बैंकिङ प्रणालीमा रकम थुप्रिएपछि राष्ट्र बैंकले १ खर्ब उठाउँदै
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले१ खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा रहेको तरलता सन्तुलन गर्न नेपाल राष्ट्र बैंकले आज बिहीबार एक खर्ब रुपैयाँ खिच्न लागेको हाृे । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज एक खर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकम बोल गर्न सकिनेछ । उक्त रकमको सावा र व्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले कात्तिक १४ गते फिर्ता दिनेछ ।
यूरोको मूल्य १४६.७० रुपैयाँमा झर्याे, ४.०६ रुपैयाँमा कारोबार हुँदै थाई भाट
काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.१० रुपैयाँ र बिक्रीदर १३४.७० रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४६.०४ रुपैयाँ र बिक्रीदर १४६.७० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.५२ रुपैयाँ र बिक्रीदर १७५.३१ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.४९ रुपैयाँ र बिक्रीदर १५६.१८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.६४ रुपैयाँ र बिक्रीदर ९०.०४ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.२८ रुपैयाँ र बिक्रीदर ९७.७२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४१ रुपैयाँ र बिक्रीदर १०२.८६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२२ रुपैयाँ र बिक्रीदर ३१.३६ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.८६ रुपैयाँ र बिक्रीदर ९.९० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८७ रुपैयाँ र बिक्रीदर १२.९३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५७ रुपैयाँ र बिक्रीदर १९.६६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.३८ रुपैयाँ र बिक्रीदर ४३९.३३ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.६९ रुपैयाँ र बिक्रीदर ३५७.२८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज सेयरधनी बने अपि पावरको लाभांश पाइने
काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली कात्तिक २ गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०८१/८१ को खुद नाफाबाट चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजारको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत कर प्रायोजनका लागि नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । यसअघि ९ प्रतिशत वोनस सेयर र ०.४७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । विद्युत नियमन आयोगले अपि पावरले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको भन्दै प्रस्तावित लाभांश वितरणमा रोक लगाएको थियो । आयोगको निर्देशन अनुसार लाभांश परिमार्जनसँगै साधारण सभा आह्वान गरेको हो । लाभांश पारित गर्न कात्तिक १९ गते होटल क्रिष्टल पशुपति गौशाला, काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा शतप्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने, बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना र दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यस्तै सभामा सेयरधनीहरुबाट १ जना महिला, १ जना स्वतन्त्रसहित ५ जना सञ्चालकको निर्वाचन हुनेछ ।
१७ प्रतिशत लाभांश बाँड्ने एनएमबिको घोषणा
काठमाडौं । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते दिउसो ४ बजे होलिडे इन एक्सप्रेस नक्साल काठमाडौंमा १४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको ६० हजार ९१५ रुपैयाँ पनि पारित गर्नेछ ।
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।
पाँच प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने
काठमाडौं । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
