तीन महिनामा डेढ अर्ब पुग्यो ग्लोबल आइएमईको नाफा, ईपीएसमा पनि सुधार
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १ अर्ब नाफा गरेको छ । बैंकको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कुल १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २३.३६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको हो । यो अवधिसम्म बैंकको १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.८४ प्रतिशत बढेको छ । यो अवधिमा बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३.३ रुपैयाँ बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ ।
नेपालमा समावेशी बीमा अपरिहार्य, ‘महँगो हुन्छ भन्ने सोचले बीमा गर्दैनन्’
काठमाडौं । बीमाका सरोकारवालाहरुले नेपालजस्तो विकासोन्मुख देशका लागि समावेशी बीमाको आवश्यकता अझ धेरै रहेको औंल्याएका छन् । नेपालमा न्यून आए र गरिबीको संख्या उल्लेख्यरुपमा रहेको भन्दै त्यस वर्गलाई सुरक्षा प्रदान गर्न नेपालमा समावेशी बीमाको आवश्यकता अझ धेरै रहेको बताएका हुन् । मंगलबारदेखि काठमाडौंमा समावेशी बीमा सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सोही सम्मेलनको अवसरमा नेपाल बीमा प्राधिकरण, बीमक संघ र जीवन बीमक संघले पत्रकार सम्मेलन गरेर उक्त सम्मेलनको बारेमा नेपालमा समावेशी बीमाको आवश्कता र यसबारे गर्नुपर्ने विषयहरुको बारेमा जानकारी दिएका छन् । कार्यक्रममा प्राधिकरणको तर्फबाट अध्यक्ष सूर्य प्रसाद सिलवाल, बीमक संघ तर्फबाट अध्यक्ष चंकी क्षेत्री र जीवन बीमक संघको तर्पबाट पोसक राज पौडेल, जर्मनको म्यूनिख रि फाउण्डेशनको तर्फबाट उपध्याक्ष दिर्क रैनहार्ड र माइक्रो इन्स्योरेन्स नेटवर्कका अध्यक्ष लोरेन्जो चनको उपस्थिति रहेको थियो । कार्यक्रममा प्राधिकरणका अध्यक्षले नेपालमा २० प्रतिशतभन्दा धेरै जनसंख्या गरिबीको रेखामुनि रहेकाले उक्त वर्गलाई बीमाको दायरामा ल्याएर उनीहरुको सुरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे । समावेशी बीमाको अवधारणा नै गरिब, निमुखा, बिपन्न, दुरदराजमा रहेका तथा पिछडिएका वर्गलाई बीमाको दायरामा ल्याएर उनीहरुलाई सूरक्षा दिनु रहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले नेपालका उक्त २० प्रतिशतलाई बीमाको दायरामा ल्याउनुपर्नेमा जोड दिए । त्यसका लागि स्थानीय सरकार र प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले आफुहरु देशका हरेक भूभागमा गएर बीमाको चेतना जगाएको र स्थानीय सरकारहरुलाई पनि यस प्रकारको नीति अवलम्बन गर्न सुझाव दिएको बताए । हालसम्म धेरै स्थानीय सरकारले त्यसअनुसारको काम सुरु गरिसकेको पनि उनले उल्लेख गरे । यसका साथै त्यस्ता वर्गको बीमा गर्दा सरकारले पनि विभिन्न अनुदान र भ्याट छुट लगायतका कार्य गरेर सहयोग गर्नुपर्ने उनको भनाइ छ । उनले यसबारे सरकारसँग पनि छलफल भइरहेको र केही कार्यहरु सम्पन्न पनि भएको धारणा व्यक्त गरे । उनले कृषि बीमाको विषयलाई जोड्दै कृषि बीमा अनुदानको नयाँ कार्यविधिले गरिब जनतालाई सूरक्षा दिने खालको भएको बताए । यस अघि जुनसुकै पनि कृषि तथा पशुपंक्षी बीमा गर्दा सरकारले बीमा शुल्कमा ८० प्रतिशत अनुदान दिने गरेको थियो । त्यस अनुसार १ अर्ब रुपैयाँको बीमा गर्नेले पनि ८० प्रतिशत र १० हजार रुपैयाँ बीमांकको बीमा गर्ने साना किसानलाई पनि ८० प्रतिशत अनुदान दिने व्यवस्था थियो । तर, अहिले १ करोड रुपैयाँ भन्दा धेरैको बीमा गर्नेलाई ५० प्रतिशत, ५० लाख देखि १ करोड रुपैयाँ सम्मको बीमा गर्दा ६५ प्रतिशत र ५० लाख भन्दा थोरैको बीमा गर्दा ८० प्रतिशत अनुदान दिने व्यवस्था लागु भएको छ । यसले गरिब र साना किसानलाई धेरै प्राथमिकता दिएको बताए । उनले नेपालमा