विकासन्युज

बैंकमा खाता खोल्दा केवाईसी भर्नु नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नुपर्ने बाध्यतामा उन्मुक्ति मिल्ने भएको छ । सरकारले यही १५ कात्तिकमा संशोधन गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावलीमा बैंक खाता खोल्दालगायत विभिन्न गतिविधि गर्दा राष्ट्रिय परिचयपत्रको विवरणअनुसार जानकारी लिन सक्ने व्यवस्था गरेको हो । गत असोजमा ऐन संशोधन भएपछि त्यसैअनुसार अहिले नियमावली पनि संशोधन भएको हो । अब बैंक तथा वित्तीय संस्थामै गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु पर्ने छैन । यो व्यवस्थासँगै अबदेखि मोबाइन नम्बर र ग्राहकको अनुमति भएपछि केवाईसी भर्ने झन्झट हटेको हाे । तर यसका लागि राष्ट्रिय परिचयपत्र भने बनाउनु पर्ने छ । वित्तीय कारोबारका लागि खोलिएका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी, सेयर ब्रोकरलगायतले ग्राहकको अनुमतिमा ‘केवाईसी’सम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् । यद्यपि नयाँ व्यवस्था कार्यान्वयनमा आउन भने अझै केही समय लाग्ने जनाइएकाे छ । नियमावलीको व्यवस्थाबमोजिम विद्युतीय माध्यमबाट ग्राहकको परिचयको पहुँचसम्म पुग्न सक्ने अनलाइन प्रणाली विकास गर्न बाँकी नै छ । नियमावलीको नियम ३ मा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७ (क) बमोजिम सूचक संस्थाले ग्राहकको पहिचान गर्दा नेपाल सरकारको विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरण आफ्नो आन्तरिक प्रणालीमा लिई ग्राहक पहिचान गर्न सक्ने उल्लेख छ । त्यस्तै, ऐनको दफा ७ (क) मा व्यावसायिक सम्बन्ध स्थापित गर्दा, खाता खोल्दा, तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार गर्दा, विद्युतीय माध्यमबाट वायर ट्रान्स्फर गर्दा ग्राहकको पहिचानको लागि पहिले लिएको जानकारीको सत्यता वा पर्याप्ततामा शंका लागि थप सम्पुष्टि गर्नुपर्दा, सम्पत्ति शुद्धीकरण वा आतंककारी कार्यमा वित्तीय लगानी भएको शंका लागि थप सम्पुष्टि गर्दा, उच्च जोखिमयुक्त ग्राहक वा उच्च पदस्थ व्यक्तिले प्रत्येक कारोबार गर्दा वा नियमनकारी निकायले तोकेको अरु कुनै कार्य गर्दा ग्राकहको पहिचान गर्नु पर्ने र सोको सम्पुष्टि गर्दा भरपर्दो स्रोतबाट कागजात, तथ्यांक वा जानकारी प्राप्त गर्नुपर्ने उल्लेख छ ।

७६ जिल्लामा पुग्यो डेंगु, गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित

काठमाडौं । डेंगुको प्रकोप विगतका वर्षहरु भन्दा कम भएपनि जोखिम कम भएको छैन । जनवरी महिना यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको रिपोर्टअनुसार २८ हजार २१२ जनालाई डेंगु संक्रमण भएको छ । ४० औं हप्ताको गणना र तथ्यांकलाई आधार मानेर हेर्दा गत वर्षको तुलनामा कम केस दर्ता भएका छन् । अहिलेसम्म डेंगु ७६ वटा जिल्लामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताए । उनले हुम्ला बाहेकका सबै जिल्लामा डेंगु संक्रमित बिरामी फेला परेको बताए । डेंगुबाट यस वर्षको जनवरी यता १२ जनाको मृत्यु भएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ संक्रमित फेला परेको जानकारी दिए । ७६ जिल्लामा पुग्यो डेंगु, १२ जनाको मृत्यु मन्त्रालयमा रपोर्टेट प्रतिवेदनअनुसार यो वर्ष हाम्रो ४० औं हप्ताको रिपोर्ट हो । जनवरीबाट शुरुवात गर्दछौँ । जनवरीबाट ४० औं हप्तासम्म आउँदा डेंगुको रिपोर्टेट केस भनेको २८ हजार २१२ केस छ । जसमा डेंगु वा डेंगुसँग सम्बन्धित १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ७६ वटा जिल्लामा डेंगु देखिएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ केस रिपोर्टेट भएको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्षको अक्टुबरमा १२ हजार ६९९ केसहरु हामीलाई रिपोर्ट भएको अवस्था थियो । हुम्ला बाहेकका सबै जिल्लामा देखिएको छ । गण्डकी प्रदेशमा देशभरकै ५० प्रतिशत डेंगु संक्रमित विशेष गरी अलि धेरै देखिएको भनेको गण्डकी प्रदेशमा हो । जति केसहरु देशभर देखिएका छन्, त्यसको झन्डै ५० प्रतिशत केस गण्डकी प्रदेशमा मात्रै छ । त्यसपछि वागमती, कोशी र अरु प्रदेशमा अलि कम देखिन्छ । जिल्लाको हिसावमा सबैभन्दा धेरै कास्की जिल्लामा, काठमाडौं, तनहुँ, पर्वत, ललितपुर र चितवन जिल्लामा अलि धेरै डेंगुका केस रिपोर्ट भएका छन् । बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगुको जोखिम बढी बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगुको संक्रमण बढी देखिएको छ । यसलाई हामीले शहरी लामखुट्टे पनि भन्छौँ । बुझ्दाबुझ्दै मानिसले बेवास्ता गरेको हिसावमा पानी जमेको ठाउँले गर्दा यो फैलिरहेको छ । अर्को कुरा यसको लार्भाहरु, संक्रमित अण्डाहरु रह्यो भने त्यो चिज पछि फेरि वयस्क हुने बेलामा त्यो संक्रमित छ भने संक्रमित नै रहने भयो । त्यसले गर्दा अलि फैलावट बढी भएको हो । तथ्यांकको आधारमा भन्ने हो भने पोहोर जनवरीदेखि डिसेम्बरसम्मको पिरेडमा झन्डै ५२ हजार केस रिपोर्टेट थियो । अहिलेसम्मको अवस्थामा हेर्ने हो भने अक्टुबर महिनामा पोहोर १२ हजार ६९९ केसहरु थिए भने यो वर्षमा अक्टोबरमा ९ हजार ६६६ केसहरु रिपोर्टेट छन् । १२ महिनाको तुलना गर्ने हो भने कुनैपनि महिना पोहोरको भन्दा बढी भएको छैन । तर त्यो कटेको छैन भनेर ढुक्क हुने अवस्था छैन । हामीले यसको लागि सावधानी अपनाउनु पर्छ । सावधानी सबैभन्दा बढी अपनाउने भनेको यही सिजन हो । पानी प¥यो, अझै केही दिन यो फैलिनसक्ने सम्भवना रह्यो । यो बीचमा धेरै पानी पर्यो, बाढी, पहिरो पनि गयो । पानी जमिरहेको अवस्था छ अहिले पनि । संक्रमण अझै केही समय रहनसक्ने अवस्था रहन्छ । व्यवहार परिवर्तन नगर्दा संक्रमण बढिरहेको छ स्वास्थ्य मन्त्रालयले डेंगु लागिसकेपछि डेंगुको उपचार र व्यवस्थापनको चिजमा मन्त्रालयअन्तर्गतका सबै अस्पतालहरुबाट सेवा प्रवाह गर्ने काम गरिरहेको छ । डेंगु हुन नदिनको लागि गर्नुपर्ने एउटै मात्र स्टाटेजी हामीले भनिरहेका छौँ । खोज र नष्ट गर अभियानमा जानुपर्छ । स्वास्थ्य स्वयंसेविका, स्थानीय तहमा भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरु, प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरु, संघ अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट यो म्यासेज दिइरहेका छौँ । विभिन्न मिडियाबाट पनि गइरहेको छ । संघ र प्रदेश लगायतका सबै अस्पतालबाट हामीले डेंगु लगायतका उपचार गरिरहेका छौँ । डेंगु लाग्यो भन्ने पत्ता लागेपछि उसलाई सरकारी अस्पतालबाट निःशुल्क उपचारको पनि व्यवस्था भएको छ । यो मन्त्रीस्तरबाट, सचिव स्तरबाट, प्रदेश स्तरबाट, जहाँ धेरै प्रभावित छ त्यहाँ ठाउँमा अन्तरक्रिया कार्यक्रमहरु गर्ने, आम मानिसमा सचेतना फैल्याउने काम गरेका छौँ । व्यवहार परिवर्तन केही कठिन बन्दा चाहेको जति रौक्न कठिन भएको छ । यसमा सबैको सहकार्य आवश्यक छ । पानी जम्ने र ओसिलो ठाउँ राख्नु हुँदैन आकाशबाट पानी परेपछि पानी जम्ने जुन समय छ, त्यो समयमा लामखुट्टेको बासस्थान एकदम स्विटेबल टेम्प्रेचर भएको र सिजन पनि भएको कारणले त्यो धेरै ठूलो पोखरीहरुमा जमेको पानीमा होइन । साधारण किसिमको जस्तो टायर होला, भाँडाको बिर्कोहरु, गमला, एसी पछाडि, फ्रिज पछाडि होला, छानाहरु हुनसक्लान् । घरमा पानी जम्मा गरेको ड्रममा पनि हुनसक्छ । यो चिजहरुमा पानी जम्मा हुन्छ । त्यो चिजमा लामखुट्टेले डेंगु प्रजातीको एडिज भन्ने हुन्छ । त्यसले फुल पारेर फुल त्यहाँ पर्यो भने र त्यो संक्रमित यदी छ भने संक्रमितले फुल पार्छ । संक्रमित भएको सबै अण्डामा पनि त्यो संक्रमण फैलिन्छ । यो रोक्न अलि कठिन भएको कारण पनि त्यही नै हो । हामीले पोस्ट मनसुनको सयमा बाहिर खुला ठाउँमा, पानी जम्ने ठाउँलाई घोप्ट्याइदिनु नै सबैभन्दा बेटर हो । डेंगुबाट बच्नका लागि पानी जम्मा गरिएका पानीका ट्याङ्की,ड्रम, गाग्री, बाल्टिन जस्ता सामग्रीलाई लामखुट्टे छिर्न नपाउने गरी छोपिदिनुपर्छ । आफ्नो र वरपर, सार्वजनिक स्थल, कार्यालयमा भाँडाकुँडा, जुसका बोत्तलहरु खाएर जथाभावी फाल्नुभएन । छानाहरमा जथाभावी रुपमा फालिएका टायरहरु हुनसक्छ । शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्छ, डेंगु संक्रमण हुनबाट बच्न । डेंगुका कारण नियमित स्वास्थ्य सेवाहरु प्रभावित भएका छैनन् ।

खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु

जनकपुरधाम ।  सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले  पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए । विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित सो कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको  छ तथा त्यस प्लान्टबाट सो भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ । त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन सुरु भएको सो पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ । पौष्टिक तत्व भएको चामल विश्व खाद्य संगठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रति एक सय केजी बोरा चामलमा एक केजी पीठो मिसाएर (पौष्टिकतत्व) भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले भने । विश्व खाद्य कार्यक्रमअन्तर्गत उक्त प्लान्ट खाद्य संस्थानको सुर्खेत, जनकपुर तथा काठमाडौं कार्यालयमा जडान गरिएको छ । भारतको रासन वितरणमा यो चामल अनिवार्य  त्यहाँको सरकारले गरेको छ । सो कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु गरेको कार्यालय प्रमुख साहले बताए । अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६५ रुपैयाँमा पाँच छुट गरेर प्रतिकेजी ६० रुपैयाँ तथा बासमती चामल प्रतिकेजी एक सय २३ रुपैयाँमा  पाँच रुपैयाँ छुट गरेर प्रतिकेजी एक सय १८ रुपैयाँका दरले उक्त दुवै चामल सहुलियत मूल्यमा धमाधम बिक्री भइरहको बताइएको छ । सहुलियत मूल्यमा बिक्रीका लागि  दुई सय क्विन्टल चामल सो कार्यालयले कोटा निर्धारण गरेको छ । एकजनालाई ५० केजीसम्म सो सहुलियतको चामल बिक्री वितरण गरिने प्रावधान छ ।

नेपालमा दर्ता भयो टिकटक, यस्ता छन् सर्त

काठमाडौं । नेपालमा आधिकारिक रूपमा चीनको प्रख्यात एप टिकटक दर्ता भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्थाअनुसार टिकटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता गरिएको हो । मन्त्रालयका अनुसार मंगलबार टिकटकका प्रतिनिधिले दर्ता प्रमाणपत्र लिएका थिए । एपले नेपालको कानुन तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ । निर्देशिकाको दफा ३ को उपदफा ८ अनुसार दर्ता भएको सामाजिक सञ्जाल प्लेटमर्फ सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था रहेको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । टिकटक नेपालमा दर्ता हुने तेस्रो सामाजिक सञ्जाल हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । साथै सरकारले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटालाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पात्राचार गरेको छ । विश्वभर धेरै मानिसलाई स्टार बनाएकाे टिकटकलाई कुनै समय नेपालमा बन्देज लगाइएकाे थियाे, यद्यपि अहिले उक्त बन्देज खुला गरिएकाे छ । टिकटक नेपाल र भारतमा मात्र नभइ विश्वरभर चर्चित छ । तर, सन् २०२० मा भारत–चीन सीमामा भएको झडपपछि भारतीय सरकारले टिकटकलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा यसलाई प्रतिबन्ध लगाउँदा विश्वभर डेढ अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको थियो । यी डाउनलोडहरूमध्ये एक तिहाइ भारतीयहरूले नै गरेका थिए । अहिले विश्वका धेरै देशले यसलाई प्रतिबन्ध लगाएका छन् । यद्यपि यो एप अझै पनि धेरै देशहरूमा प्रयोग गरिन्छ । यो पनि पढ्नूहाेस् :  धेरैलाई स्टार बनाएको टिकटकका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति

अमेरिकी राष्ट्रपति निर्वाचन : जित नजिक ट्रम्प

काठमाडौं । अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । ट्रम्प जितभन्दा केवल ३४ सिट टाढा छन् । उनले ५ सय ३८ मध्ये २ सय ४६ सिटमा जित हासिल गरेका छन् । ४१ राज्यको नतिजा हेर्दा २६ राज्यमा ट्रम्प र उनका प्रतिस्पर्धी कमला ह्यारिसले १५ राज्यमा अग्रता बनाएका छन् । यता ह्यारिसले २ सय १० सिटमा अग्रता बनाएकी छन् । दुई उम्मदवारबीच केवल ३६ सिटको फरक छ । ह्यारिस डेमोक्र्याटिक पार्टीकाे उम्मेदवार हुन् भने ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदवार हुन् ।

ग्रामीण भेगमा ट्याक्टरको प्रयोग बढ्न थाल्यो, काम गर्न सहज र समयको बचत

दार्चुला । प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन थालेको छ । तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केहीवर्षयता पहाडी ग्रामीण बस्तीमा पनि पुग्न थालेसँगै यसको प्रयोग बढ्न थालेको हो । दुई वर्ष अघिसम्म अपिहिमाल गाउँपालिका–४ का प्रकाश कार्कीले गोरूको सहायताले महिनौँ लगाएर खेतबारी जोत्थे । यहाँका अधिकांशको घरमा कम्तिमा एक हलगोरू, हलो र जुवा हुन्थ्यो । अहिले प्रकाशको घरमा गोरू, हलो र जुवा केही छैनन् । खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै प्रकाशलाई खेतीकिसानी गर्न सजिलो भएको छ । महिनौँ लगाएर खन्नुपर्ने खेतबारी ट्याक्टरले दुई दिनमा खन्न थालेपछि काममा सहज हुनुका साथै समयको बचत भएको कार्कीले बताउँछन् । गाउँमा अहिले गहुँ छर्ने बेला भएको भन्दै आफ्नो खेतको काम सकेर अरुकोमा पनि काम भ्याइने उनले उल्लेख गरे । ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउन, माटो धुल्याउन निकै सजिलो भएको अपिहिमाल–४ का किसान बताउँछन् । यसअघि भनेको समयमा गोरू नपाउने, कामदारको अभावलगायत समस्या भोगिरहेका यहाँका किसानलाई ट्याक्टरको प्रयोग बढ्न थालेपछि काममा सहज भएको छ । ट्याक्टरको प्रयोग गरी काम गर्दा समयको बचत हुनुका साथै जमिन बाँझो राख्नुपर्ने बाध्यता अन्त्य भएको विनोद अट्यालले बताए । खेत जोत्न ट्याक्टरको प्रयोग गर्न थालेपछि गोरू र खेताला खोज्नुपर्ने झन्झट हटेको उनको भनाइ छ । कम जनशक्ति र समयमा पनि धेरै काम गर्न सकिने भएकाले ट्याक्टरको प्रयोग उपलब्धिमूलक बनेको उनले बताए । काममा सजिलो हुने भएपछि अहिले गाउँमा सामूहिक रुपमा ट्याक्टर खरिद गरेर भित्र्याउने चलन बढेको छ । सडक नपुगेको अपिहिमालका अधिकांश बस्तीसम्म अहिले ट्याक्टरको पहुँच पुगेको अपिहिमाल–४ का कल्यानसिंह बोहराले जानकारी दिए । उनका अनुसार गाउँमा डिजेल दुई सय ३० रुपैयाँ प्रतिलिटरमा पुगेको भन्दै महँगो भए पनि किसानले ट्याक्टरको प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् । ‘पाखा र भिरालो बारीमा मकै, गहुँ, जौ, धानलगायत अन्न छर्न अहिले खेत जोत्ने काम गोरूले नगरी मिनिटिलर (हाते ट्याक्टर) बाट हुन थालेको छ । गाउँमा अधिकांशले गोरू पाल्न छोडिसकेका छन्’, बोहराले भने, ‘अहिले खेती गर्न प्रविधिको प्रयोग बढ्दै गएकाले हामीले पनि हाते ट्याक्टरको प्रयोग गर्न थालेका हौँ ।’ अपिहिमाल–२ का डब्बलसिंह कार्कीले गाउँमा थोरै परिवारले मात्रै अहिले गोरू पाल्ने गरेका सुनाए । ‘पाँच–छ वर्ष अघिसम्म गाउँका हरेक घरमा एक हलगोरू हुन्थ्यो । अहिले गाउँमा एकाधबाहेक गोरू नै छैनन्’, उनले भने, ‘दुई–तीन परिवारको खेतमा एउटै व्यक्तिको गोरू प्रयोग हुने गरेको छ । अधिकांशले हाते ट्याक्टर प्रयोग गर्छन् ।’ किसान वसन्तसिंह लोथ्यालले शिक्षा तथा रोजगारीको खोजीमा युवाले गाउँ छोड्दै जाँदा गाउँमा गोरूको विकल्पमा ट्याक्टरको प्रयोग बढ्न थालेको बताए । ‘काम गर्ने युवा गाउँमा नभएपछि गोरू पाल्ने चलन पनि हराउँदै गएको छ । गोरू चराउने, घाँसपानी गर्ने कोही नभएपछि विस्तारै गाउँलेले गोरू पाल्न छोडेका हुन्’, उनले भने । रासस

अध्ययन भन्छ- सन् २०५० सम्म विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर, कमजोर राष्ट्रमा तीन गुणा बढी

काठमाडौं । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो । युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका बिरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका बिरामी र मृत्युको प्रक्षेपण गरेका थिए । सन् २०२२ मा दुई करोड क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडीआई) मा कम वरीयता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ । सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो । सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या केही बढी हुने अध्ययनले देखाएको छ ।

ट्रम्पलाई २४३ इलेक्टोरल मत प्राप्त हुँदा ह्यारिसलाई १९४ : अमेरिकी सञ्चारमाध्यम

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उपराष्ट्रपति ह्यारिसले क्यालिफोर्निया, न्यूयोर्कलगायत १४ वटा राज्यमा बहुमत ल्याउने सुनिश्चित भएको छ भने नेता ट्रम्पले टेक्सास, ओहायो, नर्थ क्यारोलाइना र अन्य भरपर्दो रिपब्लिकन झुकाव भएका राज्यसहित २३ राज्यमा जित हासिल गर्ने देखिएको छ । अहिलेसम्म ट्रम्पले २४३ र ह्यारिसले १९४ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल सङ्ख्या २७० रहेको छ। पर्यवेक्षकहरूले ह्वाइट हाउसका लागि भएको निर्वाचनमा यस पहिले नै प्रक्षेपण गरिए अनुसार दुबै उम्मेदवारको झण्डै बराबर मत रहेको अनुमान गरिएका केही राज्य निर्णायक हुनेछन् । एपी, सीएनएन, फक्स न्यूज, एमएसएनबीसी÷एनबीसी न्यूज, एबीसी र सीबीएसलगायत अमेरिकी मिडियाको अनुमानको आधारमा प्रत्येक उम्मेदवारले जितेका राज्यहरूको सूची र इलेक्टोरल मतहरूको सम्बन्धित सङ्ख्या निम्नानुसार छ। डेमोक्र्याटिक नेता ह्यारिस पाएका कूल १९४ इलेक्टोरल मतमध्ये क्यालिफोर्नियामा ५४, कोलोराडोमा १०, कनेक्टिकटमा सात, डेलावेयरमा तीन, कोलम्बियामा तीन, हवाईमा चार, इलिनोइसमा, १९, मेरिल्याण्डमा १०, म्यासाचुसेट्समा ११ र न्यू मेक्सिकोमा पाँच, न्यूयोर्कमा २८, ओरेगनमा आठ, रोएड आइल्याण्डमा चार, भर्मोन्टमा तीन, भर्जिनियामा १३, वासिङ्टनमा १२ रहेका छन् । त्यसैगरी, ट्रम्पले पाएका कूल २४३ इलेक्टोरल मतमध्ये अलबामामा नौ, अर्कान्ससमा छ, फ्लोरिडामा ३०, आइडाहामो चार, इन्डियानामा ११, आयोवामा छ, कन्सासमा छ, केन्टकीमा आठ, लुसियानामा छ, मिसिसिपीमा छ, मिसौरीमा १०, मोन्टानामा चार, नर्थ क्यारोलिनामा १६, नर्थ डकोटामा तीन, ओहायोमा १७, ओक्लाहोमा सात, साउथ क्यारोलिनामा नौ, साउथ डकोटामा तीन, टेनिसीमा ११ टेक्सासमा ४०, यूटामा छ, वेस्ट भर्जीनियामा चार, वायोमिङमा तीन रहेका छन् ।