डलर सटही सुविधा सम्बन्धी राष्ट्र बैंकले गर्यो यी नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधा सम्बन्धि विभिन्न नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत परिपत्र २०८० संशोधन गर्दै साविकका व्यवस्थाहरूमा थप गरेको जनाएको छ । – सटही सुविधा प्रदान भएको १२० दिनभित्र सामान आयात गरिसक्नु पर्ने भएको छ । तर, पटक-पटक सटही सुविधा प्रदान भई एकैपटक सामान ढुवानी हुने अवस्थामा पहिलो पटक सटही लिएको १२० दिनभित्र आयात गरिसक्नु पर्नेछ । यसअघि ९० दिनभित्र सामान ल्याइसक्नुपर्ने व्यवस्था थियो । – हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्कालै विदेशबाट मगाउनु परेको अवस्थामा र बिक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर एक लाख मूल्यसम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने छ । यसअघि १० हजार मूल्यसम्मका सामान आयात गर्न सकिने व्यवस्था थियो । – यस्तै सामान आयात वा निर्यातको सिलसिलामा पोर्ट अथोरिटी, ढुवानी/कन्टेनर सेवा प्रदायक वा सोसम्बन्धी कार्य गर्ने निकाय/संस्थामा तिर्नु पर्ने डेमुरेज तथा डिटेन्सन शुल्कको लागि सम्बन्धित आयात/निर्यातको लागि जारी भएको ढुवानीसम्बन्धी कागजातको प्रतिलिपि र सो ढुवानी कागजातको नम्बर समेत उल्लेख भई सम्बन्धित निकाय/संस्थाबाट जारी भएको बिल बिजकको आधारमा सटही प्रदान गर्न सकिनेछ । – यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत सटही सुविधा उपलव्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया जानेको हकमाः अधिकतम अमेरिकी डलर ५०० रहेको छ । अन्य मुलुक जानेको हकमाः अधिकतम अमेरिकी डलर २०० रहेको छ । – वदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकहरूलाई देहाय बमोजिमको प्रकृया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरूले वार्षिक अमेरिकी डलर १५ हजारसम्म सटही सुविधा प्रदान गर्न सक्ने छन् । यसअघि १० हजार अमेरिकी डलर सटही सुविधा थियो । – बाह्य मुलुक गई उपचार गराउन चाहने वा गर्नुपर्ने व्यक्तिले नेपालका अस्पतालमा स्वास्थ्य परीक्षण गराई वाह्य मुलुक गई उपचार गराउन उपयुक्त हुने भनी स्वदेशका डाक्टरले उपलव्ध गराएको सिफारिसपत्र तथा विदेशस्थित अस्पतालबाट उपचारमा लाग्ने अनुमानित खर्च उल्लेख भएको कागजात पेश गर्नुपर्नेछ । यस्तो सटही सुविधा विदेशी अस्पताल (औषधि तथा उपकरण बिक्रेता समेत)ले भुक्तानी पाउने गरी पठाउनु पर्नेछ । – सटही सुविधा प्रदान गरेपश्चात उक्त सुविधा दिइएका व्यक्तिहरूको नाम, ठेगाना, फोन नम्बर, सटही लिएको मुद्रा र रकम उपचार गराउने विदेशी अस्पताल (औषधि तथा उपकरण बिक्रेता समेत) को नाम, ठेगाना एवम्खर्च फछर्याैट् भए/नभएको विवरण अर्धवार्षिक रुपमा अवधि समाप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस विभागमा पेश गर्नु पर्नेछ । – अमेरिकी डलर १० हजारसम्म विदेशस्थित आफ्नो एजेन्सी खातामा जम्मा भईसकेको तर सम्बन्धित लाभग्राहीको खातामा जम्मा भइनसकेको वा भुक्तानी भइनसकेको विदेशी मुद्रा रकमहरू फिर्ताको लागि सम्बन्धित बैंकबाट आधिकारिक अनुरोध भएमा एजेन्सी खातामा जम्मा भएको ६० दिनभित्र सम्म मात्र फिर्ता गर्न सकिने छ । – परिवत्र्य विदेशी मुद्राको स्रोत भएका संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई त्यस्तो खाताको मौज्दातले खामेसम्म उपदफा १ र २ मा उल्लिखित सीमा र कागजातको अधीनमा रही परिवत्र्य विदेशी मुद्रामा समेत पारिश्रमिकको रिप्याट्रियशन सुविधा प्रदान गर्न सकिनेछ । – विदेशमा व्यवसायिक/औपचारिक भ्रमण, उपचार, स्थायी बसाई (प्रथम पटक), अस्थायी रोजगार, शिक्षा, अध्ययन, अन्य व्यक्तिगत भ्रमणमा जाँदा उद्धेश्य खुलाउनुपर्नेछ । – बैंक तथा वित्तीय संस्थाहरुले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकारको अनुमति लिई खुलेका नेपालस्थित शिक्षण संस्थाहरुलाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरुको भुक्तानीको लागि देहाय बमोजिमका कागजात लिई अमेरिकी डलर २५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन अमेरिकी डलर २५ हजा वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी रकमको भुक्तानीको लागि माथि उल्लिखित कागजातहरु सहित यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ । – वैदेशिक भ्रमणबाट फिर्ता हुँदा व्यावसायिक/औपचारिक भ्रमण, व्यक्तिगत भ्रमण, शिक्षा, उपचार, पेन्सन, विप्रेषण (रेमिट्यान्स) र अन्य प्रयोजन अनिवार्य रुपमा उल्लेख भर्नुपर्नेछ । – सञ्चालक समितिबाट वा सञ्चालक समिति नहुनेको हकमा अख्तियारप्राप्त अधिकारीबाट सटही सुविधा माग गर्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि र सञ्चालक समिति वा सञ्चालक समिति नहुनेको हकमा अख्तियारप्राप्त अधिकारीबाट विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । – बस/मिनिबसको बडी निर्माणको लागि कागजातहरुको आधारमा भारतीय फर्म, कम्पनी, वा संस्थाले भुक्तानी पाउने गरी नेपाली नागरिकलाई समेत प्रति सवारी १५ लाखसम्म भारतीय रुपैयाँको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाटै प्रदान गर्न सकिनेछ । यस्तो सटही सुविधा प्रदान गर्दा नियामक निकायको स्वीकृति/सिफारिस अनिवार्य हुनेछैन । – भुक्तानी प्राप्त गर्ने भारतीय फर्म/कम्पनी/संस्थाको प्रोफर्मा इन्भ्वाइस, बस/मिनिबस खरिदको बीलबीजकको प्रतिलिपि, बस/मिनिबसको भन्सार प्रज्ञापनपत्रको प्रतिलिपि, बस/मिनिबसको बडी निर्माण गर्न पठाउँदा भन्सार धरौटी रसिदको प्रतिलिपि, बस/मिनिबसको बडी निर्माण गर्न नेपालस्थित भारतीय कूटनीतिक नियोगको भेइकल एक्जिट पर्मिटको प्रतिलिपि, बस/मिनिबसको व्यावसायिक सवारी साधन बीमालेखको प्रतिलिपि, बस/मिनिबसको सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि, सटही सुविधाको आवेदक नेपाली नागरिक भए नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आवेदक फर्म/कम्पनी/संस्था भए फर्म/कम्पनी/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, आवेदकको स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि । – विदेशबाट रकम प्राप्त भएको आधारमा भारत तथा तेस्रो मुलुकबाट आयात भएको सेवा अन्य मुलुक (भारत समेत) मा निर्यात गर्न पाइने भएको छ । विदेशबाट विदेशी मुद्रा प्राप्त भएको आधारमा फर्म, कम्पनी, संघ, संस्थाले भारत तथा तेस्रो मुलुकका सेवा आयात गरी अन्य मुलुक (भारत समेत) मा निर्यात व्यापार गर्न विदेशी मुद्रा प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले विदेशी मुद्राको सुविधा उपलब्ध गराउन सक्नेछ । – निर्यात रकम विदेशबाट सम्बन्धित वाणिज्य बैंकमा विदेशी मुद्रामा नै प्राप्त भएको हुनु पर्नेछ । प्राप्त रकम ननाघ्ने गरी निर्यात रकम प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकले तेस्रो मुलुकको हकमा अमेरिकी डलर १२ हजार र भारतको हकमा ३० लाख भारतीय रुपैयाँको सीमाभित्र रहने गरी आयातको लागि भुक्तानी सुविधा उपलब्ध गराउन सक्नेछ । नेपालको प्रचलित कानुनले कारोबार गर्न निषेध नगरेको कारोबार मात्र गर्नु पर्नेछ । – एएमएल तथा सीएफटी सम्बन्धी व्यवस्थाहरूको पालना हुनु पर्नेछ । नियामक निकायको सिफारिस/स्वीकृति अनिवार्य हुने छैन । निर्यात रकम भा.रु.मा प्राप्त भएको हकमा भने आयातको भुक्तानी परिवत्र्य विदेशी मुद्रामा गर्न पाइने छैन । आयातको भुक्तानी सम्बन्धी विवरण सम्बन्धित वाणिज्य बैंकले अद्यावधिक गरी राख्नु पर्नेछ । – नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनिमयावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १० को उपविनियम (१) को खण्ड (ज) को व्यवस्था बमोजिम मनिचेञ्जरले पोइन्ट अफ सेल्स (पी.ओ.एस.), क्युआर कोड लगायतका विद्युतीय माध्यमबाट सटही सुविधा दिन सक्नेछ । – नेपालमा कार्यरत रही परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने भारतीय नागरिकको हकमा सो प्रमाणित हुने कागजातको आधारमा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न तथा सञ्चालन गर्न सकिनेछ । यस परिपत्र बमोजिम परिवत्र्य विदेशी मुद्रामा लिएको ऋणको किस्ता (सावाँ, ब्याज) विभिन्न परिस्थितिजन्य कारणले सम्बन्धित फर्म/कम्पनी/उद्योगहरुको विदेशी मुद्रा आम्दानी नभएर परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था भएमा २०८२ असार मसान्तसम्मका लागि सम्बन्धित बैंक–वित्तीय संस्थाले