भएका समावेशी बीमाको बारेमा विदेशीलाई ‘सेयर’ गर्ने र उनीहरुले गरेका सही अभ्यासका बारेमा हामीले बुझ्न यो सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले ४३ भन्दा धेरै देशबाट ४ सय विज्ञहरुले आफ्नो अनुभवहरुको बारेमा बताउँदा त्यसले नेपालमा भइरहेको व्यवस्थालाई मूल्याङ्कन गर्न सहज हुने धारणा राखे । उनले नेपालमा भएका र गरिएका अनुभवहरु पनि उनीहरुलाई पनि केहि पाठको रुपमा हुने बताए । उनले जलवायु परिवर्तनसँगै हिमतालहरु फुट्ने क्रम जारी रहेको र त्यसले हिमालभन्दा तल बस्ने बस्तीहरुमा असर गर्ने, कृषि चौपाया लगायत ठूलो धनजनको क्षति गर्ने गरेको स्मरण गर्दै उनले त्यस क्षतिबाट आर्थिक रुपमा बच्नका लागि बीमा गर्नुपर्ने धारण व्यक्त गरे । उनले नेपालमा प्राकृतिक प्रकोप आइरहने र त्यसको मारमा गरिब निमुखा वर्गहरु पर्ने भएकाले उनीहरुको धनजनको बीमा गरेर सूरक्षण दिनुपर्ने धारणा व्यक्त गरे । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपालको बीमा बजारमा प्रोटेक्सन ग्याप रहेको धारणा राखे । उनले ९० प्रतिशत प्रोटेक्सन ग्याप रहेको दबी गर्न यसको ज्वलन्त उदाहरण गएको बाढीबाट २५० जनाको मृत्यु भएको र आजसम्म १० जनाको पनि दाबी नपरेको बताए । उनले बीमाको आवश्यकता भएका जनतामा कसरी जाने भन्ने विषय यस सम्मेलनले मद्दत पुग्ने दाबी गरे । यसैगरी सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले नेपालको बीमाको विस्तारका लागि चेतना र विश्वासको अभाव खड्किएको बताए । उनले बीमा कम्पनीहरुले विश्वास जगाउनु पर्ने र जनतेचतना जगाउने काम सबैको धाएको धारणा व्यक्त गरे । उनले यो नेपालको मात्र समस्या नभएर विश्वव्यापी समस्या भएको बताए । उनले विश्वबाट नेपालमा भेला भएका बीमाका विज्ञबाट नेपालका बीमाकर्ताले ट्रेनिङ पनि लिने भएकाले यस सम्मेलनले नेपालको बीमा क्षेत्रमा ठूलो भूमिका निर्वाह गर्ने बताए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले प्रविधिको प्रयोग गरेर समावेशी बीमालाई प्रभावकारी बनाउन सकिने बताए । उनले बीमा क्षेत्रमा विदेशमा विभिन्न प्रविधिको विकास भएको बताउँदै नेपाल धेरै पछाडी रहेको उल्लेख गरे । उनले कुन भूभागमा कति तापक्रम छ, त्यहाँ बाढीले वा अन्य प्राकृतिक विपदले कति क्षति भयो भन्ने कुरा पत्ता लाग्ने प्रविधि विदेशतिर प्रयोग हुने गरेको बताउँदै नेपालमा पनि त्यस किसिमको प्रविधि विकास गरेर दूरदराजको जनतालाई बीमामा समावेश गर्न सकिने बताए । म्यूनिख रि फाउण्डेशनका उपध्याक्ष डिर्क रैनहाडले मानिसहरुले बीमा गर्न महँगो हुन्छ भन्ने सोचले बीमा नगरि बस्ने गरेको बताए । उनीहरुले बीमा नगर्दा कति घाटा हुन्छ भन्ने चाँही सोच्ने नगरेको उनको भनाइ छ । ‘बीमा भनेको जोखिलाई बुझ्नु र न्यूनिकरण गर्नु पनि हो, विपदबाट धन जनको जोखिम रहिरहन्छ, बीमा कम्पनीहरुले बीमितको उक्त चाहनालाई बुझेर सोही अनुसारको प्रडक्ट बनाउनुपर्छ,’ उनले भने । उनले बीमालाई प्रविधिमैत्री बनाएर दूरदराजका जनताको पहुँचमा बीमालाई पुर्याउनु पर्ने बताए । यसले समावेशी बीमाको दायरा बढ्ने उनको भनाइ छ । जोखिम पहिचान, जोखिम न्यूनिकरण र उपयुक्त समाधानको लागि ग्राहकको समस्याको पहिचान गर्नु महत्वपूर्ण विषय रहेको उनको भनाइ छ । माइक्रो इन्स्योरेन्स नेटवर्कका अध्यक्ष लोरेन्जो च्यानले कसैले पनि बीमा गर्छ भनेर मनमा नराख्ने गरेको बताए । जनतालाई बीमाको बारेमा विश्वास जगाउनुपर्नेमा उनले जोड दिए । दाबी भुक्तानी समयमा दिएर जनताको विश्वास जित्न सकिने उनको धारणा छ । यसले गर्दा जनतामा बीमाप्रतिको सकारात्मक भावना जागृत हुने र बीमाको पहुँच वृद्धिमा मद्दत पुग्ने उनको भनाइ छ । उनले बीमामा प्रविधिको उपयोग गर्नुपर्नेमा पनि जोड दिए । मंगलबारदेखि सुरु भएकाे समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आगामी आइतबारसम्म चल्नेछ । म्यूनिख रि र माइक्रो बीमा नेटवर्कसँगको सहकार्यमा जारी यो सम्मेलन २०औँ संस्करण हाे । जहाँ ४४ देशका ३ सयभन्दा धेरै बीमाका विज्ञहरु सहभागी छन् । सम्मेलनमा जलवायु जोखिम बीमा, लघु बीमामा डिजिटल प्रविधि अवलम्बन, समावेशी बीमाको क्षेत्रमा आइपर्ने अवरोध हटाउने सम्बन्धी रणनीतिहरुबारेमा सहभागीबीच छलफल हुनेछ ।
भिस्तारा एयरवेजको जहाजमा खोजतलास जारी, नियमित रूपमा उडान सञ्चालन
फाइल तस्बिर । काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा खोजतलास जारी छ । भिस्तारा एयरवेजको जहाज भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण भएकाे थियाे । जहाजमा बम रहेको भन्ने जानकारी दिल्लीबाटै आएसँगै खाेजतलास सुरु गरिएकाे हाे । १५७ जना यात्रु बोकेर जहाज आज अपरान्ह साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हाे । चेकजाँचपश्चात यात्रुहरूले आफ्नो ब्यागेज जिम्मा लिएका छन् । अहिले नेपाली सेनासहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । उनका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निष्क्रिय गर्ने विशेष टोलीले खानतलासी गरिरहेको छ । यात्रुललाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उनले बताए । भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी भइरहेको र अहिलेसम्म कुनैपनि शङ्कास्पद वस्तु फेला नपरेको जानकारी दिए । उनले काठमाडौं विमानस्थलको उडान नियमित रूपमै सञ्चालन भइरहेको पनि जानकारी दिए । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमअनुसार कम्तीमा ६ घण्टासम्म खाेजतलास गर्नुपर्छ । भारतीय जहाजमा पछिल्लाे समय बम राखिएकाे हल्लाले आतंक मच्चाएकाे छ ।
‘ग्रो’ले ठाउँ फेरेको करमात्र २१ अर्ब ५२ करोड बढी तिर्यो
काठमाडौं । स्टक ब्रोकिङ प्लेटफर्म ग्रोले यस वर्षको मे महिनामा आफ्नो मूल इकाई अमेरिकाबाट भारतमा सार्यो । यसका लागि कम्पनीले अमेरिकामा १६० मिलियन अमेरिकी डलर (२१ अर्ब ५२ करोड बढी) तिर्नुपर्याे । जसकारण गत मार्च ३१ मा समाप्त हुने आर्थिक वर्षमा कम्पनीले ९६ मिलियन डलर (१२ अर्ब ९१ कराेड बढी) घाटा भयाे । यसभन्दा पहिला वालमार्टको स्वामित्वमा रहेको फोनपे अक्टोबर २०२२ मा सिंगापुरबाट भारतमा सरेको थियो । उसले भारत सरकारलाई एक अर्ब भारु कर तिरेकाे थियाे। फाेनपेले आफ्नाे भारतीय र सिंगापुर एकाइहरूबीच सेयर स्वेप सम्झौता कार्यान्वयन गरेको थियो । तर ग्रोले आफ्नो अमेरिकी मूल इकाईलाई आफ्नो भारतीय इकाईमा मर्ज गरेको छ । जसकारण उसले अमेरिकामा कर तिर्नुपरेको हाे । किन ठेगाना सार्दै छन् कम्पनीहरूले ? इटीले मेमा रिपोर्ट गरेको थियो कि यदि रेजरपे अमेरिकाबाट भारतमा सर्याे भने २०० मिलियन (२६ अर्ब ९० करोड बढी) कर तिर्न सक्छ । भारतका वित्तीय नियामकहरूले कम्पनी र तिनका सहायक कम्पनीहरू देशभित्रै रहेको चाहन्छन् । यस संरचनामा समायोजन गर्न फिनटेक कम्पनीहरू भारतमा सर्न बाध्य छन् । साथै आईपीओको सम्भावनाले पनि यस कदममा महत्त्वपूर्ण भूमिका खेल्छ । ललित केश्रे, हर्ष जैन, नीरज सिंह, र इशान बन्सलद्वारा सन् २०१७ मा ग्रो स्थापित भएकाे थियाे । याे स्टक ब्रोकिङ प्लेटफर्म हो जसले प्रयोगकर्ताहरूलाई स्टक, एक्सचेन्ज-ट्रेडेड फन्ड (ईटीएफएस ) र आईपीओमा लगानी गर्न अनुमति दिन्छ । ग्रोव इन्भेष्ट टेक बिलियनब्रेन्स ग्यारेज भेन्चर्सको सहायक कम्पनी हो, जसले नियोबिलियन फिनटेक, ग्रोव एसेट म्यानेजमेन्ट, ग्रोव पे सर्भिस, ग्रोव इन्स्योरेन्स ब्रोकिङ, बिलियनब्लक फिनसर्भ जस्ता संस्थाहरू पनि सञ्चालन गर्दै आइरहेकाे छ ।
सञ्चालनमा आयो सुनकोशीको बेलिब्रिज, मन्त्री दाहालले गरे जडानमा खटिने जनशक्तिलाई सम्मान
