काठमाडौं । ल्याण्डफिल साइटमा फोहोरको वर्गीकरण नगरेर फोहोर व्यवस्थापन गरिएको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनका अनुसार जैविक तथा अजैविक फोहोरलाई संकलन, वर्गीकरण, पुनः प्रयोग लगायतको प्रक्रियाबाट अलग गरेर व्यवस्थापन गर्नुपर्नेमा सम्पूर्ण फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापनका लागि लैजाने गरिएको छ ।
ल्याण्डफिल ग्यास भेन्टिलेसनको भेन्ट पाइप जडानको कार्य, दैनिक रूपमा माटोले पुर्ने कार्य नियमित रूपमा नभएको प्रतिवेदनमा उल्लेख छ ।
ल्याण्डफिल साइटको मौजुदा सेल भरिइसकेका कारण थप उचाइ बढाउन नयाँ ठेक्काको व्यवस्था भएको छ ।
त्यस्तै, लिचेड पोखरी ओभरफ्लो भएको, रिसर्कुलेसनको लागि मोटरहरू नियमित रूपमा चलाउनुपर्नेमा नचलाएको, मोटरहरू बिग्रेकोले लिचेड ओभरफ्लो भएको प्रतिवेदनमा बताइएको छ ।
लिचेडहरू खोलामा मिसिएकाले वातावरणमा नकारात्मक असर परेकाले जैविक विविधता र वातावरणमा नकारात्मक असर परेको छ ।
जैविक विविधता र वातावरणमा नकारात्मक असर नपर्ने गरेर ल्याण्डफिल साइटको व्यवस्थापन गर्नुपर्ने प्रतिवेदनले बताएको छ ।