विकासन्युज

प्राइम बैंकको नाफामा २६७.१९ प्रतिशत उछाल, वितरणयोग्य नाफा धनात्मक

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले २६७.१९ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेर ८ अर्ब ९१ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशत बढेर १ अर्ब ५४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत बढेर ९ अर्ब ९४ करोड रुपैयाँ र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेर ५ अर्ब ६९ करोड रुपैयाँ छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस आधारमा बैंकको गत वर्ष लाभांश वितरण गर्ने क्षमता ६.१८ प्रतिशतसम्म रहेको देखिन्छ । जबकी अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष ४८.३३ प्रतिशत बढेर ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप २१.३६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ र कर्जा १८.५८ प्रतिशत बढेर १ खर्ब ८१ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १४.१५ रुपैयाँ बढेर १९.४५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५०.४१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ । अघिल्लो वर्ष ४.८५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर बैंकको खराब कर्जा ४.६७ प्रतिशतमा झारेको छ

ब्याज आम्दानीमा लक्ष्मी सनराइज बैंकको १०३.९७ प्रतिशत छलाङ, ३ अर्ब बढी नाफा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३२.७९ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेर ११ अर्ब ५९ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत बढेर १४ अर्ब ७ करोड रुपैयाँ र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेर ४ अर्ब ४५ करोड रुपैयाँ छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । यसआधारमा बैंकको गत वर्ष लाभांश वितरण गर्ने क्षमता ५.५५ प्रतिशतसम्म रहेको देखिन्छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ र जगेडा कोष ६.१७ प्रतिशत बढेर १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप ११.०३ प्रतिशत बढेर ३ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ र कर्जा १.०१ प्रतिशत बढेर २ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.५४ रुपैयाँ बढेर १३.०९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ । अघिल्लो वर्ष २.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर बैंकको खराब कर्जा ४.७२ प्रतिशत पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५ अर्ब १९ करोड रुपैयाँ, एनपीएल घटायो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३९.७१ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेर १५ अर्ब १ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ३० करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेर १ अर्ब ७८ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत बढेर १७ अर्ब ६७ करोड रुपैयाँ, सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेर ८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २६.३८ प्रतिशत बढेर २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप १३.८३ प्रतिशत बढेर ४ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ र कर्जा १.५४ प्रतिशत बढेर ३ खर्ब ७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । ग्त असारसम्म बैंकको प्रतिसेयर आम्दानी ४.३३ रुपैयाँ बढेर १५.२३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा घटाएको छ । अघिल्लो वर्ष १.६६ प्रतिशत रहेको खराब कर्जा गत असारमा १.२१ प्रतिशतमा झारेको हो ।

वैदेशिक रोजगार बीमा बजारबाट बाहिरियो प्रभु महालक्ष्मी लाईफ, तीन माईक्रोसहित चार कम्पनी थपिए

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा बीमालेख बिक्री नगर्ने भएको छ । कम्पनीे उक्त म्यादी जीवन बीमा बजारबाट पछि हटेको हो । वैदेशिक रोजजार विभागले सूचना जारी गरेर उक्त पोलिसि बिक्री गर्न जीवन बीमा कम्पनीहरुलाई आवेदन दिन भनेको थियो । विभागले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि सो प्रस्ताव आह्वान गरेको थियो । विगतमा सो पोलिसि बिक्री गर्दै आएको प्रभु महालक्ष्मीले भने आवेदन नै नदिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले विकासन्युजसँग बताए । सूचना अधिकारी सुवेदीका अनुसार नयाँ तीन जीवन लघुबीमा कम्पनीहरुले उक्त पोलिसी बिक्रीका लागि विभागसँग सम्झौता गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाईप इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले उक्त पोलिसि बिक्रीका लागि विभागसँग सम्झौता गरेका छन् । विगतमा यो पोलिसी बिक्री नगरेको हिमालयन लाइफ इन्स्योरेन्सले पनि चालु आवमा पोलिसी बिक्रीका लागि सम्झौता गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा बिक्रीका लागि १३ कम्पनीले सम्झौता गरेको विभागले जानकारी दिएको छ । विभागका अनुसार तीन वटा लघु जीवन बीमक र १० वटा जीवन बीमक गरी कुल १३ वटा कम्पनीले सो पोलिसी बिक्रीका लागि सम्झौता गरेका हुन् । गत आर्थिक वर्ष १० वटा बीमा कम्पनीले यस्तो पोलिसी बिक्री गर्दै आएका थिए ।