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेका छन् । गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा द्रूतगतिमा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सडक, पुलसम्बद्ध प्राविधिक तथा नेपाली सेनालाई एक समारोहबीच मन्त्री दाहालले सम्मान गरेका हुन् । आज बिपी राजमार्गअन्तर्गत सिन्धुली एवं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका क्रममा खुर्काेट पुगेका यातायातमन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए । सो अवसरमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लीलजन खनालसहित टोलीको उपस्थिति थियो । बाढीले रामेछापतर्फको ५१ मिटर पक्की पुल बगाएपछि आवागमन पूर्णरूपमा अवरुद्ध भएकामा आजदेखि यातायात सञ्चालनमा आएको नेपाली सेनाले जनाएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै गाडीको भारबहन क्षमता परीक्षण गरी यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइयो । सम्मान कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सरकारी अधिकारीसहित स्थानीय जनताको उपस्थिति थियो ।
दिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको हल्ला, विमानस्थलमा उडान-अवतरण रोकियो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएसँगै विमानस्थलबाट उडान-अवतरण रोकिएकाे छ । भिस्तारा एयरवेजको जहाज भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण थियाे । जहाजमा बम रहेको भन्ने जानकारी दिल्लीबाटै आएकाे बताइएकाे छ । जहाज १५७ जना यात्रु बोकेर काठमाडौं उत्रिएकाे थियाे । अहिले नेपाली सेनासहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको विमानस्थल स्रोतले जनाएकाे छ । स्रोतका अनुसार अहिलेसम्म केही देखिएकाे छैन ।
महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छ : रक्षामन्त्री राई
काठमाडौं । रक्षामन्त्री मानवीर राईले महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मंगलबार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठूलो भुमिका रहेको उल्लेख गर्दै नेपाली सेनालाई अफ्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको बताए । उनले नेपाली सेनालाई विवादित बनाउने काममा सरकार नरहेको बताए । उनले लिपुलेक क्षेत्रको बाटो (कर्णाली करिडोर) सरकारको उच्च प्राथमिकतामा रहेको र बजेट कम भएका कारण समय भन्दा केही ढिलो भएको बताए । आगामी बजेटमा धेरै भन्दा धेरै बजेट ल्याएर करिडोर सम्पन्न गर्ने विश्वास व्यक्त गरे । ‘नेपाली सेनालाई अफ्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको छ,’ उनले भने । मन्त्री राईले नेपालको भूगोल र नेपाली जनता भएका ठाउँमा सुविधा र सडक पुयाउने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।
‘टियागो इभी धनतेरस एक्सचेङ धमाका’ सार्वजनिक, हरेक बुकिङमा सुनको असर्फी आइफोन १६ प्रो
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभी धनतेरस एक्सचेन्ज धमाका सार्वजनिक गरेकाे छ । धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडी टाटा टियागो इभीसँग साट्न सकिनेछ । यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो इभी धनतेरस एक्सचेन्ज धमाका देशैभरिका शोरुममा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । यस मेलामा सहभागी भएर ग्राहकले टियागो इभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्नसक्ने बताइएकाे छ । धनतेरस एक्सचेङ धमाका ३ दिनका लागि मात्र लागू हुनेछ । टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक रहेकाे कम्पनीले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।