विकासन्युज

नेपालका चार संस्था असोसियो अवार्डबाट सम्मानित

काठमाडौं । नेपालका चार संस्था असोसियो २०२४ डीएक्स अवार्डबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको ‘असोसियो डिजिटल शिखर सम्मेलन २०२४’ मा यी संस्थाहरूलाई अवार्ड प्रदान गरिएको हो । यसअन्तर्गत इरासफ्ट सोलुसन प्रालिले आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड, इन्फोडेभलपर्स प्रालिले डिजिटल गभरमेन्ट अवार्ड, डाइनामिक टेक्नोसफ्ट प्रालिले एडटेक अवार्ड र नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । नेपालतर्फबाट क्यान महासंघ असोसियोको सदस्यका रूपमा रहेको छ । असोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । यस वर्षको अवार्डका लागि २०० भन्दा बढी प्रतिस्पर्धी संस्थाहरू विभिन्न विधामा मनोनित भएका थिए । नेपालबाट अवार्ड प्राप्त गरेका चारै संस्थालाई क्यान महासंघले सिफारिस गरेको थियो । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले असोसियोको यस प्रतिष्ठित प्लेटफर्मले नेपाली सूचना प्रविधि कम्पनीहरू र उत्पादहरूलाई विश्व मानचित्रमा मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘क्यान महासंघको उद्धेश्य नै नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नु हो । असोसियोको एक सदस्य संगठनका रूपमा नेपालका उत्कृष्ट कम्पनी र उत्पादनलाई विश्व मञ्चमा प्रस्तुत गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो,’ महासचिव अधिकारीले भने ।

एमएडब्लु वृद्धिले मंगलबारबाट गर्दैछ बुटवलकै सबैभन्दा ठुलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

बुटवल । नेपालका लागि दिपल, सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठुलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले कालिका नगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीन दिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’ को आयोजना गर्न लागेको हो । यो मेलामा इभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल प्रिबजेट प्राइस ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफर ४५ लाख ४९ हजार रुपैयाँ र नामी इभी किन्दा७ किलोवाटको चार्जर फ्रि पाउन सक्ने जनाइएको छ । साथै, टप ३ रिकन्डिसन हाउसबाट अभूतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् । यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्याङ्कनमा आकर्षक उपहार पाउनु हुनेछ । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ को व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याज दरमा घर लान सकिने समेत बताइएको छ । यी अफरहरू बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’ को मज्जा लिन सक्ने समेत जनाइएको छ । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताएका छन् । चम्पक बचत तथा ऋण सहकारीको १४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले सहकारीका सञ्चालकले ऐन नियम तथा सहकारीको मर्म बाहिर गएर लगानी गर्ने तथा बचत रकम चलाउँदा सहकारी धारासायी भएको बताएका हुन् । अहिले सहकारीको खबर भनेको बिहान उठ्दा देखि नसुत्ने बेला सम्म फलानो सहकारीको यती रकम हिनामिना सञ्चालक फरार जस्ता समाचार मात्र प्राथमिकतामा छन् यसमा दोष बचत कर्ताको पनि रहेको उनले बताए । बचत कर्ताले धेरै व्याज दिन्छ कुनै सहकारीले भने कसरी दिन्छ कहाँ बाट पैसा आउँछ र दिन्छ कहाँ कहाँ लगानी गरेको छ भनी बचत कर्ताले नहेर्दा सञ्चालकहरूले आफूखुसी जहाँ पायो त्यहाँ धितो विना नै लगानी गर्दा देश भर सहकारीमा समस्या आएको श्रेष्ठको भनाई थियो । पवित्र उद्देश्यका साथ कहाँ कहाँ लगानी गर्नु हुने के गर्नु हुने भनी गरेको लगानीका सहकारी अहिले पनि समस्या ग्रस्त छैनन् चलेकै छन् यस बाट सहकारी समुदायमा नै आधारित हुँदा नडुब्ने रहेछ भनी प्रमाणित भएको समेत उनले बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रोजवहादुर तामाङ, छिन्नमस्ता महिला सहकारीकी अध्यक्ष सपना तामाङ, ग्रामीण अपागंता केन्द्रका रामकृष्ण पौडेल, चाँगु झौखेल दुवाकोट खानेपानीको अध्यक्ष प्रधुम्न पोखरेल लगायतका वक्ताले सहकारी ऐन नियम अनुसार नै चलेमा कहिले पनि नडुब्ने बताएका थिए। साधारण सभामा उत्कृष्ट बचत कर्ता, सेयर सदस्य, कर्मचारी, बाल बचत कर्ता, दैनिक बचत कर्ता, निक्षेप कर्ता आदीलाई सम्मान गरिएको थियो । चम्पकको नाफा २२ लाख ६हजार सहकारीले अघिल्लो आर्थिक वर्षमा २२ लाख ६ हजार २ सय ९ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३५ लाख ५८ हजार ७ सय ६४ रुपैयाँ नाफा कमाएको संस्थाले यो वर्ष देशमा आएको मन्दी आदिका कारण २२ लाख मात्र नाफा गर्न सकेको जनाएको छ । देश भरका अधिकांश सहकारी घाटामा जाँदा पनि समुदायमा आधारित तथा समुदायमा नै सञ्चालन भएको संस्था भएका कारण एक रुपैयाँ मात्र नाफा गर्न सक्नु पनि संस्थाको उपलब्धि भएको सहकारीले जनाएको छ । चम्पकको कुल सम्पत्ति भने २३ करोड ६७ लाख ४५ हजार २ सय ९५ पुगेको संस्थाले जनाएको छ ।

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानीका लागि सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपालबीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् । क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इएमभि स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माईपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरे ।

क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिवासमा हुने

काठमाडौं । देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन यही कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ। साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने महासंघले जानकारी दिएको छ। महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग बाणिज्य तथा उपभोक्त हित संरक्षण समितिका सभापति अब्दुल खान, मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरू, साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहने महासंघका महासचिव पुरुषोत्तम रेग्मीले जानकारी दिए । महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागी हुने महासंघले जनाएको छ । यस तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने कार्य पनि गर्नेछ। तीन वर्षका लागि नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अघि बढाइने महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए । महासंघको स्थापना २०७० सालमा भएको थियो, जसको उद्देश्य देशभर छरिएर रहेका क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूलाई एकताबद्ध गर्नु र व्यवसायीहरूको हकहितका लागि पहल गर्नु हो । २०७७ माघ २० गते बुटवलमा महासंघको सम्पन्न अघिबेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो । यस महाधिवेशनको आयोजनासँगै महासंघले उद्योगका समस्याहरूको समाधानका लागि र व्यवसायीहरूको हितमा सकारात्मक कदम चाल्ने अपेक्षा गरिएको छ ।

कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तरर्गत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो । नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ६३ करोड रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए । मुस्ताङको कैकुखोलादेखि घाँसा क्षेत्रमा गत वर्ष दुई किलोमिटर कालोपत्र भएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ ।  हालसम्म आयोजनामा ९० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकालाई जोड्ने दुई सय दुई किलोमिटर लामो दुई लेनको सडक १० अर्ब रुपैयाँको लागतमा  २०७३ सालदेखि कालोपत्र सुरु भएको हो । हालसम्म यो आयोजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ । एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले बताए । चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडिको र पाँचवटा पुल ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी रहेको जानकारी उनले दिए । निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना अवधि आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि सात अर्ब रुपैयाँको ठेक्का सम्झौता भएकामा गत असारसम्म छ अर्ब रुपैयाँ खर्च भएको छ ।

पाँच जिल्लाका ७ सय उद्योगको अनुगमन, ९ लाख रुपैयाँ बराबरको सामग्री नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लामा अनुगमन कार्य गर्दै आएको छ । दमौलीमा रहेको कार्यालयले तनहुँसहित, लमजुङ, गोरखा, नवलपुर र मनाङमा नियमित रूपमा अनुगमन गर्दै आएको छ । उक्त कार्यालयले एक वर्षको अवधिमा पाँचवटा जिल्लाका ७६६ उद्योग, पसल तथा होटलको अनुगमन गरेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले गत आर्थिक वर्षमा खाद्य तथा दाना उद्योग, होटल रेष्टुरेण्ट, व्यापारिक पसललगायतमा अनुगमन गरेको हो । कार्यालय प्रमुख ज्योति आचार्यका अनुसार उक्त अवधिमा ३५५ खाद्य तथा दाना उद्योग, १८८ खाद्य उद्योग, १८५ होटल रेष्टुरेण्ट, ३८ वटा पानी, तेल, जुस, डेरी उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद नाघेका, सडेगलेका गरी ९ लाख रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ । उक्त आर्थिक वर्षमा ऐन, नियमबमोजिम सङ्कलित एक सय नमूनाको हालसम्म प्राप्त विश्लेषण प्रतिवेदनमा नौवटामा कैफियत पाइएको प्रमुख आचार्यले जानकारी दिए । त्यसमध्ये एउटा दूषित, तीनवटा न्यूनस्तर, एउटा ढाटी, झुक्याइ र चारवटा लेबलमा कैफियत रहेको प्रमाणित भएको उनले बताए । उनका अनुसार उक्त अवधिमा २१ उजुरी गुनासो सम्बोधन गरिएको छ । कार्यालयले जिल्ला प्रशासन कार्यालय तनहुँबाट २ लाख रुपैयाँ, जिल्ला प्रशासन कार्यालय लमजुङबाट पानी उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना र विभिन्न तीन होटल, रेष्टुरेण्टलाई १० हजार रुपैयाँका दरले ३० हजार रुपैयाँ जरिवाना गरिएको छ । आचार्यका अनुसार नवलपुरको गैँडाकोट नगरपालिकाबाट एउटा होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । कार्यालयले खाद्य ऐन, नियमविरुद्ध गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने सात उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ भने विभाग मातहतका अन्य कार्यालयमा ३१ वटा मुद्दा प्रेषित गरिएको आचार्यले उल्लेख गरे । कार्यालयले तनहुँ जिल्ला अदालतमा दूषित खाद्य पदार्थ उत्पादनसम्बन्धी एक, नवलपुर जिल्ला अदालतमा न्यूनस्तर खाद्य पदार्थ उत्पादनसम्बन्धी तीन र जिल्ला प्रशासन कार्यालय लमजुङमा लेबलमा कैफियत तथा खाद्य ऐन, नियम उल्लङ्घन कसुरमा तीनवटा मुद्दा दर्ता गरिएको प्रमुख आचार्यले बताए । व्यास नगरपालिका-३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी सङ्ख्या भने न्यून हुँदा सेवा प्रवाहमा समस्या भइरहेको उनले बर्ताए । कर्मचारी अभावकै बीचमा पनि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेको उनले बताए । ‘कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ, भइरहेकै कर्मचारीबाट बजार अनुगमन, नमूना सङ्कलन, मुद्दाका अनुसन्धानको काम भइरहेको छ,’ प्रमुख आचार्यले भने । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयनमार्फत खाद्य शृङ्खलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारण जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । विसं २०७५ कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो ।

पोखरा विश्वविद्यालयमा उपकुलपतिमा खुला प्रतिस्पर्धा, मंसिर ५ गतेसम्म दरखास्त पेश गर्नुपर्ने

काठमाडौं । पोखरा विश्वविद्यालयले रिक्त उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । समितिले कात्तिक २४ गते स्वीकृत गरेको पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि–२०८१ बमोजिम दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा प्रथमपटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने छ ।