खुकुलो मौद्रिक नीति ल्याउँदा मान्छेको मनोबल र साहस बढ्यो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खुकुलो मौद्रिक नीति ल्याउँदा मान्छेको मनोबल बढेको बताएका छन् । आइतबार नेपाल अडिटर्स एशोसिएसन(अडान)काे १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै  उनले यस्तो धारणा राखेका हुन् । यो वर्षको मौद्रिक नीति गत गत वर्षको तुलनामा खुकुलो छ । नीतिगत सहजता गरेको भएपनि त्यसको नकारात्मक असर नपरोस् भन्ने विषयमा राष्ट्र बैंक सजग छ, खुकुलो मौद्रिक नीतिले बजारमा सबैको मनोबल बढेको देखिन्छ, काम गर्ने साहस बढेको छ,’ उनले भने । यस्तै, उनले नेपालको अर्थतन्त्रमा अडिटरहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । नेपालमा अझै धेरै अडिटको स्कोप (दायरा) रहेको रहेको पनि बताए । ‘नेपालको अर्थतन्त्र कसरी शिथिल भयो भनेर अडिरलाई थाहा हुन्छ, संस्थाको आर्थिक स्थिति कसरी कमजोर बनेको छ भनेर एकएक गरेर हेर्ने भएकाले सबै थाहा हुन्छ,’ उनले भने । कार्यक्रममा अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले पनि अडिटरहरुको प्रशंसा गरे । उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन अडिटरहरूले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए । अडिटरले आँखा झिम्क्याउँदा देश खतरामा पर्न सक्छ, त्यसैले कानुन पालनादेखि समग्र प्रणालीलाई चुस्त बनाउन लेखापरीक्षकले महत्वपूर्ण भूमिका खेलेका छन् र खेल्नुपर्छ,’ अर्थमन्त्री पौडेलले भने ।

आर्थिकस्थिति पारदर्शी बनाउन अडिटरको भूमिका महत्त्वपूर्ण छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक स्थितिलाई पारदर्शी बनाउन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउन अडिटरहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । नेपाल अडिटर्स एशोसिएशन नेपाल (अडान)को १९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले देशभर रहेका ८ हजार अडिटरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् । अनुचित आर्थिक गतिविधिमा अडानले कुनै सम्झौता गर्न नहुने बताउँदै देशको अर्थतन्त्र पारदर्शीता कायम गर्न भूमिका खेल्नुपर्ने उनले बताए । उनी भन्छन्, ‘अडिटरहरूले अलिकति आँखा झिम्क्याउँदा देश खतरामा पर्न सक्छ, त्यसैले कानुन पालनादेखि समग्र प्रणालीलाई चुस्त बनाउन लेखापरीक्षकले महत्वपूर्ण भूमिका खेलेका छन् र खेल्नुपर्छ ।’ उनका अनुसरा व्यवस्था बदलिएपछि सामाजिक र आर्थिक स्थिति बदल्न, अर्थतन्त्र चलायमान गर्न, मुलुकमा लगानीको वातावरण गर्न र जनतामा विश्वास दिलाउन अहिलेको सरकार गठन भएको हो । त्यसमा लेखापरीक्षकहरूले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सलिकोले माग्यो २ दर्जन बढी कर्मचारी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि २ दर्जन भन्दा बढी कर्मचारी माग गरेको हो । कम्पनीले एक्चुअरीयल एनालिष्ट एक जना, बजार व्यवस्थापक तथा सहायक व्यवस्थापक ५ जना र बजार सहायक व्यवस्थापक पदका लागि १० जना कर्मचरी माग गरेको हो । यसैगरी, बजार व्यवस्थापन डिपार्टका लागि सिनियर अफिसर, अफिसर र जुनियर अफिसरका लागि पनि केही कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ । सोहि डिपार्टमा जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट र सिनियर एसिस्टेन्ट आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । यसैगरी डु नट केयर डेभलपमेन्ट पदका लागि २ र कृषि प्राविधिक ३ जना कर्मचारी आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । कृषि प्राविधिक भने भोजपुर, मुगु र जाजरकोट शाखाका लागि कर्मचारी आवश्यक रहेको जनाइएको छ । जसका लागि एसईई वा सो सरहको शैक्षिक योग्यता हालिस गरेको र जेटीए पास गरेको हुनुपर्ने उल्लेख छ । अन्य पदका लागि स्थानक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुकले कुमारी जब डटकमको इमेइलमा अनलाईनबाट नै आवेदन दिन सकिने छ ।

आइएमई लाइफको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख प्रवर्द्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं तथा कम्पनीका ब्राण्ड एम्बासेडर दिपक राज गिरी र दिपाश्री निरौलाहरुको उपस्थितिमा भव्य कार्यक्रमकाबीच देशेभरिबाट भेला भएका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको छ । उक्त समारोहमा आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट व्यवसाय गर्ने सातै प्रदेशबाट कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँल, नायव प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य (डिसिइओ), चिफ मार्केटिङ अफिसर (सिएमओ) गणेश चौलागाईं तथा आईएमईको रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका सदस्यहरु र ब्राण्ड एम्बासेडरहरुका तर्फबाट गत आर्थिक वर्षभरी उत्कृष्ट बीमा ब्यवसाय गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुले अवार्ड प्राप्त गरेका थिए । उक्त समारोहमा कम्पनी प्रदेश प्रमुखहरु लगायत देशैभरीका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।