दिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको हल्ला, विमानस्थलमा उडान-अवतरण रोकियो

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएसँगै विमानस्थलबाट उडान-अवतरण रोकिएकाे छ । भिस्तारा एयरवेजको जहाज भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण थियाे । जहाजमा बम रहेको भन्ने जानकारी दिल्लीबाटै आएकाे बताइएकाे छ । जहाज १५७ जना यात्रु बोकेर काठमाडौं उत्रिएकाे थियाे । अहिले नेपाली सेनासहितको सुरक्षा [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएसँगै विमानस्थलबाट उडान-अवतरण रोकिएकाे छ ।

भिस्तारा एयरवेजको जहाज भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण थियाे । जहाजमा बम रहेको भन्ने जानकारी दिल्लीबाटै आएकाे बताइएकाे छ ।

जहाज १५७ जना यात्रु बोकेर काठमाडौं उत्रिएकाे थियाे ।

अहिले नेपाली सेनासहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको विमानस्थल स्रोतले जनाएकाे छ । स्रोतका अनुसार अहिलेसम्म केही देखिएकाे छैन ।

Share News