प्रचलित विनिमय दरका हिसाबले नेपाली रुपैयाँमा असूल गराउन सक्नेछ । – होटलहरूले प्रति ग्राहक अधिकतम अमेरिकी डलर १ हजार वा सो बराबरसम्मको परिवत्र्य विदेशी मुद्रा एक बसाई अवधिमा एकै पटक वा पटक-पटक गरी सटही प्रदान गर्न सक्नेछन् । – बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूले विप्रेषण कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त विदेशी संस्थाहरुसँगको विप्रेषण कारोबारको फस्र्यौट (सेटलमेन्ट) फेडान दरमा गर्नु पर्नेछ । – नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ बमोजिम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले बाहेक अन्यले सब-एजेण्ट/सब-रिप्रिजेन्टेटिभ नियुक्त गर्न सक्ने छैनन् । इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले सब-एजेण्ट/सब-रिप्रिजेन्टेटिभ नियुक्त गर्दा विभिन्न व्यवस्थाहरु समेत पालना गर्नु पर्नेछ । – नेपाल राष्ट्र बैंक विप्रेषण विनिमयमावली, २०७९ को विनियम ३५(१) को व्यवस्था बाहेक इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी र सब-एजेण्ट/सब-रिप्रिजेन्टेटिभबीचमा अन्य तह वा संरचना बनाउन पाइने छैन । इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले नियुक्त गरेको सब-एजेण्ट-सब-रिप्रिजेन्टेटिभले अन्य सब-एजेण्ट/सब-रिप्रिजेन्टेटीभ नियुक्त गर्न नसक्ने गरी विप्रेषण कारोबार गर्नु पर्नेछ । – नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ बमोजिम विप्रेषण कारोबारको लागि इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरुले अनुसूची-५ बमोजिमको विवरण भरी आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र यस बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखामा पेश गर्नु पर्नेछ । आार्थिक वर्ष २०८१/८२ को हकमा भने यस्तो विवरण २०८१ कात्तिक मसान्तभित्र पेश गर्नु पर्नेछ । – यस एकीकृत परिपत्र-२०८० मा उल्लेख भएबमोजिम भन्दा बाहेकका विदेशी विनिमय सटही सुविधाको स्वीकृति प्रचलित विदेशी विनिमय (नियमित गर्ने) ऐन, नियम तथा विनियम बमोजिम यस बैंकले प्रदान गर्नेछ । [pdf id=517001]
दशैंमा २ लाख ३७ हजारले गरे हवाई यात्रा
काठमाडौं । बडादशैंको ५ दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल २ लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्यांक अनुसार दशैंको फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ १ लाख ६० हजार ९ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार ५ सय १२ जनाले हवाई यात्रा गरेका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दशैंको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ २ हजार १ सय ५९ र अन्तर्राष्ट्रियतर्फ ७ सय ८१ गरी कुल २ हजार ९ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको संख्या हो । दशैंको दुुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी÷महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार २ सय ४२ जनाले हवाई यात्रा गरेका थिए । असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल ४ लाख २७ हजार ९ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ २ लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् । यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ ५ हजार १ सय ८ र अन्तर्राष्ट्रियतर्फ १ हजार ७ सय ४४ गरी कुल ६ हजार ८ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्यांकमा उल्लेख छ । यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५ सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७ सय ४ जनाले हवाई यात्रा गरेका थिए । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् । दशैंको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए । यि कम्पनीसँग ठूला र मझौला विमान छन् । बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्सस ८० सिट क्षमताका ‘ड्यास एट’ विमान छन् । समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ ।