शिक्षा मन्त्रालयले आइतबार घोषणा गर्दै, यो कदम विद्यार्थीहरूमा स्वस्थ स्क्रिन प्रयोग बानी प्रवर्द्धन गर्न र उनीहरूको सुधार्न उठाइएको कदम रहेको जनाएको छ । नयाँ नियम अनुसार, विद्यार्थीहरूले आफ्नो मोबाइल र स्मार्टवाचलाई विद्यालयले तोकेको सुरक्षित स्थान वा स्कुल ब्यागमा राख्नुपर्नेछ । यद्यपि, आवश्यक परेमा विद्यालयले विशेष परिस्थितिमा छुट दिन सक्नेछ । मन्त्रालयका अनुसार,विद्यार्थीहरूमा अत्यधिक स्क्रिन प्रयोगले सुत्ने समय, शारीरिक गतिविधि र परिवार तथा साथीहरूसँगको सामाजिक अन्तरक्रियामा बाधा पुर्याउने देखिएको छ । यसले उनीहरूको समग्र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । शिक्षक र अभिभावकहरूका अनुसार, यस कदमले विद्यार्थीहरूलाई बढी ध्यान केन्द्रित गर्ने, शारीरिक गतिविधिमा संलग्न हुने र सामाजिक सम्बन्धमा सुधार ल्याउने अवसर दिनेछ ।